पोखरा:    १३ औं संस्करणको पोखरा महोत्सव आगामी पुष २५ देखि माघ ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने भएको छ ।   महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि विभिन्न ३० वटा उपसमिति गठन गर...

पोखरा:    युनाइटेड क्लब पोखराको १४ औँ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री बेद बहादुर गुरुङले युनाइटेड क्लबले राष्ट्रिय स्तरको क्लबको रुपमा काम गरेको बताए ।   युवाहरुद्धारा स्थापित युनाइटेड क्लबले राज्यले गर्न नसकेका कामहरुलाई क्लब स्तरबाटै पहलकदमी थालेर पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा चालेको कदमको प्रशंसा गर्दै पोखरा जुलोजिकल पार्क निर्माण सम्पन्न गराउनका लागी आफ्नो ठाउबाट सहयोग गर्ने समेत बताए । त्यसैगरी क्लबले अगाडि सारेको सेती नदी संरक्षणको काममा समेत आफुले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्दै गुरुङले युनाइटेड क्लबको सिको अन्य संघ संस्थाहरुले समेत गर्न जरुरी रहेको समेत बताए । त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर १० का वडा सदस्य पूर्ण चन्द्र न्यौपानेले युनाइटेड क्लब नेपालकै उत्कृष्ट क्लब मध्येमा एक रहेको वताउदै क्लबले आयोजना गर्ने जुनसुकै सामाजिक काममा पोखरा महानगरपालिका वडा नम्बर १० को साथ र सहयोग रहने बताउदै सेती नदी संरक्षणमा समेत वडाले सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गरे । युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालले बख्रेलले युनाइटेड क्लबलाई राष्ट्रिय स्तरको क्लब निर्माणको लागि पहल जारी रहेको बताउदै साहसिक सेती नदी एक पर्यटकीय गन्तब्य निर्माणमा समेत  युनाइटेड क्लब अगाडि वढिरहेको र त्यसको नमुना चित्र आगामी १२ औँ पोखरा महोत्सवमा प्रदशनी गर्ने समेत वताए । क्लबका पूर्व अध्यक्ष सुक बहादुर गुरुङले क्लबले स्थापना कालदेखीनै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रमा उल्लेखनीय काम गरेको र उक्त कामहरुलाई आगामी दिनमा अझ गुणस्तरीय बनाउदै लैजाने बताए । अमरसिंह माबि विद्यालय ब्यवस्थापन  समितिका अध्यक्ष कृष्ण प्रसाद कोइरालाले युनाइटेड क्लब र अमरसिंह मावि बीच संधै हातेमालो गरेर अगाडि बढ्ने बताउदै युनाइटेड क्लबले लेखनाथको अर्चलेमा रहेको जग्गालाई सदुपयोग गरेर अगाडि बढ्न समेत आग्रह गरे । कोइरालाले १२ औँँ पोखरा महोत्सवको सफलताको अग्रीम सुभकामना समेत ब्यक्त गर्दै महोत्सव सफल बनाउन सहकार्य गरेर अगाडि बढ्ने समेत प्रतिवद्धता ब्यक्त गरे । क्लबका सम्पूर्ण सल्लाहकारहरुको तर्फबाट बोल्दै शुसिलराज पराजुलीले क्लबले सुरु गरेको खुल्ला चिडियाखाना पोखरा जुलोजिकल पार्क निर्माणको काम निरन्तर रुपमा अगाडि बढ्न नसकेकाले त्यस तर्फ गण्डकी प्रदेश सरकारले बिशेष ध्यान दिन आवश्यक रहेको बताए । क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले खुल्ला चिडियाखानाको अवधारणा अनुरुप चिडियाखाना निर्माण हुनुपर्छ भनेर अगाडि बढिरहदा हाल आएर बन्द चिडियाखाना बनाउन खोजिएको होकी भन्ने शंका उत्पन्न भएको बताए । सेती नदी संरक्षणमा महानगर र वडाले सहकार्य गर्न आवश्यक रहेको बताउदै युनाइटेड क्लबको सफलतामा अमरसिंह माविको उल्लेखनीय भुमिका रहेको समेत बताए ।  कार्यक्रममा अध्यक्ष राजु श्रेष्ठ, महासचिव दिनेश सुनार र कोषाध्यक्ष सूर्य बहादुर बानियाले अध्यक्ष, महासचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा उपस्थित सम्पूर्ण पदाधिकारी, सदस्य र सल्लाहकारहरुले ताली बजाएर प्रतिवेदन पारित गरेका थिए । महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने संस्थाका प्रथम उपाध्यक्ष गणेश तिमिल्सिनाले धन्यवाद मन्तब्य राखेका थिए । 

पोखरा:   मिना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय बिना कुमारी थापा ‘बिनु’ र बालकुमारी पौडेल ‘तारा’ सम्मान गरिने भएको छ ।  गण्डकी प्रदेशका पूर्व सांसद, उद्यमी तथा समाजसेवी मिना गुरुङले स्थापना गरी नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको पुरस्कारबाट पत्रकार बिनु र तारा सम्मानित हुन लागेका हुन् । छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीको मंगलबार बसेको बैठकले अनुमोदन गरेको सचिव माधव बरालले जानकारी दिए । संयोजक पुण्य पौडेल, सदस्यहरु दुर्गा अधिकारी, दीपक परियार, विमला भण्डारी र माधव बरालको छनोट समितिले उक्त पुरस्कार २०७९ का लागि बिनु र २०८० का लागि ताराको नाम सिफारिस गरेको हो । उक्त पुरस्कारको राशी नगद २० हजार १ सय ११ रुपैयाँ रहेको छ । असोज १२ गते एक कार्यक्रम आयोजना गरी पुरस्कार अर्पण गरिने सचिव बरालले जानकारी दिए ।  सम्मानित हुन लागेका पत्रकार बिनु हाल पोखरा टेलिभिजनमा कार्यरत छिन् । २०६८ सालमा गण्डकी टिभीमा मगर भाषाको समाचार बाचिकाबाट पत्रकारिता सुरु गरेकी बिनुले कान्तिपुर दैनिक, फेवा टेलिभिजन र गोर्खाली रेडियोमा पनि काम गरिसकेकी छिन् । हाल उनी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कास्की शाखाकी उपाध्यक्ष र नेपाल मगर पत्रकार संघ कास्कीकी अध्यक्ष छिन् ।  यस्तै पत्रकार तारा पौडेलले २०६८ सालमा यूनाइटेड राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेकी हुन् । उनी हाल सिटीपोखरा डटकमको सञ्चालक÷सम्पादक भएर काम गरिरहेकी छिन् । यसभन्दा अघि उनले रेडियो नेपाल, रेडियो सफलता, रेडियो जननी, विग एफ एम, रेडियो आकाशवाणी, ईसांग्रिला डटकम, टप नेपाल न्यूज डटकममा काम गरिसकेकी छिन् । उनले नेपाल वातावरण पत्रकार समूहद्धारा सञ्चालित टेलिभिजनमार्फत प्रसारित भएको कार्यक्रम नयाँ पुस्तामा पनि काम गरेकी थिइन् ।  नेपाल पत्रकार महासंघको गण्डकी प्रदेश परिषद सदस्य, खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सदस्य, अनलाइन पत्रकार संघ गण्डकीको संस्थापक सचिव, सञ्चारिक समुह गण्डकीमा सदस्य भएर काम गरेकी तारा प्रेस चौतारी नेपाल कास्कीकी उपाध्यक्ष हुन् ।  यो पुरस्कारबाट यसभन्दा अघि दुर्गा भण्डारी, दीपक परियार, शान्ति गुरुङ, सरिता तिम्सिना पगेनी, खेम सारु मगर, स्मिता अधिकारी, रोशनी गुरुङ र रविना आले सम्मानित भइसकेका छन् ।   

पोखरा: लमजुङको सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीया सुकमाया दुराको पोखरा मणिपाल शिक्षण अस्पतालमा मृत्युभएपछि उनकी छोरी तिलालाई चैन छैन ।   उनले आमाको रहस्यमय मृत्यु भएको भन्दै मृत्यु हुनुको कारण खोजिरहेकी छिन् । आफन्तको सहारामा दुरा परिवारले पोखराको मुख्य चोक नै बन्द गरेर न्याय खोजीरहेकाे छ।   इमेर्जेन्जीमा भर्ना गरिएको सुकमायाको अर्काेदिन मृत्यु भएपछि डाक्टरको चरम लापरबाहीकै कारण मृत्यु भएको दुरा परिवारको दाबी छ ।   (सुकमायाकी छोरी तिला दुरा)    सुकमायाको मृत्युको कारण खोजेपछि मणिपाल अस्पतालमा तनावग्रस्त भएको थियो ।   सो घटनामा डाक्टरलाई हातपात गरेको आरोपमा तिलाकी दाई विनय गुरुङलाई कास्की प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । दुरा परिवारले पटक पटक वार्ता बस्दापनि निष्कर्ष नआएपछि आज महेन्द्रपुल र लखनचोकमा केही समय चक्का जाम गरेको थियो ।    दुरा परिवारको मुख्यत: ४ माग छन् । ‘मेरो आमालाई इमर्जेन्जीमा लगेदेखि सिपिआर (कार्डियो पल्मोनरी रिसस्सीटेसन) दिदाँसम्मको प्रकृयागत प्रमाण दिनुपर्छ । हिरासतमा रहेको विनय दाईलाई रिहा गर्नुपर्छ । उचारमा भएको डाक्टर, नर्स सबैले स्पष्टिकरण दिनुपर्छ र अस्पताल प्रशासनको गल्ती छ भने माफी माग्नुपर्छ,’ मृतक सुकमायाकी छोरी तिला दुराले सुनगाभा न्यूजसँग भनिन् ।   उनले आफ्नो आमालाई इन्टर्न गर्ने डाक्टरले सिपिआर दिएको गुनासो गर्दै आपत्ति जनाइन् । ‘इन्टर्न गरेको डाक्टरले सिपिआर दिन मिल्छ, ‘त्यस्तो क्रिटिकल सिचुयसन भएको भए इन्टर्न गरेको डाक्टरले सिपिआर दिन कस्ले लगायो हामीलाई जवाफ चाहिन्छ,’ उनले भनिन् ।   उनले आफ्नो आमाको मृत्युपछाडीको सम्पूर्ण प्रमाण पेश गरेको खण्डमा मात्र आन्दोलनलाई रोक्ने बताइन्  ।   यो पनि पढ्नुहोस​     बिरामीको मृत्युपछि मणिपाल शिक्षण अस्पतालमा तनाव   मणिपाल काण्ड: प्रहरी नियन्त्रणमा रहेका डाक्टर छुटे, पीडित पक्षका विनयमाथि थप अनुसन्धान यता पोखरेली चिकित्सकहरु भने असुरक्षित भएको बताउदै अनिश्चितकालिन आन्दोलनमा छन् ।   (सुकमायाको उपचारका खटिएका डाक्टर) मणिपाल शिक्षण अस्पताल लगायतका विभिन्न स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरुले पोखरा महानगरपालिकाको कार्यालयबाट र्‍यालीसहित सभागृह, सृजनाचोक, राष्ट्रबैङ्क चोक हुँदै जिल्ला प्रशासन कार्यालय कास्की अगाडि पुगेर कोण सभा गरे ।   कोण सभालाई सम्बोधन गर्दै स्वास्थ्यकर्मी अगुवाहरुले आफुहरु असुरक्षित भएको भन्दै काममा फर्किने वातावरण नभएकाले अनिश्चितकालिन आन्दोलनको घोषणा गर्नुपरेको तर्क राखे । उनीहरुले अस्पताल  जस्तो संवेदनशिल क्षेत्रमा राजनीतिकरण हुनु अन्यायपूर्ण भएकाले विभिन्न ऐजेण्डासहित आन्दोलनमा उत्रिनुपरेको बताएका थिए ।   उनीहरुले र्‍यालीमा चिकित्सकहरुले ‘स्वास्थ्यकर्मी सबै विदेश जाउ देश धामी झाक्रीलाई छोडौं, स्वास्थ्य संकटकाल घोषणा गर, सेतो कोटमा रातो दाग, सुरक्षित चिकित्सा हाम्रो माग, काँपेको हातले उपचार गर्न सक्दैन, अत्याचार सहि, लाचार भै बस्दैनौ अब’ लगायतका प्ले कार्डसहित नाराबाजी गरेका थिए ।    लमजुङको सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीया सुकमाया दुराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधनभएपछि चिकित्सकको लापरवाहीले मृत्युभएको भन्दै आफन्तले हातपात गरेपछि मणिपाल अस्पतालमा तनावग्रस्त बनेको थियो ।  अहिले चिकित्सकमाथि आक्रमण भएको भन्दै पोखराका अस्पतालहरुले आकष्मिक सेवा बाहेक अन्य सेवा बन्द गरेका छन् । 

पोखरा:   नेकपा एमाले गण्डकी प्रदेशको पोखरामा हुने प्रथम अधिवेशनमा सहभागी हुन पोखराबाट तीन पत्रकारसहित ७५ जना प्रतिनिधि चयन भएका छन् ।  पोखरामा आगामी असोज १५ र १६ गते हुने प्रथम अधिवेशनमा पोखरा महानगरपालिकाबाट ७५ जना प्रतिनिधिमध्ये पत्रकार रुद्र श्रीस, अर्जुन गिरी र सुस्मा पौडेल सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् ।    पोखरा महानगरपालिकाबाट खुल्ला तर्फ ४३ जना, युवातर्फ ७, महिला खुल्लातर्फ २५ र युवा महिला प्रतिनिधितर्फ ४ जना सर्वसम्मत चयन भएका हुन् ।   

पाेखरा:  २०३१ सालपछि फेवातालको जग्गा १६ सय रोपनी बढी अवैध दर्ता भएको विभिन्न अध्ययन र प्रतिवेदनले देखाएको छ । यसरी भएका सबै दर्ता खारेज गर्न अदालतले आदेश दिएको हो ।    ३१ सालमा फेवातालमा लगाइएको बाँध फुटेपछि सतह घट्दा धेरैले अतिक्रमण गरेको र विविध तरिकाले लालपुर्जासमेत लिएको कारण हालको तालमुनि पनि व्यक्तिको वैध जग्गा छ । जसको लालपुर्जा लिएर उनीहरु बेलाबखत आन्दोलन गर्दै आएका छन् ।    तर पछिल्लो फैसालाले भने व्यक्तिको नाममा रहेको जग्गालाई अवैध भनिएको छ । जसअनुसार उनीहरुले मुआब्जा पाउने छैनन् ।    ‘विक्रम संवत २०१८ देखि २०३१ सम्म कायम रहेको ताल र तालको डिल भन्दा बाहिरको जग्गाको हकमा मात्र कानुन बमोजिम मुआब्जा दिनुपर्ने देखिँदा सो पहिचान गरी उचित मुआब्जा दिने व्यवस्था मिलाउनू,’ आदेशमा भनिएको छ ।   आदेश अनुसार ३१ सालपछि फेवाताल घटेको अवस्थामा जग्गा दर्ता गरी भोगचलन गरेको हकमा अब उनीहरुको स्वामित्व नरहने भएको छ । 

सर्वाेच्च अदालतले फेवाताल किनारयता ३० मिटरको मापदण्डलाई अस्वीकार गरेको छ । अदालतको गत असार ४ गते गरिएको फैसलाको पूर्णपाठ अनुसार अब फेवाताल किनारदेखि बाहिर ६५ मिटरभित्रका सम्पूर्ण संरचना खाली गर्नुपर्नेछ ।    ‘फेवातालको वरिपरी बर्षायामको उच्चतम पानीको किनाराबाट ६५ मिटरसमको क्षेत्रमा रहेका घर, भवन, व्यापार, व्यवसाय, होटल रेष्टुराँ, रिसोर्ट, आदि तथा अन्य सबै खाले व्यक्तिगत, सरकारी वा सार्वजनिक भौतिक संरचना यो आदेश प्राप्त भएको मितिले ६ महिनाभित्र अनिवार्य रुपमा हटाई खाली गर्नु गराउनू र उक्त ६५ मिटरको मध्यवर्ती क्षेत्रलाई पूर्ण रुपले हरियाली क्षेत्र घोषित गरी सोही बमोजिम काययम गर्नु गराउनू,’ आदेशमा उल्लेख छ ।    यसअघि पोखरा महानगरपालिकाको ५५ औं कार्यपालिका बैठकले फेवातालको मापदण्ड ३० मिटर कायम गरिएको निर्णय गरेको थियो । पछिल्लो आदेशले भने अबको छ महिनाभित्र ६५ मिटर क्षेत्रमा रहेका भौतिक संरचना खाली गरिसक्नु पर्नेछ ।      सर्वाेच्च अदालतले ०७५ वैसाख १६ मै फेवातालको मापदण्ड ६५ मिटर कायम गरेपनि महानगरपालिकाले अटेर गर्दै ३० मिटरमा झारेको थियो ।   

पोखरा: पोखरामा हुने ईन्टर कलेज व्याण्ड कम्पिटिसन हेर्न जाने दर्शकलाई निःशुल्क सिम वितरण गरिने भएको छ ।   पोखरा सांगीतिक कलाकार संघको आयोजनामा यहि असोज १२ र १३ गते हुने सो प्रतियोगिता हेर्न जाने दर्शकलाई नेपाल टेलिकमको सिम निःशुल्क वितरण गरिने भएको हो । दर्शकले काटेको टिकटको आधारमा सिम वितरण गरिने पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी दिए । सिम वितरणका लागि नेपाल टेलिकमले स्टल राख्ने उनको भनाई छ । सिममा व्यालेन्स कति हुन्छ भन्नेबारेमा भने नेपाल टेलिकमले निर्णय गरिसकेको छैन ।   प्रतियोगितामा करीब २५ टिमले प्रतिष्पर्धा गर्ने संघका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए । फारम भर्ने क्रम सकिएर अहिले डिजिटल अडिसनका लागि व्याण्डहरुले पठाएको भिडियो हेरेर छनौट गर्ने काम भइरहेको उनले बताए । प्रतिष्पर्धाका लागि संघले यसअघि फारम भर्नका लागि आह्वान गरेको थियो ।   प्रतियोगिता असोज १२ र १३ गते पोखरा प्रदर्शनी केन्द्र परिसरमा रहेको डोममा आयोजना हुँदैछ । प्रतियोगितामा कक्षा ८ देखि माथि स्नातकोत्तरसम्म अध्ययनरत विद्यार्थीहरुको व्याण्ड सहभागि हुन पाउने प्रावधान रहेको छ ।   प्रतियोगिताका लागि सहभागि हुन चाहने कलेज व्याण्डहरुले फारम भरेपछि डिजिटल अडिसनका लागि भिडियो पठाएका छन् । त्यहि भिडियोका आधारमा दोश्रो चरणका लागि व्याण्डहरु छनौट हुने संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले बताए । त्यसमा छनौट भएकाहरु सेमीफाईनलमा प्रवेश गर्ने र फाईनल प्रवेशका लागि पुनः प्रतिष्पर्धा गर्नुपर्ने उनले स्पष्ट पारे । फाईनल राउण्डमा प्रवेश गरेकाहरुले गरेको प्रस्तुतीका आधारमा प्रथम, द्वितीय र तृतीय घोषणा गरिने उनले जानकारी दिए । उनका अनुसार व्याण्डहरुले कभर सङ्ग मात्रै गाए पुग्छ ।   प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने क्लवका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाईपनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले बताए ।   पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने उद्देश्यले ईन्टर कलेज व्याण्ड कम्पिटिसन गर्न लागेको पोखरा सांगीतिक कलाकार संघले जनाएको छ । प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउने उनको भनाई छ ।    

पोखरा: मणिपाल अस्पतालमा उपचारत बिरामीको मृत्युपछि भएको विवादमा प्रहरीले नियन्त्रणमा लिएको एक चिकित्सक रिहा भएका छन् ।   पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.मिन बहादुर गुरुङको रोहबरमा डा. गिरीधारी शर्माको जिम्मामा डाक्टर दिनेश कुमार विकलाई रिहा गरिएको हो । यद्यपी चिकित्सकलाई कुटपिटमा संलग्न भएको आरोपमा प्रहरी नियन्त्रणमा रहेकापीडित परिवार पक्षका विनय गुरुङमाथि भने अनुसन्धान जारी रहेको कास्की प्रहरीले बताएको छ ।   अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार गुरुङलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधनसहित) कसुरमा अनुसन्धान भइरहेको छ ।   यो पनि पढ्नुहोस   बिरामीको मृत्युपछि मणिपाल शिक्षण अस्पतालमा तनाव रिहा भएका डाक्टरलाई नाराबाजीमा संलग्न भएको भन्दै कास्की प्रहरीले गएराती पक्राउ गरेको थियो ।   लमुजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएपछि पीडित परिवार र आफन्त अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै आन्दोलित भएका थिए ।    त्यसपछि तनावग्रष्त बनेको मणिपाल शिक्षण अस्पतालमा भिड नियन्त्रणका लागि व्यापक प्रहरी परिचालन गरिएको थियो ।   मृतक दुराको शव बुझ्न परिवार तयार नभएको एक आफन्तले बताए । उनका अनुसार ढाड दुखेपछि उपचारका लागि अस्पताल पुगेका थिए ।    सामान्य उपचारका लागि अस्पताल लगिएको बिरामीको रहस्यमय मृत्यु भएको भन्दै कारण स्पष्ट रुपमा खुलाउनुपर्ने माग राख्दै आएका छन् ।