‘निट पत्रकारिता पुरस्कार’ प्रतिभा छनोट समिति गठन

पाेखरा | मंसिर ७, २०८३

‘निट पत्रकारिता पुरस्कार’ प्रतिभा छनोट समिति गठन

पोखरा ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले प्रदान गर्ने ‘निट पत्रकारिता पुरस्कार’ का लागि प्रतिभा छनोट समिति गठन गरिएको छ ।

 

पोखराको महेन्द्रपुलस्थित रहेको निट डेन्टल केयर प्रालिले स्थापना गरेको पुरस्कारका लागि फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीसमगरको संयोजकत्वमा ५ सदस्यीय प्रतिभा छनोट समिति गठन गरिएको हो ।

 

समितिको सदस्यमा पूर्व पुरस्कृत पत्रकार भरत कोइराला, फोनिज गण्डकीकी अनुशासन समितिकी संयोजक मिना थापामगर, अध्यक्ष खिमा गुरुङ र महासचिव सुरज थापामगर छन् ।

 

निट डेण्टलको चौंथो वार्षिकोत्सवका अवसरमा मंसिर २६ गते अर्पण गरिने पुरस्कारबाट पत्रकारिताका माध्यमबाट समाज परिवर्तनमा सकरात्मक भूमिका निभाएका पत्रकार सम्मानित हुने फोनिज गण्डकीकी अध्यक्ष खिमा गुरुङले बताइन् । पुरस्कार राशी २५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

 

यो पुरस्कार फोनिजमा मात्र सिमित नभएर अन्य समुदायका पत्रकारले पनि प्राप्त गर्ने अध्यक्ष गुरुङले बताइन् ।

 

‘नेपालभित्र जुनसुकै जिल्लामा रहेर पत्रकारिता गरिरहेका क्रियाशील पत्रकारले यो पुरस्कार प्राप्त गर्न सक्नुहुन्छ,’ उनले भनीन्, ‘डेण्टलको वार्षिकोत्सवको दिन हरेक वर्षको मंसिर २६ गते एक जना पत्रकारलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिदैं आइएको छ ।’

 

निट डेण्टलको वार्षिकोत्सवका अवसरमा प्रदान गरिने गरी पुरस्कार घोषणासँगै गतवर्ष पुरस्कार सञ्चालनका लागि ५ लाख रुपैयाँको अक्षयकोष पनि स्थापना गरिएको थियो ।

पोखरा ।   युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा हुने ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३’ को तयारी पुरा भएको छ ।   फेवा मल्टिप्रोडक्ट पोखराको ...

थप पढ्नुहोस्

काठमाडौं । निरोसन डिकवेलाको अर्धशतक मद्दतमा सुदूरपश्चिम रोयल्सलाई पहिलो क्वालिफायरमा ६ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ ।...

थप पढ्नुहोस्

प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गरेकाा छन्।   भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार प्रधानमन्त्री शाह...

थप पढ्नुहोस्