स्वर्डफिसले गण्डकीमा भित्र्यायो ज्वेलरी म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’
पाेखरा | असार २७, २०८३
पोखरा । स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।
परम्परागत रूपमा सञ्चालन भइरहेका गहना व्यवसायलाई आधुनिक एवं डिजिटल प्रणालीतर्फ उन्मुख गराउने लक्ष्यका साथ यो सफ्टवेयर औपचारिक रूपमा बजारमा ल्याइएको हो ।
स्वर्डफिस टेक्नोलोजीका प्रबन्ध निर्देशक किसान सुनारका अनुसार यो आन्तरिक राजस्व कार्यालयबाट मान्यता प्राप्त सफ्टवेयर हो । यसअघि काठमाडौँमा मात्रै करिब २ सयभन्दा बढी व्यावसायिक कम्पनीहरूले यसको सफल प्रयोग गरिसकेका छन् ।
आजबाट गण्डकीमा भित्रिएको याे सफ्टवेयर परिवर्तित समयानुसार अनुकुल रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव निर्मल दियालीले बताए । उनले सकेसम्म हरेक व्यवसायीले यस्ता प्रकारका सफ्टवेयरको प्रयोग गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष चन्द्र किशोर गौतमले समयको बचतसँगै प्रविधिमैत्री बन्न दीपअर्थको आवश्यकता रहेको बताए ।
कार्यक्रममा दीपअर्थका सीइओ देवराज घिमिरेले सफ्टवेयरमा ज्वेलरी व्यवसायका लागि आवश्यक पर्ने सम्पूर्ण डिजिटल सुविधाहरू उपलब्ध रहेको बताए । उनका अनुसार सो सफ्टवेयरभित्र व्यवसायको लेखा सम्बन्धी सबै रिपोर्टहरू सहजै तयार पार्न सकिन्छ भने ग्राहकको अर्डर व्यवस्थापन र खरिद–बिक्रीको विवरण राख्न मिल्ने सुविधा उपलब्ध छ ।
यस्तै दीपअर्थका म्यानेजर रोशन कडरियाले सफ्टवेयरको प्राविधिक पक्ष, उपयोगिता र यसका सुविधाहरूबारे विस्तृत जानकारी दिए । कडरियाका अनुसार गहना व्यवसायको सहजताका लागि यसमा तौल मापन गर्दा ग्राम र तोला दुवै एकाइमा राख्न मिल्ने विशेष व्यवस्था गरिएको छ ।
यसैगरी व्यवसायीले बारकोडको प्रयोग गरी सामानको स्टक र इन्भेन्ट्री चुस्त राख्न सक्नेछन् भने छिटो र छरितो भुक्तानीका लागि बारकोड बिलिङको व्यवस्थासमेत यसमा समावेश गरिएको छ ।
सफ्टवेयर प्रयोग गर्न चाहने व्यवसायीका लागि हरेक वर्ष ३० हजार रुपैयाँदेखि ९० हजार रुपैयाँसम्मको विभिन्न प्याकेजहरूको व्यवस्था गरिएको गण्डकी प्रदेशका प्रतिनिधि अपिल विश्वकर्माले जानकारी दिए । उनका अनुसार वार्षिक प्याकेजबाहेक हरेक वर्ष नवीकरण शुल्क भने अतिरिक्त लाग्नेछ ।
व्यवसायको महत्वपूर्ण डाटा विवरण सुरक्षित रहने र यसले गोपनीयताको पूर्ण प्रत्याभूति दिने कम्पनीले जनाएको छ ।
काठमाडौं । विश्वकपमा पहिलोपटक सहभागी भएको केप भर्डले साउदी अरेबियासँग गोलरहित बराबरी खेल्दै आफ्नो ऐतिहासिक यात्रा जारी राखेको छ । शुक्रबार ह्युस्टनमा भएको खेलमा ०–० को बराबरीसँगै स्प...
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

