पोखरा:   पोखरामा सलाईको काँटी पटका बनाउने क्रममा अचानक पड्किदा १७ वर्षीय असिम परियार घाइते भएका छन् ।  पोखरा महानगरपालिका–२१ फुर्सेखोला रोकरे बस्ने परियारले आज आल्मुनियमको पातामा २० ब...

कास्की:   पोखरा आसपासमा शाहसिक पदमार्ग निकै छन् ।   चर्चित एबिसी (अन्नपूर्ण आधार शिविर) पदमार्ग, यही कास्कीमै पर्छ । यसैगरी मर्दी पदमार्ग, कोरी पदमार्ग पनि कास्कीकै लोकप्रिय पदमार्गहरु मध्येकै नाम हुन् ।    यी पदमार्गपछि चर्चामा आएको अर्काे पदमार्ग खुमै–कोर्चाङ पदमार्ग हो । जुन अत्यन्तै छोटो र सुन्दर पदमार्गको रुपमा लोकप्रिय छ ।      कोरोना महामारीपछि ह्वात्तै चर्चामा आएको यस पदमार्गमा यस वर्षको सिजन सुरु भएसंगै पर्यटक पुग्न थालेका छन् । त्यसैले पर्यटकका सेवा सुविधाका लागि खुमैडाँडामा नयाँ होटलहरु थपिदै गएका छन् ।   अहिले खुमैमा नयाँसहित करिब आधा दर्जन व्यवस्थित होटल छन् । तर कोर्चाङमा भने होटलको व्यवस्था छैन ।      स्थानीयले ग्रेट माछापुच्छ्रे ट्रेल नाम दिएको खुमैडाँडा–कोर्चाङ पदयात्रा पोखराबाट दुई दिनमै सकिन्छ । पोखरादेखि मिर्सासम्म यातायातको व्यस्था छ । त्यसपछि पाँचदेखि सात घण्टाको पैदलयात्रापछि खुमै पुगिन्छ ।    जुन समुद्री सतहबाट ३ हजार २ सय ४५ मिटरको उचाइमा रहेको छ ।      त्यो रात खुमै बसेपछि बिहान सबेरै उठेर २ घण्टा हिडेपछि कोर्चाङ पुगिन्छ । जुन ३ हजार ६ सय ८२ मिटर उचाइमा छ ।      कोर्चाङबाट मन भरिनेगरि मनमोहक हिमश्रृङ्खलाको अवलोकन र प्राकृतिक सौन्दर्यतासँग पीरति साटेपछि पोखरा फर्कन सकिन्छ ।      तस्बिर: राकेश मगर /सुनगाभा न्यूज                          

पोखरा:    नेपालकै चर्चीत ब्याण्ड ‘एक्सिस’ले करिब एक दशक पछि पोखरामा आज बिषेश प्रस्तुतीः राख्ने भएको छ । आज बेलुका लेकसाइड स्थित किङस लाउन्ज पोखरामा एक्सिस व्याण्डको बिषेश प्रस्तुती हुने भएको हो ।  पोजेटिभ भाईभ इन्टरटेनमेन्ट नेटवकको व्यवस्थापनमा हुने उक्त कार्यक्रममा एक्सिसको प्रस्तुतीःले पोखरेलीहरुलाई भरपूर्ण मनोरन्जन दिने भएको पोजेटिभ भाईभ इन्टरटेनमेन्ट नेटवकका निर्देशक विकेस कायस्थले बताउनु भयो । एक्सिसको टोली आज बिहान पोखरामा आइपुगेको आयोजकले जनाएको छ । उहाँले भन्नुभयो“ हामीलाई विश्वास छ, पोखरा यस्तो शहर हो जहाँ प्राकृतिक, सांस्कृतिक सहित साङ्गीतिक व्याण्डहरुलाई उत्तिकै साथ र माया गर्ने शहर हो, त्यो हाम्रो टिमले अवश्य पाउने छ । ”  किङसमा एक्सिस व्याण्डको प्रस्तुतीः सहित किङस हाउस व्याण्ड र डि।जे। गरी तीन चरणको कार्यक्रम हुने भएको किङसका लाउन्ज पोखराका संचालक धुर्व केसीले बताउनु भयो । बेलुका करिब ७ः१५ बजे देखि आफ्नै ब्याण्ड किङस हाउस ब्याण्डको प्रस्तुतीले सुभारम्भ भएको माहोलमा बेलुका करिब ९ः३० बजे पछि नेपालकै चर्चीत ब्याण्ड एक्सिसको बिषेश प्रस्तुती रहने भएको उहाँले जनाउनु भयो । युवा बर्गलाई आकषर्ण गर्न ब्याण्डको साथमा डि।जे।को समेत प्रस्तुती रहने भएको केसीले बताउनु भयो । कोभिड १९ बाट प्रभावित भएको पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धनमा उक्त कार्यक्रमले थप टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नु भयो । सन् २००३ मा संगठित भएको उक्त व्याण्डले २००४ मा ब्ल्याक एण्ड ह्वाइट मार्फत पहिलो एलबम बजारमा ल्याएको थियो । त्यसै गरी २००९ मा माफ गरिदेउ र २०१७ मा गाउँ घर गरी तीन एलबम श्रोता तथा दर्शक माझ ल्याएको छ । त्यसै गरी उक्त व्याण्डले ल्याएको एलबममा अधुरो प्रेम, मुस्कान, मेरो प्रेम, तिमी फेरी आउन, हे मोरी, एक चोटी लगायतका चर्चीत गितहरु रहेका छन्। उक्त व्याण्डका चर्चीत भोकलिष्ट सन्दिप विश्वकर्मा रहनु भएको छ ।  यसैबिच, एक्सिसले हालै पाइला एलबम बजारमा ल्याएको छ । उक्त एलबम पाइला आफ्नो अफिसियल यूटुव च्यानलबाट सार्वजनिक गरेको हो ।

पोखरा:     भारतीय चर्चित गायक रितो रिबा असोज २८ गते घटस्थापनाको दिन पोखरा आउने भएका छन् ।   पोखराको प्रतिक इभेन्ट र काठमाडौंको टौवा क्रियशनले गायक रिबालाई ल्याउन लागेको हो । लेकसाइड स्थित क्यार्टवार्कमा लाइभ कन्सर्टका लागि रिबा आउने भएका हुन् । असोज २७ गते काठमाडौंमा हुने लाइभ कन्सर्ट पछि असोज २८ गते आइतबार पोखरामा रिबाको बेजोड प्रस्तुती रहने कार्यक्रम संयोजक प्रतिक इभेन्टका प्रतिक सुनारले जानकारी गराए । उनका अनुसार प्रीबुकिङका लागि टिकट खुल्ला गरिएको छ ।   इसेवा मार्फत पनि सर्वसाधारणले टिकट खरिद गर्न पाउने व्यवस्था मिलाइएको छ । कन्सर्टका दिन राति १० बजे डोर ओपन हुने र रिबाले ११ः३० बजे प्रस्तुती दिने प्रतिकले बताए ।   लाइभ कन्सर्टमा प्रवेशका लागि एक हजार रुपैयाँ शुल्क लाग्ने उनले बताए । पछिल्लो समय काठमाडौंमा अन्तर्राष्ट्रिय कलाकार आइरहँदा पोखरामा भने कमै आउने गरेका थिए ।   भारतीय गायकहरुको प्रस्तुति पोखरामा कम नै हुनेगथ्र्यो । तर प्रतिक इभेन्ट र टौवा क्रियशनले भने पोखरामा पनि भारतीय कलाकारको प्रस्तुतिको चाँजोपाँजो मिलाएका छन् । इन्डियन आइडल १३ मा उत्कृष्ट १५ बाट बाहिरिएका गायक हुन् रितो रिबा । उनी बाहिरिए पनि उनको आवाजलाई भने सामाजिक संजालमा निकै रुचाइएको छ । रितो रिबाको ‘तू मेरी हीर’ युटुबमा मिलियन पटक हेरिएको छ । उनका चर्चित गीत ‘इक तुही मेरी बना गी क्या’ चर्चामा छ । युवा पुस्तामा निकै लोकप्रिय गायकका रुपमा चिनिएका रिबाले भारतमा सयौं साँगीतिक कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

पोखरा:  पोखराका क्रियाशील पत्रकार फडिन्द्र अधिकारी ‘अकिञ्चन’लाई बुधबार पोखरा सभागृहमा समाचार संकलनको क्रममा भएको अभद्र व्यवहारप्रति विभिन्न संस्थाले आपत्ति जनाएको छ ।   उक्त घटनाको विषमा पत्रकार महासंघ गण्डकी प्रदेश, प्रेस चौतारी र प्रेस सेन्टरले विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको हो ।   गोरखापत्र दैनिक र समाधान दैनिकका संवाददातासमेत रहेका अकिञ्चनलाई बुधबार सभागृहमा रिपोर्टिङको क्रममा क्रियटिभ ब्रोर्डकास्टिङ मिडिया प्लसका सञ्चालक मिलन प्रतीकले दुर्व्यवहार गरेका थिए ।    पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवको प्रमुख आतिथ्यतामा आयोजित सम्मान कार्यक्रममा सहभागी विद्यालयमा अध्ययनरत बालबालिकाको विषयमा जिज्ञासा राख्दा अधिकारीमाथि सञ्चालक प्रतीकले अभद्र व्यवहार गरेको बताइएको छ ।    सञ्चालक प्रतिकले ‘चिनेको छस् ? पूर्व राष्ट्रपति पूर्व मुख्यमन्त्री, मेयर मेरो कार्यक्रममा आउनुभएको छ । यो कार्यक्रमको गरिमा कति हो थाहा छ ?’ भन्दै गालीगलौज साथै धाकधम्की दिएका थिए ।   उक्त घटनापछि पत्रकार सम्बद्ध संघसंस्थाले प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षप भएको ठहर गर्दै मिलनलाई कानुनी कारवाहीको दायरामा ल्याइनुपर्ने माग छ । 

पोखरा:  पोखराको शाहसिक पर्यटनको गन्तव्य बनेको प्याराग्लाइडिङ सराङकोटस्थित पुरानै स्थान तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी गरिएको छ ।   पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै वर्षौंदेखि ‘टेकअफ’ हुँदै आएको स्थानबाट विस्थापित भएर पोखरा–२४ मान्द्रेढुङ्गा पुगेकामा पछिल्लो समय पूर्ववत् स्थानबाट नै सञ्चालन गर्न लागिएको हो ।   पोखरा प्याराग्लाइडिङ उडानका लागि उत्कृष्ट, प्राकृतिक हिसाबले मनमोहक र हावपानीका हिसाबले वर्षभरि उड्न मिल्ने हुँदा स्वदेशी एवं विदेशी पर्यटकको रोजाइको विधा बन्दै आएको छ ।   अहिले उडान हुँदै आएको स्थान मान्द्रेढुङ्गा र अवतरणस्थल पामे दूरीका हिसाबले पनि टाढा रहेको छ । सुरुआतदेखि नै सराङकोटबाट उडान भरेर फेवाताल किनार खपौँदीमा अवतरणको दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई उत्साहित बनाउने गरेको थियो ।   मान्द्रेढुङ्गाबाट उडान सञ्चालन गर्दा पर्यटक आकर्षित हुन सकेका थिएनन् भने प्याराग्लाइडिङ गर्नेको सङ्ख्यासमेत घटेको छ । नेपाल हवाई खेलकुद संस्था(ना)ले मान्द्रेढुङ्गाबाट हुँदै आएको प्याराग्लाइडिङ नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोगमा क्षेत्र विस्तार गरी बाहाकोट र तोरीपानीबाट उडान गरी पामे क्षेत्रमा ‘ल्यान्डिङ’ गर्ने निर्णय भएको जनाएको छ ।     नाको बुधबार पोखरामा आयोजना गरिएको २० औँ वार्षिक साधारणसभामा नागरिक उड्डयन प्राधिकरण(क्यान)का विज्ञको सहयोग लिई प्याराग्लाइडिङ उडान क्षेत्र र अवतरण क्षेत्र विस्तार गर्न लागिएको नाका अध्यक्ष सुनिल भट्टराईले बताए ।   क्यानले लामो प्राविधक अध्ययनपछि तोरीपानीसम्म उडानलाई क्षेत्र विस्तार गर्न सहमति दिएको उनले बताए । अध्यक्ष भट्टराईले भने, “मान्द्रेढुङ्गा क्षेत्र विस्तार गरी बाहाकोटबाट उडानको निर्णय भइसकेको छ । उक्त क्षेत्रको एआइपी प्रकाशित भएसँगै पूर्ववत् स्थानबाट प्याराग्लाइडिङ सञ्चालन गर्छौं ।”   पोखरामा दुई दशकअघिदेिख  प्याराग्लाइडिङ सञ्चालन हुँदै आएको छ । पर्यटकीय सहरमा सञ्चालन भएको प्याराग्लाइडिङमा साहसिक पर्यटक आकर्षित हुँदै आएका छन् । पोखरा आउने विदेशी तथा स्वदेशी पर्यटक साहसिक गतिविधि प्याराग्लाइडिङमा रमाउने गर्दछन् ।   नागरिक उड्डयन प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले प्याराग्लाइडिङमा सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताए । पोखराको पहिचानलाई देश विदेशमा स्थापित गर्न प्याराग्लाइडिङले ठूलो योगदान गरेको उनको भनाइ छ ।     “आगामी दिनमा यहाँ प्याराग्लाइडिङका गतिविधि अझ वृद्धि हुँदै जाहोस् । यसलाई सुरक्षित बनाउनेतर्फ ध्यान पुग्नुपर्दछ, विकासका लागि क्यानको तर्फबाट सहयोग गर्नेछौँ”, प्रमुख श्रेष्ठले भन्नुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले प्याराग्लाइडिङले पोखराको समृद्धिमा योगदान गरेकाले यसलाई व्यवस्थित गर्नु आवश्यक रहेको बताउनुभयो । “प्याराग्लाइडिङको राम्रोसँग नियमन, अनुगमन र व्यवस्थापन गरी पोखराको ब्राण्डका रुपमा सधँै स्थापित गर्नु आवश्यक छ” उनले भने ।   हवाई खेलकुदको माध्यउमबाट नेपालको पर्यटन विकास र विस्तारमा सहयोग गर्ने गरी विसं २०५९ मा नेपाल हवाई खेलकुद संस्थाको स्थापना गरिएको थियो । सुरुआतमा सात वटा प्याराग्लाइडिङ व्यावसायिक कम्पनीबाट संस्था सुरु गरिएकामा हाल ६२ व्यावसायिक कम्पनी रहेका छन् ।   त्यसैगरी कम्पनीअन्तर्गत तीन सय ९९ प्याराग्लाइडिङ पाइलट क्रियाशील रहेको नाका निर्वतमान अध्यक्ष एवं पोखरा पर्यटन परिषद्का उपाध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए ।

पोखरा:  पोखरा महानगरपालिका २० भलाममा चितुवा मृत फेला परेको छ  ।  पोखरा २० डाँडागाउँ भलाममा पोथी चितुवा मृत फेला परेको डिभिजन वन कार्यालय कास्कीका निमित्त वन अधिकृत राजेन्द्रप्रसाद शर्माले जानकारी दिए ।  भाले र पोथी चितुवा एक आपसमा जुड्दा पोथी चितुवाको मृत्यु भएको हुन सक्ने डिभिजन वन कार्यालय कास्कीले जनाएको छ । 

पोखरा:   बडा दशै, तिहार र छठ पर्वलाई लक्षित गरेर सरकारले ४३ जिल्लामा साल्ट ट्रेडिङ​ कर्पाेरेशनमार्फत सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।    तीन ठुला चाडपर्वलाई मध्यनजर गर्दै सरकारले असोज २१ गतेदेखि देशको ४३ जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।   जहाँ सुपथ मूल्य पसलमा चिनी, चामल, नुन, गेडागुडी लगायत विभिन्न खाद्यान्न समाग्रीहरु सुपथ मूल्यमा विक्री वितरण हुदैं आएको छ । तर सरकारले भनेजस्तो समाग्री भने उपलब्ध गराउन सकेको छैन ।        सरकारले घोषणा गरेको मिति देखिनै गण्डकी प्रदेश अन्तरगत पोखरामा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सहुलियत दरमा कारोबार सुरु गर्याे ।    सरकारको घोषणा अनुसार सहुलियत पसल सञ्चालनमा भएको स्थानमा चिनी खरिद गर्न गए ग्राहक रित्तो हात फर्किन बाध्य छन् । कर्पाेरेशनमा चिनीको अभाव छ तर उपझोत्ताको माग भने झन झन बढ्दै गएको छ ।    पोखरा लगायत सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने स्थानमा सबैभन्दा बढी चिनी खरिद गर्ने ग्राहकको संख्या बढी रहेको साल्ट ट्रेडिङ कर्पोरेशन गण्डकीका प्रमुख बासुदेव उपाध्यायले बताए ।   ‘सरकारले चाडपर्वलाई लक्षित गर्दै सहुलियत पसल सञ्चालनमा ल्याएको छ, सहुलियत पसलमा सबैभन्दा बढी चिनी खरिद गर्ने ग्राहक बढी छन्’, प्रमुख उपाध्यायले भने, ‘पोखरामा अहिले नुन, चामल र तोरीको तेल बाहेक अरु खाद्यान्न हामीसँग मौजाद छैन्, अरु बिक्री गर्न सकिएको छैन् ।’   साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख उपाध्यायले पोखरामा सञ्चालनमा आएको सहुलियत पसलबाट दशै अगाडि चिनी विक्री गर्न नसक्ने बताए ।   ‘सरकारले चिनी प्रतिकेजी ९७ रुपैयाँ कायम गरेको छ, ग्राहकको माग पनि बढी चिनीमा छ, काठमाडौ लगायत केही स्थानमा मौजाद रहेको चिनी बिक्री भएको छ होला’, उनले भने, ‘काठमाडौं लगायत बाहिरी जिल्लाका सुपथ मूल्य पसलमा सरकारले चिनी खरिद गरेर नपठाउँदा दशै अगाडि चिनी विक्री गर्न गाह्रो छ ।’   उनले सहुलियत पसलबाट चिनी विक्री गर्न नसक्दा ग्राहकको संख्या न्यून रहेको बताए । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड गण्डकी प्रदेशले आयोनुन प्रतिकेजी ६ केजी र तोरीको तेल र चामल भने ग्राहकले माग बमोजिम खरिद गर्न सक्ने कार्यालयको दाबी छ ।   तर पसल सञ्चालन आएको चार दिन नबित्दै तोरीको तेलको मौजाद सकिएपछि तेल खरिदका लागि गएका ग्राहक रित्तो हात फर्किन बाध्य छन् । तर तोरीको तेल कम्पनीमा माग गरिएकाले भोलि बिहानसम्म पोखरा आइपुग्ने कार्यालयले जनाएको छ ।    कार्यालयले अहिले नुन १८ रुपैयाँ, तोरीको तेल, ३ सय ५० र प्रिमियम जिरा मसिनो चामल प्रतिबोरा २ हजार १ सय ६५ रुपैयाँमा विक्री गरिरहेको छ ।    चार दिनमै सकियो मौज्दात तेल   साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखराले अहिले सहुलियत पसलबाट नुन, प्रिमियम जिरा मसिनो चामल  र तोरीको तेल मात्र विक्री गरिरहेको छ ।      साल्ट ट्रेडिङले सहुलियत पसलबाट तीन दिनमा १ हजार ८ सय १६ केजी नुन, ४३ बोरा चामल र २ सय लिटर तोरीको तेल विक्री गरेको छ । पसल सञ्चालनमा आएको चारदिनमै मौजाद रहेको तेल सकिएपछि तेलको माग   गरिसकेकाले बिहीबार बिहानसम्म पोखरा आइपुग्ने कार्यालयले दाबी गरेको छ । सहुलियत पसल मंसिर ३ गतेसम्म सञ्चालन हुनेछ ।  

पोखरा:  विन्ध्यवासिनी मन्दिरमा यस वर्ष पनि विन्ध्यवासिनी नवदुर्गा महोत्सव हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा विजयादशमी अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो ।   पर्व विशेषमा विभिन्न गतिविधि गर्दै आएको विन्ध्यवासिनीले २०६४ सालदेखि विन्ध्यवासिनी नवदुर्गा महोत्सवलाई निरन्तरता दिँदै आएको समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । उनका अनुसार नवदुर्गा अवधिभर बिहानभरि संगीतमय झाँकीसहितको श्रीमद्देवी भागवत् ज्ञानमहायज्ञ हुनेछ । त्यस्तै दिउँसादेखि साँझसम्म नवदुर्गाको महिमासम्बन्धी दार्शनिक व्यक्तिद्वारा प्रवचन हुनेछ । घटस्थापनाको दिन असोज २८ गते नवदुर्गा शोभायात्रा निकालिनेछ भने दिउँसोदेखि ज्ञानमहायज्ञ सुरु हुनेछ । विन्ध्यवासिनीदेखि सुरु हुने शोभायात्राले सहरका विभिन्न भाग परिक्रमा गर्नेछ । शोभायात्रामा नवदुर्गाका ९ रुपमा सिंगारिएका नवकन्यासहितको रथ, झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, राष्ट्रिय सेवा दल, बटुकहरु, जलकलशसहित मातृशक्ति, विभिन्न आमा समूहहरु, सामाजिक, धार्मिक, जातीय, सांस्कृतिक, बैंक वित्तीय तथा सहकारी, शैक्षिक संघसंस्था, भजन समूह, उद्योग वाणिज्य तथा वस्तुगत संघलगायत सर्वसाधारणको उपस्थिति हुनेछ ।   महोत्सवका लागि समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठ संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको सूचना समन्वय उपसमिति संयोजक दीपेन्द्र श्रेष्ठले बताए । विगतदेखि शक्तिस्थलका रुपमा पुँजिदै आएको हालको विन्ध्यवासिनी मन्दिर आजभन्दा झण्डै अढाइ शताब्दी पुरानो रहेको अनुमान छ । खासमा विन्ध्यवासिनी यस क्षेत्रको शैक्षिक, स्वास्थ्य, प्राशासनिक, सांस्कृतिक गतिविधिको केन्द्रका रूपमा चिनिने समितिका सचिव तीर्थ श्रेष्ठ बताउँछन् ।   यहाँ विन्ध्यवासिनी गुरुकुल विद्याश्रम पनि सञ्चालित छ । २०५१ सालमा स्थापित विद्याश्रममा कक्षा ६ देखि १० सम्म निशुल्क आवासीयरुपमा अध्यापन कार्य सञ्चालित छ । अशक्त र ज्येष्ठ नागरिकको लागि लिफ्ट सुविधा समेत छ । विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्रसमेत चलाएको समितिको एम्बुलेन्स सेवा पनि सञ्चालित छ ।