पोखरा:    १३ औं संस्करणको पोखरा महोत्सव आगामी पुष २५ देखि माघ ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने भएको छ ।   महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि विभिन्न ३० वटा उपसमिति गठन गर...

पोखरा:   कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा शनिबारदेखि आइटीएफ वल्र्ड टेनिस टुर जे–३० पोखरा हुने भएको छ । दुई साता सम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ क्वालिफाइङ्ग र मेन ड्र गरि ६४ खेलाडीको सहभागिता रहने बताइएको छ । त्यसैगरि महिलातर्फ विभिन्न राष्ट्रका ४७ खेलाडीको सहभागिता रहने आयोजक संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । पुरुषतर्फ भारतबाट ४४, रसियाबाट १, अमेरिकाबाट २, जापानबाट ४, नेपालबाट १०, क्यानडाबाट १, चाइनाबाट १ र श्रीलंकाबाट १ जना खेलाडीले भाग लिनेछन् । महिलातर्फ जापानबाट १, थाइल्याण्डबाट १ जना, अमेरिकाबाट १ जना, भारतबाट ३० जना, नर्वेवाट १ जना, काजकिस्तानबाट १ जना र नेपालबाट ७ जना खेलाडीले भाग लिने प्रतियोगितामा भाग लिने सो अवसरमा जानकारी दिइयो । प्रतियोगितामा विजेता खेलाडीले ३० अंक, उपविजेताले १८, सेमिफाइनलिष्टले ९, क्वाटरफाइनलिष्टले ५ र राउण्ट अफ सिक्टिनमा पुग्नेले आइटीएफको २ अंक पाउने टेक्निकल डाइरेक्टर अजय विष्टले बताए । आयोजक कास्कीले यसअघि आइटीएफका विभिन्न प्रतियोगिताहरु आयोजना गर्दै पोखराको खेल पर्यटन विकासमा महत्पूर्ण योगदान पु¥याएको संघ कास्कीका अध्यक्ष लोक गुरुङ्गले बताए । खेलाडी, प्रशिक्षक तथा अभिभावक सहित झण्डै ३ सय जना पाहुना २ साताका लागि पोखरा बस्ने गुरुङ्गले जनाए । एउटै प्रतियोगिता सम्पन्न गर्न झण्डै २० लाख खर्च लाग्ने गरेको संघ कास्कीका अध्यक्ष अनुजकुमार बाँस्तोलाको भनाई थियो । यसपटकको प्रतियोगिता सम्पन्न गर्न पनि झण्डै २५ लाख खर्चको अनुमान रहेको उनले बताए । नेपाल पर्यटन बोर्ड, प्रदेश सरकार, पोखरा महानगर लगायत विभिन्न सहयोगीहरुबाट सहयोगको अपेक्षा राखिएको बाँस्तोलाले पत्रकार सम्मेलनमा बताए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्र्दै सञ्चार क्षेत्रबाट सहयोग रहने बताए ।   

पोखरा:    पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जातीय विभेद तथा छुवाछूतको कसुरमा जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले बुधबार उक्त फैसला गरेको हो । पीडित दलित महिला वडा सदस्य मैया नेपालीलाई अधिकारीले १० हजार रुपैयाँ क्षतिपूर्ति बुझाउनुपर्ने अदालतको फैसलामा उल्लेख छ । आफ्नै वडाध्यक्ष जातीय विभेदजन्य गालीगलौजमा उत्रिएपछि दलित महिला सदस्य नेपालीले कानुनी उपचार खोजेकी थिइन् । वडाध्यक्ष अधिकारीले सार्वजनिक कार्यक्रममै आफूमाथि जातीय विभेदजन्य गालीगलौज गरेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय कास्कीमा २०७९ पुस २४ मा जाहेरी दर्ता गराएकी थिइन् । अधिकारी पुस २६ मा पक्राउ परेर माघ ९ मा एक लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए । जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभावसम्बन्धी (कसूर र सजाय) ऐन, २०६८ बमोजिम अदालतले सजाय तोकेको अधिवक्ता कुञ्जनी परियारले बताइन् । उक्त ऐनमा जातीय विभेद गरेको ठहरिएमा पीडकलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ । सार्वजनिक पद धारण गरेको व्यक्तिलाई ५० प्रतिशत थप सजाय हुने व्यवस्था छ । कसुरदारले पीडितलाई क्षतिपूर्ति समेत भराउनुपर्छ । अदालतले ३ महिना कैद र ५० हजार जरिवाना तोके पनि अधिकारी सार्वजनिक पद धारण गरेको व्यक्ति भएकोले थप ५० प्रतिशत सजाय भएको हो । पोखरा–२४ कास्कीकोटमा वडाध्यक्ष अधिकारी कांग्रेसबाट निर्वाचित हुन् भने बाँकी ४ सदस्य एमालेबाट निर्वाचित भएका हुन् ।

पोखरा:    युनाइटेड क्लबको आयोजनामा हुने १२ औं संस्करणको पोखरा महोत्सवलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गर्ने भएको छ । आगामी पुषको अन्तिम साता पोखराको अमरसिंह चौरमा आयोजना हुने १२ औं संस्करणको पोखरा महोत्सवमा आयोजना हुने विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगितालाई सहयोग गर्ने भएको हो । बुधवार एक कार्यक्रमका बीच युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठ, क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल र गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र सदस्य सचिव मनकुमार श्रेष्ठ बीच १२ औं पोखरा महोत्सवमा आयोजना हुने विद्यालय  स्तरीय सामुहिक लोकनृत्य प्रतियोगितालाई सहयोग गर्ने गरी सहमति पत्रमा हस्ताक्षर भएको छ ।   सो अवसरमा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले युनाइटेड क्लब आफैमा प्रतिष्ठित क्लब रहेको र युनाइटेड क्लबले सामाजिक काम संगै लोक संस्कृतिको उजागर गर्ने गरी पोखरा महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता गर्दै आएकोमा १२ औं संस्करणको पोखरा महोत्सवमा सहकार्य गर्न पाउदा खुसी लागेको बताए । युनाइटेडले चालेको हरेक कदममा आफुहरुको साथ र सहयोग रहने गुरुङको भनाइ रहेको थियो ।  त्यस्तै युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले सामाजिक काम संगै महोत्सवमा आयोजना गरिने विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिताको माध्यामबाट विद्यार्थीहरुलाई लोक संस्कृतिको बारेमा समेत जानकारी गराउने कार्य गर्दै आइरहदा गण्डकी प्रज्ञा प्रतिष्ठान संग सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।  युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले एघारौं पोखरा महोत्सवदेखीनै गण्डकी प्रज्ञा प्रतिष्ठान संग सहकार्य गर्दै आइरहदा १२ औं संस्करणबाट महोत्सवमा आयोजना गरिने सामुहिक लोकनृत्य प्रतियोगिताको सम्पूर्ण जिम्मेवारी सहित गण्डकी प्रज्ञा प्रतिष्ठान संग सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।  सम्झौता अनुसार १२ औं पोखरा महोत्सवमा आयोजना हुने सामुहिक लोकनृत्य प्रतियोगिताको सम्पूर्ण खर्च प्रतिष्ठानले ब्यहोर्ने, पोखरा महोत्सवमा सामुहिक लोक नृत्यलाई हरेक वर्ष सञ्चालन गर्ने, प्रतियोगितामा निर्णायकको निर्णय गर्दा दुवै पक्षको सहमतिमा गर्ने र सम्झौता २०८५ चैत्र मसान्त सम्म हुने उल्लेख छ ।  

पोखरा:   पोखराको नागढुङ्गा स्थित एक होटलमा महिला मृत फेला परेकी छिन् ।    नागढुङ्गास्थित शिला रेष्टुरेन्टमा विगत २ वर्षदेखि काम गर्दै आएकी ३८ वर्षीय सुुकु विक युनिक होटलमा अचेत अवस्थामा गएराति फेला परेकी थिइन् ।    युनिक होटलमा अचेत अवस्थामा फेला परेकी सुुकुलाई तत्काल उद्धार गरेर चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले बताए ।        उनका अनुसार घटना संकास्पद भएकाले अनुसन्धानका लागि ५ जनालाई नियन्त्रणमा लिइएको छ ।     ‘हामीले हरेक कोणबाट अनुसन्धान थालेका छौ, होटलमा सिसिटिभी पनि जडान नरहेछ, सुनगाभा न्यूजसँग एसपी थापाले भने,  ‘घटना संकास्पद भएकाले, ति महिलाले काम गर्ने रेष्टुरेण्टको सञ्चालक मृत भेटिएको होटलको सञ्चालक लगायत ५ जनालाई नियन्त्रणमा लिएका छौं ।’   कास्की प्रहरीका अनुसार तनहुँको भिमाद नगरपालिका घर भई विगत २ वर्षयता पोखरा महानगरपालिका–८ नागढुङ्गास्थित शिला रेष्टुरेन्टमा काम गर्दै आएकी थिइन् ।   मृत सुकुले नै बुक गरेका थिए युवकको नाममा कोठा   मृत सुकुले नै होटलको कोठा बुक गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको एसपी थापाले बतााए ।   उनले होटलसञ्चालकको बयानलाई उदृत गर्दै भने, ‘ति महिला नै केटाको नाम, नम्बर नै टिपाको कुरा होटलवालाको भनाई छ । भित्र जुस र रेडबुल खाको अवस्था छ, एसपी थापाले भने, ‘संकास्पद नै छ । त्यसैले अनुसन्धान भइरहेको छ । अझ पोष्टमार्टम रिपोर्टपछि पुष्टि हुन्छ ।’   उनले युवकसँग होटलमा गएको बारे अझै पुष्टि नभएको बताए ।   ‘अनुसन्धान भइराछ । युवक को थियो उसको संलग्नता थियो थिएन भन्नेबारे खोजी हुदैछ । यदी युवक नभएको भए होटलवालाको काम हो, उनले भने, ‘सिसिटिभी पनि छैन । परिचयपत्र पनि राखिएको छैन । होटलले सुरक्षाको विधी अपनाएको देखिएन । त्यसैले हामीले सबै कोणबाट अनुसन्धान गर्दैछौं ।’   मृतक सुकुको शव पोष्टमार्टका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान राखिएको कास्की प्रहरीले जनाएको छ ।    

पोखरा:  टुबोर्गको मुख्य प्रायोजनमा त्रिशक्ति समाज सेवा क्लबले सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ  ।   शुभ दिपावलीको अवसरमा क्लबले आयोजना गरेको दोस्रो संस्करणको देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम  सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका १ का वडाध्यक्ष शाहारा प्रधानले गरे  ।      कार्यक्रमको उद्घाटन पछि बोल्दै वडाध्यक्ष प्रधानले क्लबले सामाजिक क्रियाकलापसँगै वडाको विकासमा सहयोग पुर्‍याएको बताए ।   उनले सामाजिक क्रियाकलापलाई निरन्तरता दिनुपर्ने सुझाव दिदै क्लबको सकरात्मक कार्यमा सधै साथ र सहयोग गर्ने धारणा राखे ।  यस्तै विभिन्न समुदायको कला संस्कृति जगेर्ना उद्देश्यले हरेक वर्ष सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको क्लबका सहसचिव प्रविण सुवेदीले जानकारी दिए । उनका अनुसार सो कार्यक्रममा तमु, मगर, तामाङ, थकाली लगायत समुदायमा प्रचलित नृत्यहरु प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा क्रिस्टल क्लजले नृत्यहरु र द इन्फ्लेम ब्याण्डले लाइभ कन्सर्ट प्रस्तुत गरेको थियो । कार्यक्रमकाबीच आर्थिक सहयोगीदाताहरुलाई  सम्मानसमेत गरिएको थियो ।    

पोखरा:  पोखरामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक दम्पतीको मृत्यु भएको छ ।  पोखरा महानगरपालिका–२९ पट्नेरी स्थित खेतमा पानी लैजाने कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका दम्पतीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  मृत्यु हुनेमा मुस्ताङको जोमसोम घर भएका ४६ वर्षीय भीमलाल सुनार  र उनका श्रीमती ४६ वर्षीय सावित्री सुनार रहेको कास्की प्रहरीले जनाएको छ ।  करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर ४ बजेको समयमा सुनार दम्पती घाइतेको भएको सूचनापछि उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएपनि उपचारको क्रममा ५ः२३ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।    

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित तीन जनालाई प्रकाउ गरेको छ ।    जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखाले तीन जनालाई ८ सय १२ चक्की नाइट्रोभ्याट लेखिएको लागू औषधसहित प्रकाउ गरेको हो ।  प्रहरीले पोखरा महानगरपालिका–८ आलुमाइला चोक स्थित सडकमा शंकास्पद अवस्थामा हिडिरहेका २३ वर्षीय जिवन बि.क.लाई चेकजाँच गर्ने क्रममा ५ चक्की नाइट्रोभ्याट लेखिएको लागू औषध बरामद गरेपछि अनुसन्धान गर्दै जाँदा प्रविण पौडेलको साथबाट ५०७ चक्की र कुशल विक्रम खाँण ठकुरीको साथबाट लागू औषध नाईट्रोभ्याट ३०० चक्की बरामद गरेको हो ।  प्रकाउ परेका तीन जनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषधमुद्धामा दश दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । 

’पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले नागरिकको गुनासो र सुझाव संकलन गर्न क्यूआर कोड स्क्यान सञ्चालनमा ल्याएको छ ।   कास्की प्रहरीले गएको शुक्रबारबाट नागरिकहरुले आफ्ना सुझाव तथा गुनासो राख्न पाउने गरी क्यूआर कोड स्क्यान सञ्चालनमा ल्याएको हो ।  जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी श्रवणकुमार विकले क्युआर कोड स्क्यान नागरिक केन्द्रित रहेको जानकारी दिए । ‘कास्की प्रहरीले सञ्चालनमा ल्याएको क्यूआर कोड स्क्यान नागरिक केन्द्रित छ’, डिएसपी विकले भने, ‘प्रहरीको काम कारवाहीमा चिक्त नबुझेको खण्डमा नागरिकले क्यूआर कोड मार्फत गुनासो तथा सुझाव दिन सक्नेछन् ।’   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरु विरुद्ध उजुरी कुनै गुनासो तथा सुझाव संकलनका लागि यो सिस्टम ल्याएको जनाएको छ ।  जनताले आफ्ना सुझाव तथा गुनासो सोझै प्रहरी कार्यालयहरूमा खुला रूपमा राख्न नसक्ने भएकाले क्युआर कोड स्क्यान विधिबाट घरमै बसी आफ्ना सुझाव तथा गुनासो राख्न यो सिस्टम ल्याएको डिएसपी विकले जानकारी दिए ।   

यही मंसिर ९ गते पोखरामा ‘पोखरा इन्टरनेशनल माउन्टेन क्रस–कन्ट्री कम्पिटिशन’ हुने भएको छ । पोखरालाई अन्तर्राष्ट्रिय खेलकुदकारुपमा प्रचार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।    प्रतियोगितामा सहभागीले दौड, साइक्लिङ् र डुंगा रेस गर्नेछन् । जसमध्ये समूह र व्यक्तिगत स्पर्धामा खेल विभाजन गरिएको छ । समूह स्पर्धातर्फ पहिलो हुने टिमले ३ लाख ६० हजार र व्यक्तिगततर्फ विजेताले १ लाख ४४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।    त्यस्तै, स्पर्धामा दोस्रो, तेस्रो र चौथो र पाँचौलाई पनि नगद पुरस्कार राखिएको छ । व्यक्तिगतमा भने दशौं स्थानलाई पनि ९ हजार रुपैयाँ तोकिएको छ ।    विशेषतः नेपाल र चीनबीच खेल एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखिएको प्रतियोगितामा चीनको यूनान प्रान्तबाट खेलाडी र अफिसियल गरी १ सय १४ जना पोखरा आउने प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले जनाए । उनीहरु ७ गते पोखरा विमानस्थलमा चार्टर्र्ड उडानमार्फत उत्रने उनले बताए ।    संयोजक पालिखेकाअनुसार प्रतियोगिता आयोजनार्थ १९ जना प्राविधिक यूनानबाट आउनेछन् । प्रतियोगितामा पुरस्कार राशी अनुमानित २० लाख रुपैयाँ हुने बताउँदै पालिखेले आयोजना खर्च करिब ८० लाख रुपैयाँ हुने जानकारी दिए ।    प्रतियोगिताको आयोजकमा नेपालस्थित चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेका छन् ।      यसैगरी, सहआयोजकमा युनान माउन्टेनरिङ् एण्ड आउटडोर स्पोर्टस् एशोसियशन, चीन र पोखरा होटल एशोसिएशन रहेको छ । प्रतियोगितालाई गण्डकी प्रदेश सरकार, पोखरा पर्यटन परिषद्लगायत चीनको कुन्मिङस्थित विभिन्न संस्थाले सहयोग गर्नेछन् ।      स्थानीयलाई समावेश गर्न ‘ह्याप्पी रन’को समेत आयोजना गरिएको प्रतियोगितामा ६ सय हाराहारीमा खेलाडी समावेश हुने आयोजकको अपेक्षा छ । प्रतियोगितालाई शक्तिवद्र्धक पेय ‘वार हर्स नेपाल’ले प्रायोजन गर्नेछ ।