पाल्पाको दान्सिँघामा पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
पुरुषतर्फकाे उपाधि राशी ४० हजार
पाल्पा | असोज २१, २०८३
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागेको हो ।
क्लबका अध्यक्ष दुर्गा बहादुर बरालले खेल कात्तिक ९ गतेदेखि सुरु हुने जानकारी दिए ।
उनका अनुसार कानुङ प्राविको खेलमैदानमा हुने सो प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमले नगद रु ४० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

यस्तै द्वितीय हुनेले नगद रु ३० हजार, तृतीय हुनेले नगद रु १५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमले नगद रु ७ हजार हात पार्नेछ ।
टिम दर्ता भने ४ हजार रुपैयाँ निर्धारण गरिएको अध्यक्ष बरालले बताए ।
यस्तै महिलातर्फ प्रथम हुने टोलीलाई नगद रु १३ हजार, द्वितीय हुनेलाई ९ हजार र तृतीयलाई ६ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने खेल संयोजक मदन बरालले जानकारी दिए ।
उनका अनुसर टिम दर्ता शुल्क ७ सय ५५ रुपैयाँ तोकिएको छ ।
प्रतियोगितामा सहभागी जनाउनका लागि कात्तिक ७ र ८ गते भित्र टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ ।
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमा हाजिर हुन सार्वजनिक सूचना जारी गरेक...
नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले सुखद सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्समाथि १९ रनको रोमाञ्चक जित हात पारेको हो। १३३ रनको लक्ष्य पछ्याएको जनकपुरलाई कर्णालीले ११...
पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडानमार्फत वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूका लागि पोखरामा स्वास्थ्य परीक्षण सेवा सुरु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्...

