पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण रहने बताएका छन् । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सुरु भएको महोत्सवको एक समारोहका विच उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् । कृषि उत्पादनमा अनुदान दिने प्रदेश सरकारको योजनामा सहभागी हुन अनुरोध गर्दै युवाहरू रहर या बाध्यताले विदेश जानुपरेको र पहाडी क्षेत्रका जग्गा बाँझो बसेको भन्दै उत्पादनमा जोडिएर सरकारको कार्यक्रममा सहभागी हुन आग्रह गरे । उहाँले गाँजालाई वैधता दिन प्रदेश सरकारले तयारी गरिरहेको वताउँदै यसलाई लागूपदार्थ भन्दा पनि औषधीको रुपमा अपनाउनुपर्ने वैधता दिने विषयमा सहयोग गर्न प्रतिपक्ष दललाई आग्रह समेत गरेका थिए । गाजाको उत्पादन बढाउने र दुरुपयोग कसरी नियन्त्रण गर्ने भन्ने विषयमा विभिन्न छलफल समेत भएको बताए । गण्डकी प्रदेशमा घरेलु मदिरा धेरै प्रयोग र उत्पादन हुने गरेकोमा घरेलु मदिरा उत्पादनलाई पनि कानुनी मान्यता दिन प्रदेश सरकार लागिरहेको बताए । उनले विदेशबाट ठुला मदिरा आयात हुन्छ तर स्थानीय मदिरालाई मान्यता नदिँदा आर्थिक रूपमा समेत यसले प्रभाव पार्ने बताए । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री खगराज अधिकारीले कवि शिरोमणि लेखनाथ पौडेलको नामनै मेटाउने गरि महानगरपालिका बनाए पनि यहाँका जनतामा भने त्यो पाच्य नभएको बताउदै यहाँ देखिएको विविधाताले भरिएका झाँकी ¥यालीले पनि एकताको सन्देश दिएकाले लेखनाथलाई नमुना योग्य शहर बनाउन सामुहिक भावनाले अगाडी बढ्नु पर्ने वताएका थिए । यस्तै गण्डकी प्रदेश सरकारकी प्रवक्ता तथा उर्जा तथा सिंचाई मन्त्री सरस्वती अर्यालले महोत्सवमा महिला आमा दिदिबहिनीहरुको सहभागिता उत्साहजनक देखीएको वताउँदै महिलाहरुको शसक्तिकरणका लागी पनि सबैल सोच्नुपर्ने वताएकी थिईन । संघिय सांसद मन बहादुर गुरुङले लेखनाथलाई कृषि र पर्यटनको माध्यमबाट कसरी बिकास गर्न सकिन्छ भन्ने तर्फ सोच्नु पर्ने आवस्यकता औल्याएका थिए भने पुर्व मन्त्री यज्ञ बहादुर थापाले उत्पादन र उद्यमशितालाई अग्रभागमा राखेर अगाडी वढ्नका लागि सवैलाई अनुरोध गरेका थिए । उक्त अवसरमा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुरकुष्ण बैद्यले सरकारले राष्ट्रिय उत्पादनलाई ध्यान नदिने र आयातित वस्तुमा मात्र निर्भर हुदाँ देशको अर्थतन्त्र कमजोर हुदै गएको संकेत गरेका थिए भने महासंघ कै वस्तुगत उपाध्यक्ष हेमराज ढकालले युवा पुस्तालाई उद्योग र ब्यापारका बारेमा पढाउन नसक्दा विदेशिने क्रम बढेकाले यसलाई कसरी रोक्न सकिन्छ भन्ने तर्फ तिन तहको सहकारका विच सहकार्य आवस्यक रहेको धारणा राखेका थिए । गण्डकी प्रदेश उद्योग बाणिज्य महासंघका अध्यक्ष अमृत भट्टचनले सरकारी तहबाट ब्यवसायीका समस्या नवुझदाँ अव ब्यवसायीहरु विदेशिने पर्ने अवस्था सृजना भएको तर्फ संकेत गरेका थिए भने पोखरा महानगरपालिकाकी उप प्रमुख मञ्जुदेवि गुरुङले युवाहरु कसरी स्वदेशमा नै रोजगार सृजना गर्न सकिन्छ भन्ने तर्फ सचेत हुदै उद्यमशिलताका बारेमा युवा र महिला लक्षीत कार्यक्रमहरु संचालन गर्दै आएको जानकारी गराएकी थिईन । महोत्सवमा स्थानिय आमा÷महिला समुह, संघ संस्थाहरु र विभिन्न जातजाती एवं भाषा भाषीहरुको ४ सय भन्दा वढि संख्यामा झाँकी र्याली निकालीएको थियो भने मातृशक्तिको सम्मानमा प्रस्तुत गरिने रत्यौली प्रतिोगिताको लागी ३५ समुहमध्येबाट छनोट हुन सफल २० समुहको नाम घोषण गरिएको थियो । पुष १६ गते सम्म चल्ने महोत्सवका मुख्य आकर्षणहरुमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरुका लागि ई–सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाईएको छ । साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम तथा मातृशक्तिको सम्मानमा आयोजना गरिदै आएको महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गित प्रतियोगिता, ख्याती प्राप्त कलाकारहरुबाट दैनिक प्रस्तुती, सुगम संगित अन्तर्गत कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन ।
पोखरा: पोखरा महानगरपालिका–६ का वडासदस्य दिपेन्द्र पहारीसहित ४ जना ठगी सम्बन्धी मुद्धामा ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । लेकसाइड फुट्ट्रयाकमा फोटोग्राफी गरे बापत विभिन्न किसिमबाट धम्काई फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले वडा सदस्य पहारीसहित ४ जनालाई ठगी मुद्धामा प्रकाउ गरेको थियो । प्रहरीले ठगी सम्बन्धी मुद्धामा वडासदस्य पहारीसहित, लेकसाइड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा, २४ वर्षीय अभिषेक परियार अप्पे भन्ने अभिषेक बराललाई प्रकाउ गरेको थियो । ठगी मुद्धामा प्रकाउ परेका ४ जनालाई ठगी, आपराधिक विश्वासघात तथा अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्धामा अनुसन्धान गरी जिल्ला अदालत कास्कीमा मुद्धा पेश हुँदा पुर्पक्षको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरीका अनुसार उनीहरुले लेकसाइड स्थित फुटट्रायकमा फोटोग्राफी गरेबापत धम्काई प्रति फोटोग्राफर साढे १३ हजार असुल गरि ठगी गर्दै आएका थिए । उनीहरु विरुद्ध १५ जना व्यक्तिहरुले जाहेरी दर्ता गरेका थिए ।
पोखरा: नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले गण्डकी प्रदेशको तीन सरकारी निवासको लाइन काटेको छ । नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटनका सूचना अधिकारी प्रदिप कुमार भुवाजीले गण्डकी प्रदेश सरकारको तीन सरकारी निवासको लाइन काटेको जानकारी दिए । उनले गण्डकी प्रदेश प्रमुख निवास, आन्तरिक तथा कानून मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्री निवासको लाइन काटेको जानकारी दिए । ‘विद्युत महशुल नबुझाएपछि आज हामीले गण्डकी प्रदेशका तीन सरकारी निवासको लाइन काटेका हौं’, भुवाजीले सुनगाभा न्यूजसँग भने, ‘ तीन मन्त्रालयको करिव २ लाख ५६ हजार बक्यौता उठ्न बाँकी छ, महसुल बुझाएपछि मात्र कार्यालयको लाइन जडान गछौं ।’ उनका अनुसार प्रदेश प्रमुख सरकारी निवासको ८६ हजार १ सय ८३, आन्तरिक मामिला तथा कानून मन्त्रालय मन्त्री निवासको ७७ हजार ९ सय ६३ र भौतिक पूर्वाधार विकास मन्त्रालय मन्त्री निवासको ९१ हजार ९ सय ५७ रुपैयाँ विद्युत महशुल तिर्न बाँकी छ ।
पोखरा: सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि सिएम एक्वा वेभरेजको उत्पादित खानेपानी टुडेज स्प्रीङ वाटरले खानेपानी प्रायोजन गर्ने भएको छ । आगामी फागुन ५ गते शनिबार पोखरामा हुने अन्तर्राष्ट्रिय म्याराथनका लागि आवश्यक खानेपानी प्रायोजन गर्ने बिहिबार दुई पक्षबीच सम्झौता भएको हो । सिएम एक्वा वेभरेज र नेपाल भूतपूर्व खेलाडी मञ्चबीच मुख्य खानेपानी प्रायोजनका लागि सम्झौता भएको हो । सिएम एक्वाको तर्फबाट कार्यकारी निर्देशक कपिल किरण श्रेष्ठ र मञ्चकोतर्फबाट अध्यक्ष हरि प्रसाद पराजुली तथा रुटमा पानी व्यवस्थापन उपसमिति संयोजक जुम प्रसाद गुरुङबीच सम्झौता भएको हो । उक्त सम्झौता अनुसार एक्वाको उत्पादित खानेपानी टुडेज नेचुरल स्प्रीङ वाटर म्याराथन, हाप म्याराथन र कार्यक्रमस्थलमा राखिने छ । रुट खानेपानी संयोजक जुन प्रसादले टुडेज्ले पानी प्रायोजन गरेर ठूलो सहयोग गरेको बताए । उनले धावकहरुलाई आवश्यक पर्ने पानीका लागि सम्झौता भएको जानकारी दिए । लामो दुरीको दौड भएकाले खेलाडीका लागि वाटर पोइन्टहरुमा अफिसियल रुपमा टुडेज मिनरल वाटर राखिने छ । पोखराको मात्र नभई अन्तर्राष्ट्रिय रुपमै चर्चामा आएको सफल पोखरा म्याराथनमा जोडिन पाउँदा कम्पनीलाई निकै फाइदा भएको कार्यकारी निर्देशक कपिल किरण श्रेष्ठले बताए । उनले सामाजिक कार्यसँगै खेलकुदमा जोडिन पाउनु आफुहरुको लागि खुसीको कुरा भएको समेत सुनाए । खेलकुदको विकासका लागि आफुहरु सहयोग गर्न तयार रहेको र सफल म्याराथनलाई सहयोग गर्न कटिबद्ध भएको उनको भनाई थियो । प्रतियोगितालाई आवश्यक पर्ने खानेपानी सिएम एक्वा वेभरेजको उत्पादन टुडेज नेचुरल स्प्रीङ वाटरले उपलब्ध गराउने श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे । यस्तै मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले २०५८ सालमा गठन भएको संस्थाले एथलेटिक्स हरेक खेलका लागि मेरुदण्ड भएकाले म्याराथनलाई जोड दिएको बताए । उनले टुडेजले खानेपानी प्रायोजन गरेर पुण्यको काम गरेको समेत सुनाए । ‘संसारका चर्चित राष्ट्रहरुमा त्यहाँका चर्चित शहरको नामबाट म्याराथन आयोजना हुँदै आइरहेको छ । हामीले पनि पोखरा शहरको नाम जोडेर म्यारथन आयोजना गर्दै आइहरेका छौं । प्रतियोगितामा मनकारी समाजसेवीहरुले सहयोग गरेकै कारण आज प्रतिष्ठित प्रतियोगिता बनिरहेको छ’ उनले भने, ‘हामी चाहान्छौं पोखरा म्याराथन देशकै इभेन्टको रुपमा अघि बढोस् । लाखौं मानिस दौडिउन् । अझ पोखराले यसलाई ठूलो पर्वको रुपमा मनाओस् ।’ मञ्च अन्तर्राष्ट्रिय म्याराथन तयारीमा तिब्र रुपले अघि बढिरहेको छ । यसअघि मञ्चले अन्तरक्रिया, भेटघाट समेत गरिरहेको छ ।
पोखरा: रोटरी क्लब अफ गण्डकीको आयोजनामा पोखराको विकास क्रमबारे ‘पोखरा हिजो, आज र भोलि’ परिचर्चा गरेको छ । पोखरामा रोटरी क्लब अफ गण्डकीको आयोजनामा इतिहासकार सुनिल उलकले ‘पोखरा हिजो, आज र भोलि’ परिचर्चा गरेका हुन् । क्लबको नियमित मासिक बैठकको अवसरमा ‘पोखरा हिजो, आज र भोलि’ परिचर्चा कार्यक्रममा इतिहासकार सुनिल उलकले पोखराको विकास क्रमबारे चर्चा गरे । उनले पोखरामा बस्ती विकाससँगै व्यापार र शिक्षाको अवधारणा, पोखराको कला संस्कृति, पोखराको पर्यटन क्षेत्रको बारेमा चर्चा गरे । पोखरा हिजो, आजको चर्चा गर्दै भोलिको पोखराको चिन्तासमेत व्यक्त गरे । उलकले पोखरामा बस्तीको विकास बैदाम क्षेत्रबाट भएको उल्लेख गरे । ‘जहाँ हामी अहिले पोखरा भनिरहेका छौं यस क्षेत्रमा पहिले बस्ती थिएन, बस्ती बैदाम क्षेत्रमा थियो’, इतिहासकार उलकले भने, ‘अहिलेको पोखरामा त्यस समयमा औलोको समस्या थियो, त्यसैले बस्तीको विकास थिएन, पछि गाई पाल्दै जाँदै यस क्षेत्रमा बस्तीको विकास भएको हो ।’ उनले बस्तीको विकास हुनुपूर्व नै पोखरामा १५ औं शताब्दीको बिचमा शिक्षाको सुरुवात भइसकेको सुनाए । इतिहासकार उलकले भर्ति भई पेन्सनबाट फर्किएका लाहुरेले नेपालमा भित्राएकाे करिब १५ करोड रुपैयाँले पोखरा लगायत वरपर जग्गा किनबेचको सुरुवात भएको बताए । ‘पहिलो विश्वयुद्धबाट फकिएका लाहुरेले ल्याएका करिव १५ करोड रुपैयाँ नै पहिलो रकम नेपालमा भित्रिएको हो’, उनले भने,‘पेन्सनबाट ल्याएको करिव १५ करोड रुपैयाँले उनीहरुले सानो सानो जग्गा किनेको भिटिएको छ, पाँच वर्ष भित्र लाहुरेले सबै पैसा सकिएपछि पुनः विदेश फर्किदा किनेको जग्गा बिक्री गरे यसरी नै पोखरा र वरपर जग्गाको किनबेच सुरुवात भयो ।’ उनले परिचर्चा कार्यक्रममा पोखराको बालधाराको निर्माणबाट खानेपानीको व्यवस्थादेखि, पोखरामा शिव भान्सारीले सुरुवात गरेको ब्यापार हुँदै पर्यटनको विकासक्रम अगाडि बढेको बताए । रोटरी क्लब अफ गण्डकीका अध्यक्ष किसान सुनारले क्लबको मासिक बैठकमा विभिन्न क्षेत्रको व्यक्तित्वहरुसँग समय सान्दर्भिक विषयमा छलफल गर्दै आएको बताए । यस महिनाको बैठकमा उहिलेको पोखरा र अहिलेको पोखराको परिवर्तित विषयवस्तुमा चर्चा गरिएको जानकारी दिए । रोटरी क्लब अफ गण्डकीले शिक्षा, स्वास्थ्य, खेलकुदसहित सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।
पोखरा: पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजको आकस्मिक ढोका खुलेपछि यात्रुलाई सोधपुछ गर्न थालिएको छ । आज बिहान ९ बजे बुद्ध एयरको उडान नम्बर ६५२ को इन्जिन स्टार्ट भएपछि आपतकालीन ढोका खुलेको थियो । विमानस्थलका अनुसार ढोका नजिकै रहेका यात्रुले ह्यान्डिल चलाउँदा ढोका खुलेको बताइएको छ । अहिले ति यात्रुलाई अर्काे जहाजमार्फत काठमाडौं लाने तयारी भएको बताइएको छ भने के कति कारणले ह्यान्डिल चलाइयो भन्ने बारे सोधपुछ गरिने विमानस्थले जनाएको छ ।
पोखरा: अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरेर पोखरा ल्याउँदै गरेका ५ वटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएर एक्यापलाई बुझाएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा आज बिहान अवैध रुपमा नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) उत्खनन गरेर पोखरातर्फ ल्याउँदै गर्दा प्रहरीले पोखरा महानगर–१९ चितेपानीबाट ५ वटा टिप्परलाई नियन्त्रणमा लिएर एक्यापलाई बुझाएको हो । एक्याप क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरेर पोखरा ल्याउँदै गर्दा ग १ ख १७८, ग १ क ८४२९, ग २ ख ७७, ग १ क १५१४ नम्बरको टिप्पर र ग १ ख ५८६७ नम्बरको मिनिटिप्परले बिना कागजपत्र नदीजन्य पदार्थको उत्खनन गरेर चोरी निकासी गरेको अवस्थामा फेला पारेर आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरा पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान ३ जना पत्रकारलाई अर्पण गरिएको छ । पूर्व सांसद तथा उद्योगपति स्व।सूर्यबहादुर केसीको परिवारले स्थापना गरेको कीर्ति स्मृति वृत्ति सम्मान ३ पत्रकारलाई अर्पण गरिएको हो । पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले उनीहरूलाई सम्मान गरेका हुन् । सम्मानित हुनेहरूमा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष डा।सुरेश आचार्य, पत्रकार महासङ्घ कास्कीका पूर्व अध्यक्षहरू माधव शर्मा र कृष्णप्रसाद बास्तोला सम्मानित भएका हुन् । उनीहरू तीनै जनालाई जनही १ लाख ११ हजार १ सय ११ नगद सहित सम्मान गरिएको अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् । पुरस्कार छनोट समिति २०७७ को संयोजकमा महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल, पुरस्कार छनोट समिति २०७८ र २०७९ का संयोजकमा महासंघ कास्कीका पूर्व अध्यक्ष प्रेस स्वतन्त्रता सेनानी वद्रीविनोद प्रतीक रहेका थिए । पोखराका प्रथम निर्माण व्यवसायी स्व।कीर्तिबहादुर के.सी.को स्मृतिमा स्थापित यो पुरस्कार २०७३ बाट अर्पण गर्न सुरु भएको हो ।
पोखरा: पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमीमा अवस्थीत अभियान युवा क्लबको अध्यक्षमा कृष्णबहादुर थापा निर्वाचित भएका छन् । क्लबको १४औं साधारण सभा तथा पाँचौ अधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र खत्री, उपाध्यक्षमा सरस्वती गिरी, सचिवमा मुक्त गिरी, कोषाध्यक्षमा जिवन आचार्य, सहसचिवमा द्रवेश बोहरा, सहकोषाध्यक्षमा अमृत गुरुङ सर्वसम्मत निर्वाचित भए । त्यस्तै कार्यसमिति सदस्यमा जय गुरुङ, अशोक थापा, समिता अधिकारी र सिर्जना श्रेष्ठ निर्वाचित बनेका छन् । अधिवेशन अघिको साधारण सभा कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले मानिसलाई सामाजिक बनाउन क्लब, आमा समूह जस्ता संस्थाहरुले भूमिका खेल्ने बताए । वडा ५ मा कुनै पनि सामाजिक तथा विकासका कार्यमा हातेमालो गर्दै अगाडी बढ्न वडा कार्यालय सदैब तयार रहेको उनको भनाई थियो । वडा ५ मा विकासको कार्य अगाडी बढीरहेको जानकारी दिँदै वडाध्यक्ष बरालले वडा क्षेत्रमा देखिएको समस्या सुनाएको थिए । कार्यक्रममा बाराही माविका प्रधानाध्यापक, नारी जागरण अभियानकी संयोजक अञ्जु केसी, अभियान युवा क्लबका पूर्व अध्यक्ष बसन्त गिरी, सुर्यचन्द्र विकास समाजका महासचिव हेमराज भण्डारी, क्लबका संस्थापक सल्लाहकार उज्वल खत्री, अभियान महिला समूहकी उपाध्यक्ष टिका केसी लगाएतले क्लबको कार्यक्रम निश्चित क्षेत्रमा मात्र नगरि बृहत गर्नुपर्ने भनाई राखे । क्लबका कार्यक्रम थोरै गर्ने, राम्रो गर्ने र त्यसलाई निरन्तरता दिन पनि उनीहरुले सुझाए । सभामा क्लबले भलिबल प्रशिक्षक रमेशकुरमार श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरेको छ । साथै अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतीले पारित समेत सभाले गरेको छ । क्लबका अध्यक्ष राजु गिरीको अध्यक्षतामा सम्पन्न साधारण सभामा क्लबका निवर्तमान अध्यक्ष मोहन बहादुर केसीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव मुक्त गिरीले गरेका थिए ।