समृद्ध स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा १ करोड बढी आम्दानी

आगामी मंसिर तेस्रो सातादेखि औद्योगिक व्यापार मेला

पाेखरा | साउन १८, २०८०

समृद्ध स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा १ करोड बढी आम्दानी

पोखरा:   पोखरा उद्योग वाणिज्य संघले सञ्चालन गरेको समृद्ध स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७९ मा १ करोड २०लाख ३१ हजार ५ सय ८६ रुपैयाँ आम्दानी भएको जनाएको छ । 


गएको मंसिर १६ देखि २५ गते सम्म पोखरा ९  नयाँबजार प्रर्दशनी केन्द्रमा सञ्चालन गरेको मेलामा उक्त आम्दानी भएको संघका अध्यक्ष पवनकुमार प्रजापतिले बताए । 


‘समृद्ध स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार २०७९ सफलतापूर्वक सम्पन्न भएको थियो, मेलामा १ करोड २० लाख ३१ हजार ५ सय ८६रुपैयाँ आम्दानी भएको थियो’, अध्यक्ष प्रजापतिले भने, ‘मेलामा आम्दानी भएको रकम मध्ये १ करोड ५ लाख ९० हजार ९ सय ६० रुपैयाँ खर्च भएको छ ।’


मेलामा आम्दानी र खर्च कटाएर १३ लाख ४० हजार ६ सय २६ रुपैयाँ बचत भएको अध्यक्ष पजापतिले बताए । 


संघका अध्यक्ष प्रजापतिले व्यवसायीहरुलाई उद्यमशीलता बनाउने गरी मेला आयोजना गरिएको दावी गरे । 


‘मेला भनेर हामीले टाउको गन्न होइन, व्यवसायी प्रवद्र्धन गर्ने प्रमुख लक्ष्य लिएका थियौं’, उनले भने, ‘मेलामा उत्पादन क्षेत्र बढाउने, व्यवसायीक प्रवद्र्धन र उद्यमशीलताको विकास लक्षित मेला आयोजना गरेका हौं ।’


पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष प्रजापतिले पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालन नहुँदा व्यवसायीमा भार थपिएको बताए ।


‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पोखरा उद्योग वाणिज्य संघले महत्वपूर्ण भुमिका निर्वाह गरेको छ’, उनले भने, ‘विमानस्थलमा अन्र्तराष्ट्रिय उडान नहुँदा व्यवसायीमा भार थपिएको छ ।’ 
मेलामा डोमतर्फ ७८, अटो मोबाइल्सका ४५ र अन्य विभिन्न खालका १ सय २० गरी २ सय ५० स्टल राखिएको थियो । 


पोखरा उद्योग वाणिज्य संघले आगामी मंसिर तेस्रो सातादेखि अर्को संस्करणको राष्ट्रिय औद्योगिक व्यापार आयोजना गर्ने जानकारी दिए ।


‘मंसिर तेस्रो सातादेखि पुस १ गतेसम्म अर्को संस्करणको औद्योगिक व्यापार मेला २०८० आयोजना गर्दै छौें’, उनले भने, ‘मेलालाई देखाउन भन्दा पनि व्यवसायीहरुलाई प्रत्यक्ष लाभ मिल्ने गरी औद्योगिक व्यापार मेला सञ्चालन गर्ने छौं ।’


आगामी संस्करणमा सञ्चालन हुने राष्ट्रिय औद्योगिक व्यापार मेलामा  संघ सुरक्षाको विषयमा गम्भिर भएको जनाएको छ ।  

काठमाडौं:  अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुन रु एक हजार २०० ले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महा...

थप पढ्नुहोस्

काठमाडौं:  भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको नेतृत्वमा उक्त मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोलीले हालैको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गका विभिन्न...

थप पढ्नुहोस्

तनहुँ: तनहुँका स्थानीय तहले एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेका छन् । गत आर्थिक वर्षमा जिल्लाका छ गाउँपालिकाले १५ दशमलव ६२ किलोमिटर सडक कालोपत्र गरेका हुन् । त्यस्तै ती पालिकाले ३८ दशमलव ५५ किलोमिटर सडकक...

थप पढ्नुहोस्