पोखरा: चलचित्र पत्रकार संघ कास्कीले आफ्नो २० औं स्थापना दिवस मनाएको छ । शुक्रबार पैदलयात्रा एवम अनुभव आदानप्रदानको कार्यक्रम आयोजना गरि संघले स्थापना दिवस मनाएको हो । पोखराको ड्यामसाइड देखि रानीवन हुँदै पुम्दिकोट सम्म पैदल यात्रा गरिएको थियो । सो अवसरमा सहभागी पत्रकारले आफ्नो अनुभव साटेका छन । संस्थापक अध्यक्ष श्रीराम सिग्देलले संघ स्थापना गर्दाको आरोह अवरोहका विषयमा सुनाए । तत्कालिन समयमा पोखरामा रहेर चलचित्र पत्रकारिता गर्न सकस भएको भनाइ उनको थियो । बीट पत्रकारितामा मात्रै लागेर बाच्न सक्ने आधार खडा नभएको उनले बताए । चलचित्र पत्रकारिता लाई बढ्वा दिन यहाँका नाम चलेका मिडियाले स्थान दिनुपर्ने विषयलाई उनले औंल्याएका छन । निवर्तमान अध्यक्ष अरुण गिरीले चलचित्र पत्रकारिता हिजो भन्दा आज बढ्दै गएको बताए । हिजो सिमित स्रोत साधनका बीच पत्रकारिता गर्नुपर्ने बाध्यता थियो भने आज चलचित्रका विषयवस्तुको क्षेत्र समेत फराकिलो हुँदै गएको उनले सुनाए । पोखराको पर्यटनलाई चलचित्र पत्रकारिता माध्यम पनि बढवा दिन सकिने अभिव्यक्ती उनको थियो । गिरीले संघले चलचित्र पत्रकारहरुलाई संरक्षण र प्रवर्द्धन गर्न विशेष कार्यक्रमको आयोजना गर्न आवश्यक रहेको उल्लेख गरे । अझै पनि काठमाडौं बाहिरका शहरलाई मोफसल भन्ने गरिएको र यसलाई चिर्ने गरि काम गर्नुपर्ने अभिभारा हाम्रो कांधमा रहेको भनाई उनको छ । चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले अग्रजले स्थापना गरेको संघको शाख जोगाउने गरि वर्तमान कार्यसमितिले काम गरिरहेको जनाए । उनले विगतमा भएका कामहरुलाई निरन्तरता दिंदै थप रचनात्मक एवम प्रभावकारी कार्यक्रम संघले गर्ने बताए । पोखरामा चलचित्र पत्रकारितालाई अझ क्रियाशील बनाउन संघ प्रतिबद्ध रहेको धारणा उनको छ । कार्यक्रममा उपस्तिथ सबै पत्रकारले आफ्नो पत्रकारिता जीवनको अनुभव साटेका थिए । पैदलयात्रा पछिको अनुभव आदानप्रदान कार्यक्रम पोखरा २२ पुम्दिभुम्दी कोटको इको भिलेजमा भएको थियो ।
पोखरा: खेलकुद विकास मञ्च पोखराको आयोजनामा आगामी शुक्रबार र शनिबार स्व. याम(राम) बहादुर थापा स्मृति प्रथम एमेच्युअर फुटसल प्रतियोगिता हुने भएको छ । पोखरा ४ गणेशटोल स्थित स्पोट्र्स क्यासलको फुटसल कोर्टमा प्रतियोगिताको आयोजना गरिएको हो । पोखरा महानगरपालिका वडा नं. १८ सिमाना मार्ग तथा आसपासका क्षेत्रमा खेलकुदको विकास गर्ने लक्ष्यका साथ फुटसल प्रतियोगिताको आयोजना गर्न लागिएको शनिबार आयोजित रनिङ्ग शिल्ड सार्वजानिक तथा पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष विक्रम थापाले जानकारी दिए । वडाबाट प्रतिभावान खेलाडी उत्पादन गर्नुका साथै खेलाडीहरु बीच भाइचाराको सम्बन्ध विस्तार गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको थापाले बताए । खेलकुद र सामाजिक कार्य गर्नका लागि २०७९ सालमा स्थापना भएको मञ्चले आगामी दिनमा समेत खेलकुद र सामाजिक कार्यलाई निरन्तर अघि बढाउने उनले सुनाए । मञ्चले फुटसल मात्रै नभई आगामी दिनमा अन्य खेल प्रतियोगिताहरुको समेत आयोजना गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै दुई दिनसम्म हुने प्रतियोगिताको तयारी तिब्र चलिरहेको खेल संयोजक विकिता तामाङले जानकारी दिइन् । उनले प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिइन् । प्रतियोगिताको उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयीमान खेलाडी र अनुशासित टिमले आकर्षक ट्रफि हात पार्ने उनले जानकारी दिइन् । प्रतियोगितामा असार २८ गतेसम्म टिम दर्ता गर्न पाइने छ । टिम दर्ता शुल्क चार हजार पाँच सय रुपैयाँ तोकिएको तामाङले बताइन् । प्रतियोगितामा करिब ३० टिमको सहभागिता रहने विश्वास गरिएको छ । प्रतियोगितालाई फुड स्टेसन जापान मुख्य प्रायोजन गरेको छ भने विभिन्न व्यवसायी तथा समाजसेवीले सहयोग गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष सुरज श्रेष्ठले खेलकुद पत्रकार मञ्च खेलकुदको क्षेत्रमा अहोरात्र खटिरहेको सुनाउँदै मञ्चको तर्फबाट गर्नसक्ने सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । उनले कुनै पनि कार्यक्रम गर्दा धेरै बाधा अवरोध आउने र त्यसको सामना गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उक्त पत्रकार सम्मेलनमा ढुंगेखोला टोल विकास समितिका अध्यक्ष विश्वनाथ पौडेल, व्यवसायी तथा पोखरा उद्योग वाणिज्य संघका सदस्य लिला चपाईँ लगायतको उपस्थिति रहेको थियो ।
पोखरा: बैंकर डा. बुद्धि मल्लको पुस्तक ‘सफलता सम्भव छ’ को पोखरामा आज विमोचन गरिएको छ । सो पुस्तक पोखरेली यूवा साँस्कृतिक परिवारको आयोजनामा गृहलोकापर्ण गरिएको हो । शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तक नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति सरुभक्त श्रेष्ठ, पूर्व सदस्य सचिव, बरिष्ठ साहित्कार एब्म संस्कृतिकर्मी तिर्थ श्रेष्ठ, पोखरेली यूवा साँस्कृतीक परिवारका सल्लाहकार ईश्वरमणी अधिकारी, पोखरेली युवा साँस्कृतिक परिवारका अध्क्षय उपेन्द्र पौडेल र सहित्याकार सरस्वती प्रतिक्षाले एकसाथ बिमोचन गरे । कार्यक्रममा पुस्तक माथि चर्चा गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति सरुभक्त श्रेष्ठले सफलताको शब्दमाथि चर्चा गरे । उनले मानिसको जिवनलाई सफलतापुर्वक बिताउन पुस्तक उपयोगी हुने बताए । अहिले बिभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरु पुस्तक लेखन तर्फ लागेको बताउदै डा.बुद्धि मल्ल पनि एक भएको उनको भनाई थियो । बरिष्ठ साहित्यकार संस्कृतिकर्मी तिर्थ श्रेष्ठले सफलता प्राप्तिका उदाहरणहरु दिदै पुस्तक सबैको लागि पठनिय भएको बताए । असफलताहरु सफलताका सपनाहरु भएको उनको भनाई थियो । पोखरेली यूवा साँस्कृतिक परिवारका सल्लाहकार ईश्वरमणी अधिकारीले पुस्तकमाथि परिचर्चा एबम् समिक्षा गर्दै पुस्तकमा पढेका, सुनेका भोगेका, नैतिक शिक्षा दिने ४१ ओटा लेखहरु समावेश रहेको बताए । पुस्तक मौलिक कलात्मक भएकोे उनाँको भनाई रहेको थियो । लेखक डा. मल्लले पुस्तकमा ऊँटले आफ्नो जीवनको निरन्तरताको लागि घाँटी लामो बनाउन प्रयत्न गरेको देखि संसारका सफल व्यक्तिहरु बिल गेट्स, दि रक, पृथ्वीनारायण शाह, एड्मण्ड हिलारी, मिल्खा सिंह, जिम केरी, झमक कुमारी, हेनरी फोर्ड, दशरथ माझी, ज्याक मां, भगवान गौतम बुद्ध लगायतका हस्तीका जीवनमा घटेका केही प्रेरक प्रसंगहरु उल्लेख गरेर सफलता सम्भव छ भनेर उदाहरण दिने प्रयास गरिएको बताए । पोखरेली यूवा साँस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले पोखरेली माझँ पनि पुस्तक बिमोचन आवश्यक ठानेर कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा लेखको परिचय पत्रकार सञ्जयकुमार मल्ले गरेका थिए । पुस्तकको गएको असार २ गते काठमाडौमा समेत बिमोचन गरिएको थियो । पोखरेली यूवा साँस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव डा.चैतन्य अधिकारीले गरेका थिए ।
पोखरा: गएराति गएको पहिरोका कारण काहुँखोला सिक्लेस सडकखण्ड अवरुद्ध भएको छ । कास्कीको मादी गाउँपालिका ६ स्थित थाक र तप्राङ्गको बिच गोलेन डाँडामा गएराति पहिरो जाँदा सडक अवरुद्ध भएको मादी गाउँपालिका ६का वडाध्यक्ष डिल बहादुर क्षेत्रीले जानकारी दिए । काहुँखोला दुधपोखरी ग्रामिण सडकखण्डको थाक र तप्राङ्गको बिच गोलेन डाँडामा ठुला ठुला ढुङ्गा झरेर सडक अवरुद्ध भएकाले सडक खुलाउने प्रयास भइरहेको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए ।
पोखरा: पोखरा महानगरपालिका ५ मालेमाटन बस्दै आएकी २३ वर्षीय राजकुमारी लम्साल २६ दिनदेखि बेपत्ता भएकी छिन । गएको जेठ २८ गते छोराछोरीलाई विद्यालय पु¥याउन गएकी लम्साल त्यसदिन देखि बेपत्ता भएको भन्दै कास्की प्रहरीमा उजुरी परेको छ । ईलामको माइपोखरी नगरापालिका १ घर भएकी लम्साल विगत केही वर्षयता पोखरामा परिवारसहित बस्दै आएकी थिईन । जेठ २८ गतेदेखि परिवार र आफन्तको सम्पर्कमा नआएपछि परिवारले खोजी गर्नका लागि कास्की प्रहरीमा निवेदन दिएको हो ।
पोखरा: कास्कीको मादी गाउँपालिका वडा नं. ६ तप्राङ्गस्थित भेडीखर्कमा पहिरोका कारण दुई घर परिवार विस्थापित भएका छन् । गएको असार १९ गते परेको अविरल वर्षाका कारण मादी ६ मा पर्ने काहुँखोला दुधपोखरी ग्रामिण सडकको दोस्रो खण्डमा सजुक भेडीखर्कचोकमा पहिरोका कारण तीन घर विस्थापित भएकाे वडाध्यक्ष डिल बहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार अन्य तीन घरपरिवार पहिरोको जोखिम परेको छ । ‘गएको असार १९ गते परेको अविरल वर्षाका कारण काहुँखोला दुधपोखरी ग्रामीण सडकको दोस्रो खण्डमा पहिरोले क्षति पु¥याएको छ’, वडाध्यक्ष क्षेत्रीले सुनगाभा न्यूजसँग भने, ‘पहिरोले दुई परिवारकाे तीन घर पूर्ण क्षति भएसँगै विस्थापित नै बनाएको छ भने तीन घर परिवारलाई जोेखिम बढाएको छ ।’ पहिरोका कारण कमलापति बरालको दुई घर र दिपक बरालको घर र गोठ पहिरोका कारण विस्थापित भएको र सम्सेर पाण्डे, भगवान सिं गुरुङ र विष्णुमाया घर्तिको घर पहिरोको जोखिममा रहेको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए । ‘पहिरोका कारण विस्थापित भएका दुई घर परिवार मध्ये एकलाई आफन्तको घरमा र एक घरपरिवारलाई समाज घरमा व्यवस्थापन गरेका छौं’, उनले भने, ‘राहतका लागि वडा कार्यालयबाट गाउँपालिकाका सिफारिस गरेका छौं ।’
पोखरा: पोखरा महानगरपालिका १४ पृथ्वीराजमार्गस्थित चाउथेमा बोलेरो जीपले स्कुटरलाई ठक्करलाई दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । औद्योगिक क्षेत्रबाट विजयपुरतर्फ आउँदै गरेको ग ८ प ५८३८ नम्बरको स्कुटरलाई सोही दिशाबाट नै आउँदै गरेको ग २ च ३१७९ नम्बरको बोलेरो जीपले ठक्कर दिदा स्कुटर चालक प्रञ्वल गुरुङको उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । स्कुटरको पछाडि सवार विमल गिरीको अहिले उपचार भइरहेको ट्राफिक कार्यालय कास्कीले जनाएको छ । आज बिहान ४ः४५ को समयमा पृथ्वीराजमार्गस्थित चाउथेमा बोलेरो जीपले स्कुटरलाई ठक्कर दिदा गम्भिर घाइते भएको स्कुटर चालक ३४ वर्षीय गुरुङको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहान (५ः११)को समयमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए । उनका अनुसार स्कुटरमा सवार २७ वर्षीय गिरीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । वडा प्रहरी कार्यालय रामबजारले दुर्घटनापछि जीपसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
पोखरा महानगरपालिकाबाट स्वायत्तता प्राप्त गर्न लेखनाथवासीले आजबाट विरोधस्वरुप हस्ताक्षर संकलन अभियान सुरु गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेकै सामुन्ने हस्ताक्षर सुरु गर्दा केही समय प्रहरी र स्थानीयबीच चर्काचर्कीसमेत भएको अभियन्ताले जनाएका छन् । लेखनाथ उद्योग वाणिज्य संघको स्थापना दिवसमा सहभागी हुन पुगेका मुख्यमन्त्री पाण्डे त्यहाँ पुगेकाबेला गेट बाहिर स्थानीयले आजदेखि हस्ताक्षर अभियान सुरु गरेका हुन् । लेखनाथ नगरपालिकाको नामबाट चिनिएको लेखनाथ क्षेत्र पोखरामा गाभिएपछि महानगर त बन्यो तर विकास, बजेट र कार्यक्रममा पछि परेपछि अब छुट्टिने अभियानमा रहेको एक सहभागीले जनाए । यस अभियानको संयोजन स्वतःस्फुर्त भएको उनीहरुले जनाएपनि व्यवसायी र पत्रकारहरुको सक्रियता देख्न पाइन्छ । विशेषतः पोखरा महानगरमा गाभिएपनि स्रोत, जनसंख्या र भूगोलको आधारमा बजेट एवं कार्यक्रम दिन बेवास्ता गरिएको उनीहरुको आरोप छ । यसअघि पत्रकार एवं स्थानीयवासी कमल सुवेदीले हस्ताक्षर अभियानमार्फत लेखनाथ पोखराबाट अलग्गिन चाहनेको संख्या बढ्दै गएको जनाएका थिए । सुवेदीका अनुसार पहिलो दिन करिब ३ हजार स्थानीयले पोखराबाट अलग हुन हस्ताक्षर गरेका छन् । कानूनी व्यवस्था अनुरुप महानगरको कूल जनसंख्यामध्ये दुई तिहाईले छुट्टिन चाहेको खण्डमा स्थानीय संरचना फेरबदल गर्न सकिनेछ । ‘जब हेपिएको महशुस हुन्छ, तब विद्रोह हुन्छ’ अभियानको सामुहिक स्वर छ ।
पाेखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति गराउने र बिपद् जोखिम न्यूनिकरणका सवालमा प्रदेश सरकार सँधै सँगै रहेको बताएका छन् । ‘विपद् ब्यवस्थापन, जोखिम न्यूनिकरणमा हामी सबैको पहिलो प्राथमिकता हुनुपर्छ’ गण्डकी प्रदेशका सबै जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन दिँदै उनले भने ‘हाम्रो साधन स्रोतले भ्याए सम्म प्रदेश सरकार सँगै छ, रहन्छ ।’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा सोमवार पोखरामा आयोजित प्रदेश शान्ति सुरक्षा र विपद् जोखिम न्यूनीकरण रणनीति सहितको गुरुयोजना निर्माण सम्बन्धी गोष्ठीमा उनले सो कुरा बताएका हुन् । ‘तपाईहरु उच्च मनोबल राखेर काम गर्नुहोस्’ सुरक्षा समितिका सदस्यहरुलाई उनले भने । भौगोलिक बिकटताका कारण शान्ति सुरक्षा कायम गर्न र बिपद् जोखिमक न्यूनिकरण, राहत, उद्धार, पुर्नस्थापना जस्ता काममा समस्या भोग्नु परेको मुख्यमन्त्री पाण्डेले बताए । विपद् जोखिम न्यूनिकरण गर्न प्रदेश सरकारले १० करोडको विपद् कोष बनाएको बताउँदै उनले जिल्ला तहमा पनि प्रदेशले १०(१० लाख नघट्ने गरि विपद् कोषमा रकम पठाएको बताए । ‘विपद्का सवालमा प्रदेश सरकार गम्भिर छ, हामीले बिभिन्न सुरक्षा निकायलाई बिपद्का बेला प्रयोग हुने सामग्री खरिद गरेर पनि सहयोग गर्दै आएका छौँ ।’ सुरक्षा निकाय प्रदेश मातहत हुँदा यस्ता काममा अझै सहज हुने बताउँदै उनले अहिले पनि सहयोग र सहकार्यबाट काम भईरहेको बताए । सुरक्षाकर्मीको साधन, स्रोत, क्षमता बिकासकालागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने मुख्यमन्त्री पाण्डेले बताए । शान्ति सुरक्षाको अनुभुती हुने गरि नागरिकको सेवा गर्नु राष्ट्रसेवक सबैको कर्तब्य भएको मुख्यमन्त्री पाण्डेले बताए । पोखरा लगायत पर्यटकीय शहरहरुमा रात्रीकालीन ब्यवशायलाई सहज रुपमा संचालन हुन दिनुपर्ने बताउँदै उनले २४ सै घण्टा खोल्ने बतावरण बनाउन सुरक्षा समितिलाई सुझाब दिए । ‘शान्ति सुरक्षा कमजोर हुन्छ कि भनेर १० बजे नै होटल, रेष्टुरेन्ट बन्द गराउने होईन’ मुख्यमन्त्री पाण्डेले भने ‘ब्यवशायीले चाहान्छन् भने पर्यटकीय ठाउँका होटल, रेष्टुरेन्ट निश्चित मापदण्ड बनाएर २४ सै घण्टा खोल्न दिनुपर्छ, शान्ति सुरक्षा हाम्रो दायित्व हो ।’ गोष्ठीमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले शान्ति सुरक्षाको अवस्था, चुनौती, बिपद्को जोखिम, प्रदेश सरकारसँगको अपेक्षा लगायतका बारेमा जानकारी गराएका थिए । गण्डकी प्रदेशका प्रमुख सचिव रबिलाल पन्थको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रदेश स्थित प्रमुखहरुले समेत धारणा राखेका थिए । गोष्ठीमा भएको छलफल र आएका सुझाबलाई केन्द्रित गरेर प्रदेश शान्ति सुरक्षा र विपद् जोखिम न्यूनीकरण रणनीति सहितको गुरुयोजना निर्माण गरिने सचिव बद्रीनाथ अधिकारीले बताए ।