बाढी अपडेट: माथिल्लो त्रिशूली-१ को सुरुङभित्र थप १३ शव फेला
रसुवा | असोज ४, २०८३
Filed Photo
रसुवा: माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्र आइतबार थप १३ वटा शव फेला परेका छन्।
आयोजनाको अडिट-३ बाट ‘अपस्ट्रिम हेड रेस टनेल’ भित्र उद्धार टोलीले आइतबार थप शव फेला पारेको हो। सुरुङभित्र नेपाली सेना र प्रवर्द्धक कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीको संयुक्त उद्धार टोली खोज तथा उद्धारमा खटिएको छ।
संयुक्त उद्धार टोलीले खोजी गर्दा कंक्रिटिङको लागि तयार पारिएको रिबारको जालमा अल्झिएका र हिलिङ ढल्किएको अवस्थाका शव भेटिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। हालसम्म अडिट-३ क्षेत्रबाट निकालिएको शवको संख्या ३७ पुगेको छ।
अडिट-३ क्षेत्रबाट निकालिएका शव नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका-६ स्थित खम्बास्वास्थ्य परिसरमा राखिएको छ। मृतकका परिवार तथा आफन्तलाई शवको सनाखत गर्ने कार्यमा सहयोग गर्न जिल्ला प्रहरी कार्यालय, नुवाकोटले सूचनामार्फत अनुरोध गरेको छ।
स्थल खोजीका लागि सर्च डग (तालिम प्राप्त कुकुर) सहितको टोलीले उद्धार कार्य जारी राखेको छ। साथै, कम्पनीको दुईतर्फी टनेलको मिनि एक्साभेटर प्रयोग गरि उद्धार तथा खोजी कार्य पनि जारी राखिएको छ।
गत भदौ १० गतेको भोटेकोसी बाढीपछि यस आयोजनामा कार्यरत अझै ४५८ सम्पर्कविहीन छन्।
रसुवा: माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्र आइतबार थप १३ वटा शव फेला परेका छन्। आयोजनाको अडिट-३ बाट ‘अपस्ट्रिम हेड रेस टनेल’ भित्र उद्धार टोलीले आइतबा...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसंघको महासभामा भोटेकोसी विपद् केन्द्रित सम्बोधन गर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई निर्देशन दिएको छ। आइतबार बसेको रास्वपा सचिवालय बैठकले महासभ...
काठमाडौं । अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने धादिङ घर भएका ४५ वर्षीय पूर्णलाल श्रेष्ठ, चन्...

