पोखरामा जारी नवौं पिएम कप एनभिए लिग भलिबल प्रतियोगितामा गण्डकी प्रदेश अपराजित रहदैं पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । डिफेण्डिङ च्याम्पियन टिपटप हेल्प नेपाललाई घरेलु मैदानमा प्रतिस्पर्धात्मक ३–२ को सेटले हराउँदै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको हो । पोखरा रंगशालास्थितको कभर्ड हलमा भएको खेलमा शीर्षस्थानमा रहेको हेल्प नेपाल विरुद्ध गण्डकीले २५–१८, १९–२५, १४–२५, २५–२० र १५–११ ले पराजित गर्याे । गण्डकीको यो छैटौं खेलसँगै छैटौं जित हो । यो जीतसँगै गण्डकीले २ अंक बटुल्दै १७ अंकसहित लिग तालिकाको शीर्षस्थानमा उक्लिएको छ । हेल्प नेपाल भने, छैटौं खेलमा ५ जित र १ हारमा १६ अंकसहित दोस्रो स्थानमा तल झरेको छ । पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।
इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्नो चर्चित क्रिकेट प्रतिभा खोज अभियान ‘बिट द स्पीड: सिजन २’ औपचारिक रूपमा सुरु गरेको छ। युवा, काँचो र तीव्र गतिका बलरहरूलाई पहिचान गर्ने उद्देश्यले सुरु गरिएको यो अभियान ८ मे २०२५ मा जनकपुरबाट प्रारम्भ भएको हो। हालसम्म यो अभियानले १७ वटा सहरहरू पार गरिसकेको र नेपाली क्रिकेटमा उत्साह र प्रतिस्पर्धाको नयाँ लहर ल्याएको कम्पनीले जनाएको छ। सन् २०२४ मा सुरु गरिएको यो अभियान वर्ल्डलिंकले ग्रामीण तथा सहरी क्षेत्रका प्रतिभाशाली तीव्र गतिका बलरहरूलाई खोजी र प्रोत्साहन गर्नको लागि प्रारम्भ गरेको थियो। यसले उनीहरूलाई पहिचान मात्र होइन, व्यावसायिक क्रिकेटतर्फको यात्रामा वास्तविक अवसर प्रदान गर्ने उद्देश्य राखेको छ। यस वर्ष अभियान २४ वटा सहरहरू लहान, राजविराज, बिर्तामोड, दमक, विराटनगर, इटहरी, बर्दिबास, मलंगवा, गौर, वीरगन्ज, हेटौंडा, चितवन, भैरहवा, लुम्बिनी, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, पाल्पा, पोखरा र काठमाडौँमा पुग्नेछ। अभियानमा प्रत्येक सहरमा एक जना उत्कृष्ट गति निकाल्ने बलरलाई स्थानीय विजेता घोषित गरिन्छ। तीमध्येका २४ स्थानीय विजेतामध्ये सर्वाधिक १० जना तीव्र गतिका बलरहरूलाई काठमाडौँमा आयोजना हुने एक हप्ते प्रशिक्षण क्याम्पमा सहभागी गराइनेछ। क्याम्पमा उनीहरूलाई पूर्वराष्ट्रिय कप्तान तथा हाल नेपाल ‘ए’का प्रशिक्षक ज्ञानेन्द्र मल्ल र नेपाल ‘ए’ का बलिङ प्रशिक्षक कलाम अलीले तालिम दिनेछन्। अन्त्यमा, यीमध्येबाट उत्कृष्ट विजेताको घोषणा गरिनेछ। बिट द स्पिड: सिजन २ को मुख्य विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार पाउनुका साथै भारतको प्रतिष्ठित क्रिकेट एकेडेमीमा ३ महिनाको तीव्र बलिङ तालिमको सम्पूर्ण खर्च वर्ल्डलिंकले व्यहोर्नेछ।
पोखरा महानगरपालिका वडा २५ हेमजामा जेष्ठ १० गतेदेखि जारी ३५ वर्ष माथिको उमेर समूहको “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२” को तेस्रो दिन दुई खेल सम्पन्न भएको छ । सोमबार भएकाे पहिलो खेलमा वडा १३ ले र १४ लाई २–० गोलको अन्तरले पछि पार्दै आगामी यात्रा तय गर्याे । आयोजक वडा २५ निलो र वडा २० बीच भएको पहिलो क्वाटरफाईनलको खेलमा ४–० गोल अन्तरले हराउँदै वडा २५ निलो सेमिफाइनल प्रवेश गरेको छ । उक्त खेलमा वडा २५ का राजु श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए । आजकाे पहिलो खेल वडा न.५ र २५ रातो बीच हुनेछ । दोस्रो वडा न.१ र ६ बीच विहान १० बजे हुने खेल संयोजक इन्द्र बहादुर कुंवारले जानकारी दिए । १३ समूहको सहभागिता रहेको प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ११ हजार १११ र द्धितिय पुरस्कार रु ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि प्रदान गरिनेछ । साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी र क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिएको अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए । खेल जेष्ठ १७ गते सम्म गौरीशंकर खेल मैदान(गौरी)मा सञ्चालन हुनेछ ।
पोखरा: पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको तेस्रो खेलमा टिपटप हेल्प नेपालले नेपाल एपिएफ क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा टिपटपले एपिएफलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । टिपटपले एपिएफलाई २५–२१, २५–२२ र २५–२१ ले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै ९ अङ्क जोड्न सफल भयो । आजको दोस्रो खेलमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरेको छ । पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा गण्डकीले पुलिसलाइ ३–० को सोझो सेटमा पराजित गर्यो । गण्डकीले पहिलो सेटको सुरुवाती अङ्कमा पछि परे पनि २५–२२ को जित निकाल्यो । दोर्सो सेटमा गण्डकीले पुनः २५–२२ को जित निकाल्यो । तेस्रो सेट गण्डकीले २५–२३ को जित निकाल्यो । यस जित सगै गण्डकीको तीन खेलमा ९ अङ्क भएको छ । पुलिसको ६ अङ्क छ । यस्तै प्रतियोगिताको आजको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले उत्कृष्ट पूनरागमन जित निकालेको छ । त्रिभुवन आर्मी क्लबले बुटवलको मणिमुकुण्ड भलिबल क्लबलाई ३–२ को सेट निकाल्यो । आज आर्मीसँग पराजित भएपनि मणिकुमुण्डले आर्मीसँग १ अङ्क खोज्न सफल भएको छ । यस्तै महिलातर्फको आजको तेस्रो खेलमा टिपटप न्यु डायमन्डले बुटवलको एभरेष्ट भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा न्यु डायमन्डले एभरेष्टलाई ३–१ को सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्यो । यस्तै आज नै भएको दोस्रो खेल नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । एपिएफले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । यस्तै आजको पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई सोझो सेटमा पराजित गरेको छ । यस्तै महिलातर्फ नै आज तेस्रो खेल टिपटप न्यु डायमण्ड र बुटवलको एभरेष्ट भलिबल क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । नेपाल भलिबल संघको आयोजनामा भएको नवौं प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
पोखरा: पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको दोर्सो खेलमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरेको छ । पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा गण्डकीले पुलिसलाइ ३–० को सोझो सेटमा पराजित गर्यो । गण्डकीले पहिलो सेटको सुरुवाती अङ्कमा पछि परे पनि २५–२२ को जित निकाल्यो । दोर्सो सेटमा गण्डकीले पुनः २५–२२ को जित निकाल्यो । तेर्सो सेट गण्डकीले २५–२३ को जित निकाल्यो । यस जित सगै गण्डकीको तीन खेलमा ९ अङ्क भएको छ । पुलिसको ६ अङ्क छ । तेर्सो खेल टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र एपीएफ क्लब भिड्नेछन् । चौथो खेल कोशी र सुदूरपश्चिम प्रदेश भिड्नेछन् । यस्तै पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले मणिमुकुण्ड क्लुब विरुद्ध उत्कृष्ट पूनरागमन जित निकालेको छ । त्रिभुवन आर्मी क्लबले बुटवलको मणिमुकुण्ड भलिबल क्लबलाई ३–२ को सेट निकाल्यो । त्रिभुवन आर्मी क्लबले पहिलो सेट २०–२५ ले गुमायो । दोस्रो सेट आर्मीले २५–२३ ले आफ्नो पक्षमा पा¥यो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट आर्मीले २७–२५ ले गुमायो । चौथो सेटमा उत्कृष्ट पूनरागमन गर्दै आर्मीले २५–२२ ले आफ्नो पक्षमा पा¥यो । निर्णायक तथा पाँचौ सेटमा आर्मीले १५–१० को जित निकाल्यो । त्रिभुवन आर्मी क्लबले पहिलो खेल टिपटप हेल्प नेपाल र दोस्रो खेलमा गण्डकी प्रदेशसँग पराजित भएको थियो । यस्तै मणिमुकुण्ड भलिबल क्लब पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएपनि दोस्रो खेलमा नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । आज आर्मीसँग पराजित भएपनि मणिकुमुण्डले आर्मीसँग १ अङ्क खोज्न सफल भएको छ । यस्तै महिलातर्फको आजको तेस्रो खेलमा टिपटप न्यु डायमन्डले बुटवलको एभरेष्ट भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा न्यु डायमन्डले एभरेष्टलाई ३–१ को सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्यो । यस्तै आज नै भएको दोस्रो खेल नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । एपिएफले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । न्यु डायमन्डले पहिलो सेट २१–२५ ले गुमाएपनि दोस्रो सेट २५–२३ ले जित्यो । एक समय न्यु डायमन्ड दोस्रो सेटमा २३–१५ को अवस्थामा भएपनि एभरेष्टले लगातार अङ्क जोड्दै २३–२३ को बराबरी गरेको थियो । तेस्रो २५–१४ र चौथो सेट २५–२२ को जित निकाल्यो । एफिएफले २५–७, २५–२३ र २५–२० को जित निकाल्यो । एफिएफले दुई खेलमा ६ अङ्क जोडेको छ । आर्मीले दुवै खेलमा पराजित भएको छ । यस्तै आजको पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई सोझो सेटमा पराजित गरेको छ । नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पुलिसले आर्मीलाई २५–५, २५–९ र २५–२२ को जित निकाल्यो । पुलिसले लगातार दुई खेल जित्दै ६ अङ्क जोडेको छ । भने, कर्णालीले दुवै खेलमा पराजित भएको छ । यस्तै महिलातर्फ नै आज तेस्रो खेल टिपटप न्यु डायमण्ड र बुटवलको एभरेष्ट भलिबल क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । नेपाल भलिबल संघको आयोजनामा भएको नवौं प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
पोखरा: पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले उत्कृष्ट पूनरागमन जित निकालेको छ । त्रिभुवन आर्मी क्लबले बुटवलको मणिमुकुण्ड भलिबल क्लबलाई ३–२ को सेट निकाल्यो । पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा त्रिभुवन आर्मी क्लबले पहिलो सेट २०–२५ ले गुमायो । दोस्रो सेट आर्मीले २५–२३ ले आफ्नो पक्षमा पा¥यो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट आर्मीले २७–२५ ले गुमायो । चौथो सेटमा उत्कृष्ट पूनरागमन गर्दै आर्मीले २५–२२ ले आफ्नो पक्षमा पा¥यो । निर्णायक तथा पाँचौ सेटमा आर्मीले १५–१० को जित निकाल्यो । त्रिभुवन आर्मी क्लबले पहिलो खेल टिपटप हेल्प नेपाल र दोस्रो खेलमा गण्डकी प्रदेशसँग पराजित भएको थियो । यस्तै मणिमुकुण्ड भलिबल क्लब पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएपनि दोस्रो खेलमा नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । आज आर्मीसँग पराजित भएपनि मणिकुमुण्डले आर्मीसँग १ अङ्क खोज्न सफल भएको छ । यस्तै महिलातर्फको आजको तेस्रो खेलमा टिपटप न्यु डायमन्डले बुटवलको एभरेष्ट भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा न्यु डायमन्डले एभरेष्टलाई ३–१ को सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्यो । यस्तै आज नै भएको दोस्रो खेल नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । एपिएफले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । न्यु डायमन्डले पहिलो सेट २१–२५ ले गुमाएपनि दोस्रो सेट २५–२३ ले जित्यो । एक समय न्यु डायमन्ड दोस्रो सेटमा २३–१५ को अवस्थामा भएपनि एभरेष्टले लगातार अङ्क जोड्दै २३–२३ को बराबरी गरेको थियो । तेस्रो २५–१४ र चौथो सेट २५–२२ को जित निकाल्यो । एफिएफले २५–७, २५–२३ र २५–२० को जित निकाल्यो । एफिएफले दुई खेलमा ६ अङ्क जोडेको छ । आर्मीले दुवै खेलमा पराजित भएको छ । यस्तै आजको पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई सोझो सेटमा पराजित गरेको छ । नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पुलिसले आर्मीलाई २५–५, २५–९ र २५–२२ को जित निकाल्यो । पुलिसले लगातार दुई खेल जित्दै ६ अङ्क जोडेको छ । भने, कर्णालीले दुवै खेलमा पराजित भएको छ । यस्तै महिलातर्फ नै आज तेस्रो खेल टिपटप न्यु डायमण्ड र बुटवलको एभरेष्ट भलिबल क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । नेपाल भलिबल संघको आयोजनामा भएको नवौं प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
पोखरा: पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको महिलातर्फको आजको तेस्रो खेलमा टिपटप न्यु डायमण्डले बुटवलको एभरेष्ट भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा न्यु डायमण्डले एभरेष्टलाई ३–१ को सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्यो । न्यु डायमण्डले पहिलो सेट २१–२५ ले गुमाएपनि दोस्रो सेट २५–२३ ले जित्यो । एक समय न्यु डायमण्ड दोस्रो सेटमा २३–१५ को अवस्थामा भएपनि एभरेष्टले लगातार अङ्क जोड्दै २३–२३ को बराबरी गरेको थियो । तेस्रो २५–१४ र चौथो सेट २५–२२ को जित निकाल्यो । यस्तै आज नै भएको दोस्रो खेल नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । एपिएफले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एफिएफले २५–७, २५–२३ र २५–२० को जित निकाल्यो । एफिएफले दुई खेलमा ६ अङ्क जोडेको छ । आर्मीले दुवै खेलमा पराजित भएको छ । यस्तै आजको पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई सोझो सेटमा पराजित गरेको छ । नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पुलिसले आर्मीलाई २५–५, २५–९ र २५–२२ को जित निकाल्यो । पुलिसले लगातार दुई खेल जित्दै ६ अङ्क जोडेको छ । भने, कर्णालीले दुवै खेलमा पराजित भएको छ । आज पुरुषतर्फ चार खेल हुनेछ । नेपाल भलिबल संघको आयोजनामा भएको नवौं प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
पोखरा: पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको महिलातर्फको आजको दोस्रो खेलमा नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा एपिएफले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एफिएफले २५–७, २५–२३ र २५–२० को जित निकाल्यो । एफिएफले दुई खेलमा ६ अङ्क जोडेको छ । आर्मीले दुवै खेलमा पराजित भएको छ । यस्तै आजको पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई सोझो सेटमा पराजित गरेको छ । नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पुलिसले आर्मीलाई २५–५, २५–९ र २५–२२ को जित निकाल्यो । पुलिसले लगातार दुई खेल जित्दै ६ अङ्क जोडेको छ । भने, कर्णालीले दुवै खेलमा पराजित भएको छ । यस्तै महिलातर्फ नै आज तेस्रो खेल टिपटप न्यु डायमण्ड र बुटवलको एभरेष्ट भलिबल क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । आज पुरुषतर्फ चार खेल हुनेछ । नेपाल भलिबल संघको आयोजनामा भएको नवौं प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
पोखरा: पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको महिलातर्फको आजको पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई सोझो सेटमा पराजित गरेको छ । पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पुलिसले आर्मीलाई २५–५, २५–९ र २५–११ को जित निकाल्यो । प्रतियोगितामा दोस्रो खेल दुई विभागीय नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै महिलातर्फ नै आज तेस्रो खेल टिपटप न्यु डायमण्ड र बुटवलको एभरेष्ट भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । आज पुरुषतर्फ चार खेल हुनेछ । नेपाल भलिबल संघको आयोजनामा भएको नवौं प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।