पोखरा: अग्रज फोटोपत्रकार राम गुरुङलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार अर्पण गरिएको छ । विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजित पोखरा फोटोग्राफर संघको ४२ औं साधारण सभामा गुरुङलाई उक्त सम्मान अर्पण गरिएको हो । फोटोग्राफीको क्षेत्रमा विगत लामो समयदेखि योगदान दिदैं आएको भन्दै उनलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँ सहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो । सो अवसरमा बोल्दै पुरस्कृत गुरुङले आगामी दिनमा थप काम गर्न उत्साहित गरेको बताए । उनले फोटोपत्रकार हुनु अघि फोटोग्राफर नै हुनुपर्ने धारणा राख्दै अनुज फोटोग्राफरहरुलाई निरन्तरता दिन आग्रह गरेका थिए । सोही कार्यक्रमकै अवसरमा संघमा आबद्ध सदस्यहरुको १२ पास गरेका छोराछोरीलाई सम्मानसमेत गरेको थियो ।
पोखरा: मुनाल फिल्म प्रा.लि.पोखराद्वारा सञ्चालित रोधिं टेलिभिजनले प्रथम स्थापना दिवस मनाएको छ । म्याक्स टेलिभिजनको सहकार्य नेपालकै पहिलो साँस्कृतिक टेलिभिजन रोधिं सञ्चालन गरेको एक वर्ष पुगेको अवसरमा पोखरा–१० उत्तमचोकस्थित रोयल दिदीबहिनी किचनको सभाहलमा भव्यताका साथ स्थापना दिवस मनाएको हो । दिवसको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि निवर्तमान मन्त्री एवम गण्डकी प्रदेस सभा सदस्य बेदबहादुर गुरुङले रोधिं साँस्कृतिक विश्वविद्यालय भएको बताउनुभयो। तमुहरुको पवित्र संस्था रोधिंमा तमुहरुलाई नैतिवान बन्ने, साँस्कृतिक संरक्षण गर्ने, ज्ञानसिपहरु हस्तान्तरण गर्दै लाने, गाँउ समाजको थिति बसाल्ने, किशोर एवम युवा पुस्तालाई व्यवहारिक रुपमै सामाजिक शिक्षा पढाउने, जीवनशैली निर्माण गर्ने मौलिकता, सामाजिक एवम साँस्कृतिक ज्ञानको विश्व विद्यालय भएको उहाँको भनाई थियो । तमु भाषाबाट नेपाली शब्दकोषमा प्रवेश गरेको रोधिं शब्दकै नामबाट स्थापित रोधिं टिभि ब्राण्ड बन्नुपर्दछ भन्नुहुदै उहाँले रोधिं टेभिले छोटो अवधिमा राम्रो प्रस्तुति गरिरहेकोमा गुरुङले प्रसंशा गर्नुभयो। रोधिं टिभिलाई सबैको प्रिय एवम व्यवसायिक रुपमा दिगोपनका लागि सबैको साथ सहयोग हुनुपर्ने बताउनुभयो । कार्यक्रममा शुभकाना व्यक्त गर्नुहुदै तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले तमुहरुको पवित्र संस्था रोधिंको गलत भाष्यलाई रोधिं टेलिभिजनले उचित जवाफ दिएको भन्दै धन्यवाद दिनुभयो। रोधिं एक सिर्जनशील घर भएकाले तमु समुदायको साँस्कृतिक धरोहरलाई संरक्षण र विकासका साथै जनचेतनामुलक कार्यक्रमहरुलाई टिभिले विषयवस्तु बनाउनु जरुरी छ भन्नुहदै बामे सर्दै गरेको रोधिं टिभिको विकासका लागि समुदाय ढंगबाट अभिभावकत्व जरुरी भएको उहाँको जोड थियो। यस्तै गरी राज्यले पनि उचित रोधिं टेलिभिजन जस्तो साँस्कृतिक टिभिलाई साथ सहयोग र अभिभावकत्व प्रदान गरोस भन्नुहदै सबैको मनमुटुमा रोधिं बन्ने शुभकामना व्यक्त गर्नुभयो । टेलिभिजन प्रसारक संघका महासचिव मनोज गुरुङले शुभकामना व्यक्त गर्नुुहुदै छोटो समयमा रोधिं टिभिले धेरै दर्शक श्रोताको मनजितेको बताउनुभयो। स्थापित टिभि च्यानलहरुमा समस्या आए पनि दर्शकहरुले वास्ता नगरे पनि रोधिंको च्यानले समस्या आउने वित्तिकै धेरैले फोन गर्ने गरेकोबाट रोधिं टिभि सबैको प्रिय बनेको प्रमाण पेश गर्नुभयो । मुनाल फिल्मका अध्यक्ष भोजबहादुर गुरुङले आफुहरुसँग वर्षो पुग्ने कन्टेन्ट रहेको बताउनुभयो। सुरुमा मुनाल फिल्मले गुरुङ चलचित्र, गाउँ बस्ती चिनारीका लागि बनाइने म्युजिक भिडियो, युट्युब कन्टेन्ट, बिज्ञापन सामाग्री आदि निर्माण गर्दै आएकोमा म्याक्स टेलिभिजनबाट निरन्तर प्रसारण भईरहेको बताउनुहुदै आगामी दिन धेरै प्रभावकारी कार्यक्रमहरु प्रस्तुत गर्ने बताउनुभयो । रुङहरुको बढी बसोबास भएको ठाउँ पोखरामा रोधिंले विषय बस्तुसँग सम्बन्धित आवश्यक सामाग्री तयार पार्न त्यति कठैनाई नभएको बताउँछन् रोधिं कार्यक्रमका प्रस्तोता बालकाशी गुरुङ । सञ्चालक मनोज गुरुङसँगको सहकार्यमा सुरुवात भएको रोधिंले हालसम्म आइपुग्दा लगभग शृङ्खलाबद्ध रुपमा डेढ सय भाग छायांकन गरिसकेको बताउँछन् मुनाल फिल्मका प्रवन्ध निर्देशक भोज बहादुर गुरुङ । स्वदेश तथा विदेशमा रहनुहुने गुरुङ संघ संस्था व्यक्ति विशेषको साथ सहयोग र मार्ग निर्देशनले गर्दा नै आज हामी रोधिंको पहिलो वार्षिकोत्सब मनाउन पाएका छौं उनले भने । प्रथम स्थापना दिवसलाई थप रौनक प्रदान गर्न चर्चित लोक दोहोरी जोडी चिज गुरुङ र निर्जला गुरुङसहित कलाकारहरुको बेजोड दोहोरी प्रस्तुति गरिएको थियो। उक्त कार्यक्रममा रोधिं कार्यक्रम संचालनका लागि विभिन्न शुभेच्छुकहरुले सहयोग प्रदान गरेका थिए । कार्यक्रम मुनाल फिल्मका सञ्चालक एवं प्रवन्ध निर्देशक भोज बहादुर गुरुङको अध्यक्षतामा, रोधिं कार्यक्रमका प्रस्तोता बालकाशी गुरुङको स्वागत र लोक दोहोरी गायक टस बहादुर गुरुङल कार्यक्रम संचालन गर्नुभएको थियो ।
पोखरा: पोखरा महानगरपालिका वडा नं.२४ बास्कोटमा महानगरपालिकाले बास्कोट सहरी स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ । उक्त केन्द्र भवनको शुक्रवार महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गर्नुभयो । स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले सो केन्द्र भवनको निर्माण गर्न लागिएको प्रमुख आचार्यले बताउनुभयो । पोखरा २४ को तल्लो भाग र वडा नं.२३ तथा अन्नपूर्ण गाउँपालिकाको केही क्षेत्रका बासिन्दाहरूले समेत लाभ लिन सहज हुने सो केन्द्र सुविधा सम्पन्न बनाइने उहाँले बताउनुभयो । महानगरका वडाहरूमा ल्याव परिक्षण सहितका शिविरहरू सञ्चालनका अभियानहरू समेत थालिएको उहाँले बताउनुभयो । यसका अलवा विकास निर्माणका कतिपय योजनाहरू सम्पन्न गरिएका र कतिपय योजनाहरू सञ्चालन कै क्रममा रहेका उहाँले बताउनुभयो । वडा अध्यक्ष भरत बहादुर अधिकारीले बास्कोटमा स्वास्थ्य केन्द्र निर्माणले त्यस क्षेत्रका नागरिकहरूलाई सुविधा हुने बताउनुभयो । सामान्य स्वास्थ्य सम्बन्धी भएपछि पोखरा बजार नै पुग्नु पर्ने बाध्यताको अन्त्य हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । नगरवासीहरूको स्वास्थ्य सुरक्षाका लागि महानगरपालिका प्रतिबद्ध रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूले नागरिकहरूको स्वास्थ्य, शिक्षा लगायत आधारभूत विषयहरूको सुरक्षणका लागि स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने बताए । ४ करोड लागतमा केन्द्र भवन २ वर्षभित्र निर्माण सम्पन्न गरिने छ । भवन २ तले हुनेछ । भविष्यमा यसलाई सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा स्तरोन्नति गर्ने महानगरको योजना रहेको छ । वडा नं. २४ कै कास्कीकोमा पनि स्वास्थ्य चौकी सञ्चालनमा रहेको छ ।
काठमाडौं: हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा रु छ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ । बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने भएको छ । कम्पनीले काठमाडौँमा पत्रकार सम्मेलन गरी बाराहीले एक हजार दुई सय जना क्षमताको सभाहलसहित उक्त होटल निर्माण भइरहेको जानकारी दिएको छ । त्रिसट्ठी रोपनी क्षेत्रफलमा निर्माण हुँदै गरेको उक्त होटलमा एक सय ७१ कोठा निर्माण गरिनेछन् । होटलमा क्यासिनो, स्पा, फिटनेस सेन्टरलगायत सुविधा रहने छ । पब्लिक लिमिटेड कम्पनी रहेको बाराही सेदी लिमिटेडको आइपीओमा समेत जाने योजना बनाएको छ । सन् २०२४ भित्रै सञ्चालनमा ल्याउने योजना रहे पनि कोभिड–१९ महामारीका कारण निर्माण अवरुद्ध भएको बाराही हस्पिट्यालिटीका संस्थागत निर्देशक योगेन्द्र थापाले जानकारी दिनुभयो । अहिले होटल द्रुत गतिमा निर्माण भइरहेको छ । भौतिक पूर्वाधारतर्फ ४६ प्रतिशत काम सम्पन्न भएको उहाँले बताउनुभयो । हस्पिटालिटी क्षेत्रको लामो अनुभवलाई पाँचतारे सुविधासम्पन्न होटलमार्फत सेवा विस्तार गर्न लागिएको निर्देशक थापाले बताउनुभयो । बाराही सेदी लिमिटेडको नामबाट पब्लिक लिमिटेड दर्ता गरी निर्माण भइरहेको होटलको छिट्टै आइपिओ निष्कासन गर्ने योजना रहेको उहाँको भनाइ छ । अन्तर्राष्ट्रियस्तरको सभा सम्मेलन गर्ने र खर्चालु पर्यटकलाई लक्षित गर्दै पोखरामा पाँचतारे होटल निर्माण गरिएको निर्देशक थापाले बताउनुभयो । “पोखरामा पाँचतारे फूलबारी रिसोर्ट बन्द भएपछि लक्जरी पाँच तारे होटलको अभाव महसुस भयो । हाइ–इन्ड पर्यटकलाई सेवा दिने विश्वाससहित कम्पनीले सन् २०२६ सम्म होटल सञ्चालनमा ल्याउने योजना बनाएको हो”, उहाँले भन्नुभयो । सरकारले पोखरामा सन् २०१४ मा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) समिट आयोजना गर्ने योजना बनाएको थियो । तर, पोखरामा पाँचतारे होटल नहुदाँ काठमाडौँमा आयोजना गरिएको थियो । पोखरामा लग्जरी होटलको अभाव पूर्ति गर्ने बाराही ग्रुपका प्रबन्ध निर्देशक विप्लव पौडेलको पोखरामा पाँचतारे होटल बनाउने योजना अनुरुप परियोजना अघि बढेको थापा बताउनुहुन्छ । चालीस ४० वर्षअघि पोखरामा १० कोठाको प्याराडाइज गेस्ट हाउस सञ्चालन गर्दै स्थापना भएको बराही ग्रुपले हाल पोखराको लेकसाइटमा चारतारे होटल बाराही, रासाङकोट माउन्टेन लज, आवास पोखरा, चितवनमा बाराही जङ्गल लज, र काठमाडौँमा चारतारे होटल बाराही काठमाडौँ सञ्चालन गर्दै आएको छ । यस्तै, बाराही ग्रुपले पोखरामा ब्यञ्जन रेष्टुराँ र द बिच बार एन्ड लजसमेत सञ्चालनमा ल्याएको छ ।
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने एलपी ग्यास १६६० रुपैयाँमा विक्री वितरण गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ । कास्की प्रशासनले आज (बुधबार) एक सूचना प्रकाशित गर्दै शक्ति, गृहलक्ष्मी, भानु, जानकी, लुम्बिनी, बाबा, राजधानी लगाएतका एलपी ग्यासहरुको खुद्रा मुल्य १६६० मा विक्रि वितरण गर्न भनेको छ । जिल्ला प्रशासन कास्कीले जारी गरेको सूचनामा डिलरबाट विक्री मुल्य प्रति सिलिण्डर १६१६ रुपैया र खुद्रा मुल्य १६६० रुपैयाँमा विक्रि वितरण गर्न भनिएको छ । तोकिएको मुल्य भन्दा बढी लिएमा, अनलाइन भ्याट बिल जारी नगरेमा विक्रि वितरण गर्ने फर्म, व्यक्ति वा कम्पनीलाई कानून बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ ।
पोखरा: लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरीले वर्षेनी लागूऔषध ओसारपोसार गरेको भन्दै लागूऔषधसहित कास्कीमा विभिन्न व्यक्तिहरुलाई प्रकाउ गर्छ । विशेषगरी प्रतिबन्धित गाँजा, चरेस, ब्राउन सुगर, डाइजापाम, फेनेरागन, नुर्फिन र नाईट्रोभ्याटसहित विभिन्न व्यक्तिहरुलाई प्रकाउ गरेको गएको चार आर्थिक वर्षको रेकर्ड जिल्ला प्रहरी कार्यालय कास्कीसँग छ । गएको चार आर्थिक वर्षमा लागूऔषध नियन्त्रण ब्यूरो र कास्की प्रहरीले गाँजा, चरेश, ब्राउन सुगर, डाईजापाम, फेनेरागन, नुर्फिन र नाईट्रोभ्याटसहित विभिन्न व्यक्तिहरुलाई प्रकाउ गरेको रेकर्ड छ । तर गत आर्थिक वर्ष कास्की प्रहरीले पोखराबाट एलएसडी र एम्फेटामाईन नयाँ लागूऔषधसहित एक विदेशी नागरिकसहित दुईजनालाई पोखराको लेकसाइडबाट प्रकाउ ग¥यो । पोखराको लेकसाइडबाट एक विदेशी नागरिकसहित प्रकाउ परेका दुईजनाको साथबाट बरामत भएको एलएसडी र एम्फेटामाईन चार वर्षयताकै नयाँ लागूऔषध भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् श्रवणकुमार विकले जानकारी दिए । ‘कास्कीमा लागूऔषध नियन्त्रण ब्यूरो र कास्की प्रहरीले गाँजा, चरेश, ब्राउन सुगर, डाईजापाम, फेनेरागन, नुर्फिन र नाईट्रोभ्याटसहित प्रकाउ गरेको रेकर्ड छ’, डीएसपी विकले भने, ‘अघिल्लो वर्षमा यस्तो लागूऔषध भेटिएको थिएन, गत आर्थिक वर्षमा एलएसडी र एम्फेटामाइन भेटिएको छ, अहिले मुद्धा चलिरहेको छ ।’ उनका अनुसार प्रहरीले गत आर्थिक वर्ष एलएसडी २६ पिस र एम्फेटाईन लागूऔषध ४ सय ग्रामसहित दुईजनालाई प्रकाउ गरेको हो । कुन आर्थिक वर्षमा कति कुन लागूऔषध प्रहरीको नियन्त्रणमा ? जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गएको चार आर्थिक वर्षमा सबैभन्दा बढी डाईजापाम, फेनेरागन र नुर्फिन बढी फेला परेको छ । कास्की प्रहरीले आर्थिक वर्ष ०७८÷०७९ मा १३ हजार १ सय ६१ एम्पुल लागूऔषध नियन्त्रणमा लिएको थियो । भने ०७६÷७७ मा ८ हजार ४ सय ६७ एम्पुल, ०७७÷७८ मा ८ हजार १ सय ३३ र गत आर्थिक वर्ष ७ हजार ८ सय ५ एम्पुल लागूऔषध बरामत गरेको थियो । गाँजा– जिल्ला प्रहरी कार्यालय कास्कीले आर्थिक वर्ष २०७६/०७७ मा ३५ किलो ६सय ८७ ग्राम, ०७७/७८ मा ७२ किलो ५ सय ५१ ग्राम, ०७८/०७९मा १ सय १९ केजी ४० ग्राम र गत आर्थिक वर्ष ०७९/८० मा ४१ केजी ३ सय ३६ग्राम गाँजा बरामत गरेर नष्ट गरेको जनाएको छ । यस्तै, चरेश– जिल्ला प्रहरी कार्यालय कास्कीले आर्थिक वर्ष ०७६/०७७ मा चार वर्ष यताकै बढी १८ केजी ७ सय ६९ केजी चरेश नियन्त्रणमा लिएको थियो । प्रहरीले आर्थिक वर्ष ०७७/०७८ मा ९ सय ग्राम, ०७८/०७९ मा २ किलो ६सय ९१ ग्राम र गत आर्थिक वर्ष ३ केजी ३ सय ग्राम चरेश बरामत गरेर नष्ट गरेको जनाएको छ । ब्राउन सुगर– जिल्ला प्रहरी कार्यालय कास्कीले आर्थिक वर्ष ०७८/०७९ मा चार वर्ष यताकै बढी ९३ ग्राम ६सय ६२ ग्राम ब्राउन सुगर नियन्त्रण लिएको थियो । यस्तै २०७६/०७७ मा ४० ग्राम ३ सय ६६ मिलिग्राम, ०७७/०७८मा ८७ ग्राम र गत आर्थिक वर्ष ०७९/०८० मा ८५ ग्राम ७ सय ३४ मिलिग्राम नियन्त्रण लिएको कास्की प्रहरीले जनाएको छ । यस्तै कास्की प्रहरीले गत आर्थिक वर्ष भने चार वर्ष यताकै नयाँ लागूऔषध एलएसडी २६ पिस र एम्फेटामाईन ४ सय ग्राम बरामत गरेको थियो ।
पोखरा: पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका वेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका हराए भएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् । पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीका १४ वर्षीया मनिका, १३ वर्षीया एलिसा र १४ वर्षीया राधिका परियार सम्पर्कविहीन भएका हुन् । तीनै जना बालिका हालसम्म पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । हराएका बालिकाका आफन्तका अनुसार घरबाट विद्यालय हिँडेका बालिका सो दिन विद्यालय पुगेका थिएनन् । हराएकामध्ये राधिका र मनिका राष्ट्रिय माध्यमिक विद्यालय र एलिसा बरपाटन माध्यमिक विद्यालयमा अध्ययनरत थिए । आफन्तले भने दुई बालिकाले फोनमा कुरा गरे पनि कहाँ–कस्तो अवस्थामा रहेको जानकारी नभएको बताएका छन् । राधिका र मनिकाले अभिभावकसँग फोनमा कुरा गरेको बताइन्छ । परिवारका अनुसार बालिका हराउँदा बखत विद्यालयको पोशाक सेतो सर्ट र निलो स्कट लगाएका थिए । प्रहरीका अनुसार हराएका बालिकाका परिवारले घरबाट स्कुल जान्छु भनी हिँडेका र हालसम्म घरमा फर्की नआएका भनी खोजीका लागि प्रहरीमा निवेदन दिएका छन् । “आफन्त, इष्टमित्रसमेतको सम्पर्कमा नआएको हुँदा खोजतलास गरी पाऊ भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि खोजी कार्यलाई तीव्र बनाइएका छौँ ।” जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले भन्नुभयो ।
पोखरा: पोखरा महानगरपालिका–९ सहाराटोलमा गत असारको आखिरीतिर हतारहतार गरिएको कालोपत्र महिनादिनमै उप्किएको छ । पृथ्वीराजमार्गबाट ट्राफिक कार्यालय हुँदै नयाँ बजार निस्कने सडक भत्कन सुरु गरेको हो । कालोपत्र उप्किएपछि ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेका छन् । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको रु दस लाख बजेटबाट ८० मिटर सडक कालोपत्र गरिएको थियो । तस्बिरहरू:-
पोखरा: फेवातालमा मृत फेला परेका युवकको दुईदिनसम्म पनि पहिचान हुन सकेको छैन । पोखरा ममहानगरपालिका १८ रातोडाँडा तल फेवातालमा मृत फेला परेका युवकको दुईदिनसम्म पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् सूचना अधिकारी श्रवण कुमार विकले जानकारी दिए । ‘साउन २७ गते पोखरा १८ रातोडाँडा तल फेवातालमा तैरिरहेको अवस्थामा युवकको शव फेला परेको थियो’, डीएसपी विकले भने, ‘आवश्यक मुजुल्का तयार पारेर शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रष्तिठान पठाएका थियौं, तर शवको पहिचान हुन सकेको छैन् ।’ मृतक युवकको दाहिने हातमा क्रिस्चियन धर्मको जिसस क्राइसको जस्तो देखिने ट्याटु भएको कोही हराएको भए कास्की प्रहरीमा सम्पर्क गर्न समेत आग्रह गर्न प्रहरीले अनुरोध गरेको छ । मृतक युवकको शवलाई अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।