पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

ढोरपाटन:    सडकले नजोडिएका बागलुङका ग्रामीण क्षेत्र कमै छन् । केही गाउँ जोडिने क्रममा छन् । सडकले जोडिएपछि ग्रामीण क्षेत्रमा विस्तारै विकास पनि हुँदैछ, तर मौलिकता भने टुट्दैछन् ।  पूर्व पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म जोडिएको मध्यपहाडी लोकमार्ग, चीन–भारत जोड्ने कालीगण्डकी कोरिडोर र तराई–पहाड जोडेको सालझण्डी–ढोरपाटन सडकले बागलुङका सयौँ गाउँ बस्ती जोडेसँगै विकट गाउँ पनि सुगम हुँदैछन् ।  गाउँ–गाउँमा राष्ट्रिय तथा शाखा सडक पुगेपछि नागरिकको जीवनशैलीमासमेत परिवर्तन आउँदैछ । सडकका आसपासमा तीव्ररुपमा बस्ती विस्तार हुँदैछन् तर पछिल्लो समय बन्ने संरचनामा मौलिकता हराउँदैछ । गाउँसम्मै कङ्क्रिटका भवन बन्दैछन् ।  परम्परागत घुमाउने, ढुङ्गेघर विस्थापित हुने अवस्थामा पुगेका छन् । सडकले पाटीपौवा, धर्मशाला, चौतारालगायतका सम्पदा पुरिएका छन् । यस्ता मौलिक सम्पदाको संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन ।  मौलिक गाउँका रुपमा परिचित तमानखोला गाउँपालिका–३ तमान गाउँ २०६७ सालमा सडकले जोडिएको थियो । सडकका कारण यहाँका धेरै मौलिक सम्पदा नासिएको स्थानीय रनबहादुर रोकाले बताउनुभयो ।  सडकले गाउँमा धेरै विकास भए पनि पुराना सम्पदा संरक्षण भने हुन नसकेको उहाँको भनाइ छ । दैनिक गाउँमा गाडी गुड्न थालेपछि स्थानीयले सहर बजारकै सहनसहन गर्न थालेको भन्दै घर भवन पनि त्यस्तै बनाउन थालेको रोकाले बताउनुभयो । पहिले बनेका रातोमाटो, सेतो कमिरोले पोतिएका घरकोस्वरुप फेरेर धेरैले आयातित रङ प्रयोग गर्न थालेको रोकाको भनाइ छ ।  उहाँले भन्नुभयो, “सडकले गाउँलाई सहर बजारसँग जोड्यो, विकाससँग जोड्यो तर हाम्रा मौलिक संस्कृति र परम्परालाई भने विस्तारै टुटाउँदैछ, सडकले पानीका मूल सुके, थकाई मार्ने चौतारा मासिए, पूजाआजा गर्ने थान मासिए । अहिले त देश विदेशका चालचलन गाउँ भित्रियो, गाउँलेले मौलिकता बिर्सिन थाले, हामी हुँदासम्म पुराना परम्परा रहलान्, हामीपछिका पुस्ताले संरक्षण गर्दैनन्, उनीहरुलाई आयातित संस्कार संस्कृतिकै चासो छ ।” राजमार्ग आसपासमा थपिँदै कङ्क्रिटका घर जिल्लाको निसीखोला गाउँपालिका सडकले जोडिएको डेढदशक भयो । मध्यपहाडी लोकमार्गको धेरै खण्डपर्ने यस क्षेत्रमा २०६७ साल अगाडि कङ्क्रिटका भवन भेट्याउन मुस्किल पथ्र्यो तर अहिले हरेक बस्तीमा ‘सिमेन्टेड’ भवन छन् ।  जिल्लाकै विकट मानिने निसीखोलामा लोकमार्गका कारण सुगम बनेको छ । आफ्नै मगर खाम भाषा, विभिन्न कला संस्कृति र परम्परा रहेको यस क्षेत्रमा पछिल्लो समय विस्तारै सङ्कटमा पर्न थालेको निसीखोला गाउँपालिका–६ का थमबहादुर बुढा मगरले बताउनुभयो ।  एक दशक अगाडिसम्म निसी, भल्कोट तथा आसपासका गाउँमा पुराना शैलीका एकतले काठ, ढुङ्गा र माटोले बनेका मात्रै घर हरेको स्मरण गर्दै अहिले पूरै फेरिएको उहाँको भनाइ छ । आफ्नो पुस्तासम्मले मगर खाम भाषा बोल्ने भए पनि नवयुवाहरु कम बोल्ने गरेको बुढा मगर बताउनुभयो ।  गाउँमा हुने संस्कृतिसमेत लोप हुँदै गएको उहाँले सुनाउनुभयो । बुढामगरले भन्नुभयो, “पहिले हामी निकै विकटमा थियौँ, सडक थिएन, जिल्ला सदरमुकाम पुग्न झण्डै सात दिन लाग्थ्यो, तर अहिले चार घण्टामै बागलुङ बजारमा पुग्न सक्छौँ, सडककै कारण अहिले हाम्रो जीवनशैली फेरियो, तर हामीहरुले हाम्रो मौलिकता बिर्सिदै गयौँ, अब त संरक्षण लागि निकै गाह्रो पर्ने देखिन्छ, मौलिकता जोगाउन एउटाको प्रयासले हुँदैन सिङ्गो समुदायनै लाग्नुपर्छ ।” अचेल बन्ने घरमा भेटिदैन मौलिकता ढोरपाटन नगरपालिका–८ का तमबहादुर विकले पछिल्लो समय गाउँमा मौलिक घर कम बन्न थालेको बताउनुभयो । अहिले बन्ने अधिकांश घरहरु नयाँ शैलीका हुने गरेको उहाँको भनाइ छ ।  नयाँ घरमा पहिलेको जस्तो रातोमाटो र कमिरोले पोत्न छोडेर विभिन्न थरिका रङ लगाउन थालिएको विक बताउनुहुन्छ । आफूहरुको पालामा बिहान उठ्ने, घर लितपोत गर्ने र बल्ल अरु काम गर्ने गरेको स्मरण गर्दै अहिले उक्त चलनसमेत हराएको उहाँले बताउनुभयो ।  पहिले गाउँका अबै घर ढुङ्गा माटोको गारो र छानो पनि ढुङ्गैको हुने गरेकोमा अहिले सिमेन्ट र जस्तापाताले छाउन थालेको विकको भनाइ छ ।“अहिले त गाउँ घरमा बजारको जस्तो चलन आउन थालिसक्यो, घर पनि नयाँनयाँ खालका बन्न थाले, चालचलन पनि नयाँ आए, उतिबेलाको जस्तो परम्परा अहिले मान्न छोडियो, मान्छे पढ्ने लेख्ने भए, त्यही भएर होला पुराना संस्कृति सबै विस्तारै हराउँदै गएका छन्,” विकले भन्नुभयो, “पहिला गाउँका पूरै घर ढुङ्गाले छाएका थिए, उतिबेला सडक आएको थिएन, जस्तापाता आउँदैनथ्यो, घर बनाउँदै ढुङ्गाकै प्रयोग हुन्थ्यो, अहिले त गाउँको कुनाकाप्चासम्म सडक पुग्यो, सडक जहाँ पुग्यो, त्यही जस्तापाता पुग्यो, जस्तापाता पुगेपछि मान्छेले त्यसैले घर छाउन थाले ।” राष्ट्रिय राजमार्गले जोडिएका ग्रामीण क्षेत्रबाहेक अन्य ठाउँमा पनि मौलिक घर विस्तारै घट्दै छन् । पछिल्लो समय बन्ने अधिकांश घर तथा भवनहरु आधुनिक शैलीमा बन्न थालेका छन् । गाउँपालिकाले गाउँका सबै घरलाई एउटै रङ, एउटै शैली र एउटै आकार प्रकारको बनाउने भएको हो । तमान गाउँमा अब कसैले पनि कङ्क्रिटका भवन बनाउन नपाउने नीति लिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । मौलिकता जोगान स्थानीय सरकारको चासो आधुनिक प्रविधिको बढ्दो विकास र प्रयोगले ग्रामीण जीवनशैली, यहाँको संस्कार संस्कृति, सौन्दर्य र गाउँको वास्तविक महत्व हराउँदै गएपछि गाउँपालिकाले तमान गाउँलाई पुरानै स्वरुपमा संरक्षण गर्न थालेको उहाँले बताउनुभयो ।  पछिल्लो समय स्थानीयस्तरमा भएका स्रोतसाधनलाई बिर्सिएर आयातित वस्तुको प्रयोग बढी हुन थालेको हुँदा यसलाई रोक्ने प्रयास गरेको अध्यक्ष बुढामगरको भनाइ छ । अहिले गाउँले सहर बजारको सिको गरेर आधुनिकताका नाममा आफ्नो पहिचान गुमाउँदै गएको उहाँ बताउनुहुन्छ । अब बन्ने हरेक घर परम्परागत शैलीमा बन्ने अध्यक्ष बुढा मगरको भनाइ छ । “तमान गाउँ निकै पुरानो गाउँ हो, अहिले पनि यहाँका घर भवन पुरानै शैलीका छन्, गाउँको संस्कार, संस्कृति र परम्परा पनि अहिलेसम्म जीवितै छ, अब मासिँदै जाने खतरा बढेको छ, यसलाई रोक्न हामीहरु लागेका छौँ, तमान गाउँलाई एउटा ‘सांस्कृतिक गाउँ’ बनाउने उद्देश्य हो” अध्यक्ष बुढामगरले भन्नुभयो, “अब गाउँमा कसैले पनि बजारका जस्ता ठूला–ठूला सिमेन्टका घर बनाउन पाउने छैन, गाउँपालिकाले एउटा मापदण्ड बनाउँछ, त्यही अनुसार गराउनुपर्छ, यो गाउँलाई अध्ययन अवलोकन र अनुसन्धान गर्ने थलोका रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।” अध्यक्ष बुढामगरले यस गाउँलाई पर्यटकीय गन्तव्यका रुपमासमेत विकास गरिने बताउनुभयो । घरका छेउछाउमा स्लेट ढुङ्गा विच्छ्याउने, घरमा लगाइने रङ, ढुङ्गाको छानो पनि एकै प्रकारको बनाइने उहाँको भनाइ छ ।  तमान गाउँ देशको दश नमूना सहरमध्येको एक पर्ने बुर्तिबाङ बजारदेखि गाडीमा दुई घण्टामा पुग्न सकिन्छ । बोङ्गादोभान र खुङ्खानी दुबैतर्फबाट पुग्न सकिन्छ भने म्याग्दीको मालिका हुँदै सोलेडाँडाबाट पनि पुग्न सकिन्छ । गलकोट नगरपालिका–२ तोरीखोला गाउँ अहिले पनि बाक्लो मगर बस्ती छ । ढुङ्गा, माटो र काठबाट बनेका मौलिक घर छन् । रातोमाटो र सेतो कमेरोले रङ्गिएका घर निकै आकर्षक देखिन्छन् । वर्षौँ पुराना घरहरु अहिले पनि बलिया छन् । परम्परागत रुपमा बनेका मौलिक घरहरु पछिल्लो समय आधुनिकताले गर्दा विस्थापित हुने जोखिम बढेपछि नगरपालिकाले यसको संरक्षणम चासो दिएको छ । घरको आँगनमै आएको सडकका कारण स्थानीयलाई सहजता दिलाए पनि त्यसको अलवा मौलिक संस्कृति र परम्परा भने गुम्ने खतरा बढेको स्थानीय सुनाउँछन् । तोरीखोला गाउँ जस्ता मौलिकता बोकेका गाउँ बागलुङमा थुप्रै थिए, तर पछिल्लो समय ती गाउँमा मौलिकता हराएको छ ।  बढ्दो सहरीकरण र आधुनिकताले परम्परा हराउन थालेपछि गाउँको सुन्दरता, मौलिकता र परम्परालाई जोगाउन तोरीखोला गाउँलाई नगरपालिकाले ‘मौलिक गाउँ’का रुपमा विकास योजना अगाडि सारेको हो ।गलकोट नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष हिमबहादुर भण्डारीले तोरीखोला गाउँलाई ‘मौलिक गाउँ’का रुपमा विकास गर्ने योजना बनाएको बताउनुभयो ।  यहाँ अब बन्ने हरेक घर स्थानीय स्रोतसाधन प्रयोग गरेर पुरानै शैलीमा बनाइनुपर्ने भन्दै सिमेन्ट प्रयोग गरिएका घर बनाउन रोक लगाउने बताउनुभयो । अध्यक्ष भण्डारीले यहाँका हरेक घरमा सकेसम्म रोतोमाटो र सेतो कमेरोले रङ्ग्याउने नभए एकै किसिमको रङ लगाउनुपर्ने मापदण्ड बनाउने बताउनुभयो । तोरीखोलामा वर्षौँ पुराना कला, संस्कृति प्रचलनमा रहेको हुँदा नगरपालिकाले पनि संरक्षण गर्न थालेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “गाउँगाउँमा मोटरबाटो पुगेपछि पक्की घर भवन धमाधम बनिरहेका छन्, हामीहरुले गाउँको सुन्दरता र पहिचानलाई जोगाउन थालेका छौँ, तोरीखोला गाउँ निकै पुरानो र मौलिकता बोकेको गाउँ भएको हुँदा यसलाई ‘मौलिक गाउँ’कै रुपमा राख्नुपर्छ, अहिले गाउँमा प्रविधिले सबै मौलिकता हराउन थालेका छन्, यहाँ अहिले पनि होमस्टे (घरबास) सञ्चालनमा छन्, धेरै कला संस्कृति पनि प्रचलनमा रहेको हुँदा युवा पुस्तालाई यसप्रति आकर्षण गर्ने र संरक्षणमा टेवा पुर्‍याउने हिसाबले कामको सुरुआत गरेका छौँ, तोरीखोला गाउँको सुन्दरता र मौलिकतालाई जोगाइराख्न हामीहरु गम्भीर बनेका छौँ, पर्यटक भित्र्याउनका लागि पनि प्रयास थालेका छौँ ।” 

पोखरा:   लामा अमृत फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले विगत ९ वर्षदेखि आफ्नो जन्मोत्सव वृद्धाआश्रम र मावनसेवा आश्रममा खाद्यान्न तथा फलफुल वितरण गरेर मनाउँदै आएका छन् ।  फाउण्डेशनका संस्थापक गुरुङले आज आफ्नो जन्मोत्सवको अवसरमा पोखरा महानगरपालिका स्थित पोखरा वृद्धाआश्रम, मानवसेवा आश्रम छोरेपाटन शाखामा खाद्यान्न तथा फलफुल वितरण गरेर मनाएका हुन् ।  जन्मोत्सवको अवसरमा फजुल खर्च भन्दा सामाजिक क्षेत्र सेवा गर्दै आएको फाउण्डेशनका संस्थापक गुरुङले बताए ।   ‘मैले आफ्नो जन्मोत्सवको अवसरमा विगत ८÷९ वर्षदेखि पोखरा वृद्धाआश्रममा आएर जन्मोत्सव मनाउँदै आएको छु, उनले भने, ‘यो सहयोग भन्दा पनि बाहिर गर्ने खर्च भन्दा सामाजिक कार्यमा खर्च गर्नुपर्छ भन्ने सन्देश हो, वृद्धाआश्रम र मानवसेवा आश्रममा खाद्यान्न तथा फलफुल वितरण गरेर जन्मोत्सव मनाउन पाउँदा छुट्टै आनन्द हुन्छ ।’ पोखरा वृद्धा आश्रममा ४० जना  र मानवसेवा आश्रम छोरेपाटनमा ९४ जना आश्रीत रहेका छन् ।  यस्तै गुरुङले विगत ४ वर्षदेखि जन्मोत्सवको अवसरमा नै पोखरा महानगरपालिका–१४ का मृगौला पीडित नरबहादुर तामाङ र शारीरिक अपाङ्गता बिनिता तामाङलाई खाद्यान्नसँगै आर्थिक सहयोग गरेका छन् ।  मृगौला पीडित तामाङले हप्तामा दुई पटक डायलाइसिस गर्दै आएका छन् । भने, बिमला तामाङ शारीरिक अपाङ्गता छिन् ।  फाउण्डेशनका संस्थापक गुरुङ सामाजिक तथा खेलकुद विकासको क्षेत्रमा काम गर्दै आएका छन् ।  

पोखरा:  मेजर लक्ष्मी प्रसाद÷हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट पोखराका क्रियाशिल युवा पत्रकार धन बहादुर गुरुङ ( सुमन) लाई पुरस्कृत गरिने भएको छ ।  आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको संयोजनमा पुरस्कार दाता मेजर लक्ष्मी प्रसाद÷हुमकुमारी गुरुङको वैवाहिक बर्षगांठको दिन मंसिर ३ गते बुधबार आयोजना हुने कार्यक्रममा गुरुङलाई उक्त प्रदान गरिनेछ। फोनिज कास्कीका सल्लाहकार हुमबहादुर तमुको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले सिफारिस गरेको  नाम फोनिज कास्कीको सोमबार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको थियो  । छनोट समितिको सदस्यमा फोनिज गण्डकी ईन्चार्ज रुद्र श्रीस मगर, फोनिज गण्डकी अध्यक्ष खिमाकुमारी गुरुङ, फोनिज कास्की अध्यक्ष बिनु थापा मगर र  सचिव देविका तामाङ हुनुहुन्थ्यो । सम्मानित हुन लागेका २०६९ सालमा रेडियो सराङकोटबाट कार्यक्रम प्रस्तोता र हिमचुली एफ।एमबाट प्राविधिकका रुपमा काम गरी सञ्चार क्षेत्रमा प्रवेश गर्नुभएका गुरुङ एफएम रेडियो हुदै अनलाइन तथा पत्रपत्रिकामा सक्रिय रहेर पत्रकारिता गर्दै आउनुभएको छ ।  हाल उहाँ समाधान दैनिक, एबिसी टिभी र राष्ट्रिय समाचार समिति (रासस)सँग आवद्ध हुनुहुन्छ । उहाँ नेपाल पत्रकार महासंघ कास्कीमा सहसचिव, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीमा उपाध्यक्ष, नेपाल प्रेस युनियन कास्कीमा सचिव, र नेपाल फोटो पत्रकार संघ कास्कीमा सचिव हुनुहुन्छ । उहाँ यसअघि खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९ बाट सम्मानित भईसक्नुभएको छ ।

म्याग्दी:  म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ ।  म्याग्दीको अर्मन र बागलुङको ताराखोलाका बासिन्दाहरूले गाउँबाट लगेको तोरणलाई बाजागाजा सहित समुन्द्रि सतहदेखि दुई हजार नौ सय ३२ मिटर उचाईमा रहेको तिनचुलेको वराह ताल र शिवालय मन्दिर परिक्रमा गराएर विधीपूर्वक तानिएको हो ।  खेती किसानी र पशुुपालन गर्ने स्थानीयवासीहरूले परापुर्वकालदेखि हरेक वर्षको कात्तिक शुुक्ल पूूर्णीमाका दिन प्रकृतिलाई खुसी पार्न सामुुहिक रूपमा तोरण तार्ने चलनलाई यस वर्ष पनि निरन्तरता दिइएका धार्मिक पर्यटकीय क्षेत्र तिनचुले संरक्षण तथा प्रवर्धन समितिका सल्लाहकार भपिन्द्र घर्तीले बताउनुभयो ।  “कात्तिक पूर्णिमाका दिन तिनचुुले वराह तालमा तोरन तारेमा गाउँमा अनिष्ट, प्राकृतिक विपद्, महामारी, रोगब्याधी नहुुने र शिवालय मन्दिरमा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुुने जनविश्वास रहेको छ,” उहाँले भन्नुभयो “चार वटा टोलबाट सामुहिक र भाकल पूरा भएकाले व्यक्तिगत रूपमा तोरण ल्याएर तार्ने चलन छ ।” बैकुुण्ठ चर्तुुदर्शीका साँझ गाउँगाउँबाट माझखर्कमा लगिने तोरनलाई त्यहाँ देखि डोलीमा चढाएर बाजा र भजनकीर्तन सहित बराहताल र शिवालय मन्दिर परिक्रमा गराई तान्ने चलन छ । शिवालय मन्दिर देखि वराहतालको पुर्वी छेउको रुखमा तोरन तान्ने गरिएको छ ।  बाबियोको डोरी बाटेर थरिथरिका फुलहरू गाँसेर तोरन बनाउने चलन छ । तोरन लिएर पुगेका भक्तजनहरू बैकुण्ठ चर्तुुदर्शीको रात माझखर्कमा रहेको धर्मशालामा जाग्राम बसेर भजनकीर्तन गर्ने गर्छन्।  यस वर्ष पाँच वटा तोरन तारिएको र करिब एक हजार जना भक्तजनले शिवालय मन्दिरमा पुुजाआजा तथा दर्शन गरेका समितिका अध्यक्ष धनबहादुुर घर्तीले जानकारी दिनुभयो । तोरन तार्न र पुजाआजाका लागि आएका भक्तजनहरुलाई समितिले निःशुल्क प्रसाद र चिया वितरण गरेको थियो ।  ताराखोला, करिमेला, हिले, नागबेलीखोला, सिप, अर्गल, सिरकुुम, निस्कोट, टिकावाङ, किमचौर, अर्मन, नेटा, बाबियाचौर, पिपलबोट लगायतका ठाउँबाट भक्तजन आएका थिए । माझखर्कबाट तिनचुलेतर्फ तोरन लैजानुुअघि अन्धनिशान र छेलो फाल्ने प्रतियोगिता भएको थियो ।  पहलमान पहिचान गर्न गरिने थेलो फाल्ने प्रतियोगितामा विजयी भएका टिकावाङका लालबहादुर पटेललाई पहलमान घोषणा गरिएको थियो । पटेललाई फेता गुटाएर काँधमा बोकेर मन्दिर र वराह ताल परिक्रमा गरिइएको थियो ।  म्याग्दी र बागलुङ दुवै तर्फबाट सडक र पदमार्गले जोडिएको तिनचुलेमा यातायातको सहज सुविधासँगै भक्तजनको आगमन बढेको समितिका सचिव पूर्णभद्र निउरेले बताउनुभयो ।  ताराखोला, मङ्गला गाउँपालिका, गण्डकी प्रदेश सरकार र समुदायको सहकार्यमा तिनचुलेलाई धार्मिक पर्यटकीय गन्तब्य स्थलको रूपमा विकास गर्न पूर्वाधार निर्माणमा जोड दिएको उहाँले बताउनुभयो । सिस्ने, गुर्जा, धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको सम्मुखमा रहेका तिनचुले पर्यटकीय हिसाबले पनि सम्भावनायुक्त रहेको छ ।

कपिलवस्तु : पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना भएको छ।    राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो।   सो क्रममा बसले एक पैदलयात्रीलाई ठक्कर दिएको र बसमा सवार ५ जना यात्रु घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।   दुर्घटनामा परेका अन्दाजी ५५ वर्षीय पुरुष पैदलयात्रीको घटनास्थलबाट चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको हाे । हाल मृतकको नाम ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।   बस चालक र बस वडा प्रहरी कार्यालय चन्द्रौटाको नियन्त्रणमा छ।

दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटना हुँदा त्यसमा ३५ जना सवार थिए ।   घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य २० जना उपचारपछि घर फर्केका छन् ।   बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

काठमाडौँ । लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ ।   महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ ।   कार्यालय प्रमुख (एसपी)डा.रामचन्द्र सत्यालले सोमबार आयोजित कार्यक्रममा घुङ्ग्रुलाई अवार्ड प्रदान गरेका हुन् ।   हवाई मार्ग हुँदै काठमाडौँ आउने र विदेशतर्फ तस्करी गर्न लागिएको गाँजा लगायतका लागुऔषध अनुसन्धानमा घुङ्ग्रुले उत्कृष्टता हासिल गरेको केनाईन कार्यालयका प्रमुख डा.रामचन्द्र सत्यालले बताए ।   घुङ्ग्रुले सुँघेर २०८१ चैत र २०८२ साउनमा विमानस्थलमा दुई वटा लागुऔषधको घटना पत्ता लगाएको थियो । जर्मन सेफर्ड जातको पोथी प्रहरी कुकुर घुङ्ग्रुको सङ्केतको आधारमा आरोपी पक्राउ परेका थिए ।   २०७४ चैतमा जन्मिएको घुङ्ग्रु लागुऔषध नियन्त्रण ब्युरो अन्तर्गत अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत छ ।   २०८० चैत ४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित कार्गो कम्प्लेक्सको आयात तर्फको गोदाममा चेकजाँच गर्दा घुङ्ग्रुले वासिङ मेशिनमा लागुऔषध रहेको सङ्केत गरेको थियो ।   सो सङ्केतको आधारमा वासिङ मेशिन फुटाउँदा विदेशबाट आयात गरिएको २० केजी गाँजा भेटियो ।   २०८२ साउन ५ मा आगमनतर्फको लगेज चेकजाँच गर्दा बैंककबाट आएका भारतीय नागरिकले ल्याएको १४ केजी गाँजा भेटियो । सो गाँजा ल्याउने भारतीय नागरिक धर्मेश रसिकभाई चुनारा पक्राउ परेका थिए ।   त्यस्तै, २०८१ चैत २४ मा चिप्स, चकलेट र मासुको प्याकेटहरूमा लुकाएर ल्याइएको ९ केजी अमेरिकन गाँजा बरामद गर्न पनि घुङ्ग्रुले सघाएका थिए । 

चितवन:  कालिका नगरपालिका–६ सिमलघारी टोलमा सोमबार मध्यराति प्रहरीले लगाउने जस्तै पोसाक लगाएर चोर्न आएको पाइएको छ ।  घरधनीसँग जम्काभेट भएपछि निजहरुले आफूहरु प्रहरी भएको र फरार कैदीबन्दी खोज्न आएको भन्दै उम्किएका थिए ।  घटना विवरणअनुसार नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडाको घरमा चोरी गर्न आएको आफूलाई प्रहरी बताउने व्यक्तिहरु खतिवडासँग जम्काभेट भएपछि प्रहरी भन्दै उम्किएका थिए ।  खतिवडाले भन्नुभयो, “नजिकै रहेको काकाको घरमा क्रिकेट हेर्ने निधो भएपछि ढोका बन्द गर्न लगाएर बाहिरको बत्ती बालेर दाजुभाइ गयौँ । रातको १२ बजे खेल सकिएपछि काकाको घरबाट घर फर्किंदा सडक पोलको बत्ती निभेको पाइयो । घरअगाडि बालेको बत्ती पनि बन्द गरेको पाइयो । बत्ती बन्द गरिएकामा शङ्का लाग्यो ।” “मेरो घरबाट चार घर पर अँधेरोमा केही चीज रोकेर राखेकोसम्म आँखा पुग्यो । जब आफ्नो घर अगाडि सडकमा पुगेँ अँध्यारोमा एक अपरिचित युवा मेरो घरको बरण्डाबाट आँगनमा निस्किए”,  घटना विवरण सुनाउँदै उहाँले भन्नुभयो,  “एक्कासि नयाँ मान्छे देख्दा म आत्तिएँ । चोर १ भन्ने सम्झेँ । तर बोल्न सकिनँ ।” ती व्यक्तिले यहाँ कारागारबाट भागेको कैदी लुकेको छ रे कहाँ छ ? भन्दै प्रश्न सोधेपछि आफू आत्तिएर काकाको घरतर्फ गएको खतिवडाले बताउनुभयो ।  भाइ विवेक खतिवडा र आफू पुनः घरमा फर्किंदा ती व्यक्ति अगाडि मोटरसाइकलमा रहेका अर्का व्यक्तिसम्म पुगेको उहाँले बताउनुभयो । निजहरुले दाजुभाइलाई आफूहरु प्रहरी भएको र लोकेसनले फरार कैदीबन्दी यहाँ देखाएकाले खोज्दै आएको बताएको उहाँले सुनाउनुभयो ।  घर आउँदा मोटरसाइकल राखेको ठाउँबाट अलि पर सारेको, जुत्ता, हेलमेट सडक किनारमा लगेर राखेको, झ्यालको पल्ला खोलेको पाएपछि बल्ल उनीहरु चोर हुन् भन्ने एकिन भएको खतिवडाले बताउनुभयो ।  राति नै प्रहरीलाई खबर गरी घटनाको विवरण सुनाएको उहाँले जानकारी दिनुभयो । मोटरसाइकलमा रहेका व्यक्तिले हतियारजस्तो वस्तुसमेत बोकेको देखेको खतिवडाले बताउनुभयो ।  उहाँका अनुसार नजिकै रहेको काका कालिदास खतिवडाको घरबाट पल्सर मोटरसाइकल राति नै चोरी भएको छ । उनीहरु बत्ती निभाएर चोर्ने नियतले घरमा पसेको र जम्काभेट भएपछि आफूहरुलाई प्रहरी बताउँदै उम्किएको खतिवडाले बताउनुभयो ।  इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक सुवास भट्टले घटनाको जानकारी पाएसँगै राति प्रहरी परिचालन भएको र घटनाको अध्ययन थालिएको बताउनुभयो । उनीहरु प्रहरी नभएको भन्दै चोरी गर्ने नियतले आएको हुन सक्ने उहाँले बताउनुभयो ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द पुरीले फरार कैदीबन्दी पनि हुन सक्ने आशङ्काबीच सोही कोणबाट समेत अनुसन्धान थालिएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “यसै भन्न सकिन्नँ, तर सबै कोणबाट अध्ययन थालेका छौँ ।” चितवनसहित देशका धेरै कारागारबाट ठूलो सङ्ख्यामा कैदीबन्दी फरार  छन् ।

झापा : एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा नेपाल प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ ।   मृत्यु हुनेमा मोरङ जिल्ला केराबारी गाउँपालिका –२ घर भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत सहायक हवल्दार सुरेन्द्र सुब्बा लिम्बु रहेका छन् ।     उनी सवार प्रदेश १–०२– ०४७ प ६९२२ नम्बरको मोटरसाइकललाई आइतबार साँझ साढे ६ बजे बेलबारी –११ लक्ष्मीमार्गस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च १९७८ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको थियो ।