पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

पोखरा:  कास्कीको माछापुच्छ्रे  गाउँपालिकाले गाउँपालिका भित्रका पर्यटकीय पदमार्गहरु भ्रमण गरे बापत आन्तरिक तथा बाह्य पर्यटकबाट शुल्क उठाउने निर्णय गरेको छ ।  गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै पर्यटकीय पदमार्गहरुको भ्रमण गरे बापत आन्तरिक तथा बाह्य पर्यटकबाट रु १ सय र ५ सय शुल्क उठाउने निर्णय गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपी कृष्ण अर्यालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘गाउँपालिकाका सुन्दर पर्यटकीय पदमार्गहरु भ्रमणमा पाल्नुहुने पदमार्गमा स्वदेशी पर्यटकका लागि १ सय र विदेशी पर्यटका लागि ५ सय रुपैया शुल्क उठाउने निर्णय गाउँ कार्यपालिकाको बैठकले निर्णय भएको छ ।’   गाउँपालिकाले पर्यटकबाट उठाएको शुल्कबाट पदमार्गमा पूर्वाधार निर्माण तथा व्यवस्थापन गर्ने, सूचना केन्द्र स्थापना गर्ने, सोलार बत्ति जडान, फोहोर मैला व्यवस्थापन लगाएतका काम गर्न शुल्क लिन लागेको विज्ञप्तीमा उल्लेख गरेको छ । 

पोखरा:     नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पूर्व अध्यक्ष मोहन घलेको स्वागतमा बिहीबार एक कार्यक्रमको आयोजना गरेको छ । विगत केही वर्षदेखि जापानमा बस्दै आएका घलेलाई पोखरा आएको मौका पारेर मञ्च गण्डकीले स्वागत गरेको हो । पोखरा रंगशालाको मिडिया सेन्टरमा आयोजित स्वागत कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष घलेले मञ्चले गरिरहेका गतिविधिको प्रशसा गरें । उनले मञ्च स्थापनादेखि आफ्नो कार्यकाल पुरा गर्दाका दिन स्मरण गरें । मञ्चले गरिरहेका कार्यक्रमका कारण यसको गरिमा बढ्दै गएको उनले बताए । मञ्चले आयोजना गर्ने आठौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा यथाशक्य सहयोग गर्ने वाचा उनले गरें । ‘अवार्ड कार्यक्रम निरन्तर गर्नुपर्छ, बरु खर्चमा कटौती गरौं’ उनले भने । खेल पत्रकारको क्षमता अभिवृद्धिको लागि नेपालका विभिन्न ठाउँमा रहेका एकेडेमीहरुको अवलोकन भ्रमण गर्न नेपाल पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष समेत रहेका घलेले सुझाए । मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष एकराज गिरी, पूर्व सल्लाहकार सुदर्शन रन्जित, उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल, सचिव शशीकुमार पौडेल र सदस्य उमेश पुनले नेपाल खेलकुद पत्रकार मञ्चले गर्दै आएका कार्यक्रम सहित आगामी योजनाको बारेमा समेत अवगत गराए । यसैबिच यहीं कार्तिक १५ गते पोखरामा आयोजना गरिने मञ्च गण्डकीको साधारण सभा तथा विधान अधिवेशनको तयारी समेत अन्तिम चरणमा पुगेको महासचिव पौडेलले जनाए । मञ्च गण्डकीमा खेलकुद बिटमा काम गर्ने पोखराका ७४ जना पत्रकार आवद्ध छन् ।

पोखरा:    पोखरा महानगरपालिका–६ बैदाममा फेवातालको मध्यभागमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनः निर्माण थालिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज आयोजित एक कार्यक्रममा मन्दिरको जग पूजा गर्दै पोखराको गहनाको रुपमा चिनिएको फेवाताल र तालबाराही मन्दिरको संरक्षण गर्ने जिम्मेवारी पोखरेली र तीनै तहका सरकारको भएको बताउनुभयो ।   उहाँले पुरानै स्वरुपमा मन्दिर पुनःनिर्माण गरी मन्दिरका बारेमा भावी पुस्तालेसमेत अध्ययन गर्ने थलो बन्न सक्ने बताउनुभयो ।   https://fb.watch/nVYf869eby/   विसं २०७२ को भूकम्पका कारण भूइँतलासहित तीन तले मन्दिर तीन इञ्च दक्षिणतर्फ ढल्किएपछि ताल बाराहीमन्दिर गुठी व्यवस्थापन समिति पुनःनिर्माण कार्य जुटेको हो । समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले मन्दिर निर्माणको लागि एक करोड ४५ लाख रुपैयाँ लाग्ने जानकारी दिनुभयो ।   मन्दिर निर्माणका लागि पुरातत्व विभागबाट २५ लाख रुपैयाँ सहयोग प्राप्त हुनुको साथै प्रदेश, स्थानीय, सङ्घ सरकार र भक्तजनको सहयोगमा पुरानै स्वरुपमा कलात्मक ढाँचामा मन्दिर पुनः निर्माण गरिने कुँवरले बताउनुभयो । पोखराको प्रमुख पर्यटकीय धार्मिक गन्तव्यका रूपमा स्थापित तालबाराहीको पुरानो मन्दिर भत्काइएको छ । पुरानो मन्दिर भत्काएसँगै अर्को चाँदीको मूर्तिमा प्राणप्रतिष्ठा गरी नजिकैको हवनकुण्ड रहेको ठाउँमा पूजाआजा गरिँदै आइएको छ । पुरानो मन्दिर भत्काइए पनि बारही देवीको दर्शन गर्न दैनिक ठूलो सङ्ख्यामा दर्शनार्थी  त्यहाँ पुग्ने गर्छन । मन्दिर पुनःनिर्माणका लागि तालबाराही मन्दिर गुठी व्यवस्थापन समिति र पुरातत्व विभागबीच समन्वय गरी आवश्यक काम अगाडि बढाइने छ । मूल मन्दिर एक वर्षभित्र नै निर्माण सम्पन्न गर्ने योजनाका साथ समिति अगाडि बढेको जानकारी अध्यक्ष कुँवरले दिनुभयो । अहिले भत्काइएको मन्दिर २०१७ सालमा बनाइएको थियो । पुरानै शैलीमा कालीगढ मगाएर मन्दिर पुनःनिर्माणसँगै यहाँको समग्र व्यवस्थापनका लागि नौ करोड रुपैयाँको गुरुयोजनासमेत तयार गरिएको जानकारी तालबाराही मन्दिर पुनःनिर्माण परियोजनाका प्राविधिक संयोजक प्रा डा भरत पहारीले दिनुभयो । चार रोपनी क्षेत्रफलमा फैलिएको मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन मन्दिर पुनः निर्माणसँगै अन्य संरचना निर्माणका लागि नौ करोड रुपैयाँ छुट्याइएको र मन्दिर परिसरका सम्पूर्ण संरचना दुई वर्षभित्र नै सम्पन्न गरिने उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार मूल मन्दिर एक वर्षभित्र र सभाहल, शौचालय, बगैँचा, होमस्थल, स्टोर कक्ष, पानीको फोहरा, ढुङ्गेधारा, डुङ्गाघाट गुरुयोजनामा छन् । मन्दिरको अस्तित्व सन् १६६७ देखि कायम रहिआएको पाइन्छ । कतै–कतै १४४७ देखि अस्तित्वमा रहेको भन्ने अभिलेखसमेत छ । कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर पहिलो पटक मन्दिर स्थापना गरेको इतिहास छ ।  प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला थियो, त्यहीँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजाआजा गर्न थालिएको किंवदन्ती छ । किंवदन्तीअनुसार तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको छ । तालबाराही मन्दिरले पर्यटन र धर्म दुवैलाई जोडेको छ । तालमा देखिने माछापुच्छ्रे हिमालको छायाँ र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङकोट, विश्व शान्ति स्तूपजस्ता दृश्यले पर्यटक लोभिने गरेका छन् । प्राकृतिक मनोरम दृश्यको आनन्द लिन पाइने मात्र नभइ तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि यहाँ सर्वसाधारणको आकर्षण बढेको बताइएको छ । मन्दिर पुनः निर्माणका लागि पुरातत्व विभागले २५ लाख र मन्दिर व्यवस्थापन समितिले एक करोड १५ लाख रुपैयाँ जुटाउने सम्झौतामा उल्लेख छ । मन्दिर पुनः निर्माणका लागि आवश्यक पर्ने रकममध्ये मन्दिरको कोषमा अहिले ६५ लाख रुपैयाँ रहेको र नपुग रकम पोखरा महानगरपालिका तथा अन्य सहयोगदातासँग सङ्कलन गरिने व्यवस्थापन समितिले जनाएको छ । फेवाताल २३ दशमलव ३० मिटर गहिराइ र चार दशमलव ४६ किलोमिटर लम्बाइ तथा दुई किलोमिटर चौडाइको छ । त्यही तालको धेरै पुरानो मन्दिर तालबाराही भगवतीको मन्दिर हो । यसमा पूजाआजाको प्रारम्भ विसं १४६७ बाट भएको हो । मन्दिर व्यवस्थापन समितिको स्थापना भने विसं २०५३ मा आएर मात्रै भएको थियो । हिक्मतबहादुर कुँवरको नेतृत्वमा प्रथम व्यवस्थापन समिति बनेको थियो । तालको किनारबाट पाँच मिनेटभित्रै डुङ्गा चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई आनन्दित तुल्याउनाका साथै तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि सबैलाई आकर्षित गरेको छ ।

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित बसका चालक र सह–चालकसहित चार जनालाई प्रकाउ गरेको छ ।  पोखराबाट भैरहवा जान लागेको प्रदेश १–०१००१ ख ३४३९ बस चेकजाँच गर्ने क्रममा ड्राईभर बस्ने सिट अगाडी झोलामा लुकाई राखेको अबस्थामा लागूऔषध फेला परेपछि बस चालकसहित तीन सहचालकलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।  प्रकाउ पर्नेमा बस चालक गोरखाको शहीद लखन गाउँपालिका ३ घर भई पोखरा १५ रामबहार बस्ने ३५ वर्षीय हिराबहादुर नेपाली, सहचालक स्याङ्जा घर भएका ३८ वर्षीय विशाल कार्की ,४५ वर्षीय टिकाराम पौडेल र म्याग्दी घर भएका ३७ वर्षीय दीपक परियारलाई बससहित नियन्त्रणमा लिएको हो ।  प्रहरीले बस चेकजाँच गर्ने क्रममा ड्राईभरको सिट अगाडी लुकाई छिपाई राखेको अवस्थामा लागू औषध एमफेटामाईन (आईस) जस्तो देखिने ३७.५० ग्राम लागूऔषध फेला पारेपछि बससहित चारजनालाई नियन्त्रणमा लिएको जनाएको छ ।   लागूऔषधसहित प्रकाउ परेका चार जनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   

पोखरा: गण्डकी स्टार सिजन ४ को उपाधि गायन तर्फ कृषिका बि.घिमिरे जितेकि छन् भने नृत्य तर्फको उपाधि करिना गहतराजले जितेकी हुन् । उपाधि सगै दुबैले नगद २० ÷२० हजार र ट्रफि प्राप्त गरे ।  नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा शनिवार पोखरामा भएको अन्तिम प्रतिस्प्रधामा दुबै तर्फ ४ ÷४ जना सहभागिलाई पछि पार्दै उपाधि जित्न सफल भएको कार्यक्रम ब्यवस्थापक रोहन गुरुङले जानकारी दिए । उपाधि हात पार्ने कृषिका पोखराको सगरमाथा निकेतन कक्षा ९ अध्ययनरन हुने भने, करिन पोखराको बिन्दाबासिनी मा.बिमा अध्ययनरत रहेकी छन् । यस्तै गायन तर्फ रोहित बि.क दोस्रो, महिमा खड्का तेस्रो दिपक परियार चौथो र कृपा गुरुङ पाचौ भए भने दोस्रोले नगद १० हजार र ट्रफि तेस्रोले नगद ५ हजार र ट्रफि जित्न सफल भए । नृत्य तर्फ समिर बिश्वकर्मा दोस्रो,रितु क्षेत्री तेस्रो,सिमा सुनार चौथो र पूजा बस्तोला पाचौँ भने दोस्रोले नगद १० हजार र ट्रफि तेस्रोले नगद ५ हजार र ट्रफि जित्न सफल भए ।   प्रतियोगिताको वेष्ट प्रफमर दिपक परियार भए भने भिवर च्वाइसमा कृपा गुरुङले स्थान बनाइन् । गायन तर्फको निर्णयकमा बिनोद बानिया,आरजु बिष्ट सल्यानी,र सबिना सुनाम रहेका थिए ।  त्यस्तै नृत्य तर्फको निर्णायकमा महेश गोदार,मिलन नेपाली,रोशनी छिनाल थिए ।  कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदश्य श्यामराजा महतले बालबालिकाको प्रतिभा देखेर आफु प्रफुलित भएको बताए । यस्ता कार्यक्रमले बालबालिकाको लुकेर रहेको प्रतिभाको प्रस्फुटन गर्न सहयोग पुग्ने उनको भनाई थियो।  कार्यक्रममा होटल शाराका प्रबन्धक सि.पि सुवेदीले कार्यक्रमले लोप हुन लागेको संस्कृतीलाई जोगाउन सफल बताए । कार्यक्रम निर्देशक देबेन्द्र शाहीले बालबालिकाको प्रतिभा उजागर गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने बताए ।  नन्द इन्टरटेन्मेन्ट हाउसले यस अगाडि डान्स गण्डकी डान्स,पोखरा चाईल्ड स्टार ,सोसल अवार्ड जस्ता कार्यक्रमहरु गदै आइरहेको छ ।    

पोखरा:  बडादशैंको पहिलो दिन भएकाले गण्डकी प्रदेशकै ठुलो शक्तिपीठ मानिएको विन्ध्यवासिनी मन्दिरमा भक्तजनहरुको बिहानैदेखि घुइँचो लागेको छ ।    विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले आजदेखि शोभायात्रासहित नवदुर्गा महोत्सव समेत सञ्चालन गरेको छ । आजदेखि सुरु भएको नवदुर्गा महोत्सव नवमीसम्म सञ्चालन हुने समितिले जनाएको छ ।  तस्वीरमा हेरौ: