कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित
काठमाडाैं | कात्तिक १०, २०८३
नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले सुखद सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्समाथि १९ रनको रोमाञ्चक जित हात पारेको हो।
१३३ रनको लक्ष्य पछ्याएको जनकपुरलाई कर्णालीले ११३ रनमा अलआउट गर्यो। कर्णालीको जितमा युनिस ठकुरी र हुसेन तलातले समान ३ विकेट लिए। युनिसले ४ ओभरमा २२ तथा हुसेनले २६ रन खर्चिए।
नन्दन यादवले २ विकेट हात पारे। उनले ललितलाई अन्तिम विकेटका रुपमा बोल्ड गर्दै २.३ ओभरमा १३ रन खर्चिए। सोमपाल कामीले १ विकेट हात पारे।
जनकपुरका लागि अभिसेख तिवारीले बनाएको २० रन नै सर्वाधिक रह्यो। मोइन अली र कप्तान हर्मित सिंहले समान १९ रन जोडे। जिमी निशम १५ रनमा आउट हुँदा ओपनर मयन यादव १४ रनमा आउट भए।
अनिल साहले ११ र कुसल परेराले ६ रन जोड्दा ललित राजवंशी र तृतराज दास १ रनमै आउट भए। आदित्य महताले रनको खाता नै खोल्न सकेनन्। राहुल यादव १ रनमा नटआउट रहे।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन जोडेको थियो।
कर्णालीका लागि नन्दन यादव १२ बलमा ९ रन, पवन सर्राफ ३७ बलमा ३७ रन, सोमपाल कामीले ५ बलमा १ रन जोडे। गुल्सन झा ९ बलमा १२ रन, अकबर अली २ बलमा १ रन, अरिफुल इस्लाम २९ बलमा ४३ रन, हुसेन तलात १३ बलमा ३ रन, दीपक डुम्रे ५ बलमा १३ रन र ओपनर मार्क वाट १ रनमै आउट भएका थिए।
जनकपुरका कप्तान हरमित सिंहले ४ ओभरमा १ मेडनसहित २२ रन दिएर ३ विकेट लिए। मोइन अली र राहुल यादवले समान २ विकेट हात पारे।
ललित राजवंशीले पनि १ विकेट लिए। ३ ओभर बलिङ गरेका उनले ३८ रन खर्चिए। निशम, आदित्य महता र अभिशेख तिवारीले भने विकेट लिन सकेनन्।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

