हिउँले ढपक्क ढाकिदा भयो सेताम्मे रारा ताल
मुगु | चैत २, २०८२
कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य मध्येको रारा ताल हिउँले ढपक्कै ढाकिएको छ । आइतबार रातिदेखि परेको हिउँले रारा क्षेत्रमा चाँदीले छोपिएजस्तो सेताम्मे भएको छ ।
रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार आइतबार रातिदेखि परेको हिउँ राराको हुटु, मिलीचौर आसपासमा एक फिटसम्म हिउँ जमेको छ । तालसँगै वरपरको वन सेताम्मे बनेको छ ।
सुर्खेतबाट रारा घुम्न आएका आन्तरिक पर्यटक बासुुदेव देवकोटाका अनुसार रारामा हिउँ पर्दा स्वदेशी तथा विदेशी पर्यटकहरू हिउँ खेलेर रमाएका छन् ।
रारा साच्चै स्वर्गको एक टुक्राजस्तै भएको महसुस लागेको उहाँले बताउनुभयो ।

रारामा यो वर्षको दोस्रो हिमपात रहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त कार्यालय प्रमुख ऋषिकेश यादवले बताउनुभयो । उहाँका अनुसार करिब ५ इन्च हिउँ जमेको छ । हिउँ पर्नेक्रम अझै जारी छ ।
गएको पुस महिनामा पनि रारामा २ इन्च हिउँ परेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार फागुन महिनाको मसान्तसम्म दस हजार आन्तरिक र विदेशी पर्यटक रारामा घुम्न आएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
चैतको महिनामा हिमपात हुँदा जिल्लामा चिसोले स्थानीय जनजीवन भने प्रभावित भएको छ ।
गाउँदेखि सदरमुकामको बजारसम्मका बासिन्दा आगो तापेर दिन कटाइरहेका छन् । रारा तालभन्दा एक घण्टा माथिको मुर्मा गाउँमा भने दुई फिट हिउँ जमेको छ । यो ठाउँ समुद्री सतहदेखि ३ हजार २ सय मिटरको उचाइमा पर्दछ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

