पोखरा: पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमीमा अवस्थीत अभियान युवा क्लबको अध्यक्षमा कृष्णबहादुर थापा निर्वाचित भएका छन् । क्लबको १४औं साधारण सभा तथा पाँचौ अधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र खत्री, उपाध्यक्षमा सरस्वती गिरी, सचिवमा मुक्त गिरी, कोषाध्यक्षमा जिवन आचार्य, सहसचिवमा द्रवेश बोहरा, सहकोषाध्यक्षमा अमृत गुरुङ सर्वसम्मत निर्वाचित भए । त्यस्तै कार्यसमिति सदस्यमा जय गुरुङ, अशोक थापा, समिता अधिकारी र सिर्जना श्रेष्ठ निर्वाचित बनेका छन् । अधिवेशन अघिको साधारण सभा कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले मानिसलाई सामाजिक बनाउन क्लब, आमा समूह जस्ता संस्थाहरुले भूमिका खेल्ने बताए । वडा ५ मा कुनै पनि सामाजिक तथा विकासका कार्यमा हातेमालो गर्दै अगाडी बढ्न वडा कार्यालय सदैब तयार रहेको उनको भनाई थियो । वडा ५ मा विकासको कार्य अगाडी बढीरहेको जानकारी दिँदै वडाध्यक्ष बरालले वडा क्षेत्रमा देखिएको समस्या सुनाएको थिए । कार्यक्रममा बाराही माविका प्रधानाध्यापक, नारी जागरण अभियानकी संयोजक अञ्जु केसी, अभियान युवा क्लबका पूर्व अध्यक्ष बसन्त गिरी, सुर्यचन्द्र विकास समाजका महासचिव हेमराज भण्डारी, क्लबका संस्थापक सल्लाहकार उज्वल खत्री, अभियान महिला समूहकी उपाध्यक्ष टिका केसी लगाएतले क्लबको कार्यक्रम निश्चित क्षेत्रमा मात्र नगरि बृहत गर्नुपर्ने भनाई राखे । क्लबका कार्यक्रम थोरै गर्ने, राम्रो गर्ने र त्यसलाई निरन्तरता दिन पनि उनीहरुले सुझाए । सभामा क्लबले भलिबल प्रशिक्षक रमेशकुरमार श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरेको छ । साथै अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतीले पारित समेत सभाले गरेको छ । क्लबका अध्यक्ष राजु गिरीको अध्यक्षतामा सम्पन्न साधारण सभामा क्लबका निवर्तमान अध्यक्ष मोहन बहादुर केसीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव मुक्त गिरीले गरेका थिए ।
पोखरा: बाह्रौँ संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । महोत्सव आयोजक यूनाइटेड क्लब पोखराले महोत्सवको मिति नजिकिदै गर्दा महोत्सवको तयारीलाई तीव्र पारेको हो । आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह मा.वि.को खेल मैदानमा आयोजना हुने बाह्रौँ संस्करणको पोखरा महोत्सवलाई लक्षित गरी महोत्सव सम्पन्न गर्न गठित विभिन्न उपसमितिका संयोजक र सल्लाहकारहरुबीच बैठक सम्पन्न भएको छ । उक्त बैठकले महोत्सवका लागि आगामी पुष ८ गते देखि स्टल बुकिङ खुुल्ला गर्ने निर्णय समेत गरेको छ । महोत्सवलाई थप आकर्षण बनाउनका लागी सम्पूर्ण संयोजक र सल्लाहकारुबीच बृहत छलफल समेत गरेको छ । सो अवसरमा बाह्रौँ पोखरा महोत्सवका सल्लाहकारहरु दिपक थापा, लिलाधर अधिकारी, सुनिल गुरुङ, तीर्थलाल श्रेष्ठ, सन्तोष सिग्देल, तोरण बानियाँ, पवित्रादेवी गुरुङ, तेज बहादुर गुरुङ, जस बहादुर गुरुङ र गोविन्द घिमिरे लगायतले आ–आफ्नो धारणा राख्दै महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि सम्पूर्ण जिम्मेवार प्राप्त ब्याक्तिहरुले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताएका थिए । महोत्सवलाई भब्यताका साथ सम्पन्न गर्ने अठोटका साथ सम्पूर्ण गण्डकी प्रदेशबासी र विभिन्न निकायका सरकारी संघ संस्था लगायत अन्य संघ संस्था, महिला समुह लगायत सम्पूर्ण अवलोकन कर्ताको साथ र सहयोगलेनै पोखरा महोत्सव बाह्रौँ संस्करण सम्म आइपुगेका र बाह्रौँ पोखरा महोत्सवलाई पनि सफल बनाउनका लागि पूर्ण सहयोगको अपेक्षा ब्यक्त गरे । त्यसैगरी बाह्रौँ पोखरा महोत्सवको अन्य विवरणहरु क्रमश संप्रेशण हुने जानकारी दिने क्लबका महासचिव एवं बाह्रौँ पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले बताए । सो अवसरमा क्लबका वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापाले कार्यक्रममा उपस्थित भएकाहरुले स्वागत गरेका थिए ।
पोखरा: लेकसाइडमा पर्यटकलाई नशालु पदार्थ सेवन गराउन खोज्नेसहित विभिन्न कसुरमा संग्लन १० जनालाई वडा प्रहरी कार्यालय बैदामले प्रकाउ गरेको छ । लेकसाइडमा पर्यटकलाई नशालु पदार्थ सेवन गराउन खोज्नेसहित विभिन्न कसुरमा संलग्न १० जनालाई अभद्र व्यवहारको मुद्धा चलाएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । लेकसाइडमा विदेशी तथा स्वदेशी पर्यटकहरुलाई बाटोमा नशालु पदार्थ सेवन गर्नको लागि दवाव दिने, नमानेमा बाटोमा हिड्ने पर्यटक तथा मानिसहरुलाई हैरान गरी आँतङ्कित पारेको आरोपमा प्रहरीले पुस २ गते सोमबार राती विजिवि गल्लीबाट पाँचजनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा पोखरा–१६ दीप बस्ने २० वर्षीय डिलन श्रीषमगर, कास्कीको माछापुच्छ«े गाउँपालिका ५ बस्ने २० वर्षीय सन्देश विक, पोखरा–६, ठाडोपसल बस्ने ३० वर्षीय सुरेश थापा, पोखरा–६, जरेवर बस्ने २९ वर्षीय महेन्द्र भण्डारी र गोरखा भीमसेन गाउँपालिका–८ बस्ने ३२ वर्षीय सुरेश थापा रहेका छन् । यस्तै मर्निङवाकमा जाने महिलाहरुलाई पोखरा–६, लेकसाइडको सडकमा मादक पदार्थ सेवन गरी अपशब्द प्रयोग गर्ने, हातपात गर्ने र सम्झाउन खोज्दा स्थानीयवासीलाई कुटपिट गरेको आरोपमा प्रहरीले बागलुङ नगरपालिका –१२ घर भई हाल पोखरा–६ बस्ने २७ वर्षीय डेविड भन्ने डिल्लीप्रसाद पौडेललाई पक्राउ गरेको हो । यस्तै प्रहरीले सोमबार राति नै लेकसाइडमा मादक पदार्थ सेवन गरी होहल्ला गर्दै अशान्ति फैलाएको आरोपमा प्रहरीले बागलुङको काठेखोला गाउँपालिका–५ घर भई हाल पोखरा–५, मालेपाटन बस्ने २६ वर्षीय विक्रम थापा, स्याङ्जा गल्याङ नगरपालिका वडा–१ घर भई हाल पोखरा–१४ काजिपोखरी बस्ने ३१ वर्षीय आशिष थापालाई प्रहरीले पक्राउ गरेको थियो । यस्तै प्रहरीले पोखरा–९, चाईनापुलस्थित शंकास्पद ढंगले हिडिरहेको अवस्थामा सोधपुछ गर्दा प्रहरीमाथि नै अपशब्द प्रयोग गरेको आरोपमा पोखरा–१४ बस्ने ३२ वर्षीय शिवबहादुर कार्की र पोखरा–९ बस्ने २७ वर्षीय शंकर भुजेल पक्राउ गरेको छ । प्रकाउ परेकाहरुलाई छुट्टाछुट्छै अभद्र व्यवहार सम्बन्धि कसुरमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पहिलो पटक ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
पोखरा: महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि भन्ने मुल नाराका साथ यहि पुस ५ गतेदेखी १६ गतेसम्म लेखनाथमा आयोजना हुने १९ औं संस्करणको लेखनाथ महोत्सवको पुुर्वसन्ध्यामा कविता वाचन गरिएको छ । सोमबार संघको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न कवि तथा साहित्यकारहरुद्धारा कवि लेखनाथ पौड्यालका कविताहरुको सान्र्दभिकता र महत्व विषयमा आफ्ना विचारहरु प्रस्तुत गरेका थिए भने विभिन्न कविताहर समेत वाचन गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय परोपकार महांसंघ नेपालका केन्द्रीय अध्यक्ष भागवत भाष्कर कमलनयन गौतमले अहिलेको परिवेशमा कवि लेखनाथ पौड्यालद्धारा रचित कविताहरुको अति महत्व रहेको वताउँदै कतिपय कुराहरुलाई व्यवहारमा लागु गर्न सके जिवन सार्थक हुने बताएका थिए । कार्यक्रममा प्राज्ञ हरिदेवी कोईराला, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, पोखरा संस्कृत क्याम्पसका प्रमुख प्रा.डा. जगन्नाथ रेग्मी, साहित्यकार तारानाथ पराजुली, ह्रषिकेश बराल, लगायतले कविता वाचन गर्नुका साथै विश्लेषणात्मक विचार प्रस्तुत गरेका थिए भने सहभागीहरुमध्येबाट रमा गौतम, ईश्वर भण्डारी लगायतले विभिन्न फुटकर कविताहरु वाचन गरेका थिए । संघका निर्वतमान अध्यक्ष छत्रधर आत्रेयले महोत्सवको अवसरमा कवि लेखनाथको सम्मानमा हरेक वर्ष साहित्य विशेष कार्यक्रमहरु गर्ने गरिएको र यसबाट साहित्यकार एवं साहित्य अनुरागी सबैलाई साहित्य क्षेत्रको श्रीवृद्धिमा लाग्न अझै प्रेरीत गराउन विश्वास व्यक्त गरेका थिए । उक्त अवसरमा लामो समय वित्तिय क्षेत्रमा क्रियाशिल रहँदै साहित्यको क्षेत्रमा समेत कलम चलाउँदै आएका साहित्यकार जिवनमित्र पण्डीतलाई सम्मान समेत गरिएको थियो । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महोत्सव अन्र्तगतको साहित्यिक कार्यक्रमका संयोजक कृष्णप्रसाद ढुंगानाले कार्यक्रमको उद्धेश्यमाथी प्रकाश पारेका थिए भने धन्यवाद ज्ञापन बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र सञ्चालन महासचिव जानुका पराजुलीले गरेकी थिईन ।
पोखरा: जिल्ला प्रहरी कार्यालयले कास्कीले अन्य जिल्लामा मुद्धार दर्ता भई फरार रहेका ११ जनासहित ५५ जना अभियुक्तहरुलाई प्रकाउ गरेको हो । कास्की प्रहरीले मंसिर महिनामा जिल्ला प्रहरी कार्यालय कास्कीमा मुद्धा दर्ता भई फरार रहेका ४४ जनासहित अन्यत्र जिल्लामा मुद्धा दर्ता भई कास्कीमा बसोबास गर्ने ११ जना अभियुक्तहरुलाई प्रकाउ गरेको हो । प्रहरीले अन्य जिल्लामा मुद्धा दर्ता भई फरार ११ जना अभियुक्तलाई प्रकाउ गरेर सम्बन्धित जिल्लामा पठाएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीमा बैंकिङ कसुरमा मुद्धा दर्ता भएर फरार रहेका ४४ जना, अन्यत्र जिल्लामा बैंकिङ कसुरमा नै मुद्धा दर्ता भएर कास्कीमा बसोवास गर्दै आएका ५ जना, सरकारी छाप दस्तखत किर्ते मुद्धाका २ जना, ठगी मुद्धामा २ जना र आपराधिक विश्वाघात सम्बन्धी मुद्धा र साईबर अपराध मुद्धामा १÷१ जना अभियुक्तहरु प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: पोखराको विभिन्न स्थानबाट प्रहरीले ५ जनालाई लागूऔषधसहित प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा पोखराबाट खटिएको प्रहरीको टोलीले आज पोखराको विभिन्न स्थानबाट लागूऔषधसहित ५ जनालाई प्रकाउ गरेको हो । प्रहरीले चितवनको रत्ननगर–९ स्थायी घर भएर पोखरा महानगरपालिका–६ जरेबर बस्ने २७ वर्षीय सन्दिप श्रेष्ठको कोठाबाट १ किलो लागूऔषध गाँजाको धुलो जस्तो देखिने (पोल्यान) र पोखरा १७ ड्यामसाईड बस्ने २१ वर्षीय बिजन सापकोटाको साथबाट ८० मिलिग्राम ब्राउन सुगर जस्तै देखिने पदार्थ सहित प्रकाउ गरेको हो । यस्तै पोखरा रंगशाला गेट अगाडी रहेको खाजा घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा खाजा घरका सञ्चालक ४९ वर्षीय देवीमाया गुरुङलाई लुकाईछिपाई राखेको १ किलो २ सय ८० ग्राम लागूऔषध गाँजाजस्तो देखिने पदार्थ र ८७ हजार ४ सय ३५ रुपैयाँसहित प्रहरीले प्रकाउ गरेको हो । प्रहरीले पोखरा महानगरपालिका–३० पावरहाउसमा सवारी चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको बसमा सवार पोखरा–८ बगालेटोल बस्ने २३ वर्षीय राजन कुँवर र पोखरा–९ न्यूरोड बस्ने ३३ वर्षीय बिष्णु कुँवरको साथबाट डाईजापाम ४० एम्पुल, फेनारगन ४० एम्पुल र नुर्फिन ४० एम्पुल गरेर १२० एम्पुल लागूऔषधसहित नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ । लागूऔषधसहित प्रकाउ परेका पाँचै जनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: पोखरामा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको योगा फेस्टिवल हुने भएको छ । सोमबारदेखि यहाँको मनोरम स्थल काहूँडाँडामा तीन दिनसम्म योगा फेस्टिवल हुन लागेको हो । योग कनेक्शनको आयोजनामा हुने यस फेस्टिवलको इभेन्ट म्यानेज प्रचार र स्पेक्स फोर्टिनले गरेको हो । नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र पोखरा वडा नं. ११ को सहयोग रहेको छ । पुस ४ गतेसम्म चल्ने फेस्टिवलमा योगा आसन (हठ, विन्यास, क्रिया), प्राणायम र मेडिटेसन, हवन, साउण्ड बाथ एक्सटेटिक डान्स, कीर्तन सिङ्गिङ सर्कल, काकाओ सेरेमोनी, इनर चाइल्ड हिलिङ, योग निद्रा, लाइभ म्युजिक, ह्युमन मण्डला वर्कशव, नादा योगा, फायर शोलगायतका कार्यक्रम हुनेछ । इभेन्ट म्यानेजमेन्ट संस्था प्रचारका आशिष पुरीका अनुसार प्रख्यात योगा मेन्टरर्स जायन (विन्यास योगा), योगी प्रितु (क्रिया योगा), यानित्जा देरु (योगा निद्रा तथा साउण्ड हिलिङ), सिद (शमानिक साउण्ड हिलिङ), राघव (साउण्ड हिलिङ, कीर्तन), काते (नादा योगा एण्ड मन्त्र एक्सपिरियन्स), गौरव (नुर्टुरिङ रुट्स, इनर चाइल्ड हिलिङ), डिजे कान (एक्स्टेटिक डान्स मेडिटेसन, डीजे दीप (एक्स्टेटिक डान्स) रहनेछन् । माछापुच्छ«े, धौलागिरीसहित अन्नपूर्ण हिमश्रृंखलाको पृष्ठभूमि बनाएर चिसो र स्वच्छ हावा लिँदै फराकिलो मैदानमा करिब ३ दर्जन देशी विदेशी योगप्रेमीहरुले सहभागिता जनाउँदै छन् । स्पेक्स फोर्टिनका महेश्वरसिंह भण्डारीले कार्यक्रमको सबै तयारी पूरा भएको जनाउँदै कार्यक्रम स्थल काहुँडाँडा हुने र पाहुनालाई होम स्टेमा आवास सुविधासहित राखिने जानकारी दिए । ‘आत्माको परमात्मासित मिलनको अनुभूतिको नाम योग हो । योग शब्दको शाब्दिक अर्थ जोड भन्ने हुन्छ । आत्माको परमात्मासित संयोजन गर्नु नै योग हो ।’ प्रचारका पुरी भन्छन् – ‘अहिले मानिसहरूलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । अहिले मनसँग शरीरको जोडलाई नै योग मान्ने गरिएको छ । यसर्थ शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा शान्त र आध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भएकाले हामीले यस कार्यक्रम पोखरामा ल्याएका हौँ ।’ योग स्वस्थ व्यक्तिका लागि जीवन पद्धति र योगीहरूका लागि साधनापद्धति भएकाले यसबारे जनचेतना फैलाउन आवश्यक रहेको उनी बताउँछन् । मानसिक स्वास्थ्यका लागि तनाव कम गर्न, खानपानमा सुधार गर्न र शारीरिक लचकताका लागि पनि योग अपरिहार्य रहेको पुरीको ठम्याई छ । पोखरामा अन्तर्राष्ट्रिय स्तरको योग फेस्टिवल नै पहिलो पटक हुन लागेको आयोजकको दाबी छ । अहिले योग फेस्टिवल राज्यस्तरबाटै हुन थालिसकेको छ । गत जेठमा सार्क राष्ट्रसहित इरान र साउदी अरबका खेलाडी सम्मिलित माउन्ट एभरेष्ट योग फेस्टिभल प्रतियोगितात्मक हिसाबमा सम्पन्न भएको थियो । पोखरामा भने योगका कला प्रशिक्षण मात्र हो ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–४ स्थित पर्यटकीय स्थल भदौरे पञ्चासेमा पुष ५ देखि ९ गतेसम्म २५ औं भदौरे पञ्चासे कोदो महोत्सव एवम् ल्होसार मेला हुने भएको छ । पुष ५ देखि ९ गतेसम्म रजत जयन्तीको रुपमा महोत्सवको तयारी तीव्र पारिएको आज (आइतबार) पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । भदौरे क्लब र भदौरे आमा समूहको सँयुक्त आयोजनामा पुष ५ देखि ९ गतेसम्म ल्होसार पर्वको अवसरमा २५ औै भदौरे पञ्चासे कोदो महोत्सव एव्म ल्होसार मेलाको आयोजना गरेको संयोजक विश्वदल गुरुङले बताए । ‘हामीले २०५५ सालदेखि तमु ल्होसारको अवसरमा भदौरे पञ्चासे महोत्सव गर्दै आएका छौं, यस वर्ष रजत जयन्ती पनि भएकाले पुष ५ देखि ९ गतेसम्म २५ औं संस्करणको भदौरे पञ्चासे कोदो महोत्सव आयोजना गरेका छौं’, संयोजक गुरुङले भने, ‘पर्यटन प्रवद्र्धन गर्ने, खेलकुद सामाजिक र सांस्कृतिक विकास र सचेतना फैलाउन मेला आयोजना गरेका हौं ।’ भदौरे पञ्चासे कोदो महोत्सव एवम् ल्होसार मेलामा खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, स्थानीय झाँकी तथा अर्गानिक कृषि प्रदर्शन, ढिडो खाने प्रतियोगिता, आमा समुहको सामुहिक नृत्य, छेला हान्ने, कुर्ची दौड, अन्धानिशान र रस्साकस्सी प्रतियोगिता आयोजना गरेको संयोजक गुरुङले बताए । खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सेमिफाइनलबाट बाहिरिने दुई समूहले नगद २०÷२० हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ सर्वोकृष्ट खेलाडी उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर,उत्कृष्ट स्ट्राइकर,उत्कृष्ट मिडफिल्डर ले ट्रफी र मेडल प्राप्त गर्नेछन । खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा सहभागिता हुन एक समूहलाई ५ हजार रुपैयाँ दर्ता शुल्क कायम गरेको आयोजकले जनाएको छ । यस्तै खुल्ला नृत्यतर्फ प्रथम हुनेले ८ हजार, द्धितीय हुनेले ५ हजार तृतीय हुनेले ३ हजार रुपैयाँ पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तमु ल्होसार पर्वको अवसरमा आयोजित महोत्सवमा स्थानीय कोदो उत्पादनलाई प्रवद्र्धन गर्न कोदो महोत्सवसँगै ढिडो खाने प्रतियोगितालाई समेत समावेश गरिएको आयोजकले जनाएको छ । पुष ५ देखि ९ गतेसम्म सञ्चालन हुने २५ औं संस्करणको भदौरे पञ्चासे, कोदो महोत्सव, ल्होसार मेलामा २३ लाख रुपैयाँ आम्दानी हुँदा २० लाख खर्च हुने अनुमान गरिएको क्लबका अध्यक्ष अनिल गुरुङले बताए ।
पोखरा: लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको १९ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्तुको बजार प्रवर्द्धन, कृषिजन्य लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रबर्द्धन, आवश्यक ज्ञान, उद्यमशीलता र प्रवधि हस्तानतरण गर्न सहयोग पु¥याउने र स्वदेशी तथा विदेशी बजार विस्तारमा सहयोग पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । हाल शिथिल अवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमान गराउनु नै महोत्सवको मुख्य लक्ष्य भएको संघका वरिष्ठ उपाध्यक्ष एवं महोत्सवका सह संयोजक राजेन्द्र ओझाले बताए । ‘‘उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरि यस क्षेत्रको आर्थिक गतिविधि बढाउने र आन्तरिक एंव बाह्य पर्यटकहरुलाई आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पु¥याउने नै महोत्सवको लक्ष्य हो ।’’–सह संयोजक ओझाले भने । अहिलेको शिथिल अर्थतन्त्रका बाबजुद पनि विभिन्न व्यापारीक प्रतिष्ठानहरु एवं व्यवसायीहरुबाट प्रायोजनतर्फ महोत्सवलाई राम्रो साथ मिलेको र यसले आफुहरुलाई राम्रो हौसला मिलेको प्रायोजक व्यवस्थापन तथा उप–समिति परिचालन समितिका संयोजक समेत रहेका ओझाले बताए । महोत्सवमा अटो, शैक्षिक प्रदर्शनी, कृषि, किचन, मेसिनरी, ह्याण्डिक्राफ्ट, गार्मेन्ट, जनरल, फुड एण्ड वेभरेज, डेरी, सूचना तथा प्रविधि, रेष्टुरेण्ट, बैंक तथा वित्तिय संस्थाका स्टलहरु रहनेछन । महोत्सवमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरुको प्रदर्शनी तथा बिक्री, दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको प्रदर्शनी तथा बिक्री, विद्युतीय उपकरणहरुको प्रदर्शनी तथा बिक्री हुने जनाइएको छ । महोत्सवमा सूचना प्रविधि तथा सञ्चारका उपकरणहरु, पर्यटन तथा लेखनाथ क्षेत्रका गतिविधिहरु पनि प्रदर्शनी गरिनेछ । यस्तै, फुड फेष्टिवल, अटोमोवाइल प्रदर्शनी, वित्तीय तथा अन्य सेवामूलक संघसंस्थाको सेवा तथा जानकारी पनि महोत्सवमा राखिने ओझाले बताए । पुस ५ देखी १६ गतेसम्म सञ्चालन हुने महोत्सवमा दिउँसो लोकदोहोरी कार्यक्रम र साँझमा पप कन्सर्ट हुने भएको छ । दिउँसो लोक दोहोरी कार्यक्रम हुनेछन् भने साँझमा चर्चित व्याण्डहरुले स्टेज तताउने आयोजकले जनाएको छ । महोत्सवको अवसरमा रत्यौली प्रतियोगिता विशेष आकर्षणका रुपमा रहने जनाइएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने १९ औं संस्करणको महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा पशुपति बिस्कुट र हेटौंडा डेरी, फुड फेस्टीभल प्रायोजकमा न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेको छ ।