पोखरा: रोटरी क्लब अफ गण्डकीको आयोजनामा पोखराको विकास क्रमबारे ‘पोखरा हिजो, आज र भोलि’ परिचर्चा गरेको छ । पोखरामा रोटरी क्लब अफ गण्डकीको आयोजनामा इतिहासकार सुनिल उलकले ‘पोखरा हिजो, आज र भोलि’ परिचर्चा गरेका हुन् । क्लबको नियमित मासिक बैठकको अवसरमा ‘पोखरा हिजो, आज र भोलि’ परिचर्चा कार्यक्रममा इतिहासकार सुनिल उलकले पोखराको विकास क्रमबारे चर्चा गरे । उनले पोखरामा बस्ती विकाससँगै व्यापार र शिक्षाको अवधारणा, पोखराको कला संस्कृति, पोखराको पर्यटन क्षेत्रको बारेमा चर्चा गरे । पोखरा हिजो, आजको चर्चा गर्दै भोलिको पोखराको चिन्तासमेत व्यक्त गरे । उलकले पोखरामा बस्तीको विकास बैदाम क्षेत्रबाट भएको उल्लेख गरे । ‘जहाँ हामी अहिले पोखरा भनिरहेका छौं यस क्षेत्रमा पहिले बस्ती थिएन, बस्ती बैदाम क्षेत्रमा थियो’, इतिहासकार उलकले भने, ‘अहिलेको पोखरामा त्यस समयमा औलोको समस्या थियो, त्यसैले बस्तीको विकास थिएन, पछि गाई पाल्दै जाँदै यस क्षेत्रमा बस्तीको विकास भएको हो ।’ उनले बस्तीको विकास हुनुपूर्व नै पोखरामा १५ औं शताब्दीको बिचमा शिक्षाको सुरुवात भइसकेको सुनाए । इतिहासकार उलकले भर्ति भई पेन्सनबाट फर्किएका लाहुरेले नेपालमा भित्राएकाे करिब १५ करोड रुपैयाँले पोखरा लगायत वरपर जग्गा किनबेचको सुरुवात भएको बताए । ‘पहिलो विश्वयुद्धबाट फकिएका लाहुरेले ल्याएका करिव १५ करोड रुपैयाँ नै पहिलो रकम नेपालमा भित्रिएको हो’, उनले भने,‘पेन्सनबाट ल्याएको करिव १५ करोड रुपैयाँले उनीहरुले सानो सानो जग्गा किनेको भिटिएको छ, पाँच वर्ष भित्र लाहुरेले सबै पैसा सकिएपछि पुनः विदेश फर्किदा किनेको जग्गा बिक्री गरे यसरी नै पोखरा र वरपर जग्गाको किनबेच सुरुवात भयो ।’ उनले परिचर्चा कार्यक्रममा पोखराको बालधाराको निर्माणबाट खानेपानीको व्यवस्थादेखि, पोखरामा शिव भान्सारीले सुरुवात गरेको ब्यापार हुँदै पर्यटनको विकासक्रम अगाडि बढेको बताए । रोटरी क्लब अफ गण्डकीका अध्यक्ष किसान सुनारले क्लबको मासिक बैठकमा विभिन्न क्षेत्रको व्यक्तित्वहरुसँग समय सान्दर्भिक विषयमा छलफल गर्दै आएको बताए । यस महिनाको बैठकमा उहिलेको पोखरा र अहिलेको पोखराको परिवर्तित विषयवस्तुमा चर्चा गरिएको जानकारी दिए । रोटरी क्लब अफ गण्डकीले शिक्षा, स्वास्थ्य, खेलकुदसहित सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।
पोखरा: पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजको आकस्मिक ढोका खुलेपछि यात्रुलाई सोधपुछ गर्न थालिएको छ । आज बिहान ९ बजे बुद्ध एयरको उडान नम्बर ६५२ को इन्जिन स्टार्ट भएपछि आपतकालीन ढोका खुलेको थियो । विमानस्थलका अनुसार ढोका नजिकै रहेका यात्रुले ह्यान्डिल चलाउँदा ढोका खुलेको बताइएको छ । अहिले ति यात्रुलाई अर्काे जहाजमार्फत काठमाडौं लाने तयारी भएको बताइएको छ भने के कति कारणले ह्यान्डिल चलाइयो भन्ने बारे सोधपुछ गरिने विमानस्थले जनाएको छ ।
पोखरा: अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरेर पोखरा ल्याउँदै गरेका ५ वटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएर एक्यापलाई बुझाएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा आज बिहान अवैध रुपमा नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) उत्खनन गरेर पोखरातर्फ ल्याउँदै गर्दा प्रहरीले पोखरा महानगर–१९ चितेपानीबाट ५ वटा टिप्परलाई नियन्त्रणमा लिएर एक्यापलाई बुझाएको हो । एक्याप क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरेर पोखरा ल्याउँदै गर्दा ग १ ख १७८, ग १ क ८४२९, ग २ ख ७७, ग १ क १५१४ नम्बरको टिप्पर र ग १ ख ५८६७ नम्बरको मिनिटिप्परले बिना कागजपत्र नदीजन्य पदार्थको उत्खनन गरेर चोरी निकासी गरेको अवस्थामा फेला पारेर आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरा पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान ३ जना पत्रकारलाई अर्पण गरिएको छ । पूर्व सांसद तथा उद्योगपति स्व।सूर्यबहादुर केसीको परिवारले स्थापना गरेको कीर्ति स्मृति वृत्ति सम्मान ३ पत्रकारलाई अर्पण गरिएको हो । पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले उनीहरूलाई सम्मान गरेका हुन् । सम्मानित हुनेहरूमा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष डा।सुरेश आचार्य, पत्रकार महासङ्घ कास्कीका पूर्व अध्यक्षहरू माधव शर्मा र कृष्णप्रसाद बास्तोला सम्मानित भएका हुन् । उनीहरू तीनै जनालाई जनही १ लाख ११ हजार १ सय ११ नगद सहित सम्मान गरिएको अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् । पुरस्कार छनोट समिति २०७७ को संयोजकमा महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल, पुरस्कार छनोट समिति २०७८ र २०७९ का संयोजकमा महासंघ कास्कीका पूर्व अध्यक्ष प्रेस स्वतन्त्रता सेनानी वद्रीविनोद प्रतीक रहेका थिए । पोखराका प्रथम निर्माण व्यवसायी स्व।कीर्तिबहादुर के.सी.को स्मृतिमा स्थापित यो पुरस्कार २०७३ बाट अर्पण गर्न सुरु भएको हो ।
पोखरा: पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमीमा अवस्थीत अभियान युवा क्लबको अध्यक्षमा कृष्णबहादुर थापा निर्वाचित भएका छन् । क्लबको १४औं साधारण सभा तथा पाँचौ अधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र खत्री, उपाध्यक्षमा सरस्वती गिरी, सचिवमा मुक्त गिरी, कोषाध्यक्षमा जिवन आचार्य, सहसचिवमा द्रवेश बोहरा, सहकोषाध्यक्षमा अमृत गुरुङ सर्वसम्मत निर्वाचित भए । त्यस्तै कार्यसमिति सदस्यमा जय गुरुङ, अशोक थापा, समिता अधिकारी र सिर्जना श्रेष्ठ निर्वाचित बनेका छन् । अधिवेशन अघिको साधारण सभा कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले मानिसलाई सामाजिक बनाउन क्लब, आमा समूह जस्ता संस्थाहरुले भूमिका खेल्ने बताए । वडा ५ मा कुनै पनि सामाजिक तथा विकासका कार्यमा हातेमालो गर्दै अगाडी बढ्न वडा कार्यालय सदैब तयार रहेको उनको भनाई थियो । वडा ५ मा विकासको कार्य अगाडी बढीरहेको जानकारी दिँदै वडाध्यक्ष बरालले वडा क्षेत्रमा देखिएको समस्या सुनाएको थिए । कार्यक्रममा बाराही माविका प्रधानाध्यापक, नारी जागरण अभियानकी संयोजक अञ्जु केसी, अभियान युवा क्लबका पूर्व अध्यक्ष बसन्त गिरी, सुर्यचन्द्र विकास समाजका महासचिव हेमराज भण्डारी, क्लबका संस्थापक सल्लाहकार उज्वल खत्री, अभियान महिला समूहकी उपाध्यक्ष टिका केसी लगाएतले क्लबको कार्यक्रम निश्चित क्षेत्रमा मात्र नगरि बृहत गर्नुपर्ने भनाई राखे । क्लबका कार्यक्रम थोरै गर्ने, राम्रो गर्ने र त्यसलाई निरन्तरता दिन पनि उनीहरुले सुझाए । सभामा क्लबले भलिबल प्रशिक्षक रमेशकुरमार श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरेको छ । साथै अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतीले पारित समेत सभाले गरेको छ । क्लबका अध्यक्ष राजु गिरीको अध्यक्षतामा सम्पन्न साधारण सभामा क्लबका निवर्तमान अध्यक्ष मोहन बहादुर केसीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव मुक्त गिरीले गरेका थिए ।
पोखरा: बाह्रौँ संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । महोत्सव आयोजक यूनाइटेड क्लब पोखराले महोत्सवको मिति नजिकिदै गर्दा महोत्सवको तयारीलाई तीव्र पारेको हो । आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह मा.वि.को खेल मैदानमा आयोजना हुने बाह्रौँ संस्करणको पोखरा महोत्सवलाई लक्षित गरी महोत्सव सम्पन्न गर्न गठित विभिन्न उपसमितिका संयोजक र सल्लाहकारहरुबीच बैठक सम्पन्न भएको छ । उक्त बैठकले महोत्सवका लागि आगामी पुष ८ गते देखि स्टल बुकिङ खुुल्ला गर्ने निर्णय समेत गरेको छ । महोत्सवलाई थप आकर्षण बनाउनका लागी सम्पूर्ण संयोजक र सल्लाहकारुबीच बृहत छलफल समेत गरेको छ । सो अवसरमा बाह्रौँ पोखरा महोत्सवका सल्लाहकारहरु दिपक थापा, लिलाधर अधिकारी, सुनिल गुरुङ, तीर्थलाल श्रेष्ठ, सन्तोष सिग्देल, तोरण बानियाँ, पवित्रादेवी गुरुङ, तेज बहादुर गुरुङ, जस बहादुर गुरुङ र गोविन्द घिमिरे लगायतले आ–आफ्नो धारणा राख्दै महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि सम्पूर्ण जिम्मेवार प्राप्त ब्याक्तिहरुले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताएका थिए । महोत्सवलाई भब्यताका साथ सम्पन्न गर्ने अठोटका साथ सम्पूर्ण गण्डकी प्रदेशबासी र विभिन्न निकायका सरकारी संघ संस्था लगायत अन्य संघ संस्था, महिला समुह लगायत सम्पूर्ण अवलोकन कर्ताको साथ र सहयोगलेनै पोखरा महोत्सव बाह्रौँ संस्करण सम्म आइपुगेका र बाह्रौँ पोखरा महोत्सवलाई पनि सफल बनाउनका लागि पूर्ण सहयोगको अपेक्षा ब्यक्त गरे । त्यसैगरी बाह्रौँ पोखरा महोत्सवको अन्य विवरणहरु क्रमश संप्रेशण हुने जानकारी दिने क्लबका महासचिव एवं बाह्रौँ पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले बताए । सो अवसरमा क्लबका वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापाले कार्यक्रममा उपस्थित भएकाहरुले स्वागत गरेका थिए ।
पोखरा: लेकसाइडमा पर्यटकलाई नशालु पदार्थ सेवन गराउन खोज्नेसहित विभिन्न कसुरमा संग्लन १० जनालाई वडा प्रहरी कार्यालय बैदामले प्रकाउ गरेको छ । लेकसाइडमा पर्यटकलाई नशालु पदार्थ सेवन गराउन खोज्नेसहित विभिन्न कसुरमा संलग्न १० जनालाई अभद्र व्यवहारको मुद्धा चलाएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । लेकसाइडमा विदेशी तथा स्वदेशी पर्यटकहरुलाई बाटोमा नशालु पदार्थ सेवन गर्नको लागि दवाव दिने, नमानेमा बाटोमा हिड्ने पर्यटक तथा मानिसहरुलाई हैरान गरी आँतङ्कित पारेको आरोपमा प्रहरीले पुस २ गते सोमबार राती विजिवि गल्लीबाट पाँचजनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा पोखरा–१६ दीप बस्ने २० वर्षीय डिलन श्रीषमगर, कास्कीको माछापुच्छ«े गाउँपालिका ५ बस्ने २० वर्षीय सन्देश विक, पोखरा–६, ठाडोपसल बस्ने ३० वर्षीय सुरेश थापा, पोखरा–६, जरेवर बस्ने २९ वर्षीय महेन्द्र भण्डारी र गोरखा भीमसेन गाउँपालिका–८ बस्ने ३२ वर्षीय सुरेश थापा रहेका छन् । यस्तै मर्निङवाकमा जाने महिलाहरुलाई पोखरा–६, लेकसाइडको सडकमा मादक पदार्थ सेवन गरी अपशब्द प्रयोग गर्ने, हातपात गर्ने र सम्झाउन खोज्दा स्थानीयवासीलाई कुटपिट गरेको आरोपमा प्रहरीले बागलुङ नगरपालिका –१२ घर भई हाल पोखरा–६ बस्ने २७ वर्षीय डेविड भन्ने डिल्लीप्रसाद पौडेललाई पक्राउ गरेको हो । यस्तै प्रहरीले सोमबार राति नै लेकसाइडमा मादक पदार्थ सेवन गरी होहल्ला गर्दै अशान्ति फैलाएको आरोपमा प्रहरीले बागलुङको काठेखोला गाउँपालिका–५ घर भई हाल पोखरा–५, मालेपाटन बस्ने २६ वर्षीय विक्रम थापा, स्याङ्जा गल्याङ नगरपालिका वडा–१ घर भई हाल पोखरा–१४ काजिपोखरी बस्ने ३१ वर्षीय आशिष थापालाई प्रहरीले पक्राउ गरेको थियो । यस्तै प्रहरीले पोखरा–९, चाईनापुलस्थित शंकास्पद ढंगले हिडिरहेको अवस्थामा सोधपुछ गर्दा प्रहरीमाथि नै अपशब्द प्रयोग गरेको आरोपमा पोखरा–१४ बस्ने ३२ वर्षीय शिवबहादुर कार्की र पोखरा–९ बस्ने २७ वर्षीय शंकर भुजेल पक्राउ गरेको छ । प्रकाउ परेकाहरुलाई छुट्टाछुट्छै अभद्र व्यवहार सम्बन्धि कसुरमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पहिलो पटक ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
पोखरा: महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि भन्ने मुल नाराका साथ यहि पुस ५ गतेदेखी १६ गतेसम्म लेखनाथमा आयोजना हुने १९ औं संस्करणको लेखनाथ महोत्सवको पुुर्वसन्ध्यामा कविता वाचन गरिएको छ । सोमबार संघको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न कवि तथा साहित्यकारहरुद्धारा कवि लेखनाथ पौड्यालका कविताहरुको सान्र्दभिकता र महत्व विषयमा आफ्ना विचारहरु प्रस्तुत गरेका थिए भने विभिन्न कविताहर समेत वाचन गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय परोपकार महांसंघ नेपालका केन्द्रीय अध्यक्ष भागवत भाष्कर कमलनयन गौतमले अहिलेको परिवेशमा कवि लेखनाथ पौड्यालद्धारा रचित कविताहरुको अति महत्व रहेको वताउँदै कतिपय कुराहरुलाई व्यवहारमा लागु गर्न सके जिवन सार्थक हुने बताएका थिए । कार्यक्रममा प्राज्ञ हरिदेवी कोईराला, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, पोखरा संस्कृत क्याम्पसका प्रमुख प्रा.डा. जगन्नाथ रेग्मी, साहित्यकार तारानाथ पराजुली, ह्रषिकेश बराल, लगायतले कविता वाचन गर्नुका साथै विश्लेषणात्मक विचार प्रस्तुत गरेका थिए भने सहभागीहरुमध्येबाट रमा गौतम, ईश्वर भण्डारी लगायतले विभिन्न फुटकर कविताहरु वाचन गरेका थिए । संघका निर्वतमान अध्यक्ष छत्रधर आत्रेयले महोत्सवको अवसरमा कवि लेखनाथको सम्मानमा हरेक वर्ष साहित्य विशेष कार्यक्रमहरु गर्ने गरिएको र यसबाट साहित्यकार एवं साहित्य अनुरागी सबैलाई साहित्य क्षेत्रको श्रीवृद्धिमा लाग्न अझै प्रेरीत गराउन विश्वास व्यक्त गरेका थिए । उक्त अवसरमा लामो समय वित्तिय क्षेत्रमा क्रियाशिल रहँदै साहित्यको क्षेत्रमा समेत कलम चलाउँदै आएका साहित्यकार जिवनमित्र पण्डीतलाई सम्मान समेत गरिएको थियो । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महोत्सव अन्र्तगतको साहित्यिक कार्यक्रमका संयोजक कृष्णप्रसाद ढुंगानाले कार्यक्रमको उद्धेश्यमाथी प्रकाश पारेका थिए भने धन्यवाद ज्ञापन बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र सञ्चालन महासचिव जानुका पराजुलीले गरेकी थिईन ।
पोखरा: जिल्ला प्रहरी कार्यालयले कास्कीले अन्य जिल्लामा मुद्धार दर्ता भई फरार रहेका ११ जनासहित ५५ जना अभियुक्तहरुलाई प्रकाउ गरेको हो । कास्की प्रहरीले मंसिर महिनामा जिल्ला प्रहरी कार्यालय कास्कीमा मुद्धा दर्ता भई फरार रहेका ४४ जनासहित अन्यत्र जिल्लामा मुद्धा दर्ता भई कास्कीमा बसोबास गर्ने ११ जना अभियुक्तहरुलाई प्रकाउ गरेको हो । प्रहरीले अन्य जिल्लामा मुद्धा दर्ता भई फरार ११ जना अभियुक्तलाई प्रकाउ गरेर सम्बन्धित जिल्लामा पठाएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीमा बैंकिङ कसुरमा मुद्धा दर्ता भएर फरार रहेका ४४ जना, अन्यत्र जिल्लामा बैंकिङ कसुरमा नै मुद्धा दर्ता भएर कास्कीमा बसोवास गर्दै आएका ५ जना, सरकारी छाप दस्तखत किर्ते मुद्धाका २ जना, ठगी मुद्धामा २ जना र आपराधिक विश्वाघात सम्बन्धी मुद्धा र साईबर अपराध मुद्धामा १÷१ जना अभियुक्तहरु प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।

