काठमाडौं: सङ्गीतकार, गीतकार, अभिनेताका रूपमा परिचित गायक प्रकाश सपूतले निर्देशन गर्नुभएको पहिलो चलचित्र ‘वसन्त’ आउँदो शुक्रबार अर्थात् चैत २२ मा प्रदर्शन हुँदैछ ।  गीत र श्रव्यदृश्यमार्फत आफ्...

पोखरा:   नियात्राकार, लेखक, संस्कृतिकर्मी, चित्रकार, साहित्यकार एवं सञ्चारकर्मी तिलक प्रसाद पुन पुर्जाको चौँठो कृति ‘नेपाली सुरकर्मी र सिर्जना’ को लोकार्पण गरिएको छ ।  समाजवादी प्रेस संगठन नेपाल कास्कीद्धारा आयोजित एक कार्यक्रमका बिच लेखक पुर्जाको ६१ औँ जन्मदिनका अवसरमा प्रकाशित कृतिको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधवार लोकार्पण गर्नुभएको हो। पुस्तकको लोर्कपर्ण गर्दै नगर प्रमुख आचार्यले पुर्जाद्वारा लिखित पुस्तकले नेपाली कलाकारिताको क्षेत्रमा क्रियाशील सुरकर्मीहरूलाई थप हौसला र प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । पोखरा महानगरपालिका कला, साहित्य र सृजनाको विकास, प्रवद्र्धन र उन्नयनका लागि प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । प्रकृति मानव केन्द्रित जनअभियान नेपालका अध्यक्ष कृष्ण गौतमले पुर्जालाई प्रकृतिको नजिक रहेर साहित्यिक रचनामा तीक्ष्ण क्षमता राख्ने सर्जकका रूपमा  उल्लेख गर्नुभयो । प्रकृति प्रतिको लेखक पुर्जाको समर्पण उदाहरणीय रहेको उहाँले बताउनुभयो । लेख तथा रचना मार्फत वातावरण प्रति सचेतना जगाउने सन्दर्भमा पुर्जा जस्ता सर्जकहरूको योगदान उल्लेखनीय रहेको गौतमले बताउनुभयो ।   ४६ जना सुरकर्मीहरूको कलाप्रतिको योगदान, संघर्ष र जीवनी बारेमा लेखिएको पुस्तक माथि प्रेस स्वतन्त्रता सेनानी बद्रिबिनोद प्रतिकले टिप्पणी सहित विवेचना र प्रेस स्वतन्त्रता नवराज सुवेदीले स्रष्टा परिचय राख्नु भएको थियो ।  समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीका अध्यक्ष रुद्र बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमाल, लेखक पुर्जा र समाजवादी प्रेस सङ्गठन नेपालका केन्द्रीय उपाध्यक्ष श्रीराम सिग्देल लगायतले पुर्जाको कृतिका बारेमा बोल्नु भएको थियो। यसअघि पुर्जाका लोकसंस्कृतिका सुसेलीहरू, बस्ती भित्र र साइनो नामका पुस्तकहरू प्रकाशित भइसकेका छन् । पुर्जाले सामाजिक, सांस्कृतिक र समसामयिक विषयवस्तुहरूमा कलम चलाउने गर्नुभएको छ । लामो समयदेखि पत्रकारितामा समेत क्रियाशील पुर्जा भुइमान्छेहरुको पक्षमा कलम चलाउन रुचि राख्नुहुन्छ ।

कैलाली:     ‘सुदूरपश्चिम महोत्सव’ १८ औँ संस्करण भोलिदेखि पुष २ गतेसम्म धनगढीमा हुने भएको छ । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो ।  आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष पुष्पराज कुँवरले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । महोत्सवस्थलमा स्टेज, स्टल, सचिवालय कक्ष तथा  प्रदर्शनीस्थल निर्माणलगायतका विभिन्न कार्यहरू सम्पन्न भइसकेका छन् ।  यस क्षेत्रका समग्र सम्भावना उजागर गरी आर्थिक, सामाजिक प्रतिकूलता र विषम सामाजिक परिस्थितिबाट गुज्रिरहेको उद्योग व्यवसायलाई पुनःस्थापित गर्न महोत्सव उपलब्धिमूलक हुने अध्यक्ष कुँवरको भनाइ छ । महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी र कृषि प्रविधिलाई व्यवसायमा जोड्नका लागि विशेष जोड दिइने छ ।  महोत्सव आयोजना गर्न रु तीन करोड लागत लाग्ने र  रु १५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । यस्तै , यस वर्षको महोत्सवमा करिब पाँच लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ ।  महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि गरी पाँच सय ३१ वटा स्टल रहेका छन् ।  समृद्ध सुदूरपश्चिम बनाउने अभियानअन्तर्गत १८ औँ संस्करणको रूपमा यो महोत्सव आयोजना गर्न लागिएकोे सङ्घका महासचिव ओम विष्टले बताउनुभयो । सधैँका संस्करणमा झै यसपटक पनि महोत्सवमा बिक्री हुने टिकटको केही रकम सामाजिक कार्यका लागि छुट्टाइएको उहाँको भनाइ छ ।  महोत्सव अवलोकनको लागि विद्यार्थीलाई रु ५०, र अन्यलाई रु एक सय राखिएको छ भने ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई प्रवेश निःशुल्क गरिने छ ।  महोत्सवको मुख्य प्रायोजक कृषि विकास बैंक, संरक्षक नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेश, मुख्य प्रवर्द्धक सुदूरपश्चिम प्रदेश सरकार र प्रवर्द्धकका रूपमा कैलाली जिल्लाका सम्पूर्ण स्थानीय तह रहेका छन् । महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न मूल आयोजक समितिसहित २९ उपसमिति रहेका छन् । 

फिक्कल:  माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो लागेको छ । किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङ गाउँपालिका–५ स्थित माङसेबुङ (लारुम्बा)मा धार्मिक पर्यटकको घुँइचो लागेको हो । किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औँ जन्मोत्सवका अवसरमा किराँत धर्मावलम्बी माङसेबुङ उपस्थित भएका छन् ।   धर्मगुरुको जन्मोत्सवलाई धार्मिक उत्सवका रूपमा मनाउँदै आएका किराँत धर्मावलम्बीहरू हरेक वर्ष मङ्सिर तेस्रो साता माङसेबुङमा भेला हुने गर्छन् । सोमबारदेखि नै देश तथा विदेशबाट आएका धार्मिक पर्यटकले माङसेबुङ यतिबेला भरिभराउ भएको छ ।   यहाँका सबै होटल र घरबास (होमस्टे) भरिभराउ छ । होटल र होमस्टेमा नअटाएका धार्मिक पर्यटकलाई स्थानीयको घरमा बस्ने व्यवस्था गरिएको माङसेबुङ सामुदायिक होमस्टेकी अध्यक्ष कल्पना लिङ्देनले बताउनुभयो ।   “यहाँ दर्ता भएका करिब एक दर्जन होटल र १५ वटा होमस्टे तथा दर्ता नभएका समेत गरी दर्जनौँं होटल र होमस्टे छन् । ती सबै धार्मिक पर्यटकले भरिभराउ छ”, उहाँले भन्नुभयो, “यहाँ नअटेका धार्मिक पर्यटकलाई स्थानीयको घरमा बस्ने व्यवस्था मिलाइएको छ ।”   धार्मिक उत्सवका बेला यहाँका सबै घरलाई होमस्टेका रूपमा राख्ने गरिएको उहाँले बताउनुभयो ।   अहिले २० हजार बढी धार्मिक पर्यटक माङसेबुङमा भेला भएको होटल सञ्चालक सुकदल सेलिङले बताउनुभयो ।   “यहाँ धार्मिक पर्यटक आउने क्रम जारी छ, सबै लजहरू भरिभराउ छ”, उहाँले भन्नुभयो, “होटलमा अटाउन नसकेपछि स्थानीयवासीको घरमा राखिएको छ ।”   त्यस क्षेत्रमा करिब सात सय घरधुरी किराँत धर्मावलम्बीको बसोबास छ । हरेक वर्ष मङ्सिर तेस्रो साता हुने धार्मिक उत्सवले यहाँको व्यापार व्यवसायमा प्रवर्द्धन गर्दै स्थानीय आयआर्जनमा सहयोग पुर्याएको वडाध्यक्ष नरेन्द्रकुमार राईले बताउनुभयो ।   “यहाँ हुने धार्मिक पर्यटकको जमघटले स्थानीयवासीको व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्याएको छ”, अध्यक्ष राईले भन्नुभयो ।   जन्मोत्सवमा देश तथा विदेशबाट हज्जारौँ पर्यटकको भीड लागेको छ ।   माङसेबुङमा नेपालका विभिन्न क्षेत्रसहित विदेशका भारत, भुटान, बर्मा, बेलायत, अमेरिका, अष्ट्रेलिया, डेनमार्कलगायतबाट हजारौँको सङ्ख्यामा धार्मिक पर्यटक आएका छन् ।   किराँत धर्मावलम्बीको प्रमुख आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङमा धर्मगुरुको जन्मोत्सवमा बर्सेनि राज्यका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने गर्दछ । माङसेबुङ क्षेत्र धुम्रपान मद्यपान निषेधित क्षेत्र हो ।   बाहिरबाट त्यहाँ जाने मान्छेलाई पनि मासुमंश तथा कुनै किसिमका मदिराजन्य पदार्थ तथा सुर्ती, चुरोटसमेत सेवन गर्न निषेधित गरिएको छ ।   लिम्बू भाषामा माङ भनेको देवता (ईश्वर) र सेबुङ भनेको छानेको ठाउँ अर्थात् देवता (ईश्वर)ले छानेको ठाउँ हो । त्यस क्षेत्रलाई धर्मगुरु आत्मानन्द लिङ्देनले कर्मथलो बनाएका छन् ।   झापाको दमकबाट करिब १३ किलोमिटर उत्तर कच्ची मोटरबाटोको यात्रा तय गरेर माङ्सेबुङ पुग्न सकिन्छ

काठमाडौं:     अष्ट्रेलियालाई कर्मभूमि बनाइरहनुभएकी आयुमी तामाङले आफ्नो नयाँ साङ्गीतिक कोसेली ‘आफँैलाई’ सार्वजनिक गर्नुभएको छ ।      आर्मी अफिसर्स क्लबमा शनिबार १ कार्यक्रमकाबीच उहाँले आफ्नो उक्त गीतको ‘भिडियो’ सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गीतमा शब्द र सङ्गीत पनि आयुमीकै छ ।      गीतको भिडियो थोमसको निर्देशनमा तयार गरिएको हो । भिडियोमा गायिका तामाङले अभिनेता कुन्साङ बम्जनसँग अभिनय गर्नुभएको छ ।  आयुमी २ वर्ष अगाडि ‘जाने भए’ बोलको गीत सार्वजनिक गर्दै नेपाली सङ्गीतमा प्रवेश गर्नुभएको थियो । सङ्गीतमा उहाँ आफ्नो परिवारको तेस्रो पुस्ता हुनुहुन्छ ।  उहाँकी हजुरआमा धनमाया तामाङ गण्डकी क्षेत्रका चर्चित ठाडी भाका, ढिलो भाका तथा दाँइ गीतजस्ता गीतकी लोकगायिका हुनुहुन्थ्यो भने बाजे लोकबहादुर तामाङ लोकगायक हुनुहुन्थ्यो ।       आयुमाका बाबु आशबहादुर तामाङ रचनाकार, लोक गीत सङ्कलकका रुपमा परिचित हुनुहुन्छ । नयाँ गीतका बारेमा बोल्दै आयुमीले ‘आफैँ’लाई प्रेम वा बिछोडको नभई आशावादी गीत भएको बताउनुभयो ।

धरान:     बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला  थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक रु १५ लाख आर्जन गर्दै आउनुभएको छ । विगत २० वर्षदेखि थाङ्का बनाउँदै आउनुभएका उहाँले थाङ्कालाई नै आम्दानीको मुख्य स्रोत बनाउनुभएको छ ।  उहाँ भन्नुहुन्छ, “बौद्ध दर्शनमा आधारित एउटा विशिष्ट शास्त्रीय चित्रकलाजस्तै हो र यो नेवार जातिको परम्परागत चित्रकला पौभासँग मिल्दोजुल्दो हुन्छ । घर खर्च यसैबाट जुटाउने गरेको छु । धेरै चित्र गुम्बाहरुमा बिक्री हुने गरेको छ”, तर यहाँ प्रशस्त गुम्बा नहुँदा काठमाडौँका साथै चीनको तिब्बत, हङकङ, , सिङ्गापुर,अमेरिकालगायत देशमा बिक्री हुने गरेको छ ।  थाङ्का चित्र अहिले धेरैजसो नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले किन्ने गरेका छन् । उहाँ सुनाउनुहुन्छ । विदेशीले थाङ्का चित्रमार्फत नेपालको ऐतिहासिक तथा धार्मिक परम्परालाई झल्काउने उहाँले बताउनुभयो ।  उहाँले १० जनालाई रोजगारी पनि दिनुभएको छ । उहाँसँग थाङ्का बनाउन सिकेकाहरू धचित्र कोर्न सिक्नेको लागि पनि एउटा राम्रो ठाउँ बनेको वैदेशिक रोजगारीमा गएका छन् जहाँ उनीहरूले यो कला पनि प्रस्तुत गर्ने उहाँले सुनाउनुभयो ।    एउटा थाङ्का चित्र बनाएर पहिलोपटक रु ५० हजारमा बिक्री गरे पछि व्यावसायिक रुपमा काम थालेका उहाँले रु ४ हजारदेखि रु ५ लाखसम्मका थाङ्का  बिक्री गर्दै आउनुभएको छ ।

पोखरा:    पोखरामा मनमाया गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच उक्त गीतको सार्वजनिक गरिएको हो ।  किरण शंकर र सुमिना लोको आवाजमा रहेको गीतलाई नेपाल आइडल सिजनवानका विजेता बुद्ध लामाले संगीत भरेका छन् ।  राम अबिरल बिष्टको शब्द रहेको गीतको अडियो संयोजन लामाले नै गरेका हुन् । अर्को प्रोडक्सनको निर्माणमा तयार भएको गीतलाई रोहन नेपालीले निर्देशन गरेका हुन् भने अनुप गुरुङले खिचेका हुन् । म्युजिक भिडियोमा मिलन शंकर, अश्विनी शाही र राजेश बस्नेत लगायतको अभिनय रहेको छ । महिलामाथि दमन हुँदा पुरुष कसरी रक्षाकवच बन्छ त्यसलाई गीतको म्युजिक भिडियो मार्फत प्रस्तुत गरिएको छ । म्युजिक भिडियोले समाजको वेथालाई बोलेको छ । निर्देशन सँगै कथामा समेत रोहन नेपालीले मेहेनत गरेका छन् । उनका अनुसार मनमाया गाउँको कथा हो । गीतमा रमाइलो भन्दा पनि सन्देश प्रवाह गर्न खोजिएको उनले बताए । मनमाया गीतले सबैको मन छुनेमा उनी आशावादी छन् । कलाकार मिलन शंकरले आफुले अहिलेसम्म थुप्रै म्युजिक भिडियोमा अभिनय गरेको तर गाउँले परिवेशको कथामा पहिलो पटक देखिएको उल्लेख गरे । मनमायाका लागि आफु प्रस्तुत भएको पात्र नयाँ भएको भनाई उनको छ । नयाँ धुन र शब्दको संगम राम्रो भएकाले पनि मनमायाले आम जनमानसको माया पाउने उनले बताए । गायक तथा संगीतकार विनोद बानियाँले पोखरामा पछिल्लो समय एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक भएको देख्न पाउँदा खुशी लागेको बताए । मनमायाको अडियो देखि भिडियो सम्मको तारिफ गर्दै पोखराका सिर्जनालाई चलायमान बनाउन सबै एकजुट हुनुपर्ने आवश्यकतालाई उनले औल्याएका छन् ।   चलचित्र निर्देशक नेत्र गुरुङले मनमाया गीतमा मेहेनत देखिएको बताए । गीतको मर्मानुसारको कथा प्रस्तुत भएको र कलाकारको अभिनय समेत तारिफयोग्य रहेको भनाई उनको छ ।  गीतमा मौलिकता हुँदा समय सान्दर्भिक सिर्जना प्रस्तुत गरिएको उनले उल्लेख गरेका छन् ।  मनमाया हाइलाइटस नेपाल युटुब मार्फत सार्वजनिक भएको छ ।

गण्डकी:     चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा समावेश ‘रैँया चाँदीको...’ बोलको गीतलाई पनि श्रोता÷दर्शकले उत्तिकै रुचाएका छन् ।  यही कात्तिक ७ गते युट्युबमा सार्वजनिक उक्त गीतलाई हालसम्म ५० लाखभन्दा बढी पटक सुनिएको÷हेरिएको छ । गायक आशिष अविरल र गायिका मेलिना राईद्वारा स्वरबद्ध उक्त गीतमा सङ्गीत पनि गायक अविरलकै रहेको छभने शब्द नवराज पन्तले लेख्नुभएको हो ।      ठेट शब्द, मौलिक भाका र गायकीका कारण उक्त गीत श्रोता÷दर्शकको रोजाइमा पर्न सफल भएको हो । दर्शकको अपार साथसहित दोस्रो सातामा चलिरहेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’सँगै यस गीतले पनि चर्चा बटुलिरहेको छ ।  गायक तथा सङ्गीतकार आशिष अविरलका अनुसार ‘रैँया चाँदीको...’ थेगो र भाका एक वर्षअघि नै तयार भइसकेको थियो । गीतकार नवराज पन्तले थेगो दिएपछि आफूले धुन भरेको अविरलले सुनाउनुभयो ।   “गीत ल्याउने भन्दाभन्दै झन्डै एक वर्ष बितिसकेको थियो, शब्दले पनि पूर्णता पाइसकेको थिएन”, उहाँले भन्नुभयो, “अहिले सोही गीत चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा समावेश भयो, श्रोता÷दर्शकले पनि अत्यधिक रुचाइदिनुभएको छ ।”    चलचित्र निर्माताले ३० को दशकमा प्रचलित भाखा र शैलीको गीत मागेपछि शब्द तथा सङ्गीतमा सामान्य परिमार्जनसहित उक्त गीत उपलब्ध गराइएको अविरलले बताउनुभयो ।       चलचित्रको विषय र कथानकसँग मिल्दोजुल्दो भावमा बनेकाले निर्माताले पनि एकैपटकमा उक्त गीतलाई स्वीकारेको उहाँको भनाइ छ । बागलुङे हुनुको नाताले गीतमा प्रयुक्त ‘रैँया चाँदीको, म त बागलुङे, मैँया मादीको...’ बोलको गीत गाउन पाउनु आफ्ना लागि विशेष रहेको अविरलले बताउनुभयो ।  “यो गीत मेरो जिल्लावासीका लागि एउटा उपहारजस्तो पनि हुनपुग्यो, इतिहास बनाउन सफल चलचत्रिका लागि गीत गाउन र सङ्गीत दिन पाउनु मेरा लागि सौभाग्यको विषय हो”, उहाँले भन्नुभयो ।      गीतकार पन्तका लागि पनि यो गीत उहाँको गीत लेखनको यात्रामा नयाँ मोड बन्न आइपुगेको छ । ‘सालको पातको टपरी...’ जस्तो सर्वाधिक सफल लोकदोहोरी गीत रचना गर्नुभएका पन्तको पहिलोपटक चलचित्रका लागि गीत लेख्नुभएको हो । ‘सेतो धर्ती’ उपन्यास पढ्दै गर्दा ‘रैँया चाँदीको...’ थेगो फुरेको गीतकार पन्तले बताउनुभयो ।  “उपन्यासकी पात्र ताराले मादी खोलो तरेको प्रसङ्ग आउँदा एक्कासी मलाई यो गीतको शब्द फु¥यो, भोलिपल्ट घरमा गुन्गुनाउँदै थेगो तयार पारेँ”, उहाँले भन्नुभयो, “आशिष दाइले भाखा तयार गरिसकेपछि गीत सार्वजनिक गर्ने हाम्रो योजना थियो तर काम अगाडि बढ्न सकेको थिएन, अहिले अचानक चलचित्रका लागि गीत माग भएपछि गीतले पूर्णता पायो ।”      गीतकार पन्तले थेगो परिवर्तन नगर्ने सर्तमा मात्र आफूले उक्त गीत चलचित्रका लागि उपलब्ध गराउन तयार भएको बताउनुभाये ।  “चलचित्र निर्माताले पनि सहजै रुपमा हाम्रो आग्रहलाई स्वीकार गर्नुभयो, चलचत्रिको सार सुन्दै ३० को दशकको परिवेश झल्कने गरी रोधी बसेको शैलीमा शब्द लेखेँ, थेगो भने पुरानै कायम भयो”, उहाँले भन्नभयो । ‘सुपरहिट’ चलचित्रमा गीतकारका रुपमा प्रस्तुत हुँदा आफूलाई भाग्यशाली सम्झेको उहाँले सुनाउनुभयो ।       हाल अमेरिकामा रहनुभएका गीतकार पन्त डेढ दशकदेखि गीत लेखनमा सक्रिय हुनुहुन्छ । बागलुङका पन्तले लेखेका ‘सालको पातको टपरी...’, ‘डाँडै फर्के सल्लो...’, ‘मायालुको सहरमा...’लगायत गीत चर्चित छन् । लोकदोहोरीसँगै पञ्चेबाजा, सालैजो, यानिमाया, सुनिमायालगायत मौलिक गीतमासमेत पन्तले शब्द लेख्नुभएको छ ।  नेपाली लोकजीवन, संस्कृति, मानिसका व्यवहार र भोगाइलाई सजीव ढङ्गले शब्दमा उतार्न उहाँ सिपालु हुनुहुन्छ । 

काठमाडौं:    २६ वर्षअघिको कुनै दिन । सरुभक्त श्रेष्ठका रचनाहरु कन्दरा ब्यान्डका ‘भोकलिस्ट’ विवेक श्रेष्ठको हातमा प¥यो । जुन रचना पढ्यो उत्तिकै लोभ लाग्दो ।  कुन रोज्ने, कुन छोड्ने रु गीत छनोटमा उहाँ दुविधामा पर्नुभयो । तिनै रचना मध्ये, ‘हङकङ पोखरा निर्मोही आफ्नो को छ र रु’ बोलको गीतमा गायक श्रेष्ठको नजर प(यो ।       सोही गीत छनोट गरी गाउनुभयो । जुन गीतले सोच्दै नसोचेको सफलता प्राप्त ग¥यो । उक्त गीत हालसम्म पनि श्रोतामाझ उत्तिकै लोकप्रिय छ । श्रेष्ठ भन्नुहुन्छ, “ऊ बेला काँचै उमेरको थिएँ । विदेसिनु के हो थाहा थिएन । ख्यालख्यालैमा रोजेर गाएको गीत अहिलेसम्म सदावहार छ ।”       श्रेष्ठले कन्दरा ब्यान्डका हरेक गीतमा यस्तै कथा र व्यथा समेटिएको बताउनुभयो । नोस्टाल्जिक हुँदै उहाँले भन्नुभयो, “आफैँ विदेसिएपछि मात्रै यो गीतको मर्म महसुस गरेँ ।”      युवा विदेसिनुको घाउ दिनानुदिन चर्कँदै छ । यस गीतको लोकप्रियता युवा माझ कति थियो भन्ने कुरा गत शनिबार मात्रै ठमेलस्थित एलओडी क्लबमा कन्दरा व्यान्डको कन्र्सटमा झल्कियो ।  ३२ वर्ष पुरानो यो ब्यान्डको ओझले दर्शक तानिएकै थिए । जब ‘हङकङ पोखरा.. ’ गीत गायक विवेक श्रेष्ठले गाउनुभयो । त्यसपछि दर्शकको उत्साहको सीमा रहेन । ‘वान्समोर’सँगै विवेकले त्यही गीत दोहो¥याएर गाउन बाध्य हुनुभयो ।  ‘विदेसिनु लेखियो कर्मैमा भाला रोपी नबोल मर्मैमा जीउ त हैन ढुङ्गाको छपनी आउँला माया नमरे म पनि हङकङ पोखरा निर्माही आफ्नो को छ र ?’      गायक श्रेष्ठले युवाको मन छुने गीतमध्ये यो निकै रुचाईएको बताउनुभयो । विभिन्न कन्सर्टहरुमा प्रायः यही गीतको फर्माइस हुन्छ । विदेशमा होस् या स्वेदशमा, हङकङ पोखरा रोजाइमा पर्छ ।  “यो गीत मनपराउनुको खासियत प्रष्ट छ”, श्रेष्ठ भन्नुहुन्छ, “दिनप्रति दिन युवाहरु पलायन हुने क्रम बढ्दो छ । यो गीतमा आफ्नै कथा पाउँछन् । त्यसैले रुचाइएको हुनुपर्छ ।” हङकङ पोखराले समाजको जीवन्तता समेटे जस्तै कन्दरा ब्यान्डको इतिहास पनि रचेको छ ।       सन् १९९० को प्रारम्भमा पोखरामा स्थापित कन्दरा ब्यान्डले निरन्तर पप र आधुनिक गीत सङ्गीतको फ्युजनमार्फत युवा माझ बेग्लै छाप छोड्न सफल भएको छ । वर्ष गाँठको अवसरमा ब्यान्डले पहिलो पटक काठमाडौंमा कन्र्सट गरेको गायक श्रेष्ठले बताउनुभयो ।  “कन्दराका यस्ता अरु गीत पनि छन्, जुन सधैँ ताजा र जवान छन्”, उहाँले भन्नुभयो, “नेपाली माटोका सुगन्ध समेटिएका गीत भएकाले स्रोताले हामीलाई अझै उत्तिकै माया गरिरहेका छन् ।” यिनै कथा व्यथाको उत्सव मनाउन यति बेला कन्दरा व्याण्डले ३२ वर्षपछि वार्षिक उत्सव मनाएको श्रेष्ठले बताउनुभयो ।       कन्दराका गायक विवेक श्रेष्ठसहित गितारमा देव लामा, बेसिस्टमा पंकज झा, ड्रमरमा सुनिल थापा, मादलमा अविनाश गायक र किबोर्डमा नील घतानी मञ्चमा प्रस्तुत भएका थिए । कन्दराले ‘तगारोमा रुमाल राखी बाटो छेकिन उनले’, ‘तिमी परी’, ‘लेककी हे माया’, ‘विदेसिएर गइन् उनी’, ‘हङकङ पोखरा’ जस्ता चर्चित गीत प्रस्तुत गरेको थियो ।       आफ्ना गीतसँगै कन्दराले गोपाल योञ्जन, रञ्जित गजमेर लगायतका पाका पुस्ताका गीतसमेत प्रस्तुत गरेको थियो । वार्षिक उत्सव मनाउने क्रममा कन्दराले विश्वव्यापी अभियान स्वरुप “पहिले घर देश, अनि परदेश” साङ्गीतिक यात्रा सुरु गर्न लागेको हो । यो अभियान नेपाली सङ्गीतलाई नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा पनि प्रवर्द्धन गर्ने उद्देश्य रहेको गायक श्रेष्ठले बताउनुभयो ।       उहाँका अनुसार नेपाली संस्कृतिको गहिराइ देखाउने उद्देश्यका साथ यो भ्रमण सन् २०२५ को जनवरीमा बेलायत र दुबई, फेब्रुअरीमा जापान, मार्च र अप्रिलमा अस्ट्रेलिया र न्यूजिल्याण्ड, मेमा अमेरिका, जुनमा क्यानडा र अन्तमा जुलाईदेखि अगस्टसम्म युरोपमा सम्पन्न हुनेछन् ।

तनहुँः    तनहुँको दमौली निवासी ओमबहादुर गुरुङ, टेकप्रसाद गुरुङ र इन्द्रध्वज गुरुङले मारुनी बनेर पाउदुरे नाच्दै आउनुभएको छ । व्यास नगरपालिकास्थित तमु सुधार समाजमा आबद्ध उहाँहरू लामो समयदेखि पाउदुरे नाच संरक्षण अभियानमा जुट्नुभएको हो ।  समाजमा युवा नभएपछि बुढापाकाले पाउदुरे नाच संरक्षण गर्दै आएका हुन् । पाउदुरे नाचका लागि ख्यामबहादुर गुरुङ र चामबहादुर गुरुङले गुरुबाको भूमिका निभाउँदै आउनुभएको छ । त्यस्तै हिरालाल गुरुङ, ओमराज गुरुङले मादलेको भूमिका निभाउनुहुन्छ ।  युवाहरू शिक्षा, रोजगारीको सिलसिलामा गाउँ बाहिर रहेकाले बुढापाकाले सांस्कृतिक पहिचान बोकेको नाच संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले नाच्दै आएका समाजका अध्यक्ष मनबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “पाउदुरे नाच लोप हुन नदिन युवा नभएपनि बुढापाका यसको संरक्षण अभियानमा जुटेका छौँ ।” पाउदुरे गुरुङ जातिको लोपोन्मुख नृत्य भएकाले यसको संरक्षण गर्नुपर्छ भनेर आफूहरू लागिपरेको गुरुङको भनाइ छ ।  पछिल्लो पुस्तालाई पाउदुरे नाच सिकाएर यसको संरक्षण र सम्वर्द्धन अभियानमा सहभागी गराउने योजना रहेको ओमबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “पाउदुरे नाच गुरुङ जातिको प्रसिद्ध नाच भएकाले यसको संरक्षणमा हामीहरू जुटेका छौँ ।  गाउँमा भएका युवालाई नाच सिकाएर पुस्ता हस्तान्तरण गरी यसको संरक्षण र प्रवर्द्धन गर्ने योजना बनाएका छौँ ।”तमु विद्यार्थी छोंज धिंको शनिबारदेखि दमौलीमा सुरु भएको बाह्रौ महाधिवेशन उद्घाटन समारोहमा उहाँहरुको समूहले पाउदुरे नाच प्रस्तुत गरेको थियो ।  कार्यक्रममा सहभागीले नाच आकर्षित रहेको प्रतिक्रिया दिएका थिए ।ओमबहादुरका अनुसार पाउदुरे नाचमा बिजबारे, मारुनी, मादले, गुरुलगायत व्यक्ति आवश्यक पर्दछ । “यो नाच पुरुषले गुन्यूचोली र गरगहना लगाएर महिलाजस्तै बनेर नाच्ने प्रचलन छ ।  छेउमा नाच्ने दुई पुरुषलाई मारुनी र बीचमा नाच्नेलाई बिजबारे भनिन्छ”, उहाँले भन्नुभयो ।नाचका क्रममा बिजबारेको भावभङ्गी समातेर मारुनीले आफूलाई प्रस्तुत गर्नुपर्ने गुरुङ समुदायका अगुवा बताउँछन् । गीत गाउने मुख्य व्यक्तिलाई गुरुबा भनिन्छ । गुरुबाले गीत गाउने र लहरै बसेका तीन जना मादलेलगायत अन्यले पनि गीतलाई छोप्दै लय मिलाउने गर्दछन् । पाउदुरे नाच्दा चारै दिशाका देवीदेवतालाई सम्झने चलन रहेको ओमबहादुरले जानकारी दिनुभयो ।