रहेनन् पत्रकार कृष्ण अञ्जान

पाेखरा | साउन १९, २०८०

रहेनन् पत्रकार कृष्ण अञ्जान

पोखरा:   पत्रकार कृष्ण अञ्जान ज्ञवालीको निधन भएको छ ।

 

उनको हृदयघातका कारण शुक्रबार बुटवलमा उपचारका क्रममा निधन भएको हो । २ दिनअघि उपचारार्थ गुल्मीदेखि बुटवल आएका थिए तर उनलाई शुक्रबार अस्पताल नपुग्दै हृदयघात भएको थियो ।

 

पोखरा र बुटवलमा रहेर पत्रकारिता गर्दै आएका उनी आमा यमकलाको २०७८ सालमा निधनपछि आफ्नै घर गुल्मीको थोर्गामा रहेर पत्रकारितामा गर्दै आएका थिए ।

 

उनका बाबु भोजराज ज्ञवालीको २०६० सालमा सशस्त्र द्वन्द्वमा तत्कालीन विद्रोही माओवादीको गोली लागेर हत्या भएको थियो ।
 

रुरु क्षेत्र गाउँपालिका–१ का अञ्जानलाई यसअघि सहिद परिवार हुन् ।

 

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गरिने भएको छ।  कारागार व्यवस्थापन विभागले लामिछानेको निवेदन अ...

थप पढ्नुहोस्

काठमाडौं:  ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको म...

थप पढ्नुहोस्

काठमाडौं:   सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा समावेश ‘कुलिङ पिरियड’सम्बन्धी प्रावधानमा गरिएको छेडखानी छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन ...

थप पढ्नुहोस्