रामघाट ह्वाइटलाई ओपन फुटसलको उपाधि

पाेखरा | असार ३०, २०८२

रामघाट ह्वाइटलाई ओपन फुटसलको उपाधि

पोखरा:  पोखरामा सम्पन्न भएको ओपन फुटसल प्रतियोगिताको उपाधि रामघाट ह्वाइटले जितेको छ । 


बक्स पोखराले असार २७ देखि २९ गतेसम्म पोखरा रंगशालाको कभर्ड हलमा आयोजना गरेको ओपन फुटसल प्रतियोगिताको फाइनल खेलमा रामघाट ह्वाइटले ड्याडिज किचेनलाई २–१ ले गोल पराजित गर्दै उपाधि जितेको हो । 


उपाधि जितेको रामघाट ह्वाइटले १ लाख ७० हजार र उपविजेता भएको ड्याडिज किचेनले १ लाख रुपैयाँसहित ट्रफी मेडलर प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा २६ समूहले सहभागिता जनाएको थिए । 


प्रतियोगितामा १५ लाख रुपैयाँ खर्च भएको बक्स पोखराका अध्यक्ष प्रदिप गुरुङले बताए । अध्यक्ष गुरुङले खेलकदु मात्र नभएर सामाजिक सेवाको उद्धेश्यले प्रतियोगिता आयोजना गरेको बताए । 


बक्स पोखराले आगामी दिनमा पनि यस्ता सामाजिक उद्देश्यका लागि खेलकुद कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।

 
 

काठमाडौं:  नेपालले आइसीसी टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधि जितेको छ ।  ओमानमा शुक्रबार भएको सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआलाई एक सय २४...

थप पढ्नुहोस्

मुस्ताङ:  झण्डै पाँच सय वर्षअघि यहाँको घरपझोङ–५ ठिनीमा राजा थर्कोचेनले शासन चलाएका थिए । मुस्ताङको पान्डाखोलादेखि तल्लो भूभाग चिमाङ र चोखोपानी खोलासम्म राजा थर्कोचेनको राज्य थियो । राजा थर्कोच...

थप पढ्नुहोस्

गलकोट: सेवालाई गुणस्तरीय बनाउँदै लगेको धवलागिरि प्रादेशिक अस्पताल बागलुङमा पुगेका बिरामीको एउटै गुनासो हुन्छ–चिकित्सकले लेखेका औषधि पाइएन । अस्पताल फार्मेसीमा पुगेका अधिकांश स्वास्थ्य बीमामा आबद्ध ...

थप पढ्नुहोस्