पोखरामा पैदल यात्रुलाई ठक्कर दिएर फरार भएका कार चालक प्रहरी नियन्त्रणमा

मृतक एक जनाको सनाखत भएन

पाेखरा | पुस ११, २०८०

पोखरामा पैदल यात्रुलाई ठक्कर दिएर फरार भएका कार चालक प्रहरी नियन्त्रणमा

पोखरा:   पोखरामा दुई जना पैदल यात्रुलाई ठक्कर दिएर फरार भएका कार चालक गएराति आफै प्रहरीको सम्पर्कमा आएका छन् । पोखराको बागलुङ बसपार्कबाट जिरोकिलोमिटर जाँदै गरेको कारले पस्र्याङमा पैदल यात्रुलाई ठक्कर दिँदा दुईजनाको मृत्यु  भएको थियो । 


दुईजना पैदल यात्रुलाई ठक्कर दिएर फरार भएका कार चालक कास्कीको माछापुच्छ«े गाउँपालिका २ खादरजुङ्ग बस्ने ३२ वर्षीय भक्तराम गुरुङ वडा प्रहरी कार्यालय बैदामको सम्पर्कमा आएका हुन् । 
गुरुङले तीव्र गतिमा चलाएको बा १३ च ३७२१ नम्बरको कारले ठक्कर दिँदा बागलुङको ढोरपाटन नगरपालिका–६ घर स्थायी घर भई पोखरा–३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का एकजना पैदल यात्रुको मृत्यु भएको थियो । 


कारको ठक्करको मृत्यु  भएको अर्का एकजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


मृतक दुवै जनाको शव पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको कास्की प्रहरीले जनाएको छ । 
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्