पोखरा ।      पोखरामा सम्पन्न फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगितामा एन डलर एफसी च्याम्पियन बनेको छ ।   रानीपौवा स्पोर्टस् सेन्टरमा शनिबार भएको फाइनल खेलमा मित्रबन्धु एक्स गेम हाउसलाई...

बंगलादेशका चर्चित क्रिकेटर शकिब अल हसनले नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्।   एनपीएलको आगामी सिजनका लागि पोखरा एभेन्जर्सले शकिबलाई अनुबन्ध गरेको छ। शकिब एनपीएलको आउँदो सिजनमा सहभागी हुने पोखरा एभेन्जर्सले जनाएको छ।   अलराउन्डर शकिब बंगलादेशका पूर्वकप्तान पनि हुन्। ३९ वर्षीय शकिबले बंगलादेशबाट ७१ टेस्ट र २४७ एकदिवसीय खेल खेलिसकेका छन्।   त्यस्तै, उनले १२९ वटा टी–२० आई खेलेका छन्। जसमा उनले दुई हजार ५५१ रन बनाएका छन्।   उनले भारतीय प्रिमियर लिग (आईपीएल) पनि खेलेका छन्। आईपीएलका ७१ खेलमा ७९३ रन बनाएका छन्।   उनले बंगलादेश प्रिमियर लिगसँगै श्रीलंका प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिगलगायत सबैजसो चर्चित अन्तर्राष्ट्रिय लिगबाट खेलिसकेका छन्।

पोखरा  ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ ।   मञ्चले आईतबार एक अवार्डको आयव्यय सार्वजनिक तथा समिक्षात्मक छलफल कार्यक्रम आयोजना गरी उक्त रकम बचत गरेका जानकारी दिएको हो । अवार्ड कार्यक्रमका लागि कुल ३४ लाख ७५ हजार ९ सय ३८ रुपैयाँ आम्दानी भएको थियो भने २७ लाख ४ हजार ५ सय २० रुपैयाँ खर्च भएपछि उक्त रकम बचत भएको हो ।   गत वैशाख ३१ गते पोखरा–६ स्थित पोखरा इभेन्ट सेन्टरमा सम्पन्न भएको अवार्ड कार्यक्रमको मुख्य प्रायोजन हिमश्री फुड्स प्रालिको ‘रारा तयारी चाउचाउ’ ले गरेको थियो । सह–प्रायोजकका रूपमा गुरुङ गहना घर प्रालि र केल्मे नेपाल रहेका थिए।   कोषाध्यक्ष विमल तिवारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, विभिन्न स्थानीय तह, खेल संस्था, व्यवसायिक प्रतिष्ठान तथा देश–विदेशमा रहेका खेलप्रेमी र पूर्वखेलाडीहरूको आर्थिक सहयोगबाट कार्यक्रम सम्पन्न भएको मञ्चले जनाएको छ ।   खर्चतर्फ सबैभन्दा बढी पुरस्कार वितरणमा १० लाख ३७ हजार ४ सय ६० रुपैयाँ खर्च भएको छ । खाजा, खाना तथा आवासमा ६ लाख ९८ हजार ३ सय ६४ रुपैयाँ, ट्रफी तथा ट्रयाक सेट खरिदमा ४ लाख २२ हजार रुपैयाँ, सांगीतिक कार्यक्रम सञ्चालनमा ४ लाख ५० हजार रुपैयाँ तथा अन्य शीर्षकमा खर्च गरिएको मञ्चले जनाएको छ ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अवार्ड कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सरकारी निकाय, स्थानीय तह, व्यवसायिक संस्था, खेल संस्था, खेलाडी, पूर्वखेलाडी तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ र सहकार्यको अपेक्षा गरेको जनाएको छ ।   कार्यक्रममा मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थामगरले विगतका कमजोरीबाट पाठ सिक्दै संस्थाका गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । प्रविधिको विकाससँगै खेलकुद पत्रकारिताको शैलीमा पनि सुधार ल्याउनुपर्नेमा उनको जोड थियो ।   उनले राजधानी केन्द्रित ठूला कार्यक्रमको प्रभावलाई तोड्दै पोखरा स्पोट्र्स अवार्डले देशभर बेग्लै पहिचान बनाउन सफल भएको बताए ।   ‘विगतका समयमा भएका गल्ती र कमजोरीहरूलाई सुधारेर अझ व्यवस्थित रूपमा अगाडि बढ्नु अहिलेको आवश्यकता हो,’ उनले भने, ‘काठमाडौंमा मात्र भव्य कार्यक्रम हुन्छन् भन्ने भ्रमलाई पोखरा स्पोट्र्स अवार्डले चिर्न सफल भएको छ र देशकै प्रतिष्ठित अवार्डको रूपमा यसले आफ्नो स्थान सुरक्षित गरेको छ ।’ आगामी वर्ष मञ्चको अधिवेशनको वर्ष समेत रहेकाले नयाँ नेतृत्वले अझै रचनात्मक र सिर्जनात्मक रूपमा संस्थालाई अगाडि बढाउने विश्वास उनले व्यक्त गरे ।   नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष माधव रेग्मीले पत्रकारिता क्षेत्रमा हुने अवार्ड कार्यक्रमलाई पोखराको विशिष्ट पहिचान वा ‘ब्राण्ड’का रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए । अवार्डलाई थप भव्य र व्यवस्थित बनाउन सबै पक्षबीचको सहकार्य र एकता आवश्यक रहेको उनले उल्लेख गरे । उनले भने, ‘यसलाई पोखराको एउटा ब्राण्ड कार्यक्रम बनाउनका लागि तपाईं हामी सबैको सहकार्य र एकताको हिसाबले अगाडि बढ्नुपर्छ ।’   मञ्चका पूर्वअध्यक्ष केशव पाठकले पोखरा स्पोट्र्स अवार्डको सफलता र यसको गरिमालाई अझ उच्च बनाउन संस्थागत पारदर्शिता र नियमित समीक्षा अनिवार्य रहेको बताए । पाठकले कुनै पनि ठूला आयोजना वा कार्यक्रमको वास्तविक सफलता त्यसको आर्थिक पारदर्शितामा निर्भर रहने उल्लेख गरे । उनले मञ्चले हरेक वर्ष अवार्ड सम्पन्न भएपछि सार्वजनिक रूपमै आम्दानी र खर्चको फेहरिस्त पेश गर्ने परम्परा बसालेर सुशासन र जवाफदेहिताको एउटा नमूना पेश गरेको बताए ।   आर्थिक पाटो स्पष्ट र पारदर्शी हुँदा दाता, प्रायोजक र शुभेच्छुकहरूको संस्थाप्रतिको विश्वास थप प्रगाढ हुने पूर्वअध्यक्ष पाठकले बताए । अवार्ड भव्य र सभ्य रूपमा सम्पन्न भए तापनि केही प्राविधिक र व्यवस्थापकीय पक्षमा सुधार गर्दै आगामी दिनको खाका तयार गर्नुपर्ने उनको सुझाव थियो ।   मञ्च गण्डकीका पूर्व अध्यक्ष एकराज गिरीले मञ्चले आयोजना गर्दै आएको स्पोट्र्स अवार्डलाई आगामी दिनमा अझ परिष्कृत र अपनत्वपूर्ण बनाउनुपर्नेमा जोड दिए । अवार्डको १०औँ संस्करणसम्म आइपुग्दा यसले ठूलो आर्थिक कारोबार र प्रभाव जमाउन सफल भएको उल्लेख गर्दै गिरीले आगामी दिनमा यसको गरिमालाई अझ उचाइमा पु¥याउनुपर्ने धारणा राखे ।   अवार्डका परिकल्पनाकार सन्देश श्रेष्ठले यसको गरिमा र भविष्यबारे आफ्ना धारणा राखे । उनले झण्डै ५ लाख रुपैयाँको न्यून बजेटबाट सुरु गरिएको यो अभियान अहिले ३५ लाख रुपैयाँ संकलन र परिचालन गर्न सक्ने हैसियतमा पुग्नु गौरवको विषय भएको बताए ।   अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यका साथ सुरु भएको यो कार्यक्रमले अहिले एउटा स्थापित ब्रान्डको रूप लिएको उनको भनाइ थियो । उनले भने, ‘बचत भएको रकम फ्रिज गरेर मात्र राख्नु हुँदैन, यसलाई खेलकुद पत्रकारहरूको व्यावसायिकता र विश्लेषणात्मक समाचार लेख्ने क्षमता बढाउन लगानी गर्नुपर्छ ।’

नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाल भलिबल लिग (एनभिएल) को लागि  ६ मार्की खेलाडी चयन गरिएको छ।    अन्नपूर्ण स्पाइकर किंग्सका मार्की हिमाल सुनारी, कर्णाली शिवराजको पहल गहतराज, काठमाडौं रेड्सको सुनिल बोहरा छन् ।   त्यस्तै खप्तड फाल्कन्सका धिरोज काजी बस्नेत, मधेश वारियर्सको रविन नगरकोटी र सगरमाथा स्म्यासर्सको हरि हजुर थापा मार्की खेलाडी छानिएका छन् ।    खप्तड फाल्कन्सका धिरोजबाहेक ५ मार्की  राष्ट्रिय टोलीका सदस्य हुन् । धिरोज  यु-१९ राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान हुन्।    नेपाल भलिबल संघको संरक्षकत्वमा केडिया ग्रुपले एनभिएल आयोजना गर्न लागेको हो। लिगमा ६ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ। लिगको भदौमा हुने भनिएको छ।

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा क्लब राखु म्याग्दीको आयोजनामा आगामी साउन २ गतेदेखि पोखरा रंगशालाको कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।   ‘सामाजिक चेतना, अनुशासन गतिशीलता, स्वाभिमान र विकास, क्लबको पहिचान’ भन्ने मूल नारासहित स्थापित क्लबले म्याग्दी बाहिर पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।   सो प्रतियोगितामा पुरुषतर्फको विजेताले नगद ४२ हजार २ सय २२ रुपैयाँ, ट्रफी, मेडलसहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् भने उपविजेता हुने टिमलाई नगद २२ हजार २ सय २२ रुपैयाँ, ट्रफी, मेडलसहित गिफ्ट ह्याम्पर प्रदान गरिने प्रतियोगिता संयोजक सुलभ मल्ले जानकारी दिए ।   उनका अनुसार महिलातर्फ विजेता तथा उपविजेता हुने टिमले क्रमश नगद २५ हजार २ सय २२ रुपैयाँ र १५ हजार २ सय २२ रुपैयाँ, ट्रफी, मेडलसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ ।   प्रतियोगितामा तनहुँ, कास्की, म्याग्दी, काठमाडौँ र पर्वत लगायतका खेलाडीहरुको सहभागिता छ भने पुरुषतर्फ १५ र महिलातर्फ ५ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको हो।   खेलको ११२ औँ मिनेटमा अल्भारेजको गोलमा अर्जेन्टिनाले १-२ अग्रता बनाएको थियो। अतिरिक्त समयको इन्ज्युरी टाइमको अन्तिममा मार्टिनेजको गोलमा अर्जेन्टिनाले सेमिफाइनल यात्रा तय गरेको हो।   अतिरिक्त समयमै अर्जेन्टिनाका अल्भारेजले खेलमा दोस्रो गोल गरेका थिए।   अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले १-१ गोलको बराबरी गरेपछि खेल अतिरिक्त समयमा गएको थियो।  खेलको ७२ औँ मिनेटमा ब्रिन एम्बोले रातो कार्ड खाँदै मैदान छाडेपछि स्वीटजरल्यान्ड १० खेलाडीमा समेटियो। यद्यपी टोलीले विश्व च्याम्पियनलाई कडा टक्कर दिँदै दबाबमा राखेको थियो।   ब्रिन एम्बोलोले दोहोरो पहेँलो कार्ड पाएर बाहिरिएका हुन्।  पहिलो हाफको खेल सकिँदा अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध १-० को अग्रता बनाएको थियो।  खेलको दोस्रो हाफको ६७ मिनेटमा स्विट्जरल्यान्डका आर.रोड्रिगेजले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्काएका थिए।   खेलको १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता लिएको थियो। कप्तान लियोनल मेसीले कर्नर मार्फत् प्रहार गरेको बललाई २० नम्बर जर्सीका एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत् उत्कृष्ठ गोल गरेका थिए।   आजै बिहान भएको क्वार्टरफाइन खेलमा नर्वेलाई २-१ ले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ।  ७२ वर्षपछि क्वार्टरफाइनलमा पुगेको स्वीटजरल्यान्ड भने अन्तिम ८ बाट नै बाहिरिएकाे छ।

काठमाडौं । विश्वकपमा पहिलोपटक सहभागी भएको केप भर्डले साउदी अरेबियासँग गोलरहित बराबरी खेल्दै आफ्नो ऐतिहासिक यात्रा जारी राखेको छ ।   शुक्रबार ह्युस्टनमा भएको खेलमा ०–० को बराबरीसँगै स्पेनले उरुग्वेमाथि १–० को जित निकाल्दा समूह ‘एच’बाट केप भर्ड उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गर्न सफल भयो ।   विश्वकपअघि फिफा वरीयताको ६७औँ स्थानमा रहेको करिब पाँच लाख जनसंख्या भएको अफ्रिकी द्वीपीय राष्ट्र केप भर्डले समूह चरणका तीनवटै खेलमा अपराजित रहँदै अन्तिम ३२ मा स्थान बनाएको हो। अब उसले जुलाई ३ मा मियामीमा साविक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।   समूह ‘एच’मा स्पेन सात अंकसहित समूह विजेता बन्यो भने केप भर्डले तीन अंक जोड्दै दोस्रो स्थान सुरक्षित गर्‍यो । उरुग्वे र साउदी अरेबिया समान दुई–दुई अंकमै सीमित हुँदै प्रतियोगिताबाट बाहिरिए ।   स्पेनले अन्तिम ३२ मा समूह ‘जे’को उपविजेता टोली अल्जेरिया वा अस्ट्रियामध्ये एकसँग खेल्नेछ ।   इतिहास रच्ने लक्ष्यसहित मैदान उत्रिएको केप भर्डका प्रशिक्षक बुबिस्टाले टोलीमा पाँच परिवर्तन गरेका थिए । केही परिवर्तन बाध्यात्मक भए पनि अनुभवी गोलरक्षक भोजिन्हालाई भने टोलीमा निरन्तरता दिएका थिए ।   ४० वर्षीय भोजिन्हाले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई कठिन परिस्थितिबाट जोगाएका छन् । उनले पहिलो खेलमा युरोपियन च्याम्पियन स्पेनसँग ०–० को बराबरी गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसपछि दुई पटकको विश्वकप विजेता उरुग्वेसँग २–२ को साहसिक बराबरी खेलेपछि केप भर्डको नकआउट सम्भावना बलियो बनेको थियो ।   साउदी अरेबियाविरुद्धको खेलमा पहिलो हाफमा केप भर्ड केही हदसम्म हावी देखिएको थियो । खेलको ३३औँ मिनेटमा अनुभवी डिफेन्डर हसन अल–तम्बक्ती घाइते हुँदै स्ट्रेचरमार्फत मैदानबाट बाहिरिएपछि साउदी टोलीलाई ठूलो धक्का लागेको थियो ।   केप भर्डका विली सेमेडोको प्रहार पोस्टबाट थोरैले बाहिरियो भने दुवै टोलीले पहिलो हाफमा स्पष्ट गोलको अवसर सिर्जना गर्न सकेनन् । त्यसबेला उरुग्वेलाई पछि पार्दै केप भर्डे नकआउटतर्फ अग्रसर थियो ।   दोस्रो हाफ सुरु भएको तीन मिनेटमै जामिरो मोन्टेइरोले नजिकबाट उत्कृष्ट अवसर पाए पनि कमजोर फिनिसिङका कारण गोल गर्न सकेनन् । त्यसपछि केभिन पिनाको लामो दूरीको प्रहार पनि लक्ष्यभन्दा थोरैले बाहिरियो ।

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १–१ को बराबरीमा खेल्दा दोस्रो म्याचमा हाइटीलाई ३–० ले हराएको थियो। तेस्रो खेलमा पनि ब्राजिलको जितमा भिनिसियस जुनियर नायक बने।   उनी एक्लैले २ गोल गरे। यस्तै, म्याथियस कुन्हाको नाममा एक गोल रह्यो। आजको खेलसँगै ब्राजिल अपराजित रहेर नकटआउट चरणमा प्रवेश गरेको छ।

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको हो ।   यसअघि सेमिफाइनलमा ग्यालेक्सिले आयोजक पिसिएमलाई ३–२ गोलले तथा फिष्टेल एकेडेमीले शितलादेवीलाई ३–२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।   विजेता तथा उप–बिजेता टिमले नगदसहित मेडल पुरस्कार प्राप्त गरे । पोखरा कलेज अफ म्यानेज्मेण्टका प्राचार्य लिना नेगी श्रेष्ठले विजयी खेलाडीहरुलाई पुरस्कृत गरिन् ।   यसअघि कलेजले प्लस टु को परिक्षा दिएर बसेका विद्यार्थीहरुका लागि फुटवल, बास्केटबल लगायतका प्रतियोगिताहरु आयोजना गरेको थियो ।  

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई २–० गोल अन्तरले पराजित गर्दै प्याराडाइम च्याम्पियन बनेको हो ।   प्याराडाइमको जीतमा खेमे र मिस्टर फुडीले समान १/१ गोलको योगदान दिए । सो प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीका रुपमा सोही टिमकै विवश पुरस्कृत भए । यस्तै सर्वाधिक गोलकर्ताका रुपमा खेमे घोषित भए । प्रतियोगिताबाट विजेता तथा उपविजेता बनेको टोलीले शिल्ड तथा मेडल प्राप्त गरे ।   हाल जारी फिफा फुटबल विश्वकपको अवसरमा आयोजित सो प्रतियोगितामा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू (कलाकार, कन्टेन्ट क्रियटर, व्यवसायी लगायत) आबद्ध ४ वटा टोलीले सहभागिता जनाएका थिए ।   सामाजिक सेवा र परोपकारी कार्यमा टेवा पु¥याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको चङ्गा प्रोडक्सनका प्रोग्राम कोर्डिनेटर तथा म्यानेजर सुजल केसीले बताए ।    चंगा प्रोडक्सन मोफलसलकै लोकप्रिय र चर्चित प्रोडक्सन कम्पनी हो । जसले ‘हावा जस्तै’ लगायतका दर्जनौ सफल म्यूजिक भिडियोहरु उत्पादन गरिसकेको छ ।