पोखरा:    १३ औं संस्करणको पोखरा महोत्सव आगामी पुष २५ देखि माघ ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने भएको छ ।   महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि विभिन्न ३० वटा उपसमिति गठन गर...

पोखरा: अंग्रेजी नयाँ वर्षको अवसर पारेर रेस्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल ९रेवान० को पोखराको लेकसाइडमा २५औँ संस्करणको सडक महोत्सवको तयारी पूरा भएको छ ।       पर्यटन प्रवर्द्धनका लागि कोशेढुङ्गा सावित हुँदै गएको सडक महोत्सव यही पुस १२ देखि १६ गतेसम्म (डिसेम्बर २८ देखि जनवरी १ तारिख) पाँच दिनसम्म हुँदैछ । ‘सडक मै खाउँ, सडक मै रमाऔं’ भन्ने उद्देश्यका साथ महोत्सवलाई पर्यटकमुखी बनाउन विभिन्न सरोकारवालहरुसँग छलफल गरेर सोही अनुरुपका गतिविधि समेटिएको रेवानका प्रथम उपाध्यक्ष एवम महोत्सवका संयोजक विश्वराज पौडेलले जानकारी दिनुभयो ।       महोत्सवमा मुख्य आर्कषकका रुपमा विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, सचेतना मुलक सडक नाटक, सेल्फी फोटो बुथ, झाँकी प्रदर्शन, रात्रीकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता समेटिएको छ ।       पोखराको पर्यटन विकास, प्रवद्र्धन र परिवर्तित समयसँग पोखराको पर्यटनमा देखिएका अवसर तथा चुनौतीहरुको विषयमा टक सो कार्यक्रम, स्वदेशी उत्पादित हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकताका साथ प्रदर्शनीको व्यवस्था गरिएको पौडेलले जानकारी दिनुभयो ।       राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ब्राण्ड बनेको सडक महोत्सवमा शान्ति सुरक्षा लगायतका विषयलाई पनि ध्यान दिएर विभिन्न उपसमिति बनाइएको रेवानका अध्यक्ष नरेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार  महोत्सवमा बालबालिकाहरुका लागि चित्रकला र साहसिक खेलकुदहरुको वृत्त चित्र प्रर्दशनका साथै पर्यटकीय गन्तव्यको प्रवद्र्धन महोत्सव क्षेत्रभित्र विभिन्न तरिकाका सजावट गरिएको छ । करिब पाँच लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको सडक महोत्सवमा  ३० प्रकारका स्थानीय खाना रहने छन् ।            नेपालको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउन सहयोग पुग्ने उद्देश्यले आयोजना हुन गइरहेको यो महोत्सव अर्थतन्त्र चयालमानमा भुमिका खेल्ने विश्वास लिइएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिनुभयो । पोखराको पर्यटन प्रवद्र्धनमा सडक महोत्सवको भुमिका महत्वपूर्ण रहेको जनाउँदै आगामी दिनमा परिष्कृत र परिमार्जित गर्दै नवितम सोचका साथ महोत्सवलाई लैजानु पर्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त कार्यलय प्रमुख नविन पोखेलले बताउनुभयो ।  

पोखरा:   सैनिक आवसीय मावि २१ वटा पदक जितेर पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा चौंथो मेयर कप विद्यालय खेलकुद प्रतियोगिता–२०८० को च्याम्पियन बनेको छ ।  तीन दिनसम्म चलेको प्रतियोगितामा ११ स्वर्ण, ३ रजत र ७ कास्यसहित सैनिक च्याम्पियन बनेको हो । सैनिकलाई मंगलबार समापन समारोहमा प्रदेश खेलकुद परिषद् गण्डकी उपाध्यक्ष ध्वजकुमार गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष तोरण बानियाँ, महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारलगायतले रनिङ शिल्ड प्रदान गरे । कालिका मावि ५ स्वर्ण, ५ रजत र ७ कास्यसहित १७ पदक पाएर उपविजेता बनेको छ । ५ स्वर्ण, ३ रजत र १ कास्यसहित ९ पदक जितेर शहिद स्मृति मावि तृतीय भएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । कालिका र शहिद स्मृति माविले ट्रफी प्राप्त गरे । टिम इभेन्टतर्फ छात्र भलिबलमा गुरुकुल मावि प्रथम, कालिका मावि द्वितीय र न्यू ग्यालेक्सी स्कुल तृतीय भएको आयोजकले जनाएको छ । भलिबल छात्रामा जनप्रिय मावि प्रथम, शान्त मावि द्वितीय र कन्या मावि तृतीय भएको खड्काले जानकारी दिए ।  भलिबलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशस २० हजार, १५ हजार र १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाए । छात्र कबड्डीमा बेथानी बोर्डिङ प्रथम, कालिका मावि(१० द्वितीय, अमरसिंह मावि र त्रिभुवन शान्ति मावि तृतीय भएका छन् । छात्रा कबड्डीमा रामेश्वरी मावि प्रथम, गौरीशंकर मावि द्वितीय, बेथानी मावि र कालिका मावि–१० तृतीय भएको सदस्य सचिव खड्काले जानकारी दिए । कबड्डीमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशस १५ हजार, १० हजार र  २५र२५ सय रुपैयाँसहित मेडल र प्रमाणपत्र पाए ।   पोखराका १ सय १० विद्यालयका ३ हजार २०५ विद्यार्थी ६६, स्वर्ण, ६६ रजत र १०४ कास्य पदकका लागि प्रतिस्पर्धामा सहभागी थिए । भलिबल छात्ररछात्रा, कबड्डी छात्ररछात्रा, एथ्लेटिक्सअन्तर्गत ट्रयाक र रिले, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, मार्सल आर्टस्अन्तर्गत कराँते, तेक्वान्दो, उसुलगायत खेल प्रतियोगितामा भएका थिए । यो प्रतियोगितामा उत्कृष्ट भएका खेलाडी छनोट गरेर १३ र १४ पुसमा हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा महानगरपालिकाकोतर्फबाट सहभागी हुने सदस्य सचिव खड्काले जानकारी दिए । पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषद् गण्डकी उपाध्यक्ष ध्वजकुमार गुरुङले समयसमयमा प्रतियोगिता गरेर महानगर खेलकुद विकास समितिले तल्लो तहमै खेलाडी उत्पादन गर्न भूमिका खेलेको भन्दै प्रशंसा गरे । उनले पोखरालाई खेलकुदको राजधानी बनाउन प्रतियोगिता भइरहनुपर्ने बताए ।   अहिले च्याम्पियन बनेको सैनिक आवासीय मावि गत वर्षको प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ११ कास्यसहित २० पदक जितेर उपविजेता बनेको थियो । यसपटक तृतीय बनेको शहिद स्मृति मावि ५ स्वर्ण, ४ रजत र ४ कास्यसहित १३ पदक पाएर अघिल्लो वर्ष पनि तृतीय भएको थियो । 

पोखराः  तमुुहरूको महान पर्व मुप्री ल्होसार/ल्होछार का अवसरमा गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशले मंगलबार पोखरामा ‘पर्यटन उद्यमशीलता, राजनीतिमा गुुरुङहरूको सहभागिता एवम् गुरुङ संस्कार र संस्कृति’ विषयक अन्तरक्रिया सम्पन्न गरेको छ ।      अन्तरक्रियामा वक्ताहरूले पर्यटन क्षेत्रको विकासमा गुरुङ समुदायको विशिष्ट योगदान भएको बताउँदै पर्यटन आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएकोमा जोड दिए । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले गण्डकी प्रदेशको समृद्धिको प्रमुख आधार पर्यटन भएको बताउनुुभयो । समृद्धिका अन्य विभिन्न आधार रहे पनि यस प्रदेशको प्रमुख आधार पर्यटन नै भएको उहाँको भनाइ छ ।      गण्डकी प्रदेशमा प्रचुर पर्यटकीय सम्भावना रहेको उल्लेख गर्दै नेपाल सरकारको पूर्व पर्यटन मन्त्री समेत रहनुुभएका गुरुङले यसका माध्यमबाट रोजगारी अभिबृद्धि गर्न सकिने बताउनुुभयो । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान गर्न सरकारको उदाशिनता देखिएको बताउँदै उहाँले चाँडो उडान सञ्चालन गर्ने गरी लाग्नुुपर्नेमा जोड दिनुभयो ।      गुरुङ समुदायका युवाहरू व्यवसासयिक रुपमा अघि बढ्नुपर्नेमा जोड दिदै उहाँले सफलताका लागि निरन्तरता, धैर्यता आवश्यक हुने बताउनुभयो ।      गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशका सल्लाहकार बोबरजंग गुरुङले पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा पर्नुपर्ने बताउँदै गण्डकीमा पर्यटनका माध्यमबाट आयआर्जन एवम् रोजगारी बृद्धिका धेरै सम्भावना रहेको बताउनुुभयो । संघले गुुरुङ समुदायका ऐतिहासिक गाउँहरू समेट्दै कास्कीको ताङतिङदेखि याङ्जाकोट, सिक्लेस हुँदै दुधपोखरीबाट मनाङको तिमाङ सम्मको पदमार्ग विकास गर्ने अवधारणा अघि सारेको उहाँले बताउनुभयो । गुरुङ सम्पदा पदमार्गका रुपमा यसको विकास गर्न सकेमा यसले पदयात्रा पर्यटनसँगै समग्र पर्यटनको विकासमा महत्वपूर्ण टेवा पु¥याउने उहाँले बताउनुुभयो ।      पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन क्षेत्रको विकासमा गुुरुङ पर्यटन व्यवसायीहरूको विशिष्ट योगदान हुँदै आएको बताउनुभयो । कोरोना प्रभावित पर्यटनलाई सहयोग पु¥याउन पृथ्वीसुव्वा गुरुङ नेतृत्वको तत्कालीन गण्डकी प्रदेश सरकारको समयमा ल्याइएको व्यवसाय जीवन रक्षा कोषको अबधारणा सह्रानीय भएको बताउँदै उहाँले सरकारको व्यवसायमैत्री नीति आवश्यक भएकोमा जोड दिनुभयो ।       नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नविन पोखरेलले गुरुङ सम्पदा पदमार्गको प्रवद्र्धनमा बोर्डले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।       क्होलासोँथर गाउँपालिका लम्जुङका अध्यक्ष सूर्य गुरुङले गुरुङसम्पदा पदमार्गको विकासका लागि पालिकाका तर्फबाट सक्दो बजेट विनियोजन गर्ने विश्वास व्यक्त गर्नुभयो ।      गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङको अध्यक्षतामा एवम्  महासचिव तुल गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा वक्ताहरूले् प्रकृति र संस्कृतिको उपयोगसँगै पर्यटनलाई उत्पादनसँग जोड्न सकिने धारणा राख्नुभयो ।  

पोखरा:   रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजक रहेको बाह्रौँ पोखरा महोत्सवलाई आदर्श समाज दैनिकले मिडिया पार्टनरमा रही साथ दिने भएको छ ।     आदर्श समाजले आगामी पुषको २६ देखी माघको ८ सम्म पोखराको अमरसिंह माविको खेलमैदानमा हुने बाह्रौँ संस्करणको महोत्सवमा अफिसियल मिडियाको भुमिकमा रहेर महोत्सवको प्रचार प्रसार मार्फत साथ दिन लागेको हो ।   हालै एक कार्यक्रमका बीच महोत्सव आयोजक यूनाइटेड क्लबका महासचिव तथा बाह्रौँ पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनार र आदर्श समाज राष्ट्रिय दैनिकका बजार प्रबन्धक विष्णु प्रसाद सापकोटा बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।   सो अवसरमा वोल्दै आदर्श समाज दैनिकका प्रधान सम्पादक कृष्ण प्रसाद बास्तोलाले पोखरा महोत्सवलाई महोत्सवको सुरुवात बाटै सहयोग गर्दै आइरहदा बाह्रौँ संस्करणमा आइपुग्दा मिडिया पार्टनरमा रही सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।   यूनाइटेड क्लबले महोत्सवकै आयोजना गरी सामाजिक काम मार्फत अग्रणी स्थानमा रहेको यूनाइटेड क्लब संग सहकार्य गरेर आगाडी वढ्दा आदर्श समाजलाई समेत सहयोग पुग्ने उनको भनाइ रहेको थियो ।   यूनाइटेड क्लबका अध्यक्ष तथा बाह्रौँ पोखरा मुल समारोह समितिका संयोजक राजु श्रेष्ठले आदर्श समाजले महोत्सवको स्थापना कालदेखीनै सहयोग गरिरहेको र बाह्रौँ संस्करणमा आइपुग्दा मिडिया पार्टनरमा पाउदा निकै खुसी लागेको वताए । पोखरा महोत्सव विशुद्ध सामाजिक कामका लागि आयोजना गरिने भएकाले सम्पूर्णको साथ र सहयोग रहनेमा आफु कटिवद्ध रहेको बताए ।   बाह्रौँ संस्करणको पोखरा महोत्सवमा आदर्श समाज राष्ट्रिय दैनिक संगै अफिसियल मिडियामा एबिसी टेलिभिजन, फेवा टेलिभिजनले सहकार्य गर्ने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।   महोत्सवको टिकट प्रायोजक सिटीजन फर्निचर एण्ड ट्रेडलिंक प्रालि, प्रवेश पास प्रायोजक सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप, वान डे पास प्रायोजकमा योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रनिङ कन्सल्टेन्सी प्रालि, अफिसियल ड्रिङकिङ वाटरमा सोल्टी प्रोसेस पानी, हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल अमरसिंह चोक, इन्स्योरेन्स पार्टनरमा आइ.जी.आइ प्रुडेन्सियल इन्स्योरेन्स र महोत्सवको सहयोगी संस्थामा पोखरा महानगरपालिका, अमरसिंह मावि, गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड रहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । 

पोखरा:    पृथ्वीनारायण क्याम्पसमा आयोजित पाँच किलोमिटर दौडमा छात्रतर्फ दक्ष कार्की र छात्रातर्फ संगीता बराल प्रथम भएका छन् । क्याम्पसले आयोजना गरेको अन्तर संकाय खेलकुद प्रतियोगितामा २७ छात्र र १९ छात्रा सहभागि थिए । क्याम्पस विद्यार्थी कल्याणका प्रमुख तथा कार्यक्रम संयोजक बोधराज ढकालका अनुसार छात्रतर्फ सरोज थापामगर द्वितीय र उमेश गुरुङ तृतीय भए । त्यस्तै छात्रातर्फ समीक्षा पोख्रेल द्वितीय र तृष्णा सुवेदी तृतीय भएका छन् । क्याम्पसको आयोजना तथा विद्यार्थी कल्याण तथा खेलकुद शाखाको संयोजनमा भएको अन्तर संकाय खेलकुद प्रतियोगितामा मंगलबार सुरु भएको हो ।   प्रतियोगिताका अन्य खेलहरु आगामी शनिबारसम्म संचालन हुनेछन् । प्रतियोगितामा क्रिकेट, भलिवल, फुटबल, टेवलटेनिस र बास्केटलबलका खेलहरु हुनेछन् । कार्यक्रमको गण्डकी बोर्डिङ स्कुलका पूर्व प्राचार्य तथा नेपाल स्काउटका पूर्व महासचिव हेरम्बप्रसाद कोइरालाले उद्घाटन गरेका थिए । क्याम्पस प्रमुख प्राडा सरोज कोइराला, प्रमुख अतिथि लगायतले खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।

 पोखरा:   सुखावती स्टोर फाउन्डेशन नेपालले आफ्नो चौथो शाखा पोखरा महानगरपालिका वडा नं १७ पावरहाउसमा सञ्चालनमा ल्याएको छ ।      प्रयोग भैसके पनि पुनः प्रयोग गर्न मिल्ने सामाग्री सङ्कलन÷प्रशोधन गरी न्युन मूल्यमा विक्री गरेर भएको आम्दानी परोपकारी काममा लगाउँदै आएको सस्थाले सन् २०१४ देखि सडकबाटै आफ्नो सेवा सञ्चालन गरेको थियो ।      सन् २०१६ मा कानुनी रुपबाटै नाफा वितरण नगर्ने संस्थाका रुपमा सेवा सुरु गरेको सुुखावती स्टोरका काठमाडौंमा तीनवटा शाखा सञ्चालनमा आइसकेकोमा यही अक्टोबर ११ बाट पोखरा महानगरपालिका वडा नं १७ पावरहाउसस्थित डमरु मार्केटमा चौंथो नयाँ शाखा सञ्चालनमा ल्याइएको व्यवस्थापक चित्र दहालले जानकारी दिनुुभयो ।      पोखरामा शाखा सञ्चालनमा ल्याएर मानव कल्याण, रोजगारी सिर्जना र खेर गैरहेको सामाग्रीको यथासम्भव पुुनः प्रयोग गर्ने संस्कृतिलाई बढावा दिदै वातावरणीय संरक्षणमा योगदान दिने अभियानमा पोखरेलीवासीको साथ र सहयोग मिल्ने विश्वास लिइएको उहाँले बताउनुुभयो ।          संस्थाकै आयोजनामा आज पोखरा महानगरपालिका वडा नं १७ पावरहाउस क्षेत्रमा चार टन भन्दा बढी फोहोर संकलन गरिएको छ ।       संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत फोहोर व्यवस्थापनका लागि सचेतना अभिबृद्धि गर्ने उद्देश्य राख्दै आज गरिएको सरसफाईमा ६० किलोग्राम तौलका ६८ वटा बोरामा चार हजार ८० किलोग्राम फोहोर संकलन भएको फाउन्डेशनका अध्यक्ष चिजमान गुुरुङले जानकारी दिनुुभयो ।      महेन्द्रपुल लगायत पोखराका विभिन्न स्थाबाट आएको फोहोर पावरहाउसमा आउने गरेको स्थानीयवासीबाट जानकारी पाइएको फाउन्डेशनका सचिव कमला गुुरुङले बताउनुुभयो । फोहोरको ठाउँ ठाउँमा नै उचित व्यवस्थापन भएरमा थुप्रीएर ठूलो मात्रामा नआउने भएकोले यसतर्फ राज्यको ध्यान पुुग्नुु जरुरी रहेको उहाँको भनाइ छ ।  

 पोखरा:    कस्केली अधिकृत समाजले समाजका सदस्यलाई लक्षित गरी आज पोखरामा स्वास्थ्य सचेतना सम्पन्न गरेको छ । समाजको वार्षिक कार्ययोजना अनुुुरुप दुखाई व्यवस्थापन(पेन म्यानेजमेन्ट), क्लोरेष्टोर एवम् अन्य स्वास्थ्य सचेतना लगायत विविध विषयमा चिकित्सकहरूले प्रशिक्षण दिनुुभएको थियो । कार्यक्रममा पेन फिजिसियन डा.हरि पौडेलले दुखाई स्वास्थ्य समस्या रहेको बताउँदै बेलैमा यसबारे सचेत र उपचारविधि अपनाउन सकेमा शारिरिक एवम् मानसिक रुपमा पार्ने थप असरहरूबाट बच्न सकिने बताउनुुभयो । अर्का चिकित्सक डा. सन्तोष बानियाले आहारविहारमा सचेतना अपनाउन सकेमा क्लोरेष्टोर लगायतका स्वास्थ्य समस्याबाट जोगिन सकिने बताउनुुभयो । प्याकेट च्यात्ने र ढकनी खोल्ने किसिमका खाद्य सामाग्री कम उपयोग गर्न उहाँले सुुझाव दिनुुभयो ।      कार्यक्रममा समाजका सल्लाहकार देबेन्द्र केसीले चिकित्सकद्वयबाट स्वास्थ्य रक्षा सम्बन्धमा धेरै जीवनोपयोगी विषयबारे जानकारी पाइएको बताउनुुभयो ।        कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीको अध्यक्षता एवम् सचिव महेश पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत सह सचिव विष्णुुप्रसाद पोखरेलले गर्नुुभएको थियो । कार्यक्रममा कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, कृषि विकास बैंकका प्रदेश निर्देशक घनेन्द्र अधिकारी, सल्लाहकारहरू भगवान पन्त, प्रेमप्रकाश गौतम, डा. दीर्घनाथ ढुुङ्गाना, विश्वनाथ पराजुली र ऋषिराम लामिछाने, पूर्व कर्मचारी परिषद्का अध्यक्ष नरहरि बराल, कर्मचारी मिलन केन्द्रका उपाध्यक्ष नवराज गौतम, आजीवन सदस्यहरू तथा अन्य स्वास्थ्य क्षेत्र लगायतका व्यक्ति सहभागी हुुनुहन्थ्यो । कार्यक्रममा कस्केली अधिकृत समाजका आजीवन सदस्य लोकनाथ आचार्य, कार्यसमिति सदस्यद्वय सन्तोष ढुुङ्गाना र वासुदेव पौडेल कर्मचारी मिलन केन्द्रको क्रमशः अध्यक्ष, सचिव र सदस्य पदमा निर्वाचित बन्नुुभएकोमा बधाई तथा सफल कार्यकालको शुुभकामना व्यक्त गरिएको थियो ।  

पोखरा:   ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको पाँचौ दिन सोमबार मात्रै ४० हजार दर्शकहरुले अवलोकन गरेका छन । सोमबार क्रिसमस डे बिदाको दिन समेत परेकाले महोत्सवमा दर्शकहरुको संख्या वढेको र यसले कारोबारमा समेत वृद्धि भएको महोत्सवका प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी राजु ले जानकारी दिए । सोमबार मात्रै १ करोड भन्दा माथी कारोबार भएको सुबेदीले जानकारी दिए । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा हालसम्म झण्डै ३ करोडको कारोबार भएको छ । पहिलो दिन १ करोड, दोश्रो दिन ३० लाख, तेश्रो दिन १ करोड र चौंथो दिन ६० लाख र पाँचौ दिन सोमबार १ करोड भन्दा माथी गरी हालसम्म झण्डै ४ करोड बराबरको कारोबार भएको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए । सोमबार लोकदोहोरी कलाकारहरु सम्झना लामिछाने मगर, जिवन दाहाल, क्षत्र शाही, काजल जोशी, श्रीराम अधिकारी, माया गुरुङ, रामजी पौडेल, परशुराम अधिकारी र कमला गैरे लगायतले प्रस्तुती राखेका थिए भने बेलुका लाईभ कन्सर्टमा प्रकाश दुतराज, सन्तोष बस्याल र ऋतु कंडेल लगायतले स्टेज तताएका थिए ।  महोत्सवमा मंगलबार लोकदोहोरी कलाकारहरु प्रजापति पराजुली, राजु गुरुङ, आयुषा गौतम, राजन कार्की, शिवहरी ढुंगाना, अमर धिताल, पार्वती गुरुङ र मधु थापा मगर लगायतले प्रस्तुती राख्नेछन भने हाँस्यव्यग्यतर्फ पोखरेली माग्ने बुढा/धुर्मुस युवराज भण्डारी र राजेन्द्र नेपालीको प्रस्तुती रहनेछ । यस्तै  बेलुका लाईभ कन्सर्टमा रचना रिमाल, टिका प्रसाई र एन एन एस व्यण्डले स्टेज प्रस्तुती दिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । यस्तै महोत्सवमा मातृशक्तिको सम्मानमा आयोजित रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रस्तुती लगायतका कार्यक्रमहरु पनि भएका छन । पुष १६ गते सम्म चल्ने महोत्सवका मुख्य आकर्षणहरुमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरुका लागि ई–सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाईएको छ । साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन ।  

पोखरा:   ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको चौंथो दिन आईतबार सम्म १ लाख २५ हजार दर्शकहरुले अवलोकन गरेका छन । महोत्सवको पहिलो दिन ४० हजार, दोश्रो दिन २० हजार, तेश्रो दिन शनिबार ४० हजार र आईतबार २५ हजार गरि अहिलेसम्म १ लाख २५ हजार दर्शकहरुले अवलोकन गरेको महोत्सवका मुल संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।  लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा हालसम्म झण्डै ३ करोडको कारोबार भएको छ । पहिलो दिन १ करोड, दोश्रो दिन ३० लाख, तेश्रो दिन १ करोड र आईतबार ६० लाख गरी हालसम्म २ करोड ९० लाख बराबरको कारोबार भएको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए । आईतबार लोकदोहोरी कलाकार पशुपती शर्माले आफ्ना गितहरुमा दर्शकहरुलाई नचाएका थिए भने कृष्ण अखेली, सुनितामी परियार, दिपक कार्कि, सविना गुरुङ, टेक क्षेत्री र अनिशा गुरुङले आफ्नो प्रस्तुती राखेका थिए भने बेलुका लाईभ कन्सर्टमा दुर्गेश थापा, राजेश वर्देवा र यम नेपालीले स्टेज तताएका थिए ।  महोत्सवमा सोमबार लोकदोहोरी कलाकारहरु सम्झना लामिछाने मगर, जिवन दाहाल, क्षत्र शाही, काजल जोशी, श्रीराम अधिकारी, माया गुरुङ, रामजी पौडेल, परशुराम अधिकारी र कमला गैरे लगायतले प्रस्तुती राख्नेछन भने बेलुका लाईभ कन्सर्टमा प्रकाश दुतराज, सन्तोष बस्याल र ऋतु कंडेल लगायतले प्रस्तुती दिनेछन ।  यस्तै महोत्सवमा मातृशक्तिको सम्मानमा आयोजित रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रस्तुती लगायतका कार्यक्रमहरु पनि भएका छन । पुष १६ गते सम्म चल्ने महोत्सवका मुख्य आकर्षणहरुमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरुका लागि ई–सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाईएको छ । साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन ।