पोखरा:    १३ औं संस्करणको पोखरा महोत्सव आगामी पुष २५ देखि माघ ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने भएको छ ।   महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि विभिन्न ३० वटा उपसमिति गठन गर...

पोखरा:  जिल्ला प्रशासन कार्यालय कास्कीले हरितालिका तिजको अवसरमा प्रशासनको स्वीकृती विना कार्यक्रम गरे कारवाही गर्ने बताएको छ ।  कास्की प्रशासनले आज (मंगलबार) एक सूचना प्रकाशित गर्दै हरितालिका तिज नजिकिदै गएकाले तिज पर्व मनाउने नाममा विभिन्न तडक भडक सहितका खर्चिला, भड्किला कार्यक्रमहरु सञ्चालन नगर्न आग्रह गरेको हो ।  सूचनामा भनिएको छ, ‘तिजको अवसरमा सार्वजनिक स्थल, पार्टी प्यालेसमा रकम संकलन गर्ने उद्धेश्यले मेला, महोत्सव जिल्ला प्रशासनको स्वीकृती विना आयोजना नगर्नु हुन जानकारी गराइन्छ ।’ कास्की प्रशासनले सूचना सामाजिक व्यवहार (सुधार) एने तथा नियमवाली २०३३ र अन्य प्रचलित कानूनको विपरित हुने गरी कोही कसैले त्यस्ता गतिविधि जात्रा,मेला महोत्सव, पार्टी जस्ता कार्यक्रम सञ्चालन नगर्न प्रत्राचार गरेको जनाएको छ ।  सूचना विपरित कार्यक्रम सञ्चालन गरे प्रचलित कानून बमोजिम कारवाही गर्ने कास्की प्रशासनले जनाएको छ ।   

पोखरा:  मानवअधिकारकर्मी तथा वामपन्थी नेता टेकनाथ बरालको आज निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा बरालको निधन भएको हो ।  विसं १९९६ मा पोखरा नुवारथोकमा जन्मिएका बराल २००७ सालमै राना विरोधी आन्दोलनमा सहभागी थिए । वि.सं. २०१३ मा उनी रात्री पाठशाला छात्र संगठनको अध्यक्ष भएका थिए । २०२१ मा उनीमाथि चोरी आरोप लागेपछि भागेर बनारस पुगेका थिए । सोही क्रममा उनी पुष्पलालको हातबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । बनारसबाट मेट्रिक पास गरेका उनी २०२२ मा नेपाल छात्र संगठनको चुनावमा नेकपाको तर्फबाट सचिव चएका थिए भने ०२९ सालमा पञ्चायतविरोधी गतिविधि गरेको भन्दै देश निकाला भएका थिए । २०४६ सालको आन्दोलनमा बाममोर्चा नेतृत्व र ०५० सालमा बाममोर्चाको अध्यक्षका रुपमा काम गरिसकेका छन् । उनी राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समितिको संस्थापक अध्यक्ष पनि हुन् । पछिल्लो समय उनी सम्पदा संरक्षणको पक्षमा आवाज उठाउँदै आएका थिए ।

पोखरा:   पोखरामा आज दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिँदा २० वर्षीय वर्षा कुमालको मृत्यु भएको छ ।  ट्रकको ठम्करबाट गम्भिर घाईते भएकी वर्षा कुमालको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।      पोखरा पृथ्वीचोकबाट सृजनाचोकतर्फ जाँदै गरेको ग २२ प ७९५ नम्बरको स्कुटरलाई बागमती प्रदेश ०३००१ क २६३ नम्बरको ट्रकले २ः३० बजेको समयमा ठक्कर दिँदा स्कुटर चालक गम्भिर घाईते भएकी थिईन् ।  ट्रकको ठक्करबाट गम्भिर घाईते भएकी तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएकी वर्षाको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा ३ः२४ बजेको समयमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।  दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रण लिएको ट्राफिक कार्यालय कास्कीले जनाएको छ । 

पाेखरा: भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ ।   नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भुटानकाे ड्रुकले ९ सेप्टेम्बर (२३ भदौ)का दिन पारोबाट पोखरा उडान गर्न अनुमति पाएको हो ।   जहाज पोखराबाट पारो नै उड्नेछ । यहाँ न्यारोबडी जहाजले उडान गर्नेछ ।   अंग्रेजी नयाँ वर्षको दिन पारेर १ जनवरी २०२३ का दिन उद्घाटन भएको यो विमानस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय व्यवसायिक एउटा चार्टर्ड उडान मात्र भएको छ ।   अन्य उडान भने आन्तरिक मात्र भइरहेका छन् । अर्को नयाँ विमानस्थल भैरहवाबाट भने नेपाल एयरलाइन्सले तीन गन्तब्यमा उडान थालेको छ ।

पोखरा:    लेकसाईड मदिरा व्यवसायी समितिले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३८ युनिट रगत संकलन भएको छ । ब्यवसायसंगै समाजिक सेवा प्रदान गर्ने उद्देश्यले लेकसाईडको ओरेगन मल्टि ट्रेडर्सको प्राङगणमा सम्पन्न रक्तदानमा ३८ जनाले रक्तदान गरेका हुन । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले पहिलो रक्तदाता लेकसाईड मदिरा व्यवसायी समितिका अध्यक्ष रोशन देवकोटालाई  ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको कार्यक्रममा समितिमा आवद्ध र अन्य गरी ३८ जनाले रक्तदान गरेका हुन । सो अवसरमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले व्यवसायीहरुले आफ्नो व्यवसायसंगै सामाजिक क्षेत्रमा समेत अगाडी बढ्नु आफैमा स्रहानिय काम भएको बताउदै आगामी दिनमा पनि यस्ता सामाजिक कामहरुलाई निरन्तरता दिन आग्रह गरे । सो अवसरमा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णु बहादुर भट्टराईले लेकसाईडमा रहेका मदिरा व्यवसायीहरुलाई संगठित गराइ समिति बनाएर सामाजिक काम गर्दै गर्दा अझैपनि केही ब्यापारीहरुले अनुमति नलिइकन मदिराजन्य पदार्थहरु बिक्री वितरण गरिरहेको र त्यसको अनुगमनका लागी सम्बन्धित निकायले ध्यान दिन आवश्यक रहेको बताए । लेकसाईड मदिरा व्यवसायी समितिका अध्यक्ष रोशन देवकोटाले लेकसाईडमा रहेका मदिरा व्यवसाय गर्नेहरुलाई एकतृत गरेर समिति गठन गरेर आफ्नो समितिले रक्तदान कार्यक्रमबाट सामाजिक कामको शुरुवात गरेको र आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिने बताए । यसअघि फेवातालमा जलकुम्भी झार फाल्ने कार्यक्रम समेत सम्पन्न गरिसकेको उनले जानकारी दिए ।   लेकसाईड मदिरा व्यवसायी समितिका सचिव कृष्ण बरालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष दुर्गा दत्त गौतमले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम संयोजक राजेश श्रेष्ठले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद ब्यक्त गरेका थिए ।  

पोखरा:    उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान), कास्कीले आफ्नो वार्षिक कार्यतालिका अनुसार पहिलो कार्यक्रम वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । नेपाली र अंग्रेजी विधामा गरिएको प्रतियोगितामा दुवैतर्फ पोखराको नदिपुरमा रहेको प्रतिभा माविले प्रथम स्थान प्राप्त गर्न सफल भएको छ । हिसान कास्की अन्तर्गतका दर्जनौ विद्यालयका विद्यार्थी सहभागी भएको उक्त प्रतियोगितामा नेपाल विधातर्फ प्रतिभाकी दिपाली भट्टराई सर्वोत्कृष्ट भएकी हुन् । यस्तै, अंग्रेजी विधातर्फ प्रतिभाकै महिमा विश्वकर्माले सबैलाई पछि पारिन् । नेपाली विषयमा ‘वैदेशिक रोजगारः चुनौती र अवसर’ शीर्षकमा विद्यार्थीले प्रतिश्पर्धा गरेका थिए। यसमा लेखनाथ मोमोरियलकी दिना बिक द्वितीय, सिर्जना माविकी सोनिया केसी तृतीय र हिलप्वाईन्ट माविकी क्रिस्टिना ढुंगानाले सान्त्वना स्थान प्राप्त गरिन् । अंग्रेजी भाषामा ‘सोसल मिडियाः दि फोर्थ पिलर अफ डेमोक्रेसी’ विषयमा प्रतिश्पर्धा भएको थियो। जसमा मदरल्याण्ड माविकी आकृशा थापा द्वितीय, सगरमाथा माविकी खुशी गुरुङ तृतीय र सिर्जना माविकी सर्वज्ञा अधिकारीले सान्त्वना स्थान प्राप्त गरिन् । कास्कीभरका हिसानमा आबद्ध विद्यालयमध्ये आफ्नो विद्यालय दुवै विधामा सर्वोत्कृष्ट बनेपछि प्रतिभा माविका प्राचार्य किरण सापकोटाले खुशी व्यक्त गर्दै छात्राहरुको शैक्षिक एवम् प्राज्ञिक उन्नयनको कामना गरेका छन् । यस्तै, हिसानले युनिभर्सिटि लेभलको वक्तृत्वकला प्रतियोगिता पनि गरेको छ । नेपालीतर्फ लेकसिटी कलेजकी अनिता केसी प्रथम र एसओसीएचकी शिला भुषाल द्वितीय भइन् । अंग्रेजी विधातर्फ माउण्ट अन्नपूर्ण क्याम्पसका अमृत थापा प्रथम, एसओसीचका सुवास पौडेल द्वितीय र पीसीएमकी श्रीक्षा नेपाली तृतीय भइन् । अंग्रेजी वक्तृत्वकला प्रतियोगिताको संयोजन अशोक शाही र नेपाली विधाको संयोजन डिल्लीराम अर्यालले गरेका थिए । चाउथे स्थित कास्की मोर्डनाइज्ड एकेडेमीमा आयोजित कार्यक्रमको अध्यक्ष हिसान कास्कीका अध्यक्ष यामबहादुर रोक्काले गरेका थिए । कार्यक्रमको सञ्चालन उपसचिव पुरन कुँवरले गरेका थिए । 

पोखरा:   ‘समानताको लागि आवाज’ मुख्य नारा लिएर स्थापना भएको ‘आवाज’ पछिल्लो समय समाज परिवर्तनमा काम गर्दै आएको छ ।  २०७७ साउन २० गते स्थापना भएको ‘आवाज’ संस्थाले दलित समुदायलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।  आवाजका अध्यक्ष प्रकाश सुनारले संस्थाले पछिल्लो एक वर्षमा ३० वटा बैठक, २२ वटा सचेतात्मक तथा साक्षरता, स्वास्थ्य सम्बन्धि कार्यक्रम सञ्चालन गरेको जनाएको छ । यस्तै आवाजले विभिन्न दुईवटा घटनामा पीडितको पक्षमा सशक्त आवाज उठाएको जनाएको छ ।  आवाजले पछिल्लो एक वर्षमा समयमा गरेको विभिन्न कार्यक्रममा सामाजिक विभेद, राजनीतिक विभेद, आर्थिक विभेद, कानुनी विभेद र शैक्षिक विभेद गरेको पाइएको जनाएको छ । 

पोखरा:    पृथ्वीराजमार्ग बस संचालक कम्पनीले डिजिटल सेवालाई आत्मसात गर्दै बसमा क्युआर कोड सुरु गरेको छ ।  टिकट काट्ने र काउन्टरमा पुगि लाइन बसेर नगद बुझाउने झन्झटलाई अन्त्य गर्ने उदेश्यका साथ कम्पनीले मोबाइलबाटै टिकट रकम दिन सक्ने व्यवस्थापन सुरु गरेको हो । प्राइम कर्मसियल बैंक र पृथ्वीराजमार्ग बस संचालक कम्पनीसँगबीच भएको सहकार्य अन्तरगत सुरुमा एक सय वटा बसमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंक गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख आर्या जोशी, प्राइम कमर्सियल बैंकका सहायक महा प्रबन्धक सुरेशमान सिंह र कम्पनीका अध्यक्ष योगेन्द्र केसीले संयुक्त रुपमा क्यूआर कोडको शुभारम्भ गरे ।  नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका प्रमुख आर्या जोशीले अब नगदी कारोबार डिजिटल माध्ययमबाटै अघि बढेको सुनाइन् । हरेक क्षेत्रमा जसरी यातायातको क्षेत्रमा समेत डिजिटल बैंकिङ सेवा जोडिनु सकरात्मक पक्ष रहेको र यसलाई प्रभावकारी बनाउन जोड दिईन् । ‘केही वर्ष महामारीले व्यवसायलाई चलायनमान बनाउन सकेनौं’, उनले भनिन्, ‘सबै व्यवसायीहरु अब डिजिटल बैंकिङ सेवामा जोडिन आवश्यक छ ।’ डिजिटल बैंकिङ सेवा सेवालाई प्रभावकारी बनाउने उद्धेश्यका साथ पृथ्वीराजमार्ग बस संचालक कम्पनीसँग सहकार्य गर्दै अघि बढाएको प्राइमकमर्सियल बैंकका सहायक महाप्रबन्धक सुरेशमान सिंहले बताए ।   ‘डिजिटल बैंकिङ सेवालाई प्रभावकारी बनाउँने उद्धेश्यकका साथ यो कम्पनीसँग जोडिएका छौं’, महाप्रबन्धक सिंले भने, ‘डिजिटल बैंकिङ सेवा हरेक स्थानमा सरल र सहज सेवा विस्तारमा हामी जोडिनुपर्छ ।’ पृथ्वीराजमार्ग बस संचालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले कम्पनीअन्तरगत एक हजार चार सय बढी बस सञ्चालनमा रहेको बताए ।  ‘हाम्रो कम्पनीले अहिले १४ सय बढी बसबाट सेवा दिइरहेका छौं, सबै बसमा क्यूआर कोड जोड्ने छौं’, केसीले भने, ‘अहिले एक सय वटा बसमा मात्रै क्यूआर कोड जोडेका छौंं, केही दिनमा सबै बसमा यो सेवा विस्तार हुन्छ ।’ कम्पनीले पृथ्वी मोबाईल एप्सबाट पनि टिकट काट्ने सेवा विस्तारलाई चाँडै नै लागू गर्ने उनले सुनाए ।   

पोखरा:    पोखरामा असोज दोश्रो साता ईन्टर कलेज व्याण्ड कम्पिटिसन हुने भएको छ ।  पोखरेली कलाकारहरुको साझा संस्था पोखरा सांगीतिक कलाकार संघको आयोजनामा आगामी असोज १२ र १३ गते पोखरामा ईन्टर कलेज व्याण्ड कम्पिटिसन आयोजना हुने भएको हो ।  पोखरा प्रदर्शनी केन्द्र परिसरमा रहेको डोममा हुने प्रतिष्पर्धामा देशभरका कलेजमा रहेका सांगीतिक व्याण्डहरुले प्रतिष्पर्धा गर्न पाउने संघले जनाएको छ । प्रतिष्पर्धामा रहेका व्याण्डहरुमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरु मात्र सहभागि हुन पाउने संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले स्पष्ट पारे । प्रतियोगिताका लागि सहभागि हुन चाहने कलेज व्याण्डहरुले फारम भरेपछि डिजिटल अडिसन दिनुपर्नेछ । जसका लागि कलेज व्याण्डले कभर सङ्ग गाएर त्यसको भिडियो पठाउनुपर्नेछ । डिजिटल अडिसनको भिडियो भदौ २९ गतेसम्ममा पठाई सक्नुपर्ने अध्यक्ष गुरुङले बताए ।  त्यसमा छनौट भएका व्याण्डहरुले पुनः फिजिकल अडिसन दिनुपर्ने उनले जानकारी दिए । फिजिकल अडिसनबाट छनौट भएकाहरु सेमीफाईनलमा पुग्ने अध्यक्ष गुरुङ बताउँछन् । ‘त्यसपछि सेमीफाईनल राउण्डबाट फाईनलिष्ट चयन गर्छौं र उनीहरुबीच प्रतिष्पर्धा गराई उपाधि बिजेता चयन गर्छौं’–उनले भने । उनका अनुसार व्याण्डहरुले फिजिकल अडिसन र सेमीफाइनलमा कभर सङ्ग मात्र गाए पुग्छ भने फाइनलमा एउटा कभर सङ्ग र अर्को एउटा आफ्नो मौलिक (ओरिजिनल) गीत गाउनुपर्नेछ । ईन्टर कलेज व्याण्ड कम्पिटिसनका लागि शुक्रबारदेखि फारम भर्न सकिने जनाइएको छ । फारम भदौ २५ गतेसम्म भर्न सकिने र त्यसको शुल्क दुई हजार निर्धारण गरिएको संघका अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार ईन्टर कलेज व्याण्ड कम्पिटिसनका लागि फारम पेपे पिज्जा रेष्टुरेट (भाटभटेनीको माथिल्ला तला) न्यूरोड, जोजलपा नेवारी किचन तेर्सापट्टी, देउराली साउण्ड एण्ड म्यूजिक रामबजार, एसके साउण्ड महेन्द्रपुल, पोखरा म्यूजिक हाउस र गिटार नेसन न्यूरोडमा पाईन्छ । प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने क्लवका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाईपनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले बताए । पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने उद्देश्यले ईन्टर कलेज व्याण्ड कम्पिटिसन गर्न लागेको अध्यक्ष गुरुङले बताए । ‘नब्बेको दशकमा व्याण्डहरुको जगजगी थियो तर पहिलेजस्तो अहिले रहेन । कोरोना र आर्थिक मन्दीले त झन् सांगीतिक क्षेत्रलाई नराम्ररी प्रभावित बनायो । त्यसैले सुस्ताएको व्याण्ड र सांगीतिक क्षेत्रलाई पुनःजागृत गराउन प्रतियोगिता आयोजना गरेका हौं’–उनले भने । प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउने उनको भनाई छ । प्रतियोगिताले संगीतको माध्यमबाट सुस्ताएको पर्यटन उकास्न भूमिका खेल्ने संघका उपाध्यक्ष टोपबहादुर खत्री (कान्छादाई)ले बताए । ‘मुर्झाएको पर्यटनलाई उकास्दै समग्र अर्थतन्त्र चलायमान गराउनपनि प्रतियोगिता कोशेढुंगा सावित हुनेमा हामी विश्वस्त छौं’–उनले भने ।