काठमाडौंः आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहोस् ।
काठमाडौं: राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । मतदान आज दिउँसो ३ बजेसम्म जारी रहने आयोगका प्रवक्ता नरायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । रिक्त हुने १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको थियो । बाँकी १७ पदका लागि आज निर्वाचन हुनलागेको हो । कोशी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको थियो । बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका राजधानीस्थित तोकिएको मतदानस्थल तथा मतदान केन्द्रमा मतदान सुरु भएको हो । कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान सुरु भएको छ । त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान सुरु भएको उहाँले जानकारी दिनुभयो । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १९ रहेको छ । मतदानस्थलमा ती मतदाताले मतदान गरिराखेका छन् ।
काठमाडौं: राष्ट्रिय सभाका रिक्त १७ सिटकालागि भोलि निर्वाचन हुँदैछ । मतदान भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने निर्वाचन आयोगले जनाएको छ । १८ सिट रिक्न हुने भएपनि नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेकाले १७ जनाकालागि निर्वाचन हुन लाथेको हो । सो निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख उपप्रमुख गरी २ हजार ४३ मतदाता कायम भएका छन् । जसमध्ये केही प्रदेश सभा सदस्य र केही स्थानीय पालिकाका प्रमुखले प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धा गर्न राजिनामा दिएकाले मतदाताको यकीन संख्या कायम गर्न बाँकी रहेको आयोगले जनाएको छ । निर्वाचनमा प्रदेश सभा सदस्यकालागि ५३ र स्थानीय तहका पदाधिकारीकालागि १९ मतभार तोकिएको छ । भोली हुने निर्वाचनकालागि सबै तयारी पुरा भएको पनि आयोगले जनाएको छ
काठमाडौं: प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक दलले पेस गरेको बन्द सूचीमा सूचीकृत तीन जना उम्मेदवारका बारेमा उजुरी परेका छन् । निर्वाचन आयोगले आज जारी गरेको विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को तर्फबाट बन्द सूचीको क्रम सङ्ख्या ९७ मा नाम रहेका सिरहाका चन्दे्रश्वर मण्डल, नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट बन्दसूचीको क्रम सङ्ख्या ६२ मा नाम रहेका ललितपुरका जीवन लामा र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बन्द सूचीको क्रम सङ्ख्या ३७ मा नाम रहेका पाख्रिबास–८, धनकुटाका कुमारबहादुर थापाका बारेमा आयोगमा उजुरी परेको उल्लेख छ । समानुपातिक निर्वाचनतर्फका निर्वाचन अधिकृत एवं आयोगका सचिव कृष्णबहादुर राउतले आज जारी गरेको विज्ञप्तिमा मण्डल आदिवासी तर्फको व्यक्ति भएकाले उनको नाम मधेसी समुदायमा राख्न नमिल्ने भनी पिपरा गाउँपालिका–१ महोत्तरीका सन्तोषकुमार साहले उजुरी गरेको जनाइएको छ । यस्तै, ललितपुरका लामा अपाङ्गता नभएको व्यक्ति भए पनि अपाङ्ग भनिएको उल्लेख गरिएको भनी तेमाल–२ काभ्रेपलाञ्चोकका रहरसिंह तामाङले उजुरी गरेका हुन् । धनकुटाका थापाले उत्तरपानी चियाबगानको जग्गा अनधिकृत रूपमा बेचबिखन गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परी विचाराधीन रहेको भनी पाख्रिबास–५, धनकुटाकी पवित्रा श्रेष्ठले उजुरी गरेको विज्ञप्तिमा उल्लेख छ । सम्बन्धित पक्षले आ–आफ्नो सबुद प्रमाणसाथ माघ १३ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेभित्र आयोगमा अनिवार्य रूपमा उपस्थित हुन सूचित गरिएको आयोगले जनाएको छ । आयोगले बोलाएको समयमा उपस्थित नभए कानुनले व्यवस्था गरेबमोजिम हुने जनाइएको छ ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ मा आफू सहजै जित निकाल्ने अवस्थामा भए पनि मधेस झरेको बताउनुभएको छ। सर्लाही क्षेत्र नम्बर ४ मा युवाहरूसँग आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले काठमाडौं–४ मा आफ्नो प्रतिस्पर्धी नै नरहेको जिकिर गर्नुभयो। सभापति थापाले यसअघि तीन पटक चुनाव जितिसक्नुभएको थियो । काठमाडौं–४ मा आफ्नो उम्मेदवारी घोषणा नहुँदासम्म अन्य प्रतिस्पर्धी दलले उम्मेदवार खोज्न नसकेको उहाँको भनाइ छ । ‘मेरो उम्मेदवारी काठमाडौं कि सर्लाही भन्ने विषयको टुङ्गो नलागेसम्म अन्य प्रतिस्पर्धी दलले उम्मेदवार नै खोज्न सकेनन्,’ उहाँले भन्नुभयो, ‘मैले काठमाडौँमा नलड्ने निर्णय गरेपछि मात्रै नयाँ र पुराना दलबाट उम्मेदवारी दर्ता भयो।’ उहाँले आफू सर्लाही–४ मा उम्मेदवार बनेपछि काठमाडौँका मतदाता स्तब्ध बनेको दाबी गर्नुभयो। यस सन्दर्भमा उहाँले काठमाडौँका मतदातालाई चित्तबुझ्दो जवाफ दिन नसकेको स्वीकार गर्नुभयो। ‘मैले काठमाडौंका मतदातालाई पर्याप्त रूपमा चित्त बुझाउन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘तर म आफैँले जानेर, बुझेर नै सर्लाही–४ रोजेको हुँ। म अघिल्लो पटकदेखि नै मधेस झर्न चाहन्थेँ, यस पटक आँट गरेर आएको हुँ।’ कांग्रेसको सभापति भएपछि मधेशलाई जोड्नैपर्ने आवश्यकता रहेको उल्लेख गर्दै सभापति थापाले पार्टीको भविष्य मधेशसँग गाँसिएको धारणा व्यक्त गर्नुभयो। उहाँका अनुसार आफू मधेस नझरी कांग्रेस ठूलो पार्टी बन्न नसक्ने स्पष्ट बुझाइमा पुग्नुभएको छ।
काठमाडौं: प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले शुक्रबार दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । यस्तै आजै दिनको १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । आयोगका अनुसार अपराह्न ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते दाबीविरोधमा उजुरी दिने अवधि तोकिएको थियो । त्यस दिन बिहान १० देखि दिउँसो ३ बजेसम्मका लागि समय तोकिएको छ । सोही दिन दिउँसो ३ बजेदेखि बिहीबार बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको छ । देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ । यही माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको हो । कुल उम्मेदवारीमध्ये तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा अन्य एक जना रहेका छन् । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत एक सय १० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत एक सय ६५ सदस्य निर्वाचित हुनेछन् ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गर्नुभएका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ । सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का एक, रौतहट जिल्ला क्षेत्र नम्बर १ का एक, भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ का दुई वटा उजुरीको भने दाबी नपुगेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । रौतहटको उजुरी बुधबार नै दरपीठ भई उम्मेदवारी कायम रहेको आयोगले जनाएको छ । उम्मेदवारमाथि बुधबार दिउँसो ३ बजेदेखि जाँचबुझ सुरु भएको थियो । आज बेलुका ५ बजेसम्म उजुरीमाथि जाँचबुझ गरिएको हो । बिहीबार ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन कार्यक्रम रहेको छ । माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । शुक्रबार ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयमा तीन वटा कार्यक्रम तय गरिएको जानकारी उहाँले गराउनुभयो । देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा प्राप्त जानकारीअनुसार पुरुष ३०८८, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी तीन हजार ४८६ को उम्मेदवारी कायम भएको आयोगले जनाएको छ । यीमध्ये चार जिल्लाका पाँच उम्मेदवारमाथि उजुरी परेको थियो ।
काठमाडौं: नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा पहिलो पटक बैठक राख्दैछन् । गत पुस २७ देखि माघ २ गतेसम्म भएको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि उनले पहिलो पटक पार्टी केन्द्रीय कार्यालयमा बैठक राखेका हुन् । सभापति बनेपछि थापाले दुईवटा बैठक राखेका थिए । जसमा एउटा ललितपुर र अर्को काठमाडौंको पार्टी प्यालेसमा राखिएको थियो । कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार सभापति थापा विशेष महाधिवेशनपछि पहिलो पटक पार्टी केन्द्रीय कार्यालयमा प्रवेश गर्दैछन् । सानेपामा शुक्रबार दिउँसो पदस्थापना गरेपछि उनी यसपटक उठ्न लागेको नयाँ निर्वाचन क्षेत्र सर्लाही ४ पुग्ने भएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सभापति थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन् । जहाँ उनलाई कांग्रेस छाडेका डा। अमरेश सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनौती दिँदैछन् । विशेष महाधिवेशनको विवादमा सर्वोच्च अदालत अदालतले अन्तरिम आदेश नदिएसँगै गगनलाई कामको बाटो खुलिसकेको छ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन गैरकानुनी रहेको बताउँदै सर्वोच्चमा रिट हालेको थियो । उक्त रिटमा न्यायाधीश सुनीलकुमार पोखरेलले मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै सभापति थापाको नाममा कारण देखाऊ आदेश मात्रै दिएको छ। उनले १५ दिनभित्र लिखित जवाफ दिनुपर्नेछ । प्रारम्भिक आदेशमा सर्वोच्चले उक्त मुद्दालाई प्राथमिकतामा राख्दै कानुनी र संवैधानिक अवस्था हेरेर सुनुवाइ गर्नुपर्ने देखिएको जनाएको छ। विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भइसक्दा पनि कांग्रेसले आफ्नो वेबसाइट अद्यावधिक गरेको छैन। कांग्रेसको वेबसाइटमा पुरानै कार्यसमितिको नाम र तस्बिर छ। तर जहाँबाट गगन थापा र विश्वप्रकाश शर्मासहितको नाम र तस्बिर हटाइएको छ। यस्तोमा शुक्रबार गगनले सानेपामा पदस्थापन गर्न लागेका हुन् । ‘भोलि पार्टीको निर्वाचन केन्द्रित बैठकहरू छन् । सभापतिज्यू पार्टी केन्द्रीय कार्यालय पुगेर पहिला पदस्थापना गर्नुहुनेछ’, चालिसेले भने, ‘त्यसपछि निर्वाचन क्षेत्रमा जाने कार्यक्रम निर्धारण गर्छौँ ।’
काठमाडौं: आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका तीन हजार ४८६ उम्मेदवारमध्ये ५ जनाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। निर्वाचन आयोगले बुधवार पत्रकार सम्मेलनको आयोजना निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमार्फत ५ उजुरी दर्ता भएको जानकारी दिएको हो। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार भक्तपुर–२ मा दुई वटा र सुनसरी(२, रौतहट(१ र कैलाली(१ मा एक एक गरी जम्मा ५ वटा उजुरी दर्ता भएका हुन्। उहाँले निर्वाचन कार्यतालिका अनुसार बिहीबार उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘सुनसरी जिल्ला क्षेत्र नम्बर २, भक्तपुर जिल्ला क्षेत्र नम्बर २ दुई वटा र रौतहट जिल्ला क्षेत्र नम्बर १ र कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा एक, एक गरी जम्मा ५ वटा उजुरी परेको छ। निर्वाचन कार्यतालिका अनुसार भोलि उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम रहेको छ।’ उहाँले माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिनुभयो। सोही दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ।

