पोखरामा आमा समूह तथा छात्र/छात्रा दौड सम्पन्न

पाेखरा | साउन १७, २०८२

पोखरामा आमा समूह तथा छात्र/छात्रा दौड सम्पन्न

पोखरा:  नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार पोखराका आमा समूहहरूको दौड सम्पन्न भएको छ । 


रजत महोत्सवको अवसरमा १२ महिना १२ कार्यक्रमअन्तर्गत मञ्चले पहिलोपटक आमा समुहको दौड आयोजना गरेको हो । त्यस संगै नियमित मासिक दौड अन्तर्गत हुँदै आएको छात्र/छात्रा दौड समेत सम्पन्न भएको छ ।


चुलोचौको र खेतबारीमा सीमित रहँदै आएका महिलाहरूलाई अ‍ेलकुदमा सचेतना बढाउन विशेष ‘आमा समूह दौड’ आयोजना गरेको मञ्चका पूर्व अध्यक्ष एवं रेश डाइरेक्टर तेज बहादुर गुरूङले बताए ।


३ किलोमिटर दूरीको उक्त दौडमा पाँच सयभन्दा बढी महिलाहरूले सहभागिता जनाएका थिए ।


पोखरा रंगशालामा आयोजित कार्यक्रमको उद्घाटन जिल्ला प्रशासन कार्यालय कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले गरेकी थिइन् । उनले महिलाहरूको मैदानमै सक्रियता समाज रुपान्तरणको आधार बन्ने बताइन् ।


आमा सुमह दौडमा हरि कुमारी श्रेष्ठ पहिलो, विष्णु कुमारी ठकुरी दोस्रो,  रिया गुरूङ तेस्रो, सूर्यकला थापा चौथो,  राधिका थापा पाँचौ स्थान बनाउन सफल हुँदा । त्यस्तै छैटौ देखि १० औं स्थान सम्म क्रमश झगदेबी बुढा, मधु देवकोटा, सिता तामाङ, सरिता जिशी र विमला केसी बने ।


त्यस्तै छात्र ५ किमि छात्रतर्फ छोरेपाटन माविका आयुष सुनार १७.३१ मिनेटमा दौड पुरा गरी पहिलो हुँदा बराह माविका शुस्मन ढुङ्गानाले १७.४१ मिनेटको समय लिंदै दोस्रो तथा माछापुच्छ्रे माविका राजिव बास्तोलाले १८.३३ मिनेटको समय खर्चिदै तेस्रो स्थान प्राप्त गरे ।


दौडमा माछापुच्छ्रे माविका प्रवेश परियार चौथो र हिमालय कलेजका दिपेन्द्र नेपालीले पाचौ स्थान प्राप्त गरे ।


त्यस्तै छात्रातर्फ एन्जिला जिटी पहिलो भइन । मेघराज माविकी उनले आफ्नो दौड २१.०२ मिनेटमा पुरा गरिन् भने दोस्रो भएकी गौरीशंकर मावीकी कविता मगरले २१.३८ सेकेण्डमा दौड पुरा गरेकी थिइन् ।

 
त्यस्तै महेन्द्र माविकी सोनिया नेपालीले २१.५२ मिनेटको समयमा तेस्रो स्थान प्राप्त गरिन् । दौडमा सरस्वती टिका स्कुलकी शाकिरा परियार चौथो र कोपिला चिल्ड्रेनकी आशा केसी पाँचौ स्थान प्राप्त गर्न सफल रहे ।


बिजेता सबैलाई मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । 

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्