राष्ट्रिय आमन्त्रित भलिबल खेल्न सञ्जुको कप्तानीमा गण्डकीको टोली घोषणा
पाेखरा | असार ३१, २०८२
पोखरा: गण्डकी प्रदेश भलिबल संघले साउन ४ देखि ८ गतेसम्म हुने राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन सञ्जु विक्रम शाहको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको छ ।
लुम्बिनी प्रदेशको रुकुम पुर्व पुथा उत्तरगंगा गाउँपालिका–११ मा श्री हिमालय श्रृखला चौरी यूवा क्लबले आयोजना गरेको राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन गण्डकीले सञ्जुकोे कप्तानीमा टोली घोषणा गरेको हो ।
गण्डकी प्रदेश भलिबल संघका अनुसार सञ्जु विक्रम शाह (टिम कप्तान), राजन दर्लामी मगर, हिमाल सुनारी, कुञ्जन शाही ठकुरी, विवश आले मगर, सन्तोष वि.क, उमेश सेन्चुरी, विश्वास अधिकारी, सुपेन्द्र परियार, संजोग परियार, सुगम सुनार रहेका छन् ।
यस्तै टिम प्रशिक्षकमा रमेश केसी, सहायक प्रशिक्षकमा राजेन्द्र जिसी र व्यवस्थापकमा पूर्ण बहादुर गुरुङ रहेका छन् ।

साउन ४ देखि ८ गतेसम्म हुने राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा गण्डकीसहित नेपाल पुलिस क्लब, एपिएफ क्लब, बुटवलको मणिमुकुन्द भलिबल क्लब, भगवति माई दैलेख र कोशी प्रदेशको सहभागिता रहनेछ ।
चार दिनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले ३ लाख, तेस्रो हुनेले २ लाख सान्त्वना हुने टिमले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
६ टिमको सहभागिता रहने राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा ३जना विदेशी खेलाडी समावेश गर्न पाइने आयोजकले जनाएको छ ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

