पोखरा: पोखरा चिप्लेढुङ्गास्थित पोखरा ट्रेड मल एण्ड हाउजिङ्ग प्रा.लिले ११ औं स्थापना दिवसको अवसरमा वक्तृत्कला प्रतियोगिता आयोजना गरेको छ । आगामी साउन २४ गते ११ औं स्थापना दिवसको अवसरमा विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको पोखरा ट्रेड मलका अध्यक्ष मिनराज काफ्ले बताए । ‘पोखरा ट्रेड मलमा साउन २४ गतेदेखि व्यवसायीक यात्रा सुरु भएको हो, ०७२ देखि साउन २४ लाई ट्रेड मलको स्थापना दिवसको रुपमा मनाउँदै आएका छौं’, काफ्लले भने, ‘स्थापना दिवसको अवसरमा पोखरा महानगरपालिकाका विद्यालयबीच वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै छौं ।’ पोखरा महानगरभित्रका ७२ वटा सामुदायिक विद्यालयहरुलाई पत्राचार गरेपनि २९ विद्यालयले मात्र प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिएको अध्यक्ष काफ्ले बताए । ‘पर्यटन र सम्भावना विषयकमा हुने वक्तृत्वकला प्रतियोगितामा पोखरा महानगरभित्र ७२ वटा विद्यालयलाई पत्राचार गरेका छौं’, उनले भने, ‘पत्राचार गरेका ७२ मध्ये २९ विद्यालयले सहभागिता जनाउने जानकारी दिएका छन्, भोलिसम्म नाम दर्ता गर्ने समय थप गरेका छौ ।’ उनका अनुसार प्रतियोगितामा पहिलो विजेताले रु १० हजार, दोस्रोले रु ७ हजार, तेस्रोले रु ४ हजार र सान्त्वना हुनेले रु १ हजार ५ सय प्राप्त गर्ने छन् । पोखरा पर्यटकिय नगरी भएको र यस सम्बन्धमा यस क्षेत्रका बालबालिकाको धारणा बुझ्न र समग्र पोखराको आर्थिक सम्भावनाको बारेमा आम जनातालाई जानकारी दिन कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सन्तोष घिमिरेले जानकारी दिए ।
पोखरा: पोखरा महानगरपालिका १५ रामबजार लक्ष्मीटोलमा नेपाल मगर महिला संघ रामबजार पोखराको आयोजना ,नेपाल मगर युवा संघ रामवजार इकाई समितिको संयोजनमा पाँच दिने उद्घोषण , भाषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । तालिमको समापन समारोहमा बोल्दै नेपाल मगर संघ रामबजारका संस्थापक अध्यक्ष एवं सल्लाहकार कर्णवहादुर राना मगरले तालिमपछि प्रशिक्षार्थीहरुले तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए । तालिमको समापन समारोहमा संस्थापक कोषाध्यक्ष एवं सल्लाहकार क्या.वेन वहादुर आलेमगरले यो तालिमले प्रशिक्षार्थीहरुमा सकरात्मक उर्जाका साथ अगाडी बढ्न सुझाव दिए । त्यस्तै नेपाल मगर युवा संघ रामवजार इकाईका अध्यक्ष दिलु विकट्टा मगरले यो तालिम अति प्रभावकारी भएकाले आगामी दिनमा पनि निरन्तरताको आवश्यकता औल्याए । कार्यक्रममा नेपाल मगर संघ रामवजार ईकाइ समितिका कार्यवाहक अध्यक्ष क्या. अमर राना मगर ,सचिव रेनु थापा मगर ,मगर युवा संघ रामवजार इकाईका निवर्तमान अध्यक्ष ओम विकट्टा मगर ,मगर महिला संघ रामवजारकी पुर्व अध्यक्ष दान कुमारी थापा लगायतले बोलेका थिए । श्रावण १५ गतेदेखि सुरु भएको द्घोषण , भाषण तथा नेतृत्व विकास तालिममा ४५ जना प्रतिक्षार्थीहरुको सहभागिता रहेको थियो, भने तालिममा सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीले सहजीकरण गरेका थिए । तालिमको समापन समारोहमा प्रतिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो ।
पोखरा: पोखरामा २९ औं विश्व आदिवासी दिवसको अवसरमा ‘अबको राष्ट्रनिधि राष्ट्रिय नीति आदिवासी भूमि भाषा ज्ञान सीप संस्कृतिको पुर्नजागृती’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लोकोत्तर लोकवादी विचार अभियान, नाङसाल तामाङ सेवा समाज, ल्हस्यो ह्याङ्ला संस्कृति समाज तथा नाङसाल मिडिया प्रालिले सँयुक्त रुपमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी आदिवासी दिवस मनाएको हो । अन्तरक्रिया कार्यक्रमकी प्रमुख अथिति गण्डकी प्रदेश सभा सदस्य पार्वती तामाङले शुभकामना प्रदान गर्दै विश्वभर रहेका आदिवासी तथा जनजातिहरु एक हुन आवश्यक रहेको बताइन् । उनले नेपाल बहुभाषिक, बहुसांस्कृति तथा बहुधार्मिक देश भएकाले सम्पूर्ण समुदाय निर्णायक तहमा पहुँच स्थापना हुनुपर्ने धारणा राखिन् । प्रदेश सांसद तामाङले फरक प्रसंगमा बोल्दै पछिल्लो समय मगर, तामाङ तथा मुस्लिम समुदायमाथि अव्यवहारिक टिप्पणी दिएकी अधिवक्ता भगवती पाण्डे (शितल) लाई कारवाही गरिनुपर्ने उल्लेख गरिन् । साथै उनले सो विषय गण्डकी प्रदेशको सदनमासमेत उठाउने प्रतिवद्धता जनाएकी थिइन् । उनले कुनैपनि जाति विशेष लान्छना लगाउने र जातिय सद्भाव भड्किने खालका अभिव्यक्ति दिन नहुने बताइन् । यस्तै नेपाल तामाङ घेदुङको पूर्व केन्द्रीय अध्यक्ष धन प्रसाद तामाङले ‘अबको राष्ट्रनिधि राष्ट्रिय नीति आदिवासी भूमि भाषा ज्ञान सीप संस्कृतिको पुर्नजागृती’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा भूमी आयोगको विज्ञ सदस्य सोम नेपाली, तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त तामाङ, लोक सम्पदा अनुसन्धान अभियानको अध्यक्ष याम घर्तीमगर, सामाजिक अभियन्ता तथा पहिचानवादी नेता निर्मल जिसी, तमु ह्युला छोज धि गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य रुद्र बहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रेम तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा साजन तामाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन चन्द्र ग्याबक तामाङ (मुस्कान) ले गरेका थिए ।
पोखरा: कास्कीको मादी गाउँपालिका वडा नम्वर ६ वडा कार्यालयले पोखरामा तीन दिन घुम्ती सेवा प्रवाह गरेको छ । मादी गाउँपालिका वडा नम्वर ६ का वडाका केही स्थानीयहरु पोखराको विभिन्न स्थानमा अस्थायी रुपमा बस्दै आएकाले वडाबाट उपलब्ध हुने सेवाहरु घुम्ती सेवा मार्फत प्रवाह गरेको वडाध्यक्ष डिल बहादुर क्षेत्रीले जानकारी दिए । ‘मादी वडा नम्वर ६ घर भएका स्थानीयहरु विगत केही वर्षयता पोखरा लगायत विभिन्न स्थानमा बसोबास गर्दै आउनुभएको छ’, वडाध्यक्ष क्षेत्रीले भने, ‘अस्थायी रुपमा पोखरा लगायत अन्य क्षेत्रमा बसोबास गर्दै आएका मादी ६ का स्थानीयहरुलाई घुम्ती सेवा मार्फत सेवा प्रवाह गरेका हौं ।’ मादी गाउँपालिका वडा नम्वर ६ ले पोखरा महानगरपालिका १३ जुरे भुमे तप्रे समाजबाट साउन १८ गतेदेखि २० गतेसम्म घुम्ती सेवा प्रवाह गरेको थियो । घुम्ती सेवा प्रवाहमा २ सय ८४ जनाले सेवा लिएका छन् । जसमा सम्पत्ती कर भुक्तानी ४१, घटना दर्तातर्फ जन्मदर्ता ४ विवाह दर्ता २, सामाजिक सुरक्षा भत्ता नविकरण २ सय २६ र विविध सिफारिसतर्फ ११ जनाल सेवा लिएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए ।
पोखरा: पत्रकार कृष्ण अञ्जान ज्ञवालीको निधन भएको छ । उनको हृदयघातका कारण शुक्रबार बुटवलमा उपचारका क्रममा निधन भएको हो । २ दिनअघि उपचारार्थ गुल्मीदेखि बुटवल आएका थिए तर उनलाई शुक्रबार अस्पताल नपुग्दै हृदयघात भएको थियो । पोखरा र बुटवलमा रहेर पत्रकारिता गर्दै आएका उनी आमा यमकलाको २०७८ सालमा निधनपछि आफ्नै घर गुल्मीको थोर्गामा रहेर पत्रकारितामा गर्दै आएका थिए । उनका बाबु भोजराज ज्ञवालीको २०६० सालमा सशस्त्र द्वन्द्वमा तत्कालीन विद्रोही माओवादीको गोली लागेर हत्या भएको थियो । रुरु क्षेत्र गाउँपालिका–१ का अञ्जानलाई यसअघि सहिद परिवार हुन् ।
पोखरा: फेवातालमा सिन्धुलीको घर भएका एकएक युवक मृत फेला परेका छन् । कमलामाई ७ घर भएका २४ वर्षीय सुजन थापा मगर फेवातालमा मृत भेटिएका हुन् । शव तैरिरहेको देखेपछि कास्की प्रहरीको टोलीलाई खबर गरेको थियो । उद्दारपछी सो शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान लगिने तयारी भैरहेको बैदाम प्रहरीले जनाएको छ ।
पोखरा: २९ औं विश्व आदिवासी दिवस पोखरामा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै २९ औं विश्व आदिवासी दिवस साउन २४ गते पोखरामा मनाउन लागेको जानकारी दिएको हो । नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको आयोजना र कास्कीको सहआयोजनामा २९ औं विश्व आदिवासी दिवस पोखरामा यही साउन २४ गते मनाउन लागेका हो । नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका अध्यक्ष धर्मबहादुर गुरुङले संयुक्त राष्ट्र संघको आदिवासी जनजाति हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन अगष्ट ९ तारिखलाई विश्व आदिवासी दिवसको रुपमा मनाइँदै आएको बताए । ‘संयुक्त आदिवासी जनजाति हेर्ने कार्यदलको पहिलो बैठक अगष्ट ९ गतेको बसेको थियो, सोही दिनलाई विश्व आदिवासी दिवसको रुपमा मनाइँदै आएका छौं’, उनले भने, ‘२९ औं विश्व आदिवासी दिवस साउन २४ गते पोखरामा पनि मनाउँदै छौं ।’ उनले विश्व आदिवासी दिवसको अवसरमा पोखरामा गण्डकी प्रदेशको विभिन्न जिल्लामा छरिएर रहेका आदिवासीहरुको कला संस्कृति सहितको झाँकी सहित दिवस मनाउने बताए । नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका महासचिव सुजनकुमार लामाले जनजातिहरुलाई फुटाउने गरी अधिवक्ता भगवती पाण्डेले दिएको अभिव्यक्तिलाई छानविन गरी कारवाही गर्न माग गरे । ‘आदिवासी जनजातिहरुलाई नै तोक घृणा फैलाउने र होच्याउने गरी षडयन्त्र पूर्वक अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई छानविन गरी कारवाही गर्न हाम्रो माग छ’, लामाले भने, ‘आदिवासी जनजातिहरुलाई फुटाउने षड्यन्त्र भए छ सरकारले छानबिन गर्नुपर्छ ।’ २९ औं विश्व आदिवासी दिवसको अवसरमा पोखराको मानवअधिकार चोकदेखि आदिवासीको आ–आफ्नो मौलिक पोशाकसहित पोखरा सभागृह झाँकी तथा ¥याली सहित औपचारिक कार्यक्रम सुरु हुने जानकारी दिएको छ ।
पोखरा: पोखरा उद्योग वाणिज्य संघले सञ्चालन गरेको समृद्ध स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७९ मा १ करोड २०लाख ३१ हजार ५ सय ८६ रुपैयाँ आम्दानी भएको जनाएको छ । गएको मंसिर १६ देखि २५ गते सम्म पोखरा ९ नयाँबजार प्रर्दशनी केन्द्रमा सञ्चालन गरेको मेलामा उक्त आम्दानी भएको संघका अध्यक्ष पवनकुमार प्रजापतिले बताए । ‘समृद्ध स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार २०७९ सफलतापूर्वक सम्पन्न भएको थियो, मेलामा १ करोड २० लाख ३१ हजार ५ सय ८६रुपैयाँ आम्दानी भएको थियो’, अध्यक्ष प्रजापतिले भने, ‘मेलामा आम्दानी भएको रकम मध्ये १ करोड ५ लाख ९० हजार ९ सय ६० रुपैयाँ खर्च भएको छ ।’ मेलामा आम्दानी र खर्च कटाएर १३ लाख ४० हजार ६ सय २६ रुपैयाँ बचत भएको अध्यक्ष पजापतिले बताए । संघका अध्यक्ष प्रजापतिले व्यवसायीहरुलाई उद्यमशीलता बनाउने गरी मेला आयोजना गरिएको दावी गरे । ‘मेला भनेर हामीले टाउको गन्न होइन, व्यवसायी प्रवद्र्धन गर्ने प्रमुख लक्ष्य लिएका थियौं’, उनले भने, ‘मेलामा उत्पादन क्षेत्र बढाउने, व्यवसायीक प्रवद्र्धन र उद्यमशीलताको विकास लक्षित मेला आयोजना गरेका हौं ।’ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष प्रजापतिले पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालन नहुँदा व्यवसायीमा भार थपिएको बताए । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पोखरा उद्योग वाणिज्य संघले महत्वपूर्ण भुमिका निर्वाह गरेको छ’, उनले भने, ‘विमानस्थलमा अन्र्तराष्ट्रिय उडान नहुँदा व्यवसायीमा भार थपिएको छ ।’ मेलामा डोमतर्फ ७८, अटो मोबाइल्सका ४५ र अन्य विभिन्न खालका १ सय २० गरी २ सय ५० स्टल राखिएको थियो । पोखरा उद्योग वाणिज्य संघले आगामी मंसिर तेस्रो सातादेखि अर्को संस्करणको राष्ट्रिय औद्योगिक व्यापार आयोजना गर्ने जानकारी दिए । ‘मंसिर तेस्रो सातादेखि पुस १ गतेसम्म अर्को संस्करणको औद्योगिक व्यापार मेला २०८० आयोजना गर्दै छौें’, उनले भने, ‘मेलालाई देखाउन भन्दा पनि व्यवसायीहरुलाई प्रत्यक्ष लाभ मिल्ने गरी औद्योगिक व्यापार मेला सञ्चालन गर्ने छौं ।’ आगामी संस्करणमा सञ्चालन हुने राष्ट्रिय औद्योगिक व्यापार मेलामा संघ सुरक्षाको विषयमा गम्भिर भएको जनाएको छ ।