पोखरा: पद्म नर्सिङ होम प्रा.लि.पोखरा–३, नदिपुरले शुक्रबार पोखरा–२७ लेखनाथ अर्घौचोकमा वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा नम्वर २७ को आयोजना र पद्म नर्सिङ होम प्रा.लि.को प्राविधिक सहयोगमा अर्घौचोक स्थित गच्छाफाँटमा अवस्थित लेखनाथ मेमोरियल इङ्लिस बोडिङ्ग स्कुलको प्राङ्गणमा वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । निःशुल्क स्वास्थ्य शिविरमा ८ सय ५० भन्दा धेरैको स्वास्थ्य परिक्षण गरिएको पद्म नर्सिङ होम प्रा.लि. का प्रबन्ध निर्देशक नरेन्द्र बास्तोला जानकारी दिए । बास्तोलाका अनुसार शिबिरमा २ सय ९३ जना जनरल मेडिसिन सम्बन्धि, २ सय ८ जना आँखा सम्बन्धि, १ सय ५ जना हाडजोर्नी तथा नसारोग सम्बन्धि, ८७ जना स्त्रीरोग सम्बन्धि, ५७ जना नाक कान घाँटी रोग सम्बन्धि र ५५ जना बालरोग सम्बन्धि, ४८ जना बाल दन्तरोग सम्बन्धि बिरामीहरुको निः शुल्क स्वास्थ्य परिक्षण गरिएको छ । शिविरमा १ सय ४२ जनाको भिडियो एक्सरे, १ सय ३८ जनाको ल्याब परिक्षण, ९३ जनाको मुटुको इसिजी गरिएको थियो भने बिरामीहरूका लागि आवश्यक औसधि समेत निःशुल्क बितरण गरिएको नर्सिङ होमले जनाएको छ । शिविरमा बरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा. डाक्टर सचेत प्रभात श्रेष्ठ, बरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदिप नारायण अग्रहरी, बरिष्ठ बालरोग विशेषज्ञ डाक्टर राजन पौडेल, फिजिसियन डाक्टर सुदर्शन सुवेदी, फिजिसियन डाक्टर राजेन्द्र पौडेल, फिजिसियन डाक्टर कृष्णराज अधिकारी, डाक्टर प्रकाश भट्टराई, डाक्टर बिक्रम अधिकारी, डाक्टर आश्ना बाटाजु, डाक्टर बिज्ञान कोइराला लगायतका चिकित्सकको टोलीले बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए । निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्यकर्मीहरु मेट्रोन रजनी पालिखे, रिता भट्टराई, जितेन्द्र पौडेल, ब्रह्मदेव महतो, सन्तोष अधिकारी, अञ्जना थापा, प्रतिभा परियार, राम बिनोद महतो, शुदासा लामिछाने, प्रेम कुमारी थापा, पुनम गुरुङ्ग, कृष्ण कुमारी थापा, मिन कुमारी गुरुङ्ग, मेनुका श्रेष्ठ, धिरज गौतम, अमृत थापा, सपना ढकाल, सुवर्ण गुरुङ्ग, सुस्मिता अधिकारी, पुष्पा ढुङ्गाना, बिशाल बराल, सुनिता श्रेष्ठ, प्रदिप न्यौपाने लगायतको टिमले बिरामीको स्वास्थ्य परिक्षणमा सहजीकरण गरेका थिए । लेखनाथ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु एवं पोखरा २७ का स्वयम सेविकाहरुले पनि शिविरमा सक्रिय भुमिका निभाएका थिए । स्वास्थ्य शिविर कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङ्गले स्वास्थ्य संस्थाहरुले आफ्नो सेवालाई सहज र प्रवाभकारी बनाउदै सेवामुलक रुपमा अगाडि बढ्नु पर्नेमा जोड दिए । पद्म नर्सिङ्ग होम सँगको सहकार्यमा आफ्नो वडाका नागरिकहरुलाई घरदैलोमा नै निःशुल्क उपचारको ब्यवस्था गर्न पाउदा खुसी लागेको उनको भनाई थियो । पद्म नर्सिङ्ग होम प्रा.लि.पोखरा–३,नदिपुरका प्रबन्ध निर्देशक नरेन्द्र बास्तोलाले स्वास्थ्य संस्थाहरुको उत्तरदायित्व नाफामुलक मात्रै नभएकोले सेवा भावलाई अगाडि बढाउन आफ्नो संस्था तयार रहेको भन्दै गाउँ घरका दुरदराजमा रहेका जनता सम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउन आफुहरु प्रयासरत रहने प्रतिबद्धता ब्यक्त गरे । उनले यस निःशुल्क स्वास्थ्य शिविरमा सेवा लिएका र थप उपचार गर्नुपर्ने अवस्था देखिएका बिरामीहरूलाई पोखरा–३ नदिपुर स्थिति पद्म नर्सिङ्ग होम प्रालिबाट विशेष छुटका साथ थप उपचार गराउने समेत बताए ।
पोखरा: पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा हरित ज्ञान वाटिकाको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँले एसओएस बालग्राम गण्डकी परिसरमा आयोजित एक विशेष कार्यक्रमका बीचमा उक्त वाटिकाको शिलान्यास गरेका हुन् । एसओएस बालग्राम गण्डकीभित्र करिब दुई रोपनी क्षेत्रफलमा विद्यालयले निर्माण गर्ने हरित ज्ञान वाटिकामा प्राकृतिक भूबनोटभित्र विभिन्न वृत्ताकार, घनाकार, त्रिभुजाकार, वर्गाकार, आयताकार, पञ्चभुजाकार, षटभुजाकार, सप्तभुजाकार, अष्टभुजाकार, प्रिज्माकारलगायतका गणितीय स्वरूपका आकृति तथा लोपोन्मुख अवस्थामा रहेका नेपालका परम्परागत कृषि औजारहरूसमेत सुरक्षित रहनेछन् । ३५ लाख २५ हजार ७ सय अन्ठाउन्न रुपियाँको कुल लागतमा निर्माण हुने हरित ज्ञान वाटिका निर्माणका लागि विद्यालयले एक समिति नै गठन गरेको छ । एसओएस युवालय गण्डकीका प्रमुख बाबुराम बरालको अध्यक्षतामा गठित उक्त समितिको सचिवमा टीकाराम सुवेदी, कोषाध्यक्षमा समिता मल्ल तथा अन्य सदस्यहरूमा प्रमोद बराल, मिलन खत्री, बुद्धि ठकुरी, धनकुमारी गुरुङ, कल्पना पाण्डे र नीलिमा पौडेल रहेका छन् । एसओएस बालग्राम गण्डकीले उपलब्ध गराउने जग्गामा निर्माण गरिने हरित ज्ञान वाटिका परियोजना निर्माणका लागि पोखरा महानगरपालिका वडा नं. १५ ले आर्थिक सहयोग गर्नेछ । त्यस्तै निर्मित परियोजनाको रेखदेख, संरक्षण, सरसफाइ एवम् मर्मतसम्भारको दायित्व एसओएस स्कुल गण्डकीले लिनेछ । शिलान्यास कार्यक्रमपछि बालग्राम परिसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले एसओएस गण्डकीमा निर्माण हुने हरित ज्ञान वाटिका विद्यालयका लागि मात्रै नभएर वडा र सिङ्गो पोखरा महानगरकै एउटा गौरवशाली परियोजनाका रूपमा रहने बताए । ‘१५ नम्बर वडाभित्रका विद्यालयहरूको गुणस्तरीय शिक्षाका लागि गर्न सकिने राम्रा कामका लागि वडाकार्यपालिका सधैँ तत्पर छ ।’ वडाध्यक्ष बानियाँले भने, ‘एसओएस गण्डकीमा निर्माण हुने यस परियोजनालाई पूर्णता दिने कार्यमा आगामी दिनमा पनि वडाको निरन्तर सहयोग रहनेछ ।’ एसओएसका विद्यार्थीहरूलाई प्राकृतिक वातावरणमा आफ्नो मौलिक पहिचान झल्काउने परम्परागत औजारहरूको चिनारीसँगै गणित शिक्षणलाई सरल र प्रभावकारी बनाउने ध्येय राखेर हरित ज्ञान वाटिका निर्माणको अवधारणा अघि सारिएको एसओएस गण्डकीका प्राचार्य चूडामणि सुवेदीले बताए । परियोजना निर्माणको सफलतासँगै एसओएस गण्डकी पोखरा महानगरपालिकाभित्रका अन्य सामुदायिक विद्यालयहरूसँग हातेमालो गर्दै अगाडि बढ्ने पनि प्राचार्य सुवेदीले जानकारी दिए ।
पोखरा: नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघ गण्डकी प्रदेशको अध्यक्षतामा रामबहादुर विक निर्वाचित भएका छन् । पोखरामा सम्पन्न भएको नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघ गण्डकी प्रदेशको प्रथम अधिवेशनमा रामबहादुरको अध्यक्षतामा १५ सदस्य कार्यसमिति निर्वाचित भएका हुन् । महासंघको उपाध्यक्षमा पदमबहादुर विश्वकर्मा, महासचिवमा सालिकराम गहतराज, सचिवमा इश्वरबहादुर विक र कोषाध्यक्षमा बलबहादुर विक निर्वाचित भएका छन् । यस्तै सदस्यमा गोपाल सुनार, भिम वहादुर विक, कमला विक, पदम वहादुर विक, मनोज कुमार स्वर्णकार, राम माया सुनार, श्रेया सुनार, विष्णु देवि विक चयन भएका छन् ।
पोखरा: प्रेस क्लब गण्डकी प्रदेशको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ को रिंजे नाशा होमस्टेमा सम्पन्न साधारणसभाको उद्घाटन प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले उद्घाटन गरे । उनले कार्यक्रममा बोल्दै पत्रकारहरुले सत्य र तथ्यमा आधारित रहेर सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनले सानो कमजोरीले ठुलो समस्या उत्पन्न हुने भन्दै सहि र तथ्यमा आधारित समाचारले समाज परिवर्तनमा भुमिका खेल्ने बताए । अहिले सञ्चार कानुन निर्माणको तयारी भैरहेको बताउदै पत्रकारमैत्री बनाउन आफनो तर्फबाट भुमिका खेल्ने बताए ।उनले प्रेस क्लब गण्डकीले बहसमुलक कार्यक्रमलाई प्राथमिकतामा राखेर गतिविधि सञ्चालन गर्न आग्रह समेत गरे । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा क्लबका सल्लाहाकार सरिता पंगेनि तिमिल्सिनाले क्लबले छोटो समयमा राम्रो काम गरेको बताउदै अझै सशक्त रुपमा समाजमा रहेका विभिन्न विषयमा बहसमुलक कार्यक्रम सञ्चालन गर्न सुझाव दिइन् । क्लबका सल्लाहकार सुष्मा पौडेल, पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बराल, पोखरा महानगरपालिका न्यायिक समिति सदस्य कालिदास पोखरेल लगायतले प्रेस क्लब स्थापनाको औचित्य पुष्टि गरेको बताउदै सबैलाई समेटेर अगाडि बढन आग्रह गरे । क्लबका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको उद्घाटन सत्रको सञ्चालन सचिव गौरव त्रिपाठीले गरेका थिए । यसैबीच साधारण सभाको बन्द सत्रमा क्लबका सचिव गौरव त्रिपाठीको प्रतिवेदन र कोषाध्यक्ष राजु गिरीको आर्थिक प्रतिवेदन व्यापक छलफलपछि पारित गरेको छ । साधारणसभाले भावि कार्यक्रम पारित गर्दै क्लब दर्ता भएको दिनलाई स्थापना दिवसका रुपमा मनाउने र बार्षिक ५० हजार रुपैयाँले प्रत्येक वर्ष ब्यक्ति वा संस्थालाई सम्मान गर्ने निर्णय समेत गरेको अध्यक्ष एकराज गिरीले बताए । समाजका महत्त्वपूर्ण योगदान पुर्याउने ब्यक्ति तथा संस्थालाई सम्मान गरिने अध्यक्ष गिरीले बताए ।
पोखरा: आगामी माघको पहिलो साता हुन गइरहेको वडा स्तरिय दोश्रो बृहत खेलकुद महोत्सवको तयारी स्वरूप खेल मैदान क्षेत्रमा सरसफाई गरिएको छ । पोखरा महानगरपालिका वडा नं (१५ को आयोजनामा हुन गइरहेको दोश्रो बृहत खेलकुद महोत्सवको तयारी स्वरूप बन विज्ञान अध्ययन संस्थानको खेल मैदानका साथै बाटो वरपर सरसफाई गरिएको हा े। सरसफाई कार्यक्रममा वडाका जनप्रतिनिधि, स्थानीय आमा समुहहरूको सहभागिता रहेको थियो । खेलकुदले वडावासी नागरिकमा आपसी मेलमिलाप, भाइचारा, तथा सहयोगको भावना जगाउनुका साथै नागरिकको स्वास्थ्यको लागि महत्त्व राख्ने हुँदा यस वर्षपनि खेल महोत्सवलाई निरन्तरता दिइएको वडाध्यक्ष तोरण बानियाँले जानकारी दिए। गत वर्ष पहिलो खेल आयोजनामा नै वडावासीको उल्लेखनिय सहभागिताले उत्साहित बनेको भन्दै यसपाली यो संख्या अझ बढ्ने उनले दाबी गरे । महोत्सवमा पुरुष, महिला, विद्यालय तथा अपाङ्गता भएका व्यक्तिहरुविच फरक फरक इभेण्टहरुमा प्रतिस्पर्धा हुने वडा सदस्य तथा खेलकुद कार्यक्रमका संयोजक आशिष भण्डारीले बताए । भण्डारीका अनुसार पुरुषतर्फ टोल तथा क्लहरुविच फुटबल, भलिबल, ५० वर्ष माथिकाहरुको सडक दौड, डबल्स ब्याडमिण्टन हुने छ भने, महिलातर्फ भलिबल, रस्साकसी, ४० वर्ष माथिकाहरुको सडक दौड, डबल ब्याडमिण्टन र विद्यालय स्तरिय फुटबल तथा अपाङ्गता भएका व्यक्तिहरुविच बास्केट बल प्रतियोगिता हुने संयोजक भण्डारीले जानकारी दिए । प्रतियोगिताका विभिन्न इभेण्टमा जित हाँसिल गर्ने टिमहरुले नगद सहित शिल्ड मेडल प्रमाण–पत्र पुरस्कार प्राप्त गर्नेछन् । खेल महोत्सव बन बिज्ञान अध्ययन संस्थानको खेल मैदानमा आगामी माघ २ गतेदेखि ४ गतेसम्म संचालन हुनेछ ।
पोखरा: पोखरा महानगरपालिकाको सहयोग तथा राष्ट्रिय परोपकार महासङ्घ नेपालको व्यवस्थापनमा सञ्चालित पुष्करिणी परोपकार गोकुल धाममा बुधवार देखी श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु भएको छ । महासङ्घको १६ औँ वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताह व्यापी ज्ञान महायज्ञको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो । महायज्ञ तथा गौशालाको उद्घाटन गर्दै प्रमुख आचार्यले गौ रक्षाको अभियानलाई सार्थक बनाउन महायज्ञ सफल हुने विश्वास व्यक्त गर्नुभयो । पोखराको सडकमा बेवारिसे अवस्थामा छाडा छोडिएका पशुचौपायहरुको उद्धार गरी संरक्षण प्रदान गरिएको गोकुल धाम ९गौशाला० को दिगो व्यवस्थापनमा महायज्ञ मार्फत महत्त्वपूर्ण सहायता पुग्ने उहाँले बताउनुभयो । “बढ्दो जनघनत्वसँगै पोखरामा जथाभाबी रूपमा छोडिएका पशुचौपायका कारण सडक असुरक्षित बन्दै गइरहेको बेला ती पशुचौपायहरुको व्यवस्थापनका लागि व्यवस्थित गौशाला सञ्चालन गरिएको छ, प्रमुख आचार्यले भन्नुभयो, यसबाट सडक सुरक्षित बन्ने र यातायात व्यवस्थापनमा सहजता आउनुका साथै गौ रक्षामा टेवा पुग्नेछ ।” पोखरा महानगरपालिकाले छाडाचौपाय व्यवस्थापनका लागि विभिन्न प्रयत्नहरू गर्दै आइरहेको बताउँदै प्रमुख आचार्यले महानगरको अभियानमा सहयोग पुग्ने गरी व्यवस्थित गौशाला सञ्चालन गरेकोमा राष्ट्रिय परोपकार महासङ्घलाई धन्यवाद दिनुभयो । प्रमुख आचार्यले गौशाला सञ्चालनका लागि व्यवस्थापन पक्षसँग आवश्यक समन्वय र सहकार्य गर्दै आइरहेको पनि बताउनुभयो । गौशालाको दिगो सञ्चालनका लागि महानगरपालिकाको तर्फबाट सवैप्रकारको सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । “पोखरा अव छिट्टै नै पर्यटनको राजधानी सहर घोषणा हुन गइरहेको छ, उहाँले भन्नुभयो, गौशालालाई पनि पोखराको एक पर्यटन गन्तव्यका रूपमा विकास गरिनेछ, पोखरा आउने पर्यटकहरूलाई यहाँसम्म आउने वातावरण सृजना गरिनेछ ।” छोटो समयमा गौशालाको मुहार फेरिएकामा उहाँले खुसी समेत व्यक्त गर्नुभयो । पोखरा महानगरपालिका वडा नं।१४ का वडाध्यक्ष बोध बहादुर कार्कीले १९ वर्षसम्म फोहोरको विसर्जन गरिएको क्षेत्रलाई व्यवस्थित गौशालाले थप पवित्रता मिल्ने विश्वास व्यक्त गर्नुभयो । योगी नरहरिनाथले कोटी होम समेत चलाएको उक्त क्षेत्र बात्साय ऋषिको तपोभुमि पनि भएकाले यसको ऐतिहासिक पक्षको समेत उजागर गर्दै संरक्षण, विकास र प्रवर्द्धन आवश्यक रहेको उहाँले बताउनुभयो । पोखरा १४ मा एक नयाँ आयाम थपिएको उल्लेख गर्दै उहाँले महानगरपालिकाको तर्फबाट गौशालालाई गर्नुपर्ने सम्पूर्ण सहयोग गरिनु पर्नेमा जोड दिनुभयो । राष्ट्रिय परोपकार महासङ्घ नेपालका संस्थापक एवं पुष्करिणी परोपकार गोकुल धामका परिकल्पनाकार भागवत भास्कर युवा पण्डित कमलनयन गौतमले गौ माताको सेवाका लागि नैतिक शिक्षा प्रदान गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको बताउनुभयो । “महायज्ञ पछि विभिन्न अवधिका शिविरहरू सञ्चालन गर्नेछौँ, विद्यार्थीहरूका लागि नैतिक शिक्षाका कक्षाहरू चलाउने छौँ, गौतमले भन्नुभयो, नैतिक शिक्षा र पूर्वीय सभ्यताको समाजमा सिञ्चित गर्ने अभियान गोकुल धामबाट सुरुवात गर्नेछौँ ।” उक्त वातायन क्षेत्र र मानपुरी महात्माले साधना गरेको पुण्य भूमि भएको उल्लेख गर्दै गौतमले महायज्ञले यसको ऐतिहासिक पक्षको समेत उजागर गर्ने बताउनुभयो । मन, बचन र कर्मले गौसेवाको पवित्र कार्य गर्न उहाँले आह्वान पनि गर्नुभयो । “एकै बोरा चोकर किन नहोस्, एकै भारी पराल किन नहोस्, एकै दिनलाई पिलाउन पुग्ने पानी किन नहोस्, जे सक्नुहुन्छ, त्यही साथ सहयोग गौशाला परिसर मै भइरहेको यज्ञलाई माध्यम बनाएर सहयोग गर्न सक्नुहुनेछ, उहाँले भन्नुभयो, मन, बचन र कर्मले यसको उन्नयनका लागि यहाँहरूको सहयोग रहनेछ भन्ने विश्वास लिएको छु ।” सदिऔँ देखि चल्दै आएका संस्कार, संस्कृति र परम्पराहरू हराउँदै गएको उल्लेख गर्दै उहाँले त्यसको जगेर्नाका लागि पनि एकीकृत हुनु पर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । गौ माताको दुर्दशा र दर्दलाई समाधान गर्न गौशाला सफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । परोपकार वडा इकाई वडा नं।३१ का अध्यक्ष कृष्ण ढुङ्गानाले गौ सेवा नै संसारको सबैभन्दा पुण्य कर्म भएको उल्लेख गर्दै महानगरपालिकाको तर्फबाट उत्कृष्ट गौशाला व्यवस्थापन गरिएको प्रति खुसी व्यक्त गर्नुभयो । परोपकार अक्षयकोषदाता एवं सामाजिक व्यक्तित्व गिरा कोइरालाले गौ रक्षाका लागि परोपकार महासङ्घको अभियानलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले छाडापशुचौपायका कारण अस्तव्यस्त बनेको पोखरालाई सुरक्षित र सुन्दर बनाउने कार्यमा गौशालाले महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो । जथाभाबी सडकमा छोडिएका पशुचौपायहरुका कारण सडक सुरक्षाको जोखिमसँगै ट्राफिक समस्या झेल्नु परेको उल्लेख गर्दै उहाँले त्यसलाई सदाका लागि समाधान गर्न व्यवस्थित गौशालाको आवश्यकता रहेकामा त्यो आज पुरा भएको उल्लेख गर्नुभयो । सडकमा पशुचौपाय आउने अवस्थाको अन्त्यका लागि पशुपालनको लगत तयार गरी स्रोत मै व्यवस्थापन गर्ने तयारी गरिएको कडरियाले बताउनुभयो । माघ ४ गतेसम्म सञ्चालन हुने महायज्ञमा बिहीबारदेखि कथा वाचन प्रारम्भ हुनेछ । राष्ट्रिय परोपकार महासङ्घ नेपालका संस्थापक एवं पुष्करिणी परोपकार गोकुल धामका परिकल्पनाकार भागवत भास्कर युवा पण्डित कमलनयन गौतमले कथा वाचन गर्नुहुनेछ । महायज्ञको पहिलो दिन ८० हजार रुपैयाँ दान सङ्कलन भएको छ । गौ माताको रक्षा र गौशालाको दिगो व्यवस्थापनका लागि महायज्ञ आयोजना गरिएको महासङ्घले जनाएको छ । महासङ्घको स्थापना दिवसका अवसरमा गरिने महायज्ञ यस वर्ष भने गौशालामा आयोजना गरिएको हो ।
पोखरा: रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान अन्तर्गत बिहीबारदेखि रोटरी युथ लिडरसिप अवार्ड (राइला) सुरु भएको छ । राइलाको पोखरामा आयोजित समारोहमा उद्घाटन गर्दै डिष्ट्रिक्ट गभर्नर राजेन्द्रप्रसाद ध्वजुले व्यक्तिगत क्षमता एवं नेतृत्व विकास, नेटवर्किङ र कम्युनिकेसन विकासमा यस कार्यक्रमले सघाउ पुग्ने बताए । उनले राइलाको महत्वबारे प्रकाश पार्दै पोखरामा विजेतालाई केन्द्रमा हुने राइलामा पनि अवसर दिइने बताए । डिष्ट्रिक्ट गभर्नर नोमिनी विनोद कोइरालाले राइला रोटरीको अभिन्न अंग रहेको बताए । उनले युवामा निहित प्रतिभा प्रस्फुटन गर्दै नेतृत्व क्षमताको विकासका लागि यो कार्यक्रम निकै महत्वपूर्ण हुने बताए । डिष्ट्रिक्ट राइला को–चेयर एवं कार्यक्रम संयोजक राजेन्द्र लिगलको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विकल शेरचनले नेतृत्व क्षमताबारे प्रकाश पारेका थिए । यस्तै, रोटरीका मेम्बरसिप चेयर सुभाष सिग्देल, डिइआई कोचेयर एकनारायण ढकालले पनि बोलेका थिए । कार्यक्रममा स्वागत दिनेश मानन्धर र संचालन राइला सेक्रेटरी जसु गुरुङले गरेकी थिइन् । कास्कीको अन्नपूर्ण गाउँपालिका गाउँपालिकाअन्तर्गत लेवाडेमा चार दिनसम्म सञ्चालन हुने उक्त राइलामा विभिन्न जिल्लाबाट १६ देखि २० वर्ष उमेर समूहका ५२ जनाले भाग लिएका छन् । लेवाडेस्थित चिल्डे«न नेपालको फूलबारी रिसोर्स सेन्टरमा हुने कार्यक्रममा उनीहरुलाई २२ जना प्रशिक्षकले विभिन्न विधामा तालिम दिने छन् । डिष्ट्रिक्टले हरेक वर्ष आयोजना गर्दै आएको राइला कास्कीमा लामो समयपछि भएको हो । जसमा कास्कीका ९ वटै रोटरी क्लबहरुसहित १७ होस्ट र १० को–होस्ट छन् । गत वर्ष गोरखा र काठमाडौंमा यसप्रकारको कार्यक्रम भएको थियो । सहभागीको क्षमता र सिकाइ आधारमा राइला अवार्ड प्रदान गरिने रोटरी लेकसाइड अध्यक्ष शोभाकान्त सिग्देलले बताए ।
पोखरा: दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८० गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा बिहीवार देखि सुरु भएको छ । “स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छे« गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति माछापुच्छे«को आयोजना माछापुच्छे«–३ घाचोकमा प्रतियोगिता सुरु भएको हो । बिहीबार भएको खेलमा कास्कीको रुपा गाउँपालिका, अन्नपुर्ण गाउँपालिका, माछापुच्छे« गाउँपालिका निलो र बागलुङको निसीखोला गाउँपालिका विजयी भएका छन् । कास्कीको रुपा गाउँपालिकाले माछापुच्छे« गाउँपालिकालाई, निसीखोला गाउँपालिकाले पर्वतको मादी गाउँपालिकालाई, अन्नपुर्ण गाउँपालिकाले बागलुङ नगरपालिकालाई पराजित गरेका हुन् । भने पुतली बजार नगरपालिका खेलमा उपस्थित नभएपछि माछापुच्छे« गाउँपालिकाले वाकओभर पाएको छ । यस्तै बागलुङको गल्कोट नगरपालिका र तनहुँको शुक्लागण्डकी नगरपालिकाबीचको खेल भने लाइट पोटेष्टका कारण स्थगित भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सामाजिक विकास तथा मन्त्रालय मन्त्री सुशिला सिंखडाले खेल मानब जिवनका लागि अत्यावस्यक रहेको बताउदै खेलकुदको विकासले विश्वमा देशको नाम उच्च राख्न सकिने बताउनु भयो । स्थानीय, प्रदेश र केन्द्र, ३ नै तहको सरकारले खेललाई प्रथामिकतामा राखेकाले प्रतियोगिता आयोजना गरिएको उल्लेख गरिन् । गाउँपालिका अध्यक्ष मिन बहादुर गुरुङले युवाहरुलाई खेलप्रति आकर्षित गर्न र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उदेश्यले आयोजित कार्यक्रममा सहभागि टिम साथै उपस्थित सम्पुर्ण दर्शकलाई धन्यवाद दिदै खेलले गलत बाटोमा भौतारीरहेका युवा जनशक्तिलाई प्रगति र उत्थानको बाटोमा दो¥याउन सकिने र सामाजिक रुपान्तरणका लागि खेलकुद भन्दा सजिलो अर्को बाटो छैन भन्नेमा जोड दिनुभयो । प्रतियोगितामा प्रथम हुने टिमले नगद ३ लाख र दोस्रो हुने टिमले नगद रु २ लाख साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ त्यस्तै सेमिफाइनल प्रबेश गर्ने २ टिमलाई जनही रु ५०÷५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार साथै विभिन्न विधागत तर्फ स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई जनही रु ५ हजारका दरले पुरस्कार प्रदान गरिने छ । पौष २८ गते सम्म संचालन हुने प्रतियोगिता सञ्चालनका लागि १२ लाख ८३ हजार लाग्ने आयोजकको अनुमान छ ।
पोखरा: बाह्रौं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । यूनाइटेड क्लबको आयोजनामा बिहीबारदेखी बाह्रौं संस्करणको पोखरा महोत्सव सुरु भएको हो । पोखराको अमरसिंह खेल मैदानमा सुरु भएको महोत्सवको प्रतिनिधि सभाका सभासद देबराज घिमिरेले उद्घाटन गरेका हुन । महोत्सवको उदघाटन गर्दै सभामुख घिमिरेले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान नहुनुको कारण पोखरेली जनताले थाहा पाउनुपर्ने बताए । ठूलो लगानीमा विमानस्थल निर्माण भएको भएतापनि सञ्चालनको एक वर्ष पुगि सक्दापनि अन्तराष्ट्रिय उडान हुन नसक्नु दुखद कुरा भएको बताउदै अन्तराष्ट्रिय उडान हुन नसक्नुको कारण स्थानिय, प्रदेश र केन्द्र सरकारले पत्ता लगाइ पोखरेली जनतालाई जानकारी दिनुपर्ने बताए । के बाधा उत्पन्न भएर विमानस्थलबाट अन्तराष्ट्रिय उडान हुन नसकेको हो यसमा सरकारले जनतालाई जानकारी दिनुपर्ने उनको भनाइ रहेको थियो । त्यसैगरी सभामुख देवराज घिमिरे युनाइटेड क्लबको पहलकदमीमा निर्माणाधिन अवस्थामा रहेको पोखरा जुलोजिकल पार्कलाई गण्डकी प्रदेश सरकारले आफ्नो गौरवको योजनामा लिएर अगाडी वढिरहदा सो काम पनि छिटो सम्पन्न गरि पोखरामा खुल्ला चिडियाखाना सञ्चालन गर्न समेत गण्डकी प्रदेश सरकारलाई आग्रह गरे । सभामुख देवराज घिमिरेले महोत्सवको माध्यामबाट युवाहरुलाई देश बिकासमा लगाउन सकिन्छ भन्ने कुरा युनाईटेड क्लवले उजागर गरेको बताए । महोत्सवले देशको कला संस्कारलाई समेत उजागर गरेको जनताको विचमा संस्कृित कलाको प्रचार प्रसार प्रसारमा टेवा पु¥याएको वताउदै घिमिरेले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको क्षेत्रमा गरेको काम प्रशंसनीय रहेको समेत बताए । सेती नदिलाई पर्यटन संग जोड्न स्थानिय, प्रदेश र केन्द्र सरकार लाग्नुपर्नेमा सभामुख घिमिरेको जोड रहेको थियो । हराउदै गएको रितिरिवाज र परम्पराहरुलाई महोत्सवले जगेर्ना गर्ने भन्दै पोखरा महोत्सवको सफलताको समेत कामना गरे । गण्डकी प्रदेश सभाका उपसभामुख बिना कुमारी थापाले युनाइटेड क्लवले राज्यको पहुच नपुगेको क्षेत्रमा सामजिक काम गरि जनतालाई सहयोग गरेको वताउदै महोत्सवकै माध्यामबाट यूनाइटेड क्लबले सामाजिक काम गरेर श्रहानिय काम गरेको बताइन । प्रतिनिधि सभा सदस्य शिव नेपालीले आर्थिक चलायमानमा महोत्सवले सहयोग गर्ने वताउदै यूनाइटेड क्लवले महोत्सव मार्फत सामाजिक काममा अग्रसर रहेकोमा अन्य संघ संस्थाहरुले पनि यूनाइटेड क्लबको अनुसरण गर्नुपर्ने बताए । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का बिखर्र्चीले पोखरा महोत्सवले देको कला संस्कृति बचाउने वताउदै पोखरा महोत्सव सग सहकार्य गरेर प्रदेशको कला संस्कृतिको संरक्षणमा लाग्ने समेत बताए । गण्डकी प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य वेद वहादुर गुरुङले पोखरा महोत्सवले महोत्सवहरुका बीचमा पनि छुट्टै पहिचान वनाउन सफल भएको बताए । गुरुङले पोखराबाट अन्तराष्ट्रिय उडान सञ्चालनका लागि पहल गरिदिन सभामुख समक्ष आग्रह समेत गरे । त्यस्तै गण्डकी प्रदेश सभा सदस्य भिम कार्कीले राज्यले गर्नुपर्ने काम युनाइटेड क्लवले गरेको वताउदै पोखरा महोत्सवको आयोजना गरी सामाजिक उत्तरदायित्व संगै व्यापार व्यवशायलाई समेत प्रवद्र्धन गरेको बताए । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिदै गर्दा यूनाइटेड क्लवले समेत पर्यटनको क्षेत्रमा उल्लेख्य काम गरेको वताए । कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले महोत्सव विशेष उद्देश्यका साथ आयोजना हुने र पोखरा महोत्सवको पनि आफ्नै उद्देश्य रहेकाले महोत्सव मार्फत विभिन्न जनचेतनामुलक क्रियाकलापहरु समेत संप्रेषण गर्नुपर्नेमा जोड दिए । पोखरा महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष सन्तोष बास्तोलाले युनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम मार्फत उत्कृष्ट काम गरेको र आफ्नो वडाले समेत सहकार्य गर्न पाउदा खुसी लागेको वताए । त्यस्तै अमरसिंह मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण कोइरालाले पोखरा महोत्सव आफैमा ब्राण्ड बनिसकेको वताउदै पोखरा महोत्सव संग सहकार्य गरी सामाजिक सेवामा सहकार्य गर्न पाउदा गौरवान्वित भएको बताए । यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले महोत्सवको उद्देश्यमाथी प्रकाश पारेका थिए । यसअघि पोखरा रंगशाला गेटबाट शुरु भएको झांकी रयालीमा रयाली तर्फ ब्रह्मकुमारी इश्वरी विश्वविद्यालय प्रथम, नेपाल मगर संघ माटेपानी द्धितिय, जनप्रिय तमु समाज तथा वातावरण समाज सुधार तृतिय र स्यानी मजुवा आमा समुह र बुद्धचोक महिला समुहले शान्तवना स्थान हासिल गर्न सफल भए । त्यस्तै झांकी तर्फ डढुवा दुर्छा लम्जुङ पोखरा तमु समाज प्रथम, नेपाल मगर संघ रामबजार द्धितिय, तामाङ बौद्ध समाज तृतिय र सिद्धेश्वर भजन मण्डली र रामबजार ताया मचाया समितिले शान्वना स्थान हासिल गरे । झांकी तथा रयाली ३ सय वढी संघ संस्थाको सहभागीता रहेको थियो । महोत्सवमा बिहीबार लोक दोहोरी तर्फ जीवन दाहाल, शिवहरी ढुंगाना, गगन गुरुङ, लक्ष्मी नेपाली, सरिता सारु मगर लगायतको प्रस्तुती रहेको थियोभने साँझको लाइभब्याण्ड तर्फ दृश्य र ट्रयाङ्क्युलको प्रस्तुती रहेको थियो । महोत्सवमा शुक्रबार लोक दोहोरी तर्फ पशुपति शर्मा, जीवन दाहाल, शिवहरी ढुंगाना, केशव सापकोटा, सुरेशरमन अधिकारी, सन्तोष सुवेदी, ज्योती लोहोनी, पुजा तामाङ, शान्ता बर्देवा लगायतको प्रस्तुती रहने भने सांझको लाइभ ब्याण्ड तर्फ स्थानिय ब्याण्डहरु ब्ल्याक फेदर प्रोभर्वस ब्ल्याक ओको प्रस्तुती रहने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।