पोखरा: केपी ओली कप राष्ट्रिय टि-२० पुरूष क्रिकेटको फाइनल खेल सिइसी काठमाडौं र गण्डकी हिरोज् बीच भोलि ५ गते (शुक्रबार) हुँदैछ । ‘‘सबैका लागि खेलकुद’ भन्ने मुल नाराका साथ मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा सो प्रतियोगिता गत चैत्र २३ गतेबाट पोखरा रंगशालामा सुरू भएको हो । फाइनल खेलसँगै समापन कार्यक्रमको प्रमुख आतिथ्यताका लागि प्रतिनिधि सभाका सम्माननिय सभामुख देवराज घिमिरे पोखरा आउने तय भएको एकेडेमीका सचिब कृष्ण तिमिल्सिनाले जानकारी दिएका छन् । ‘ 'भब्य कार्यक्रमकाबीच फाइनल खेलसंगै समापन कार्यक्रम तय गरेका छौं । पोखरेली सम्पूर्णलाई फाइनल खेल अवलोकन गरी खेलाडीहरुको उत्साह भर्न सबैलाई निमन्त्रणा गर्दछौं”, उनले भने–“प्रतिनिधि सभाका सभामुखज्यू खेलाडीहरुको हौसला बढाउन पोखरा आउने कार्यक्रम तय भएको छ । उहाँको आगमनले यहाँको क्रिकेट र खेल विकासमा समेत कोशे ढुङ्गा सावित हुनेछ ।” पोखरालाई क्रिकेटको हव बनाउन पनि यो प्रतियोगिताको महत्व रहेको जनाउँदै उनले यसका लागि सबैको साथ र सहयोगको आवश्यक रहेको औंल्याए । वर्षिक रुपमा तय भएको उक्त प्रतियोगिता यो वर्ष दोस्रो संस्करणसमेत हो । प्रतियोगितामा सातै प्रदेशका २–२ गरी १४ तथा २ क्लब गरी १६ टिमको सहभागिता रहेको थियो । बिहान १० बाज बाट सुरू हुने फाइनल खेलको बिजेता टोलीले नगद रु १० लाख र उपविजेताले नगद रु ५ लाखका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने एकेडेमी गण्डकी प्रदेश अध्यक्ष गिरमान गुरूङले जानकारी दिएका छन् । त्यस्तै म्यान अफ दी सिरिजले नगद ३० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले जनही नगद रु १०–१० हजारका साथमा ट्रफी प्राप्त गर्नेछन् । पोखरामै भएको पहिलो संस्करणको उपाधि मधेश प्रदेशले जितेको थियो ।
पोखरा: आरुषी तुलाचन र गृष्मा गुरुङ्ग पोखरामा जारी चौंथो मनुश्री भिग्नाजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गतर यु–१६ गल्र्स सिंगलको फाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको सेमिफाइनलमा आरुषीले सरिशा शेरचनलाई ६–४, ३–६ र ६–३ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाइन् । अर्को सेमिफाइनलमा गृष्माले आइसा मेक्लागनलाई ६–३, ६–३ ले पराजित गर्दै फाइनलमा आरुषीसंगको भेट पक्का गरिन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा यु–१६ ब्वाइज सिंगलतर्फ दर्शिल श्रेष्ठले सूर्यान्स श्रेष्ठलाई ६–२, ६–० ले, आसब सम्राट हाडाले सन्दिप विकलाई ६–२, ६–४ ले तथा सञ्जय रोकायाले प्रफुल्ल श्रेष्ठलाई ६–३, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका छन् । यु–१४ ब्वाइज सिंगलमा आसब सम्राट हाडाले सुरेन्द्र विकलाई ६–०, ६–१ ले तथा सञ्जय रोकायाले अभिषेक विकलाई ६–०, ६–० ले पराजित गर्दै सेमिफाइनलमा पुगे । यो पनि पढ्नुहोस पोखरामा चौंथो मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शुरु यु–१२ ब्वाइज तर्फको क्वाटरफाइलन खेलमा आर्यस राज पौडेलले अभिषेक बयलकोटीलाई ६–०, ६–० ले, बिदान्त चालिसेले नितेस थापालाई ६–०, ६–० ले, आरित मल्लले अनमोल नेपालीलाई ६–१, ६–० ले तथा ओम्युग थापाले सहान्स बस्न्यातलाई ७–५, ६–७ र ६–० को कठिन सेटमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरे । सोही उमेर समुहको गल्सतर्फ सारा पन्तले कुशुम श्रेष्ठलाई ६–०, ६–० ले, थैया श्रेष्ठले ताभिसी ग्लोभान्नीलाई ६–२, ६–२ ले, इरा खत्रीले नाइरा घलेलाई तथा स्वारा थापाले आर्या पौडेललाई ६–२, ६–३ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे । यु–१० ब्वाइज सिंगलमा कायन चालिसेले मार्कब पोखरेललाई ६–४, ६–३ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित पारे । यु–९ ब्वाइज सिंगलफर्त जिवास भट्टराईले सोनम टी घलेलाई ५–४, ४–१ ले पराजित गर्दै सेमिफाइल प्रवेश गर्न सफल भए । दोश्रो दिनका बाँकि खेलहरु वर्षातका कारण स्थगित हुन पुगेको टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिए ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा ‘ऐतिहासिक काल्खु मेला’ जारी छ । जनसम्पर्क युवा क्लबको आयोजनामा गत चैत्र पूर्णिमा(३० गते) देखि सञ्चालनमा आज पुरुष भलिबल प्रतियोगितातर्फ पहिलो चरणकै २ खेल सम्पन्न भएको क्लबका अध्यक्ष दिपक रानामगरले जानकारी दिए । उनका अनुसार आज (बिहीबार) भएको पहिलो खेलमा लामागाउँले कौढुंगालाई २–० को सोझो सेटमा पराजित गर्याे । पहिलो सेट २५–२० र दोस्रो सेट २५–१७ ले लामागाउँले जित हात पार्याे । यसैगरी दोस्रो खेलमा ओरस्टेले काल्खु पोखरा सम्पर्क मञ्चलाई २–० को सोझो सेटमा हरायो । ओरस्टेले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२३ ले जित निकाल्दै ओरस्टे अघिल्लो चरणमा प्रवेश गर्याे । बाँकी खेलहरु प्रतिकुल मौसमका कारण स्थगित भएको क्लबका अध्यक्ष रानामगरले बताए । उनका अनुसार भोलि (शुक्रबार) पनि पहिलो चरणकै खेल हुनेछ । यो पनि पढ्नुहोस काल्खु मेलामा साँस्कृतिक कार्यक्रम, मंगलबारदेखि भलिबल हुने ऐतिहासिक काल्खु मेला: खुल्ला नृत्य प्रतियोगितामा अनुस्कालाई उपाधि भलिबलको विजेतालाई नगद ८१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेता टोलीलाई नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । भने, तृतीय हुने टिमले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्नेछ । सो प्रतियोगिताबाट एउटा टिमलाई अनुशासित टिमको रुपमा नगद रु १२ हजारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ । यसअघि मेलामा स्थानीय कला, संस्कृति प्रदर्शनी प्रतियोगिता, कुर्ची दौड तथा खुला नृत्य प्रतियोगिता सम्पन्न भइसकेका छन् । भने, विभिन्न ख्याती प्राप्त लोक तथा दोहोरी कलाकारहरुले सांगीतिक प्रस्तुती दिएका थिए ।
पोखरा: कास्की जिल्ला टेनिस संघको आयोजनामा बुधबारदेखि पोखरामा चौंथो संस्करणको मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले एक समारोहका विच टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारीलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटनका दिन विभिन्न उमेर समूहका खेलहरू सम्पन्न भएका छन् । सम्पन्न खेलहरूमा १४ वर्ष मुनि ब्वाइज सिंगलमा आर्यस राज पौडेलले शरण विकलाई ६–०, ६–० ले, स्पन्दन उदासले आरित मल्ललाई ६–०, ६–० ले, सुरेन्द्र विकले दर्शन अधिकारीलाई ६–३, ६–१ ले, अभिषेक बिकले संगम मगरलाई ७–६, ६–४ ले, सुर्यान्स श्रेष्ठले सुमित विकलाई ७–६,६–४ ले पराजित गरे । त्यसैगरी १० वर्ष मुनिको गल्र्स सिङ्गलतर्फ निमित कुँवरले सहारा कायस्थलाई ६–४ ६–१ ले, ताभिसी रानाले अनन्या गुरुङलाई ६–१, ६–० ले पराजित गरिन् । १० वर्ष मुनिकै ब्वाइज सिंगलतर्फ मार्कब पोखरेलले आयोग्य राईलाई ६–१,६–० ले, कायन चालिसेले आयन पन्तलाई ६–१, ६–० ले, साविक पोखरेलले जीवास भट्टराईलाई प्रतिस्पर्धात्मक खेलमा ५–७, ६–३ र १०–४ ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाए । यु–१२ गल्सतर्फ थेया श्रेष्ठले जीवाश्री भट्टराईलाई ६–०, ६–० ले तथा कुसुम श्रेष्ठले सुप्रिया बिकलाई ४–६, ६–१ र ६–४ ले, इरा खत्रीले बुन्नी एस मेक्लागनलाई ६–३,६–१ ले तथा नायरा घलेले इनुला परियारलाई ६–०,६–० ले, आर्या पौडेलले रुविना श्रेष्ठलाई ६–०,६–० ले पराजित गरिन् । यु–९ ब्वाईज सिंगलमा जिवास भट्टराईले अनन्त पाण्डेलाई ४–०,४–० ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए । कायन चालिसेले आयन चालिसेलाई ४–१ ,४–१ ले पराजित गरे । १२ वर्षमुनिकै ब्वाइज सिंगलमा साहन्स के बस्नेतले इवान भट्टराईद्वारा वाक ओभर पाए । अनमोल नेपालीले दक्ष गुरुङलाई ६–०,६–४ ( रिटायर्ड हर्ट ) पराजित गरे । त्यसैगरि अभिषेक बयलकोटीले साबिक पोखरेललाई ६–०,६–१ ले, नितेस थापाले मार्कब पोखरेललाई ६–४,७–५ ले पराजित गरे । ब्वाइज डबल्सतर्फ प्रफुल्ल श्रेष्ठ र स्पन्दन उदासको जोडीले अभिषेक बयलकोटी र अनमोल नेपालीलाई ६–०,६–३ ले सुर्यान्स श्रेष्ठ र सन्दिप विकको जोडीले संगम मगर र अभिषेक विकको जोडीलाई ६–१,७–५ ले पराजित गरे । यु–१४ गल्सतर्फ ज्योभिना केसीले रुविना श्रेष्ठलाई ६–०,६–३ ले पराजित गर्दै पहिलो चरण पार गरिन् । आयोजक कास्की जिल्ला टेनिस संघका अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कास्की जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष तिलक क्षेत्री, सचिव अन्जु केसी, प्रदेश टेनिस संघ गण्डकीका अध्यक्ष विनोद कायस्थ, प्रतियोगिता संयोजक लोक गुरुङ लगायतको सहभागिता रहेको थियो । सचिव भिष्मराज पौडेलले सञ्चालन गरेको कार्यक्रममा आसन ग्रहण तथा मन्तव्य समेत नराख्दा कार्यक्रम केहि पृथक बनेको थियो ।
पोखरा: पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा समूह ‘डी’ बाट अत्तरिया क्रिकेट एकेडेमी प्रवेश गरेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा मालपोखरी क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहँदै सेमीफाइनल प्रवेश गरेको हो । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा १२५ रनको विजयी लक्ष्य पाएको अत्तरियाले १४.१ ओभरमा ४ विकेट गुमाउँदै १२८ रन बनायो । निश्चल क्षेत्री ३० र अर्जुन विक १२ रनमा नटआउट रहे । निश्चलले २६ बलमा ३ चौका र १ छक्का प्रहार गरे अर्जुनले १४ बलमा २ चौका प्रहार गरे । ओपनर अभिषेक पलले ३८ रनको योगदान दिदैँ आउट भए । उनले १७ बलमा ५ चौका र २ छक्का प्रहार गरे । विपिन रावल १६, खगेन्द्र जोशी ४ रनमा आउट भए । मालपोखरीका लागि सन्दिप खड्का, सिराज हावारी, डब्लु मलिकले समान १–१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मालपोखरीका लागि विजय गुप्ताले ३८ रनको योगदान दिदैँ आउट भए । उनले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरे । ओपनर सोहन कुमार यादव १६, डब्लु मलिक १७, जितेश मन्डल १७, रन्विर यादव २, सिराज हावारी १३ र सन्दिप खड्का १ रनमा आउट भए भने चन्दन यादव, आतिश दास, पंकज यादव शुन्यमै पेभिलियन फर्र्किए । अकिल खान९ रनमा नटआउट रहे । अत्तरियाका लागि अर्जुन विक, हिकमत महर, शौर्या श्रेष्ठ र सुशिल साउदले समान २–२ तथा भोजराज भट्टले १ विकेट लिए । त्यसअघि सोही समूहको खेलमा होरिजोन क्रिकेट क्लबले सुन्दर हरैचा क्रिकेट क्लबलाई ७ विकेटले हराएको थियो । १४० रनको विजयी लक्ष्य पाएको होरिजोनले उत्कृष्ट प्रदर्शनी गर्दै १२.३ ओभरमा ३ विकेट गुमाउँदै १४० रन बनायो । होरिजोनका लागि आरिफ खानले ३३ बलमा ६ चौका र ८ छक्काको मद्धतमा सर्वाधिक ८० रनको योगदान दिएपनि टिमलाई सेमीफाइनलमा पु¥याउन भने सकेनन् । अमर मिश्र ३७ रनमा नटआउट रहे । हरैचाका लागि प्रकाश कार्की र आयुष डंगेलले १–१ विकेट लिए । त्यसअघि टर हारेर ब्याटि थालेको सुन्दर हरैचाले २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । मनिष थापाले ४७ रनको योगदान दिएका थिए । उनले २८ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए । रितेश राय २३ रनमा आउट भए । होरिजोनका लागि निर्मल गुरुङ, सुवम खनालले २÷२ तथा महेश बहार, अमर मिश्र र निश्चल ज्ञवालीले १÷१ विकेट लिएका थिए । अत्तरियाले कुल ३ खेलमा ३ जित हात पार्दै ६ अंकका साथ शीर्ष स्थानमा रहँदै अन्तिम चारमा आफ्नो स्थान बनाएको हो । होरिजोन क्रिकेट क्लबले ३ खेलमा २ जित र १ हारसहित दोस्रो स्थानमा रह्यो । मालपोखरीले ३ खेलमा १ जित २ हारसहित २ अंकका साथ तेस्रो स्थानमा रहँदा सुन्दर हरैचा क्रिकेट क्लब जितविहिन हुँदै पुछारमा रह्यो । यस अघि समूह ‘ए’ बाट सिइसी काठमाडौं, ‘बी’ बाट गण्डकी हिरोज र ‘सी’ बाट हिमाल फ्रेन्ड्स क्रिकेट क्लब अन्तिम चारमा प्रवेश गरेको थियो । भोलि पहिलो सेमीफाइनल काठमाडौं र हिमाल तथा दोस्रो सेमीफाइनल गण्डकी र अत्तरियाबिचमा हुनेछ । चैत २३ गतेदेखी सञ्चालन भएको प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको थियो । हरेक समूहको विजेताले अन्तिम चारमा स्थान बनाएका हुन् ।
काठमाडौं: नेपालका बलर युवराज खत्रीले कसिलो बलिङ गरेपछि नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । मलुपानीस्थित तल्लो क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले हङकङलाई नौ विकेटले हरायो । नेपालको यो लगातार तेस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई डकवर्थ–लुइस (डिएलएस मेथोड) का आधारमा पाँच रन र दोस्रो खेलमा ओमानलाई नौ विकेटले हराएको थियो । जितसँगै पाँच टोली सहभागी प्रतियोगितामा नेपालले ६ अङ्क बनाएको छ । नेपालले अब अन्तिम खेल शनिबार बलियो प्रतिद्वन्द्वी अफगानिस्तानसँग खेल्नेछ । शीर्ष टोली सन् २०२६ मा हुने विश्वकपमा छनोट हुनेछ । जितका लागि एक सय १६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२.३ ओभरमा एक विकेटको क्षतिमा एक सय १८ रन जोड्दै लक्ष्य पूरा गरेको हो । नेपालका लगि ओपनर शाहिल पटेलले अविजित ४२ रन बनाए । उनले ४१ बलमा आठ चौकाको सहयोगमा उक्त रन बनाए । यस्तै कप्तान नरेन भट्टले अविजित ३९ र निरजकुमार यादवले २३ रन बनाए । बलिङमा हङकङका सयन पुरीले एक विकेट लिए । यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । हङकङका लागि कप्तान शिव माथुरले अर्धशतक प्रहार गरे । उनले एक सय १६ बलमा चार चौका र एक छक्काको सहयोगमा ६३ रन बनाए। यस्तै आर्या पंजवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमस हजसनले १० रन जोडे । बलिङमा नेपालका लागि युवराजले चार विकेटसँगै विपिनप्रसाद शर्माले तीन, सन्तोष यादवले दुई तथा अशोक धामीले एक विकेट लिए । दुई खेलमा दुवै हार खेपेको हङकङले अङ्कको खाता खोल्न सकेको छैन ।
पोखरा: स्याङ्जाको पुतलीबजार नगरपालिका ९ काल्खुमा जारी ‘ऐतिहासिक काल्खु मेलामा पहिलो चरणका खेल भएका छन् । ‘आजको आवश्यकता, समाज विकासमा युवाको अपरिहार्यता’ भन्ने मुल नारासहित जनसम्पर्क युवा क्लबको आयोजनामा गत चैत्र पुर्णिमादेखि सञ्चालन भएको मेलामा आज पनि पहिलो चरणकै खेल हुने क्लबका अध्यक्ष दिपक राना मगरले जानकारी दिए । उनका अनुसार मंगलबार ४ खेल सम्पन्न भए । काल्खु खेल मैदानमा भएको पहिलो खेलमा खाङ्ग्राङले आयोजक टिम ‘स’लाई २५¬¬–१० २५–२७ र २५–१७ को सेटमा पराजित गर्याे । यस्तै दोस्रो खेलमा भुस्नासुरले बासपानीलाई २५–१९ र २५–२४ को सोझो सेटले हराउँदै भुस्नासुर दोस्रो चरणमा प्रवेश गर्याे । तेस्रो खेलमा गहते टिम ‘ए’ले गामी छाक्रालाई २५–२२ र २५–२० को सेटले पाखा लगायो । यसैगरी अन्तिम खेलमा काल्खुले गहते टिम ‘बि’लाई २५–१८, २२–२५ र २५–२१ को सेटले काल्खु विजयी बन्यो । आज पनि पहिलो चरणकै खेल सञ्चालन हुने अध्यक्ष रानामगरले जानकारी दिए । उनका अनुसार खुला नृत्य तर्फ १२ जना प्रतिस्पर्धामा उत्रेका छन् । भलिबलतर्फको विजेतालाई नगद ८१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेता टोलीलाई नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । भने, तृतीय हुने टिमले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्नेछ । सो प्रतियोगिताबाट एउटा टिमलाई अनुशासित टिमको रुपमा नगद रु १२ हजारसहित पुरस्कृत गरिनेछ । नृत्य प्रतियोगितातर्फ प्रथम हुनेलाई ८ हजार रुपैयाँ, द्वित्तिय हुनेलाई ६ हजार, तृतीय हुनेलाई ४ हजार र सान्त्वना स्थान हाँसिल गर्नेलाई नगद रु २ हजारसहित पुरस्कृत गरिने क्लबका प्रमुख सल्लाहकार जिवन थापामगरले जानकारी दिए । उनका अनुसार नववर्षको अवसरमा ख्याती प्राप्त लोक तथा दोहोरी कलाकारहरु चोलेन्द्र पौडेल, माया गुरुङ, कृष्ण गुरुङ, घनश्याम रिजाल, शंकर पन्त, निश्चल थापा मगर, पारु गुरुङ र ममता तामाङ, शम थापामगर, अर्चना चापागाँई र होम गुरुङले प्रस्तुती दिएका थिए ।
पोखरा: पर्वत र आयोजक एलिट भलिबल प्रथम एलिट भलिबल कपको च्याम्पियन बनेका छन् । एलिट भलिबल एकेडेमीको आयोजनामा पोखरा–३, नदिपुरमा भएको उक्त प्रतियोगिताको पुरुषतर्फ पर्वत र महिलातर्फ एलिट भलिबल टोली च्याम्पियन बनेको हो । पर्वतले पिरामिड कन्ट्रक्सन हङकङलाई ३–१ को सेटमा पराजित ग¥यो । पहिलो सेट २६–२४ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको पर्वतले तेस्रो सेट १७–२५ ले पिरामिड कन्ट्रक्सनलाई सुम्पिएको थियो । चौथो सेटमा २५–२२ को पुनरागमन जित निकाल्दै पर्वतले उपाधि रक्षा ग¥यो । उपाधिसँगै पर्वतले ट्रफीसहित नगद एक लाख हात पा¥यो । फाइनलमा पराजित पिरामिड कन्ट्रक्सन हङकङले ५० हजारमा चित्त बुझाउनुप¥यो । महिलातर्फ आयोजक टोली एलिट भलिबलले बागलुङ नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पा¥यो । एलिट भलिबलले पहिलो सेट २५–२२, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–१६ को सहज जित निकाल्यो । एलिट भलिबलले ५० हजारसहित ट्रफी हात पा¥यो । उपविजेता बनेको बागलुङ नगरपालिकाले २५ हजार प्राप्त गरेको छ । पुरुषतर्फ सञ्जुविक्रम शाह र महिलातर्फ मिना सुनार सर्वोत्कृष्ट खेलाडी घोषित भए । पुरुषतर्फ वेष्ट सर्भर रेशम छन्त्याल, वेष्ट सेटर विवश आले, वेष्ट ब्लकर सुगम विक, वेष्ट स्पाइकर सन्तोष विक र वेष्ट डिफेन्डर जितबहादर सार्की घोषित भए । महिलातर्फ वेष्ट सर्भर रिक्जना बोटे, वेष्ट सेटर रेविना घर्ति, वेष्ट ब्लकर विष्णु क्षेत्री, वेष्ट स्पाइकर सोइङ थापा र वेष्ट डिफेन्डर काजल श्रेष्ठ बनिन् । विजेता, उपविजेतालाई एलिट भलिबलकी प्रशिक्षक अरुणा शाही, टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य डा. मधुसुधन सुवेदी, भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङसहितले ट्रफी र मेडल प्रदान गरे । आयोजक एलिट भलिबल एकेडेमीकी प्रशिक्षक एवम् राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले यो प्रतियोगिता महिला खेलाडी उत्पादनका लागि कोशेढुंगा हुने विश्वास व्यक्त गरिन् ।
पोखरा: प्रथम एलिट भलिबल कपमा महिलातर्फ बागलुङ नगरपालिका र एलिट भलिबल ‘बी’ टिम फाइनलमा प्रवेश गरेका छन् । एलिट भलिबल एकेडेमीको आयोजनामा पोखरा–३ नदिपुरमा जारी प्रतियोगितामा महिलातर्फ सेमिफाइनलमा एलिट भलिबलले पिएन क्याम्पस र बागलु नगरपालिकाले शान्ता भलिबल क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका हुन् । एलिटले पिएन क्याम्पसलाई पहिलो सेट २५–११, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–८ ले पछि पा¥यो । बागलुङले शान्ता भलिबललाई ३–१ ले हराउन सफल रह्यो । पहिलो सेट १५–२५ ले गुमाएको बागलुङले दोस्रो सेट २५–२१, तेस्रो सेट २६–२४ र चौथो सेट २५–१४ ले आफ्नो पक्षमा पा¥यो । सोमबार पुरुषतर्फको सेमिफाइनल र फाइनल खेल हुनेछन् । बिहान साढे ७ बजे पुरुषतर्फको पहिलो सेमिफाइनल पिएन क्याम्पस र पर्वतबिच हुनेछ । दोस्रो सेमिफाइनल पिरामिड कन्ट्रक्सन हङकङ र न्यू डायमण्ड म्याग्दीबिचको खेल ९ बजेबाट सुरु हुनेछ । पुरुषतर्फको सेमिफाइनलपछि महिलातर्फको फाइनल खेल हुनेछ । महिलातर्फ फाइनलमा बागलुङ नगरपालिका र एलिट भलिबल ‘बी’ टिम भिड्नेछन् । त्यसपछि पुरुषतर्फको फाइनल खेल हुनेछ । उक्त खेल साढे एक बजे सुरु हुने आयोजकले जनाएको छ । आइतबार भएको पुरुषतर्फका खेलमा पर्वत र न्यू डायमण्ड म्याग्दी विजयी भएका थिए । पर्वतले देउराली युवा क्लबलाई २५–१९, २५–१५ र २५– २३ ले हरायो । न्यू डायमण्ड म्याग्दीले एलिट भलिबललाई ३–१ को सेटले पराजित ग¥यो । २८–३० ले गुमाएको न्यू डायमण्डले दोस्रो सेट २५–१६, तेस्रो सेट २५–१९ र चौथो सेट २५–२३ ले आफ्नो पक्षमा पार्न सफल रह्यो । प्रतियोगितामा पुरुषतर्फ पहिलो स्थान हासिल गर्ने टोलीले एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यसैगरी महिलातर्फ पहिलो स्थान प्राप्त गर्ने टोलीले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीलाई २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।