पोखरा: “दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता” भन्ने नारासहित यस वर्षको अपाङ्गता दिवस मनाइएकोे छ । अपाङ्गता भएका व्यक्तिहरुको ३२ औँ अन्तर्राष्ट्रिय दिवस पोखरामा ¥याली सहित कार्यक्रम गरी मनाइएको छ । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा पोखरा महानगरको गेटबाट सुरु भएको ¥याली पोखरा सभागृहमा पुुगेर कार्यक्रममा परिणत भएको थियो । ¥यालीमा पोखरामा अपांगताको क्षेत्रमा काम गर्ने संघसस्थाका प्रतिनिधि र अपांगता भएका ब्यक्तिहरुको सहभागीता रहेको थियो । ¥यालीपछि आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज अचार्यले महानगरले निर्माण गर्ने पूर्वाधारहरु अपांगमैत्री बन्ने बताउनुभयो । विगतमा के भए थाहा नभएन उहाँले भन्नुभयो,“महानगरले अव निर्माण गर्ने सबै संरचना अपांगमैत्री बन्छ ।” उहाँले दिवसले अपांगताका क्षेत्रमा भएका समस्या पहिचान गरी र समाधान गर्ने तर्फ ध्यान केन्द्रीत गर्ने उल्लेख गर्नुभयो । उहाँले महानगरबाट विनियोजन हुने रकमलाई कार्यविधि बनाएर प्राथमिकताका आधारमा विनियोजन गर्ने समेत बताउनुभयो । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुरुङले अपांगता भएकाहरुलाई हेर्ने ब्यवहार, सोच र दृष्टिकोण परिर्वतन हुनुुपर्नेमा जोड दिनुुभएको छ । उहाँले समाजले अपांगता भएका ब्यक्तिलाई गर्ने ब्यवहारले धेरै प्रभाव पार्ने उल्लेख गर्नुभयो । उपप्रमुख गुुरुङले महानगरले अपांगता भएका ब्यक्तिहरुका लागि ऐन, कानुन निर्माण गरेको र केही कमीकमजोरी भए यस क्षेत्रमा काम गर्ने संघसंस्था र ब्यक्तिहरुको सुुझावका आधारमा परिमार्जन गरेर जान सकिने बताउनुभयो । उहाँले अपांगता भएका ब्यक्ति वा परिवार पाल्नुपर्ने महिलाहरुलाई उपप्रमुखसंग महिला कार्यक्रम अन्र्तगत सस्तो ब्याजमा ऋण उपलब्ध गराउदै आएको बताउनुभयो । कार्यक्रममा महानगरपालिका अपांग परिचपत्र वितरण समितिका सदस्य अञ्जना केसी, कोसिस कास्कीका अर्जुन सुनार, बालहितकारी परियोजना नेपालका निर्देशक ठाकुर प्रसाद चापागाईं, डिडा नेपालका संस्थापक अध्यक्ष गिरधारी सुवेदी, धनराज आचार्य हेमोफिलिया सोसाइटि गण्डकी प्रदेशका अध्यक्ष गोविन्द भण्डारी, कोपिला नेपालका अध्यक्ष विना सिलवाल, हरियो खर्क अस्पतालका परियोजना ब्यवस्थापक विष्णु गिरी, अटिजम केयर सोसाइटीका अध्यक्ष मुकुन्द लम्साल लगायतले अपांगता क्षेत्रमा भएका समस्याका बारेमा बोल्नुभएको थियो । कार्यक्रम पोखरा महानगरपालिका अपांगता भएकाको सञ्चालका अध्यक्ष गंगा बहादुर खड्का अध्यक्षतामा भएको थियो ।
पोखरा: पोखरा महानगरपालिका वडा नं. १३ शहरी स्वास्थ्य केन्द्र कुँडहरको आयोजनामा यौन तथा प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल परिवार नियोजन संघ कास्की शाखाको प्राविधिक सहयोगमा पोखरा महानगरपालिका वडा नं. १३ को परिषरमा आयोजित शिविरबाट एक सय २६ जना महिला लाभान्वित भएका छन् । शिविरमा पाठेघरको मुखको क्यान्सर र यौनजन्य संक्रमणको परिक्षण गरी निशुल्क औषधी वितरण गरिएको वडा अध्यक्ष किरण बरालले जानकारी दिए । शिविर उदघाटन गर्दै नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले पछिल्लो समय महिलाका लागि पाठेघरको मुखको क्यान्सर जटिल समस्याका रुपमा देखिएको बताए । उनले आम नागरिकले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे । पोखरा १३ का वडाध्यक्ष किरण बरालको अध्यक्षतामा भएको कार्यक्रम वडा सदस्य सुचित्रा तामाङ्गले स्वागत र स्वास्थ्य केन्द्रकी अहेब लीला गुरुङले संचालन गरिन् ।
संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा सम्पन्न पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जितेको छ । पोखरा रंगशाला सम्पन्न भएको उक्त खेलकुद महोत्सवमा सहभागि १८ विद्यालयलाई पछि पार्दै कुल १३३ अंकका साथ वेलननले उपाधि जितेको हो । हरेक दुई–दुई वर्षमा आयोजना हुने खेलकुद महोत्सवमा वेलननले यस अघि रनिङ शिल्डमा एक पटक कव्जा जमाइसकेको छ । वेलनन ले यो संगै लगातार चौथोपटक उपाधि जितेको छ । यसै गरि खेलकुद महोत्सवमा ११० अंकका साथ कलिका इङलिश सेकेण्डरी स्कल उपविजेता भएको छ । पोखरा रंगशालामा चार दिन देखि जारी खेलकुद महोत्सवमा ७४ अंक बटुल्दै पिनाकल एकेडेमी तेश्रो हुँदा ६३ अंकका साथ स्माइल स्मल हेभेन सेकेण्डरी स्कुलले चौथो स्थान प्राप्त गरेको प्रतियोगिता खेलकुद उपसमितिका संयोजक विनोद कुमार नेपालीले जानकारी दिए । त्यस्तै आज सम्पन्न फुटबल मावी छात्रतर्फको फाइनलमा वेलनन एकेडेमीले एकता आवाशियलाई ३–१ ले पराजित गर्दै च्याम्पियन भएको छ भने स्मल स्माइल हेभेनले तेश्रो तथा होली एन्जलले चौथो स्थान प्राप्त गरेको छ । विजेता विद्यालय तथा खेलाडीहरुलाई गण्डकी प्रदेश शिक्षा निर्देशनालयका उपमहानिर्देशक घनश्याम पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानियाँ, युनिप्स नेपालका संस्थापक अध्यक्ष ध्रुव गिरीलगायतले मेडल, प्रमाणपत्र तथा ट्रफी वितरण गरेका थिए । सो अवसरमा बोल्दै उपमहानिर्देशक पौडेलले शिक्षा संगै अतिरिक्त कृयाकलापमा खेलकुद जोड्नु पर्ने अपरिहार्य रहेको बताउँदै खेलाडी उत्पादनको मुख्य थलो नै विद्यालय रहेको उल्लेख गरे । युनिप्स नेपालका अध्यक्ष शान्त बहादुर गुरुङको अध्यक्षतामा समापन कार्यक्रम सम्पन्न भएको थियो । खेलकुद महोत्वमा युनिप्समा आवद्ध रहेका १८ विद्यालयका ४ हजार भन्दा बढि खेलाडीहरुले सहभागिता जनाएका थिए । सहभागि विभिन्न खेलका ६ सय खेलाडीहरुलाई पुरस्कृृत गरिएको भएको युनिप्स सचिवालयका संयोजक शिवहरि सुवेदीले जानकारी दिए ।
पोखरा: कास्कीको माछापुच्छे« गाउँपालिका शिक्षा युवा तथा खुलकुद शाखाकोद्धारा आयोजित पाचौं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महेन्द्र माध्यमिक विद्यालयले लाहाचोकले जितेको हो । महेन्द्र माविको निरन्तर पाचौं पटकको जित हो । महेन्द्रले ११ स्वर्ण ५ रजत र २ कास्य सहित १८ पदक प्राप्त गर्दै प्रथम भएको छ । निश्पक्ष मा.विले ७ स्वर्ण ६ रजत ३ कास्य गरि १६ पदक साथ द्धितिय भयो । उदय मा.वि ४ स्वर्ण,४ रजत र ४ कास्य गरि १२ पदकमा चित्त वुझाउदै तृयिय भयो । प्रथमले नगद रु १५ हजार ,द्धितियले नगद रु १० हजार र तृतीयले नगद रु ७ हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे । कार्यक्रममा माछापुच्छे« गाउँपालिका अध्यक्ष मिन बहादुर गुरुङले शिक्षा संगै खेलकुदलाई पनि प्राथमिकतामा राख्नु पर्नेमा जोड दिनुभयो । साथै विद्मार्थीको शिक्षा संगै खेलकुद बृद्धि विकासका लागि सधै पालिका साथमा रहेको उल्लेख गर्नुभयो । वडा न.४ का अध्यक्ष मदुसुदन अधिकारीले विगतझै जिल्ल,प्रदेश देखि केन्द्र सम्म स्थान बनाउदै खेलको माध्यमा बाट माछापुच्छे« गाउँपालिकालाई चिनाउन आग्रह गर्नुभयो । माछापुच्छे गाउँपालिका शिाक्षा शाखा प्रमुख एवं खेल व्यवास्थापन उपसमिति संयोजक सम्झना पोरखेलले खेल भव्य र सौहार्दपुर्ण रुपमा सम्पन्न भएको भन्दै सहभागि विद्मालय,विद्मार्थी साथै विभिन्न भुमिकामा रहनुहुने सम्पुर्ण माहनुभाहरुमा धन्यवाद व्यक्त गर्नुभयो । महेन्द्र मा.विको खेल मैदानमा ३० खेलका साथ सम्पन्न प्रतियोगितामा माध्यमिक विद्मालयका कुल ३ सय ८३ विद्मार्थीले भाग लिएको शिक्षा शाखा सहायक विष्णु प्रसाद अधिकारीले बताउनु भयो ।
पोखरा: कास्की जिल्ला टेनिस संघद्वारा पोखरामा आयोजित आइटीएफ जे-३० टेनिस प्रतियोगितामा मेन्स सिंगलतर्फ एलेक्सि सिभायव प्रथम भएका छन् । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा भारतका प्रनिल शर्मालाई ६-१ र ७-५ को सेटमा पराजित गर्दै उनले एकलतर्फको उपाधि जितेका हुन् । त्यस्तै महिला एकलतर्फ जापानकी उता आसाकुराले प्रथम स्थान हाँसिल गरिन् । फाइनल खेलमा उनले भारतकी यासिका सोकिनलाई १–६, ६-४ र सुपरटाइमा ६-० ले पराजित गर्दै उपाधि आफ्नों नाम गराएकी हुन् । पुरुष डबल्सतर्फ जापानका को फुजिकावा र रोया सासामोतोको जोडीले भारतका प्रविर मुकेस छाप्दा र अमृत मोण्डको जोडीलाई १-६, ६-४ र सुपरटाईमा १०-५ ले पराजित गर्दै प्रथम स्थान हाँसिल गरे । महिला डबल्सतर्फ भारतका दिसा बेहरा र अर्जान खोराकिवालाको जोडीले भारतकै एन्जल पटेल र यासिका सोकिनको जोडीलाई ६-२, ६-१ को सटेमा पराजित गर्दै प्रथम हुन सफल भए । प्रतियोगिताका विजयी खेलाडीहरुलाई गण्डकी प्रदेस सभा सदस्य प्रकास बराल, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, नेपाल पर्यटन बोर्ड, गण्डकीका निमित्त कार्यालय प्रमुख नविन पोखरेल, नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ लगायतले मेडल प्रदान गरे । सो अवसरमा बोल्दै सांसद बरालले कास्की जिल्ला टेनिस संघले वर्षेनी आयोजना गर्दै आएको यो प्रतियोगिता गण्डकी प्रदेशवासीले गौरब गर्नुपर्ने प्रतियोगिता भएको औल्याए । उनले यसको निरन्तरतामा सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।
पोखरा: लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ५ गते देखि १६ गते सम्म आयोजना गरेको १९ औ संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र्र पारिएको छ । महोत्सव सम्पन्न गर्नका लागी ९ सदस्यीय निर्देशक समिति, ४१ वटा उप–समिति र १ सय २० सदस्यीय कार्यसम्पादन समिति गठन गरि विभिन्न उप–समितिहरुसँगको छलफललाई तिव्रता दिईएको छ । हालसम्म ७० प्रतिशत स्टल बुकिङ भएका छन । महोत्सवमा रहने तिन सय ३४ वटा स्टल मध्ये शुक्रबारसम्म दुई सय ४० वटा स्टल बुकिङ भईसकेका छन । महिला उद्यमी, कृषि तथा पशुपन्छी, सुचना तथा प्रविधि, महिला परिचालन, तालिम, संघ सस्था परिचालन उप–समिति सँग छलफल तथा अन्र्तक्रिया गरिसकिएको र महोत्सव सफल बनाउने विषयमा आ–आफना् तर्फबाट खटेर लाग्ने प्रतिवद्धता व्यक्त भएको महासचिव जानुका पराजुलीले बताईन । महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु, विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामाग्री, सुचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु समावेश गरिएको र यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयां प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने संघका अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठले जानकारी दिए । विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले हाल शिथिल अवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमान बनाउदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरि यस क्षेत्रको आर्थिक गतिविधि बढाउने र आन्तरिक एंव बाह्य पर्यटकहरुलाई आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पु¥याउने प्रचार प्रसार समितिका संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले बताए । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने १९ औं संस्करणको महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा पशुपति बिस्कुट र हेटौंडा डेरी, फुड फेस्टीभल प्रायोजकमा न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन तथा उप–समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।
पोखरा: पोखरा महानगरपालिका–१७ स्थित फिस्टेल एकेडेमीले पुसको पहिलो साता विद्यालय स्तरीय‘फिस्टेल स्पोर्टस् फेस्ट’ गर्ने भएको छ । आईबी पिबाईपी प्रस्तावित विद्यालय फिस्टेल एकेडेमी माध्यमिक विद्यालयको २९ औं वार्षिकोत्सवको अवसरमा पुस ५देखि ७ गतेसम्म विद्यालय स्तरीय ‘फिस्टेल स्पोर्टस् फेस्ट २०८०’आयोजना गरेको संस्थापक चिनु रानाभाटले बताए । ‘फिस्टेल एकेडेमीको २९ औं वार्षिकोत्सवको अवसरमा पुसको पहिलो साता फिस्टेल स्पोर्टस् फेस्ट २०८० आयोजना गर्दै छौं’, संस्थापक रानाभाटले भने, ‘फिस्टेल स्पोर्टस फेस्टमा सेभेन ए साइड छात्र फुटबल, छात्रा÷छात्र बास्केटबल र छात्रा÷छात्र लन टेनिस प्रतियोगिता गर्दै छौं ।’ उनका अनुसार विद्यालयस्तरीय छात्र सेभेन ए साइड प्रतियोगितामा प्रथम,द्धितिय,तृतीय र सान्त्वना हुनेले क्रमशः ७५÷३५÷२० र १० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विद्यालयस्तरीय छात्रा÷छात्र (फाइभ÷फाइभ) बास्केटबल प्रतियोतिगा प्रथम,द्धितिय र तृतीय हुनेले क्रमशः ७५÷३५ र २० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । फिस्टेल स्पोर्टस फेस्टमा छात्रा÷छात्र (यू–१६, यू–१२ र यू–९) वर्षको विद्यालय स्तरीय लन टेनिस प्रतियोगितामा प्रथम÷द्धितिय र तृतीय हुनेले क्रमशः १५÷१० र ५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । फिस्टेल स्पोर्टस फेस्टमा आयोजित बास्केटबल र फुटबलमा सहभागी हुन प्रति समूह ५ हजार र लनटेनिसतर्फ एक खेलाडीलाई १ हजार ५ रुपैयाँ शुल्क निर्धारण गरेको छ । तीनदिनसम्म सञ्चालन हुने फिस्टेल स्पोर्टस् फेस्टमा करिव ११ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरेको विद्यालयले जनाएको छ ।
पोखरा: पोखरामा बेवारिशे अवस्थामा एक वृद्धाको शव भेटिएको छ । अचेत अवस्थामा भेटिएकी वृद्धालाई उद्धार गरी थप उपचारका लागि अस्पताल पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बेवारिशे अवस्थामा भेटिएका वृद्धाको शवको पहिचान हुन नसकेको कास्की प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका–३ पालिखेचोकमा हिजो (बिहिबार) बेलुका अचेत अवस्थामा फेला परेकी अन्दाजी ६० वर्षीय वृद्धालाई उद्धार गरी उपचारको क्रममा पोखरा विज्ञान स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । वृद्धाको शवलाई अहिले पोखरा विज्ञान स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: सङ्घर्षमा कलम पोखराले भारतको सिलगढीबाट आएका स्रष्टासँगको साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले असमका वरिष्ठ साहित्यकार भविलाल लामिछानेसँगको स्रष्टा साक्षात्कारसँगै उनको पछिल्लो कथा कृति अर्धासत्यको अन्तरक्रिया तथा स्रष्टा सम्मान सम्पन्न गरेको थियो । स्रष्टा लामिछानेले असमका नेपाली भाषी बन्धुको विगतदेखि वर्तमानसम्मको अवस्थाकोसमेत चर्चा गर्दै साहित्यले सभ्य समाज निर्माणमा महत्वपूर्ण भूमिका पु¥याए तापनि राज्यको हेय दृष्टि र लेखन व्यावसायिक नहुँदा स्रष्टा साधक पिल्सनु परेको बताए । आफ्नो कथा लेखनबारे लामिछानेले थपे, ‘लामो समय शिक्षण पेशामा संलग्न रहँदाका अनुभवलाई लामा कथाकारूपमा प्रयोग गरेको थिए जुन प्रयोग सिद्ध भएकोमा छुट्टै सन्तोष मिलेको छ ।’ वरिष्ठ अधिवक्ता तिलक पराजुलीले विभिन्न क्षेत्रमा छरिएर रहेका नेपाली भाषी स्रष्टा साधकले नेपाली वाङ्मयको श्रीवृद्धिमा पु¥याएको योगदान अतुलनीय रहेको धारणा राखे । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर सदस्य दुर्गा शाह बाबाले साहित्य र संगीतलाई तनाव व्यवस्थापनको महत्वपूर्ण पाटाकारूपमा चिनाए । कार्यक्रममा साहित्यकार शोभाकान्त गौडेलले अर्धासत्य कृतिमाथि प्रकाश पारेका थिए भने डा. कालु शर्मा सुवेदीले लामिछानेलाई बहुआयामिक व्यक्तित्वका रूपमा चिनाए । कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य नारायण मरासिनी, जनकवि केशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापा, गण्डकी साहित्य संगमका अध्यक्ष भीम रानाभाट, सप्तरंगी साहित्य समाज गण्डकीकी अध्यक्ष अम्बिका भण्डारी, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतम, सङ्घर्षमा कलमका अध्यक्ष कृष्ण रानाभाट सारथि, छन्दवादी कवि छविलाल आचार्यलगायतले बोलेका थिए । सोही समारोहबीच लामिछानलाई नेपाली वाङ्मयको श्रीवृद्धिमा पु¥याएको योगदानको कदरस्वरूप संस्थाद्वारा सम्मानसमेत गरिएको थियो ।