महसुल नतिरेपछि गण्डकी प्रदेश प्रमुख निवासको लाइन काटिइयो
पाेखरा | पुस ५, २०८०
पोखरा: नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले गण्डकी प्रदेशको तीन सरकारी निवासको लाइन काटेको छ ।
नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटनका सूचना अधिकारी प्रदिप कुमार भुवाजीले गण्डकी प्रदेश सरकारको तीन सरकारी निवासको लाइन काटेको जानकारी दिए ।
उनले गण्डकी प्रदेश प्रमुख निवास, आन्तरिक तथा कानून मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्री निवासको लाइन काटेको जानकारी दिए ।
‘विद्युत महशुल नबुझाएपछि आज हामीले गण्डकी प्रदेशका तीन सरकारी निवासको लाइन काटेका हौं’, भुवाजीले सुनगाभा न्यूजसँग भने, ‘ तीन मन्त्रालयको करिव २ लाख ५६ हजार बक्यौता उठ्न बाँकी छ, महसुल बुझाएपछि मात्र कार्यालयको लाइन जडान गछौं ।’
उनका अनुसार प्रदेश प्रमुख सरकारी निवासको ८६ हजार १ सय ८३, आन्तरिक मामिला तथा कानून मन्त्रालय मन्त्री निवासको ७७ हजार ९ सय ६३ र भौतिक पूर्वाधार विकास मन्त्रालय मन्त्री निवासको ९१ हजार ९ सय ५७ रुपैयाँ विद्युत महशुल तिर्न बाँकी छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

