पोखरा: कपडाको थोक पसल चलाइरहेकी भगवती बानियाँ केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि लेकसाइडको आफ्नै जमिनमा होटल खोलिन् । विमानस्थल सञ्चालनमा आए पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेन । अपेक्षा अनुरुप पाहुना नआउँदा व्यवसाय धरासायी भएको पीडालाई उनले मंगलबार तीज भाकामार्फत प्रस्तुत गरिन् । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले लेकसाइडको बाराहीघाटमा भदौ १० र ११ मा आयोजना गरेको तेस्रो तीज सांस्कृतिक महोत्सवअन्तर्गत तीज गीत प्रतियोगितामा उनी अध्यक्ष रहेको सञ्जिवनी नारी समूह सहभागी थियो । उनले पर्यटन व्यवसायीको पीडालाई समेटेर गीत लेखिन् । त्यही शब्दलाई लेकसाइडकै समूहले तीज गीत, नृत्य र अभिनयमार्फत प्रस्तुत ग¥यो । ‘अन्तर्राष्ट्रिय विमानस्थल खर्च भा’छ खरबौं पोखरेलीले लगानी गरे अरबौं अरबौंका लगानीका बने होटल रिसोर्ट जहाज चल्न सकेन भयो विजोग’ उनले अहिले अपेक्षाअनुसार पर्यटक नआउँदा कपडा पसलको आम्दानीले होटलका कर्मचारीको तलब दिइरहेको सुनाइन् । उनले गीतको शब्द मात्रै लेखिनन्, गीति नाटककै परिकल्पना गरिन् । पर्यटन व्यवसायी, संघ, प्रदेश र स्थानीय सरकार, कर्मचारी, बैंकर, पर्यटक, प्रहरी लगायतको भूमिकामा समूहका सदस्य प्रस्तुत भए । गायन, नृत्य र अभिनयमा २६ कलाकार सहभागी भए । समूहले आर्थिक मन्दीका कारण लगानी डुबेको व्यवसायीले आत्मदाह गरेको र सरकारले टुलुटुलु हेरेर बसिरहेको दृश्य गीत, नृत्य र अभिनयमार्फत प्रस्तुत ग¥यो । ‘आर्थिक मन्दी व्याप्त भा’को बैंक सहकारी उडेको टुलुटुलु हेर्छ सरकार जनता डुबेको सम्पदामा सूचीकृत फूलबारी रिसोर्टको यो त एउटा उदाहरण हो चरम विजोगको’ समूहकी अध्यक्ष केसीको होटल नजिकै अर्को होटलले ऋण तिर्न नसक्दा एक महिना अघि बैंकले चाबी लगाइदिएको दृश्यले उनको मन अमिलो भयो । ‘हाम्रै समूहकी सदस्यको होटलमा त्यसरी चाबी लगाउँदा पनि केही गर्न सकेनौं,’ उनले भनिन्, ‘त्यही दिनदेखि मेरो पनि मनमा डर पस्यो ।’ मंगलबारको तीज गीतमा उनले आफ्नै अनुभवलाई पनि समेटिन् । ‘करोडौंका व्यवसाय बैंकले चाबी लाइदियो धितो भा’को घरबारी नि सबै खाइदियो नाम चलेका व्यवसायी सडकमा आइसके युवाशक्ति विदेश पलायन भइसके पोखरा भ्रमण वर्ष २०२५ घोषणा भए पनि व्यवसायीलाई त्यसको आभाष नभएको उनले सुनाइन् । ‘बाटोघाटो उस्तै छ, पर्यटक थपिएका छैनन्,’ उनले भनिन्, ‘भ्रमण वर्षमा व्यवसायीलाई कर छुट पनि छैन ।’ उनको समूहले पर्यटनलाई महत्त्व दिन सरकारलाई गीतमार्फत ध्यानाकर्षण गरायो । ‘व्यवसाय गर्नेमाथि सरकारको ध्यान गैदियोस् देशमा सरकार छ भन्ने आभाष भैदियोस् एकद्वार प्रणाली, करमा छुट भैदियोस् पर्यटनमा सरकारको चासो रैदियोस्’ उनको समूह गत वर्ष दोस्रो तीज सांस्कतिक महोत्सवमा पहिलो भएको थियो । गत वर्ष तीनवटा तीज गीत प्रतियोगितामा सहभागी भएको समूह तीनवटामै पुरस्कृत भएको थियो । उनले भनिन्, ‘समूहका सबै पदाधिकारी र सदस्यको सक्रियताले सम्भव भयो ।’ यसपल्ट भने उनको समूहले सान्त्वना पुरस्कार पायो । प्रतियोगितामा सहभागी अधिकांश महिला समूहले पर्यटनसँग जोडेर तीज गीत प्रस्तुत गरे । पोखराको फेवा ताल संरक्षण, पर्यटकीयस्थलको प्रवद्र्धन, पर्यटनमा महिला सहभागिता लगायत विषय प्रतियोगी समूहले उठान गीतमार्फत उठान गरेका थिए । प्रतियोगितामा कमलजैसी आमा समूह पहिलो, धारापानी आमा समूह दोस्रो र खहरे आमा समूह तेस्रो भए । उनीहरुले क्रमशः ३५ हजार, २५ हजार र २० हजार रुपैयाँ प्राप्त गरे । सान्त्वना हुने १० समूहले १०–१० हजार रुपैयाँ प्राप्त गरे । बुधबार रस्साकसी, घैंटो फुटाउने, साडी दौड जस्ता रमाइला खेलकुद प्रतियोगिता भएका थिए । महिला सशक्तीकरण सम्बन्धी दुईवटा ‘टक सो’ (संवाद कार्यक्रम) सम्पन्न भए । पर्यटन नीतिमा स्थानीय तहको भूमिका, महिला उद्यमशिलता र महिला सशक्तीकरणका विषयमा पत्रकार प्रकाश ढकालले गाउँपालिका महासंघ नेपालकी अध्यक्ष एवं हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेसँग संवाद गरे । ‘पर्वतारोहण, पत्रकारिता र समाज परिवर्तनमा नारी’ विषयमा कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनसँग पत्रकार प्रतीक्षा काफ्लेले सहजीकरण गरिन् । २५ देखि ३५ वर्ष उमेर समूहको साडी दौड प्रतियोगितामा आरती खत्री पहिलो, सावित्रा अधिकारी दोस्रो, उर्मिला अधिकारी र सम्झना अधिकारी तेस्रो भए । ३५ वर्षमाथिको उमेर समूहमा निलम प्रधान पहिलो, टीकादेवी न्यौपाने दोस्रो र शान्ति पहारी तेस्रो भए । रस्साकस्सीमा टुनार दिदी बहिनी समूह पलिहो र महिला क्लब पोखरा–७ दोस्रो भए । प्रतियोगितामा विदेशी महिला पर्यटक पनि सहभागी थिए । सेलरोटी बनाउने प्रतियोगितामा तेर्सापट्टीको कुमारी समूह पहिलो, सञ्जिवनी श्रेष्ठ समूह दोस्रो, दिदी बहिनी समूह तेस्रो, गीता जुम्बा, नेपाल गृहश्रमिक संघ र उद्यमशिलता दिदी बहिनी समूह तेस्रो भए । विजेता समूह र खेलाडीलाई पुरस्कार प्रदान गरिएको थियो । दुई दिनसम्म चलेको महोत्सवमा झण्डै २० हजार दर्शकले अवलोन गरेको टेवानकी अध्यक्ष शोभा न्यौपाने पाण्डेले जानकारी दिइन् ।
पोखरा: नेपाली सिनेमामा सांस्कृतिक मौलिकता र आदिवासी समुदायको जीवनशैलीलाई केन्द्रमा राखेर निर्माण भएको चलचित्र ‘रिमै’ आगामी भदौ २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र माओत्से गुरुङको मुख्य अभिनय रहेको यस सिनेमाले गुरुङ समाजको जीवन, संस्कार र भावनालाई पर्दामा उतार्ने प्रयास गरेको बताइएको हो । सिनेमाको प्रदर्शनपूर्व शुक्रबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा कलाकार तथा निर्माण पक्षले ‘रिमै’ सम्बन्धी जानकारी गराएका छन् । कार्यक्रममा कलाकार रिश्मा गुरुङ, माओत्से गुरुङ, डिबी गुरुङ, कार्यकारी निर्माता बिरबल घलेको उपस्थिति थियो । पत्रकार सम्मेलनमा बोल्दै कलाकार माओत्से गुरुङले रिमै आदिवासी कथाको प्रतिनिधित्व गर्ने चलचित्र भएको उल्लेख गरे । मेकरहरूको बदलिँदो सोच र दर्शकले मौलिक कथामा देखाएको रुचिले गर्दा यस्तो विषयवस्तु उठाउन सम्भव भएको भनाई उनको छ । ‘रिमै’ भन्ने शब्द गुरुङ भाषामा छोरीचेलीलाई सम्बोधन गर्ने अर्थमा प्रयोग गरिने उनले प्रष्टाए । उक्त सिनेमामा आफु एक कठोर बुबाको भूमिकामा देखिएको उनले बताए । चलचित्रकी मुख्यपात्र नायिका रिश्मा गुरुङले रिमै आफ्ना लागि विशेष रहेको बताइन् । “ रिमै मेरो लागि विशेष फिल्म हो। पहिलो अफर आउँदा नगर्ने सोच थियो, अमेरिकामा भएकाले सम्भव भएन। अहिले भने परिस्थिती मिलेकाले पहिलो पटक ठूलो पर्दामा गुरुङ संस्कारलाई उतार्न पाएको छु। अपेक्षा भएर नै यो सिनेमा गरेकी हुँ।”, उनले भनिन् । कबड्डी पछि लामो समय सिनेमामा नदेखिएता पनि आफु उक्त क्षेत्रबाट बाहिर भने नभएको उनले उल्लेख गरिन् । कार्यव्यस्तता र अध्ययनका कारण विश्राम लिएको र अब राम्रो स्क्रिप्ट र टीम भएमा निरन्तरता दिँदै जाने भनाई उनको छ । सिनेमा क्षेत्रमा सुरुवाती पलमा उत्साह धेरै भएता पनि समयक्रम अनुसार घट्दै जाने उनले बताइन् । “सुरुवाती पलमा उत्साह धेरै हुन्छ। पछि–पछि कम्प्रोमाइजका कुरा आउँछन्।”, उनले भनिन् । रिमैको कथावस्तु दर्शकलाई मन पर्नेमा उनि आशावादी छिन् । कलाकार डिबी गुरुङले सिनेमाले गुरुङ समाजको मात्र नभई सम्पूर्ण नेपाली जीवनशैलीलाई प्रतिबिम्बित गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार, “रिमै नेपाली सिनेमामा मौलिकताको खोजी हो, जसले हरेक दर्शकलाई आफ्नोपनाको भाव दिनेछ।” कार्यकारी निर्माता बिरबल घलेले रिमै मौलिक कथा, मौलिक संस्कृति र मौलिक अभिनयको संगम भएको उल्लेख गरे । करिब ३ करोड लगानीमा निर्माण भएको उक्त सिनेमाले नेपाली फिल्म क्षेत्रमा फरक स्वाद थप्ने विश्वास उनको छ । ‘रिमै’ को छायांकन मुख्यतया गुरुङ बस्ती र पहाडी गाउँघरमा गरिएको उनले बताए । उनका अनुसार यसले ग्रामीण जीवनशैली, संस्कार र संस्कृतिलाई नजिकबाट चित्रण गर्ने प्रयास गरेको छ । सिनेमामा सांगीतिक पक्षलाई पनि विशेष महत्व दिइएको र गुरुङ समुदायको मौलिक धुन र ताललाई समेटिएको उनले बताए । उपेन्द्र सुब्बाको कथा र खील बहादुर गुरुङको निर्देशनमा बनेको उक्त चलचित्रप्रति निर्माण पक्ष मात्र नभई कलाकारहरू पनि आशावादी देखिएका छन्। दर्शकले मौलिक संस्कृतिको स्वाद लिन पाउने भएकाले ‘रिमै’ नेपाली सिनेमामा फरक अध्याय बन्ने अपेक्षा गरिएको छ।
पोखरा: राधाकृष्ण सांस्कृतिक समूहको आयोजना एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रमको सह आयोजनामा लामेआहालमा आज सम्पन्न १० औं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् भजन चुड्का प्रतियोगितामा महेश्वर खनाल भजन समूह, शुक्लागण्डकी २ कोत्रे प्रथम भएको छ । राधाकृष्ण मन्दिर शान्ति आश्रमको परिसरमा गरिएको प्रतियोगितामा भद्रकाली खैजरी भजन समूह, गजुरी – २ धादिङ द्वितीय, मातृकेश्वर एकता भजन समूह, पोखरा २५ हेमजा तृतीय र शिशुवा सत्संग भजन समूह, शिशुवा सान्त्वना भएका छन् । प्रतियोगितामा उत्कृष्ट भेषभुुषातर्फ राधाकृष्ण गुरुकुल विद्यालय पुरस्कृत भएको छ भने उत्कृष्ण बाद्यबादनतर्फ तल्लीपोखरी भजन समूह, शुक्लागण्डकी – १ थप्रेक पुरस्कृत बनेको छ । प्रतियोगितामा कुल १२ वटा समूह सहभागी भएका थिए । प्रतियोगिताका विजयीहरू प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेलाई क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट भेषभुुषा र उत्कृष्ट बाद्यबादन स्वरुप पाँच÷पाँच हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको निर्णायकमा प्रा.डा.कुसुमाकर न्यौपाने, भुलाप्रसाद भण्डारी र भरतचन्द्र गौतम रहनुुभएको थियो । कार्यक्रममा गन्धर्व समाज र गगन नेवाः खलले अप्रतियोगितात्मक झाँकी प्रस्तुत गरेका थिए । संस्थाका तर्फबाट उत्कृष्ट कार्यवापत ज्येष्ठ नागरिक अग्नीप्रसाद भण्डारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले हाम्रा प्राचीन मौलिक संस्कृति जोगाउनुु आवश्यक भएको बताउँदै त्यसका लागि वडाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुुभयो । राधाकृष्ण सांस्कृतिक समूहका अध्यक्ष सञ्ञ्जयराज ढकालले हाम्रा संस्कृतिको मौलिकता जोगाउनकै लागि विगत १० वर्ष यता महोत्सवसँगै प्रतियोगिता गरिदै आइएको बताउँदै यसका लागि सबैको साथ र सहयोग आवश्यक भएको बताउनुुभयो । पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले हाम्रा संस्कार संस्कृतिहरू जोगाउँदै भावी पुस्तामा पु¥याउनुुपर्नेमा जोड दिनुुभयो । समूहका अध्यक्ष ढकालको सभापतित्व एवम् सहसचिव भरत थापा र सदस्य विनोद भण्डारीले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत राधाकृष्ण मन्दिर शान्ति आश्रमका सह अध्यक्ष गणेश खत्रीले गर्नुुभएको थियो ।
पोखरा: सामाजिक कथावस्तुमा आधारित भारतीय फिल्म ‘मिलियन भ्युज’ को टिमले विहीबार पोखरामा पत्रकारहरूसँग भेटघाट गरेको छ। सेप्टेम्बर १२, २०२५ मा नेपालमा रिलिज हुन लागेको यो सिनेमा नेपालका सबै हलमा एकसाथ प्रदर्शन हुने बताइएको छ। पोखराको पत्रकार भेटमा श्रीकृष्ण हलका सञ्चालक तथा वितरक केदार पराजुली मिलियन भ्यूज सामाजिक कथावस्तुमा आधारित फिल्म भएको उल्लेख गरे । कथा प्रभावकारी भएकाले नेपालका दर्शकलाई मन पर्ने विश्वास उनको छ । भारत पुगेर आफुले उक्त सिनेमा हेरेको र कथावस्तु राम्रो लागेर नै नैपालमा रिलिजको तयारी गरिएको जानकारी उनले गराए । फिल्मका विश्वव्यापी वितरक विकास कुमार सिंह राजपूतले सिनेमा साइकोलोजिकल थ्रिलर भएको उल्लेख गरे । ब्ल्याक वेबको भयावह गहिराइमा आधारित भारतीय थ्रिलर ‘मिलियन भ्युज’ ले २५ वर्षीया दृढ इच्छाशक्ति र आत्मसम्मान बोकेकी युवतीको जीवन–मरणको संघर्षलाई पर्दामा उतारेको भनाई उनको छ । ‘मिलियन भ्युज’ मा युवतीको आत्मसम्मानको विषयलाई प्रभावकारी रुपमा उठाइएको छ । ९० मिनेटभित्र १० लाख भ्युज हासिल गर्न वा आफ्नी साथीको ज्यान गुमाउनुपर्ने कठोर अल्टिमेटमको विषयलाई आत्मसम्मान जोगाउने संकल्पसँग सिनेमामा जोडिएको उनले जानकारी गराए । ब्ल्याक वेब र डिजिटल अपराधको पृष्ठभूमिमा बनेको थ्रिलर सिनेमाले मानव सहनशीलताको सीमा, व्यक्तिगत सम्मानको मूल्य र अनलाइन संसारमा लुकेको अँध्यारो सत्यलाई उजागर गर्ने उनले उल्लेख गरे । वितरक विकास कुमार सिंहका अनुसार करिब १२ करोड रुपैयाँको लागतमा निर्माण भएको यस फिल्मलाई नेपालमा सयभन्दा बढी हलमा रिलिज गर्ने तयारी छ । काठमाडौंमा विशेष शोको योजना पनि गरिएको छ । फिल्म सेन्सर प्रक्रियामा रहेको र नेपालमा मल्टिप्लेक्स तथा सिंगल थिएटर दुवैमा प्रदर्शन हुने उनले जानकारी दिए। नालापानीका निर्देशक रिनेश अधिकारीले फिल्मको कथावस्तु नेपाल र भारत दुवैको सामाजिक पृष्ठभूमिसँग मेल खाने बताए । थ्रिएटर कलाकार सिद्धी जेसवालको मुख्य भूमिका रहेको ‘मिलियन भ्युज’ आउटपुट मिडियाको ब्यानरमा निर्माण भएको हो । लेखक, निर्देशक तथा निर्माता अंशुल सिन्हा हुन्। सिनेमाटोग्राफर कृष्णा गोली, कला निर्देशक नानी, मेकअपमा लीला, पोशाक डिजाइनमा एमडी रहमान, पोस्टर डिजाइनमा कुनाल र सेट तथा प्रोप डिजाइनमा एमडी तौसीफ छन्। फिल्म केवल थ्रिलर मात्र नभई डिजिटल संस्कृतिमा फैलिँदो मानव शोषण, नैतिक पतन र व्यक्तिगत सम्मानको मूल्यबारे गहिरो प्रश्न उठाउने सामाजिक टिप्पणीका रूपमा प्रस्तुत भएको दाबी गरिएको छ ।
पोखरा: साउन २३ गतेबाट अल नेपाल रिलिज हुन लागेको नेपाली सिनेमा मोहरको प्रचारप्रसारका लागि आयोजित मोहर साँझ कार्यक्रम पोखराको पृथ्वीचोकमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमले लामो समयदेखि प्रतिक्षामा रहेका फिल्मप्रेमीहरूलाई उत्साहित बनाएको छ । कार्यक्रमको मुख्य आकर्षण अभिनेता पल शाह र गायक थानेश्वर गौतमको विशेष प्रस्तुति रह्यो। साथमा अन्य कलाकारहरूको समेत प्रभावशाली प्रस्तुति रहेको कार्यक्रममा दर्शकको उल्लेखनीय उपस्थिति देखियो। पृथ्वीचोकको माहोल निकै रमाइलो र सांगीतिक बनेको थियो । सिनेमा प्रचारका लागि पोखरा आएका पल शाहलाई दर्शकले उत्साहपूर्वक स्वागत गरे । स्टेजमा नै केक काटेर उनको स्वागत गरिएको थियो । जसले कलाकार र फिल्म दुवैप्रति पोखरेली दर्शकको माया झल्किएको छ । सिनेमा मोहर को कथावस्तु, प्रस्तुति र कलाकारहरूको समर्पणले नेपाली सिनेमामा नयाँ स्वाद दिने विश्वास गरिएको छ । प्रचारप्रसारको यो शैलीले दर्शक र कलाकारबीचको सम्बन्धलाई अझ बलियो बनाएको देखिन्छ । चलचित्र मोहरको कथा पश्चिम नेपालका ग्रामिण परिवेश, सामाजिक द्वन्द्व, प्रेम, र सांस्कृतिक अस्मितालाई केन्द्रमा राखेर निर्माण गरिएको छ । फिल्ममा सांगीतिक भावनालाई जीवनकथा सँग जोड्ने प्रयास गरेको अभिनेता पल शाहले जानकारी गराए । सिनेमामा पल शाह प्रमुख भूमिकामा छन् भने पारिवारिक सम्बन्ध, प्रेममा विश्वासघात, अनि आत्मसम्मान जस्ता गम्भीर विषयहरूलाई सशक्त रुपमा प्रस्तुत गरिएको छ । यसले विशेष गरी युवापुस्ता र ग्रामिण परिवेशका दर्शकहरूलाई प्रत्यक्ष रुपमा जोड्ने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ । पोखरामा आयोजित मोहर साँझमा पल शाहले दर्शकहरूलाई धन्यवाद दिँदै ‘मोहर’ आफ्नो करियरको विशेष सिनेमामध्ये एक भएको उल्लेख गरे । चलचित्रको विषयवस्तसँग आफू निक्कै नजिक भएको र सिनेमाको कथाले दर्शकको मन छुने विश्वास उनको छ । गायक थानेश्वर गौतमले ‘मोहर’ को गीत दर्शकलाई सुनाए । सिनेमा लोक शैली र जीवन्तताका विषयमा प्रकाश पार्दै मोहरमा समावेश अन्य गीतहरूसमेत समकालीन लोकभावनामा आधारित रहेको जानकारी उनले गराएका छन् । सांगीतिक, कथात्मक र दृश्यात्मक दृष्टिले मोहर एक अलग शैलीको सिनेमाका रूपमा चिनिने आँकलन गरिएको छ। लोकसंस्कृतिमा आधारित समसामयिक कथावस्तु, लोकप्रिय कलाकारहरूको सहभागिता र संगीतको गहिरो प्रभावले गर्दा चलचित्रले राम्रो स्थान बनाउने विश्वास समेत गरिएको छ । ओम प्रतिकको कथा र निर्देशन रहेको मोहरमा पल शाह सँगै अर्जुनजंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी लगायतका कलाकारको अभिनय छ । फिल्ममेकर प्रालीको प्रस्तुतिमा निर्माण उक्त सिनेमाका निर्माता चुम्बनजंग शाही हुन् ।
काठमाडौँ: बौद्धधर्माम्वलीले मनाउने पर्व गुंला शुक्रबारबाट सुरु भएको छ । गुंलाको गुंलाथ्व पारुदेखि ११ औं महिना यँलाको यँलाथ्व पारुसम्म चल्ने यस पर्वलाई नेवाः समुदायका बौद्ध धर्मावलम्बीहरुले अति नै महत्त्व मनाउने गर्दछ । नेपाल संवत् तिथि अनुसार आजबाट एक महिनासम्म बुद्धको उपासना गरी विभिन्न चैत्य तथा बौद्ध बिहार परिक्रमा गरी नामसंगीति पाठ गरि यो पर्व मनाइन्छ । विशेषगरी काठमाडौँका नेवार समुदायले प्रत्येक दिन मौलिक बाजा बजाएर स्वयम्भू महाचैत्य लयायतका बुद्ध चैत्यहरुमा परिक्रमा गर्छन् । प्रत्येक दिन बिहान चैत्य तथा गुम्बा, परिक्रमा गरिँदा पापबाट मुक्ति पाउने विश्वास अनुसार एकमहिना अवधिको पर्व मनाउने गरिएको पाइन्छ । यस अवधिमा धा बाजा, म्वायेली, नेकू बाजा लगायतको विशेष महत्त्व रहेको पाइन्छ ।
पोखरा महानगरपालिका ८ न्यूरोडमा ‘द ब्युटी वर्ल्ड’को शाखा अन्तर्गत डाइमन्ड ब्यूटी सैलुन एण्ड ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ । विर्तामोडमा प्रधान कार्यालय रहेको डाइमन्ड ब्युटी सैलुनको शाखा युवा व्यवसायी राकेश पुरी र ममता कार्की पूरीले (महानगरपालिको कार्यालय पारी) सञ्चालनमा ल्याएका हुन् । उक्त शाखाबाट ब्युटीसियन सन्बन्धी सबै सेवाहरु प्रदान गरिने सञ्चालिका ममता कार्की पुरीले जानकारी दिइन् । महिलाहरुलाई दक्ष गर्ने तथा स्वरोजगारी बनाउने उद्देश्यसहित द ब्युटी वर्ल्डले तालिम प्रदान गर्दै आएको छ । उनले सौन्दर्यसँग सम्बन्धित तालिमहरुपनि प्रदान गर्ने गरी तयारी भइरहेको बताइन् । गत सोमबारदेखि सेवा शुभारम्भसँगै उद्घाटन भएको सो कार्यक्रममा सौन्दर्यकमी उशा गुरुङ, पूर्व सांसद शारदा पौडेल, दशनामी समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तारा गिरी, महिला उपाध्यक्ष सरस्वती गिरी, जगतमोहन गिरी लागायतको उपस्थिती रहेको थियो ।
पोखरा: मिलन नेवारको ‘राजै’ गीत युटुबमार्फत सार्वजनिक भएको छ । गीतमा स्वर नेवारको छ भने निर्देशन सुरज थापाले गरेका हुन् । भिडियोमा राज बुढा, मिलन नेवार, विजय पुनमगर, प्रियंका गर्वुजामगर, पवित्रा थापा र बिनु राना मगरको अभिनय छ । गीत राजकुमार बगरले लेखेका हुन् साथै संगीत पनि उनकै छ । थापाले गीतमा मौलिक संस्कृतिको भावनालाई समेट्ने प्रयास गरिएको बताए । मौलिकताबाट प्रेरित भएर नयाँ शैलीमा प्रस्तुत गरिएकाले सबैपुस्ताले मनपराउनेमा उनी विश्वत देखिए । अग्रज साहित्यकार सरु भक्तले गीतसंगीतका माध्यमबाट जातीय पहिचानका साथै संस्कृती संरक्षण र प्रवद्र्धन गर्न सकिने बताए । गीत मनोरञ्जनको साधन मात्र नभई मौलिक संस्कृति, परम्परालाई जोगाउन भूमिका खेल्ने उनको भनाइ छ । मिलन नेवार गीतका माध्यमबाट मगर समाजसँग नजिक हुने मौका पाएको बताइन् । उनले भ्युज र लाइकको पछि नलागी कालजयी गीत बनाउनतर्फ लाग्नुपर्ने बताइन् । ‘सुटिङको समयमा साच्चिकै रोधी बसे जस्तो अनुभव भएको थियो । गीत कमले सुनेपनि राम्रो प्रतिक्रिया पाउनु महत्वपुर्ण हो,’ नेवारले भनिन् ।
कुमार तामाङ, लमजुङ । माफ गर्नुहोस् महोदय ! यो बजेट शब्दको ठेट नेपाली समकक्षी थाहै भएन मलाई लाग्छ यो शब्द हाम्रै बोलिचालीको ‘रकम’ सँग नजिक छ सुन्दै रङ्गिन लाग्ने रकम जो छ साथैमा सधै ‘कम ’ भन्ने विशेषण बोकी हिड्छ, लुखुर/लुखुर एउटा आश्चर्य ! यो रकम सफाचट / टाइसुटधारी सुटकेसधारी / लुटकेसधारी सफा साडिवाला / महङ्गो गाडीवाला पुटुक्क पुष्टिएको पेट भोगटे झै भुक्क परेको गाला गलाको महङ्गो माला सबै सबैलाई सधै कम लाग्ने गर्छ अर्को आश्चर्य यो रकम यति पक्षपाती छ कि सजिव भन्दा निर्जिव हुदाखाने भन्दा हुनेखाने जिवित भन्दा मृत कामको भन्दा नामको मामको भन्दा दामको समिप बस्छ प्रत्येक साल तसर्थ दिन्छु भनेर ठोकुवा नगर्ने लुते रकम हरेक बर्ष दिइने छ / मिलाइने छ / देखाइने छ पोस्याइने छ / लुकाइने छ लुटाइने छ / लुटिइने छ भन्दै अदृश्य भविष्यको कल्पना मात्रै गर्छ तर दिने कसरी / कस्लाई / किन ? केही बोल्दैन जिउन सङ्घर्ष गर्नेहरुको हुर्मत तिर्ने रवाफी रकम प्रत्येक वर्ष पितृहरुको नाममा घ्वाप्पै घोप्टिन्छ हरेक साल मृत मदन, स्वर्गबासी सान्दाजु सान्दाजुको पनि भाई पुष्पलाल, गणेशमान हुदाँहुदाँ जिउदो हुदाँ अकुत कुम्ल्याएको खुम बहादुर जी पनि आफ्नो भागमा रकम छुट्याउन सक्छन् विडम्बना ! सर्वहाराको सवालमा खुसुक्क बोल्छ एकपाँऊ मल / त्यति नै जति बिऊ एकदुई पत्ता सिटामोल एक पुरिया जिवनजल स्कुले नानीहरुलाई म्याद नाघेको एकपोका चाउचाउ किरै सराबरिको मैदा / आटाको रकम छुट्याइने छ र...कम छुट्याइने ।