पोखरा:    १३ औं संस्करणको पोखरा महोत्सव आगामी पुष २५ देखि माघ ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने भएको छ ।   महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि विभिन्न ३० वटा उपसमिति गठन गर...

पोखरा:  पोखरा बजारभित्र १३ वर्ष बढी सवारी चलाएका दलबहादुर विश्वकर्मा उमेरले दुई बिसे ४ पुगे ।   १० वर्ष आफ्नै ट्यासी चलाएका विश्वकर्माले पछिल्लो तीनवर्षयता मालिलको नगर माइक्रो हाँक्छन् ।     पोखराको विभिन्न रुटमा सवारी चलाएका दलबहादुर अहिले हरिचोक–छोरेपाटन, हरिचोक गण्डकी अस्पताल ओहोरदोहोर गर्छन् । उनी कति किलोमिटर कुदे भन्ने आफैलाई हेक्का छैन । यो उनको रुटिङ नै हो । उनी गुड्ने रुट भूपी शेरचन राजमार्गको हरिचोक–जिरो किमी सडकखण्ड हो ।   सवारी साधनको गति तिब्र नभएपनि कहिलेकाँही माइक्रोबसहरुको बीचमा कडा प्रतिस्पर्धा हुन्छ । त्यसैले कहिले सवारी हुइकाउनै पर्ने बाध्यता रहने दलबहादुर बताउछन् ।   दिनहुँ गुड्ने सडकमै पर्ने पोखरा महानगरपालिका ४ र ५ जोड्ने फिर्केपुल देखेर आजित छन् । अन्यत्र ४ लेनको भएपनि उक्त पुल २ लेनको भएकाले अत्याधिक दुर्घटना हुदै आएको उनको बुझाई छ । उनलाई फिर्के पुल कहिले बन्ला भन्ने पिरलो छ । ‘अचेल त यात्रुपनि आजित भइसकेछन्, दलबहादुर सुनगाभा न्यूजसँग गफिन्छन्, ‘जब फिर्के पुल आइपुग्छ त्यसपछि मलाई पो सोध्छन् गुरुजी यो फिर्केपुल कहिले बन्छ ह ?’   यो प्रश्नको जवाफ दलबहादुरले विगत केही वर्षदेखि खोजिरहेका छन्, तर उनीसँग थ्याक्कै जवाफ छैन । ‘म पनि तपाइहरु जस्तै त होनी । तपाइहरुलाई देशको स्थिती थाहा छदैछनी ।’ आफु जवाफिएको सुनाउछन् ।   आफ्नो साधनमा प्राय यात्रुहरु दोहोरीने उनले सुनाए ।  ‘एउटै रुट हिड्ने भएपछि प्राय जागिरेहरु दोहोरिनुहुन्छ । त्यही भएरपनि होला उहाँहरुको गुनासो पनि पुल अझै किन बनेन भन्ने हुन्छ, उनको प्रश्न छ, ‘होइन यो पुल नबनाउने कम्पनीलाई कारवाही नै हुदैन कि के हो ?’   पोखरा– बागलुङ सडक खण्डको जिरोदेखि हरिचोक खण्ड ६ लेनको बनेको वर्षौ भयो तर पोखरा ४ र ५ जोड्ने फिर्केपुल २ लेनमा सिमित हुँदा अत्याधिक जोखिम बढेको छ ।    एक्स्ट्राडोज्ड पुल बनाउने सम्झौता   निर्माण कम्पन्नी (शान्ति आरोग्य जेभी सानेपा) ले सम्झौता अनुसार काम गरेको भएको फिर्केपुलमा एक्स्ट्राडोज्ड पुल २०७७/०७८ को चैत महिनामै सम्पन्न भइसक्थ्यो । तर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस र मुआब्जाको कारण देखाउँदै निर्माण कम्पनीले महामारीको समयमा काम रोकेको थियो ।     सडक डिभिजन कार्यालय पोखराका सूचना अधिकारी उञ्जल शर्माले निर्माण कम्पनीले सम्झौताको केही वर्ष मुआब्जाको कारण काम रोके पनि गएको असोजमा मुआब्जाको समस्या समाधान भइसकेको बताए ।    सडक डिभिजन कार्यालय पोखराले २०७५ असोज ८ गते शान्ति जेभी सानेपा ललितपुरसँग २०७७/०७८ को चैत ३० सम्म एक्स्ट्राडोज्ड पुल निर्माण गर्ने गरी सम्झौता गरेपनि पुल निर्माण हुन सकेन ।    विश्वभर फैलिएको कोरोना भाइरसका कारण निर्माण कम्पनीले काम नगरेको भन्दै मन्त्रीपरिषद्को बैठकले पूर्वाधारका काम एक वर्ष म्याद थप गर्ने निर्णय गरेको थियो । जसमा पोखरा फिर्केपुल निर्माण गर्न गत आर्थिक वर्षको २०७९/०८० को असार मसान्तसम्म काम म्याद थप भयो तर प्रगति ३० प्रतिशत मात्र देखियो थियो ।    सडक डिभिजन कार्यालय पोखराका सूचना अधिकारी शर्माले अहिले बर्षाको समय भएकाले पुल निर्माणको काम रोकिएको बताए ।  ‘सम्झौता गरेको मितिमा मुआब्जा र कोरोना भाइरसका कारण काम रोकियो, मन्त्री परिषद्को बैठकले नै पूर्वाधारको क्षेत्रतर्फ एकवर्षको म्याद थप्यो’, शर्माले भने, ‘म्याद थप भएको वर्ष दिन भित्र पनि काम सकिएन, काम गरे एक वर्षमा सकिन्छ तर निर्माण कम्पनीले काम नै गरेन ।’   ठेक्का तोडेर जाँदा लागत बढ्ने र काममा अझै ढिलासुस्ती हुन सक्ने शर्माले संकेत गरे । ‘तेस्रो पटक म्याद थप हुन सक्छ, ठेक्का तोडेर नयाँ प्रक्रियामा जाँदा त्यसको लागत बढेर जान्छ, पुल निर्माणमा थप ढिलाइ हुन नदिन तेस्रो पटक म्याद थप हुन सक्छ’, सूचना अधिकारी शर्माले भने ।    सडक डिभिजन कार्यालय पोखराका सूचना अधिकारी शर्माका अनुसार नेपालमै पहिलोपटक (पाइलको सपोर्टमा केवल हालेर टावर टाइपको) स्पेसल एक्स्ट्राडोज्ड मोटरेबल पुल निर्माण हुन लागेको हो ।   ‘पुरानो पुललाई यथावत राखेर त्यसको दायाँ र बायाँ २/२ लेनको २ वटा पुल निर्माण गर्न लागिएको हो, उनले भने,  कंक्रिट ग्रिडर र पाइल फाउण्डेसन गरेर स्पेसल एक्स्ट्राडोज्ड मोटरेबल पुल बन्नेछ ।’   उनका अनुसार शान्ति आरोग्य जेभी सानेपा, ललितपुरले १२ करोड ३२ लाख २६ हजार १७६ रुपैयाँमा जिम्मा लिएको छ ।   सडक डिभिजन कार्यालय पोखराका ईन्जिनियर सहनशिला कायस्थले निर्माण कम्पनीले ३० प्रतिशत काम गरेको जानकारी दिइन् ।  ‘निर्माण कम्पनीले पुलको फाउण्डेशनको एकतर्फ सकेको छ, भौतिक प्रगतितर्फ ३० प्रतिशत काम सम्पन्न भएको छ’, कायस्थले भनिन्, ‘निर्माण कम्पनीले कोभिडका कारण काम नभएकाले सरकारले थपेको एकवर्षमा काम सकेन म्याद थप गर्न पत्र पठाएको छ म्याद थप भएर काम हुन्छ होला ।’   अहिले सञ्चालनमा नै रहेको पुलको दायाँ र बायाँ तर्फ बन्ने पुलको चौडाई ३/३ मिटरको हुनेछ । पुलको दायाँतर्फ निर्माण कम्पनीले काम सुरु गरेको छ भने बायाँतर्फ भने खानेपानी र सुकुम्बासी बस्तीको पनि समस्यासमेत देखिएको छ ।   

पोखरा:   जिल्ला प्रहरी कार्यालयमा अनलाइनमार्फत ठगी गरेको भन्दै ४ सय २ वटा उजरी परेको छ ।    जिल्ला प्रहरी कार्यालय कास्कीले गत आर्थिक वर्ष २०७९/०८० मा भएको कार्यप्रगति सार्वजनिक गर्दै सामाजिक सञ्जालमार्फत विभिन्न चिठ्ठा परेको भन्दै ठगी गर्ने विरुद्ध ४ सय २ वटा उजरी परेको जानकारी दिइएको हो ।    जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा डिएसपी श्रवण कुमार बिकले अनलाइनमार्फत ४ करोड ३५ लाख बराबरको ठगी गरेको भन्दै उजुरी परेको बताए ।    ‘सामाजिक सञ्जा मार्फत विभिन्न व्यक्तिहरुलाई उपहार परेको भन्दै म्यासेज पठाउने र उपहार पाउन केही रकम पठाउनुपर्ने सर्त गिरोहले ठगी गर्ने गरेको पाइएको छ’ सूचना अधिकारीले भने, ‘अनलाइनमार्फत कास्कीमा ४ सय २ वटा उजुरी पर्दा ४ करोड ३५ लाख बढी ठगी गरेको पाइएको छ ।’   उनका अनुसार पीडितलाई ५७ लाख ५२ हजार ७ सय ७० रुपैयाँ फिर्ता गरिएको छ । थप अनुसन्धानकै क्रममा रहेको सूचना अधिकारी बिकले बताए ।    यस्तै उनका अनुसार सामाजिक सञ्जालमार्फत आइडी फेक बनाएर गाली बेइज्जत, अश्लिल वा अर्यादित कुराकानी गरेको भन्दै ४ सय १९ जनाले उजुरी दिएका छन् ।    कास्की प्रहरीमा गत आर्थिक वर्ष २ सय २६ जना महिला, १ सय ६६ जना पुरुष, २३ जना बालिका र  ४ जना बालकले आइडी फेक बनाएर सामाजिक सञ्जाल मार्फत अमर्यादित कुराकानी गरेको भन्दै उजुरी दिइएको तथ्याङ्का उल्लेख छ ।   यस्तै कास्की प्रहरीले गत आर्थिक वर्ष विभिन्न स्थानबाट २ हजार २ सय ८६ वटा मोवाइल हराएको भन्दै उजरी परेको जानकारी दिएको छ । प्रहरीले उजुरीको आधारमा २ सय ८६ वटा मोवाईल फेला पारेर सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको र  बाँकी अनुसन्धानमा रहेको जनाएको छ ।   यस्तै कास्की प्रहरीले गत आर्थिक वर्ष बर्दीको दुरुपयोग गर्दै टिकटक बनाउने ८ जनासहित ४९ जना प्रहरीलाई कारवाही गरेको जनाएको छ ।     

पाेखरा: मंगलबार बिहान बगरबाट महिन्द्रा पिकअपमा फोहोर राखेर शान्तिवनमा फाल्न आउनेक्रममा रेशम थापामगर समातिएका छन् ।    मगरले बिहान ८ बजेतिर गाडीमा फोहोर लिएर आएको र शान्तिवन क्षेत्रमा फाल्न लाग्दा नजिकै रहेको तरकारी बजारमा कार्यरत सुरक्षाकर्मीले चाल पाएपछि समातिएका हुन् ।    उनीहरुले बताएअनुसार यसअघि पनि मगरले यसरी नै फोहोर फालेको आशंका छ । ‘यसअघि पनि यहाँको सडकक्षेत्रमा फोहोरको डंगुर फालिएको पाइएको छ’ त्यहाँका एक सुरक्षाकर्मीले भने ‘यही रेशमकै काम हो भन्नेमा आज विश्वस्त भइयो ।’   मगरले आज बिहान तरकारी बजारबाट एक गाडी सामान बगर पुर्‍याएका थिए । त्यसपछि फर्कदा उनले त्यहाँको पसल र अन्यत्र स्थानबाट फोहोर संकलन गरेर ल्याएका थिए । मगरले महिन्द्रा पिकअपबाट बिहान तरकारी डेलिभरी गर्दै आएका छन् ।    उनलाई समातेपछि महानगर र वडा सचिव लोकदर्शन कोइरालालाई खबर गरिएको थियो । फोहोर बोकेर आउने पिकअप शान्तिवनस्थित दमकल परिसरमा राखिएको छ ।    सचिव कोइराला भन्छन् ‘गाडीवालाले फोहोर उठाउने मासिक काम लिएको शंका छ, उनी पटके हुन् भन्ने सूचना पाएका छौं ।’ सम्बन्धित गाडीधनी र चालकलाई कुरेर बसेको भन्दै कोइरालाले उनीहरु आएपछि के–कस्तो जरिवाना गर्ने भन्ने विषयमा छलफल हुने बताए ।    पोखरा ३३ लामेआहालमा फोहोर फाल्न नदिएपछि अहिले पोखराका सडकमा फोहोर थुप्रिएको र वर्षाले उक्त फोहोर सडकभर छरिने गरेको छ ।   

पोखरा:  कास्कीको मादी गाउँपालिका ६ वडा कार्यालयले २०७९ को एसइई परीक्षामा उत्तिर्ण भएका १४ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ ।  मादी गाउँपालिका ६ स्थित महारुद्र माध्यमिक विद्यालयबाट ०७९ को एसइई परीक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई वडा कार्यालयले एक कार्यक्रमका बीच सम्मान गरेको हो ।  कार्यक्रममा वडाध्यक्ष डिल बहादुर क्षेत्रीले अबको विद्यार्थीहरुले नैतिक शिक्षासँगै व्यवहारिक शिक्षालाई पनि जोड दिन आवश्यक रहेको बताए ।  ‘आजका विद्यार्थीहरु भोलिका कर्णधार हुन्, विद्यार्थीहरुले नैतिक शिक्षासँग व्यवहारिक शिक्षालाई  जोड दिन आवश्यक छ’, उनले भने, ‘ समाज र देश विकासको लागि व्यवहारिक शिक्षा अनिवार्य छ ।’

पोखरा:  तीन दिन अगाडि पोखराको मौसम खासै खुलेको थिएन । वर्षातको समय भएकाले पोखरामा कति खेर पानी पर्छ पत्तै थिएन ।   त्यही पनि पोखराको पामे क्षेत्रको मौसम अझ कति खेर बदली हुन्छ थाहा नै हुँदैन ।    पोखराको आकाशमा प्याराग्लाइडिङ गर्ने सेडुअल ब्लाइन्ड रक्स (फरक क्षमताको समूह) टोलीको केही अगाडि नै तय भएको थियो । सोही कार्यक्रम अनुसार आज (सोमबार) ब्लाइन्ड रक्सको एक दर्जन सदस्यले केही समयका लागि जमिन छाडे । र पोखराको आकाशमा प्याराग्लाइडिङको मज्जा लिए ।   यो उनीहरुका लागि मात्रै नभएर पोखराकै पर्यटनका लागि पनि नौलो उडान थियो ।      सोही समूहकी सदस्य चादनी शर्माले ल्याण्ड हुनेबित्तिकै अनुभवलाई व्याख्या गर्ने शब्द नभेटेको सुनाइन् । ‘खै कसरी अनुभव सुनाउ कुनै शब्द नै भेटिन,’ शर्माले भनिन् ।   हिजोसम्म मौसम नखुलेकाले पनि आकाशमा उड्ने सपना तुहिने पनि पिरलो मनमा थियो । तर सपना मनबाट नभएर आत्माबाटै देखेकैकारण बादल छुने सपना पुरा भएको संस्थाकी संस्थापक अध्यक्ष सृष्टी केसीले बताइन् । ‘हामीले सपना आँखाले होइन, आत्मादेखि नै देख्नुपर्छ । एक दिन अवश्य पुरा हुन्छ,’ केसीले भनिन् ।   उनले दृष्टिबिहीनहरुलाई समाजले फरक नजरबाट हेर्ने भएकाले समान आत्मबल हुन्छ भन्ने सन्देश दिन प्याराग्लाइडिङ गरेको सुनाइन् । ‘दृष्टिबिहीनलाई राज्य र समाजले समान रुपमा हेर्न सकेको छैन, दृष्टिबिहीन नागरिकहरु पनि कमजोर हुँदैन भन्ने सन्देश समाजमा दिने उद्देश्यले जमिन छाडेका हौ’, उनले भनिन्, ‘सन्देश प्रवाह गर्नकै लागि हामीहरुले शाहसिक उडान भरेका हौं ।’   उनका अनुसार ब्याइन्ड रक्स समूहले यसअघि र्‍याफ्टिङ, रक क्लाइम्बिङ लगायतका शाहसिक खेलमा सहभागिता जनाइसकेका छन् । २ विदेशी नागरिकसहित १२ जनाको समूहले नेपाल हवाई खेलकुद संस्था(ना), पोखरा महानगरपालिका र लायन्स क्लबको सहयोगमा प्याराग्लाडिङ गरेका हुन् ।    पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनपछि पछिल्लो समय तोरीपानी क्षेत्रबाट उडान हुँदै आएको छ ।    तस्बिर: सुशान्त गाहामगर/सुनगाभा न्यूज                  

पोखरा:   कास्कीको माछापुच्छ«े गाउँपालिका १ खिम्राङस्थित सेती नदीमा फसेका तेजेन्द्र  घर्ति मगरको सकुशल उद्धार भएको छ ।  नेपाल सशस्त्र प्रहरी बलको टोलीले आज (आइतबार) सेती नदीमा फसेका २० वर्षीय घर्तिमगरलाई सकुशल उद्धार गरेको हो ।      जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ति युवकले सेती नदीमा पौडी खेलेर नदी पार गर्छु भन्दा बीच भागमा नै अड्किएको अवस्थामा आएको जानकारी पछि सकुसल उद्धार गर्न सफल भएको जानकारी दिएको छ ।  माछापुच्छ«े १ खिम्राङस्थित निर्माणाधिन हाईड्रोपावरमा कार्यरत घर्तिमगरलाई उद्धारपछि उनका साथी दिपक घर्तिमगरको जिम्मा लगाएको कास्की प्रहरीले जनाएको छ ।  नदीमा युवक फसेको जानकारी पछि सशस्त्र प्रहरी र कालिका गण कास्कीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली तत्कालै खटिएर उद्धार गरेको हो । 

पोखरा:  अविरल वर्षाका कारण पोखरा महानगरपालिका १६ स्थित डाडाथोक मार्गमा सडक भासिएको छ ।   हिजो (शनिबार) करिब दिउँसो साढे ३ बजेदेखि परेको अविरल पोखरा महानगरपालिका १६ स्थित डाडाथोक मार्गमा सडक भासिएको हो ।   सडक भासिदा ग १ ख ५५०१ नम्बरको टिप्पर खाल्डोमा परेको छ ।   उक्त मार्गको सडक भासिएपछि बस्ती नै जोखिम रहेको स्थानीय सन्दीप थापाले बताए । उनका अनुसार गएराती भासिएको हो ।   ‘अहिले भ्वाङ पुर्न भनेर आको टिम्परनै भ्वाङमा परेको छ, वडासँग समन्वय गरेर निकाल्ने प्रयास भइराछ,’ थापाले भने ।   तस्बिरहरु:-            

पोखरा:   पोखरा महानगरपालिका १८ मिरुवामा गएराति पहिरो जाँदा २ घरमा क्षति पुगेको छ ।  गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा १८ मिरुवामा पहिरो जाँदा २ घरमा क्षति पुगेको छ भने २ जना सामान्य घाइते भएका छन्  ।  पोखरा महानगरपालिका १८ सराङकोट डाँडामा गएराति पहिरो जाँदा मिरुवाका दुई घरमा क्षति पु¥याएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।  बैदाम प्रहरीका अनुसार गएराति १२ बजेर ५ मिनेट पहिरो जाँदा ५० वर्षीय मइत्कुमारी हमाल र ४७ वर्षीय सुन्दरश्याम अधिकारीको घरमा क्षति पुगेको हो । पहिरोले अधिकारीको घर पूर्ण रुपमा क्षति पु¥याएको छ भने हमालको घरमा पनि पहिरोले क्षति पु¥याएको छ ।  प्रहरीका अनुसार घर भिरालो स्थानमा भएकाले पहिरोको जोखिम भएकाले दुवै घरमा बस्न नमिल्ने जनाएको छ । घरमा पहिरोले क्षति पु¥याउँदा हमाल र अधिकारी सामान्य घाइते भएका छन् । उनीहरुले अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् ।   

पोखरा:   पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि मलको मुल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ । पोखरा महानगरपालिका मल वितरण ब्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मुल्य निर्धारण गरेको हो ।  महानगरका उपप्रमुख एवं मल वितरण ब्यवस्थापन समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डीएपी र पोटासको मुल्य निर्धारण गरेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । उक्त बैठकमा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख ठाकुरप्रसाद बास्तोला र साल्ट टे«डिंग कर्पोरेशन लिमिटेड पोखराका प्रमुख बासुदेव उपाध्याय,  महानगर सहकारी शाखा प्रमुख भरतराज पौडेल, महानगर सहकारी समितिका संयोजक रविरमण तिवारी, उपभोक्ता सहकारी संघका अध्यक्ष कृष्णप्रसाद बरालको उपस्थितिमा बैठकले निर्णय गरेको हो ।  मल डिपोदेखि बिक्र्री केन्द्रको दुरीका आधारमा प्रतिकेजी रु १९ रुपैयाँ ४५ पैशादेखि २१ रुपैयाँ ५ पैशासम्म निर्धारण गरिएको छ । त्यस्तै डीएपीको ४८ रुपैयाँ ४५ पैशादेखि ५० रुपैयाँ ५ पैशा र पोटासको मुल्य ३६ रुपैयाँ ४५ पैशादेखि ३८ रुपैयाँ ५ पैशासम्म तोएिको छ । मल वित्र्रmेताले प्लाष्टिक झोलाको मुल्य प्रति किलो थप लिन सक्ने छन् । बैठकले पोखरा महानगर कृषि शाखामा सुचिकृत तथा बिक्र्री वितरण गर्नको लागि छनौट भएका २६ वटा वडाका ६७ केन्द्रबाट मल बिक्री वितरण भैरहेकोछ । मल बिक्र्री वितरणका लागि आर्थिक वर्ष २०७९÷८० मा बिक्र्री भएको आधारमा कोटा निर्धारण गर्ने निर्णय भएको मनहर कडरियाले जानकारी दिए । सुचिकृत बिक्रेकतालाई मलको कोटा निर्धारण गरिएको र किसानलाई तोकिएकै मुल्यमा सहज रुपमा मल उपलब्ध गराउन अनुगमन गर्ने गरिएको र यस वर्षपनि त्यसलाई निरन्तरता दिइने महानगरले जनाएको छ ।  पोखरा महानगरमा गत आर्थिक वर्षमा युरिया, डीएपीर पोटास गरेर १९७७ .६५ टन मल खपत भएको छ । गत आर्थिक वर्षमा पोखरा महानगरमा युरिया १२२१.७५ टन, डीएपी ६६३.८५ टन, पोटास ३९.९५ टन र कृषि चुन २.१ टन खपत भएको उनले जानकारी दिए ।