२५ औं संस्करणको पोखरा सडक महोत्सव भोलिदेखि

पाेखरा | पुस ११, २०८०

२५ औं संस्करणको पोखरा सडक महोत्सव भोलिदेखि

पोखरा: अंग्रेजी नयाँ वर्षको अवसर पारेर रेस्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल ९रेवान० को पोखराको लेकसाइडमा २५औँ संस्करणको सडक महोत्सवको तयारी पूरा भएको छ । 

    
पर्यटन प्रवर्द्धनका लागि कोशेढुङ्गा सावित हुँदै गएको सडक महोत्सव यही पुस १२ देखि १६ गतेसम्म (डिसेम्बर २८ देखि जनवरी १ तारिख) पाँच दिनसम्म हुँदैछ । ‘सडक मै खाउँ, सडक मै रमाऔं’ भन्ने उद्देश्यका साथ महोत्सवलाई पर्यटकमुखी बनाउन विभिन्न सरोकारवालहरुसँग छलफल गरेर सोही अनुरुपका गतिविधि समेटिएको रेवानका प्रथम उपाध्यक्ष एवम महोत्सवका संयोजक विश्वराज पौडेलले जानकारी दिनुभयो । 

    
महोत्सवमा मुख्य आर्कषकका रुपमा विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, सचेतना मुलक सडक नाटक, सेल्फी फोटो बुथ, झाँकी प्रदर्शन, रात्रीकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता समेटिएको छ । 

    
पोखराको पर्यटन विकास, प्रवद्र्धन र परिवर्तित समयसँग पोखराको पर्यटनमा देखिएका अवसर तथा चुनौतीहरुको विषयमा टक सो कार्यक्रम, स्वदेशी उत्पादित हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकताका साथ प्रदर्शनीको व्यवस्था गरिएको पौडेलले जानकारी दिनुभयो । 

    
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ब्राण्ड बनेको सडक महोत्सवमा शान्ति सुरक्षा लगायतका विषयलाई पनि ध्यान दिएर विभिन्न उपसमिति बनाइएको रेवानका अध्यक्ष नरेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार  महोत्सवमा बालबालिकाहरुका लागि चित्रकला र साहसिक खेलकुदहरुको वृत्त चित्र प्रर्दशनका साथै पर्यटकीय गन्तव्यको प्रवद्र्धन महोत्सव क्षेत्रभित्र विभिन्न तरिकाका सजावट गरिएको छ । करिब पाँच लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको सडक महोत्सवमा  ३० प्रकारका स्थानीय खाना रहने छन् । 
    
    
नेपालको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउन सहयोग पुग्ने उद्देश्यले आयोजना हुन गइरहेको यो महोत्सव अर्थतन्त्र चयालमानमा भुमिका खेल्ने विश्वास लिइएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिनुभयो । पोखराको पर्यटन प्रवद्र्धनमा सडक महोत्सवको भुमिका महत्वपूर्ण रहेको जनाउँदै आगामी दिनमा परिष्कृत र परिमार्जित गर्दै नवितम सोचका साथ महोत्सवलाई लैजानु पर्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त कार्यलय प्रमुख नविन पोखेलले बताउनुभयो ।  

काठमाडौं:  मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ । जसको प्रभावले मङ्गलबार देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी, लु...

थप पढ्नुहोस्

पर्वतः लगातारको वर्षाका कारण जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुरको कोरुङ्गा गाउँ जोखिममा परेको छ । भिरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिङ्गो गाउँनै जोखिममा परेको हो । यहाँ आधादर्जन घरपरिवारको बसोबास रह...

थप पढ्नुहोस्

पोखरा:   कास्कीको तीन पालिकाले भोलि (मंगलबार) सार्वजनिक बिदा दिएको छ ।  आदिवासी जनजाति गुरुङ (तमु) समुदायको मौलिक एवम् सांस्कृतिक पर्व ट्होटे पर्वका अवसरमा भोलि कास्कीको अन्नपूर्ण, मादी र माछा...

थप पढ्नुहोस्