लेखनाथमा निःशुल्क स्वास्थ्य शिविर, ८ सय ५० बढीको स्वास्थ्य परीक्षण

पाेखरा | पुस २९, २०८०

लेखनाथमा निःशुल्क स्वास्थ्य शिविर, ८ सय ५० बढीको स्वास्थ्य परीक्षण

पोखरा:    पद्म नर्सिङ होम प्रा.लि.पोखरा–३, नदिपुरले शुक्रबार पोखरा–२७ लेखनाथ अर्घौचोकमा वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।


पोखरा महानगरपालिका वडा नम्वर २७ को आयोजना र पद्म नर्सिङ होम प्रा.लि.को प्राविधिक सहयोगमा अर्घौचोक स्थित गच्छाफाँटमा अवस्थित लेखनाथ मेमोरियल इङ्लिस बोडिङ्ग स्कुलको प्राङ्गणमा वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।


निःशुल्क स्वास्थ्य शिविरमा  ८ सय ५० भन्दा धेरैको स्वास्थ्य परिक्षण गरिएको पद्म नर्सिङ होम प्रा.लि. का प्रबन्ध निर्देशक नरेन्द्र बास्तोला जानकारी दिए । बास्तोलाका अनुसार शिबिरमा २ सय ९३ जना जनरल मेडिसिन सम्बन्धि, २ सय ८ जना आँखा सम्बन्धि, १ सय ५ जना हाडजोर्नी तथा नसारोग सम्बन्धि, ८७ जना स्त्रीरोग सम्बन्धि, ५७ जना नाक कान घाँटी रोग सम्बन्धि र ५५ जना बालरोग सम्बन्धि, ४८ जना बाल दन्तरोग सम्बन्धि  बिरामीहरुको निः शुल्क स्वास्थ्य परिक्षण गरिएको छ । 


शिविरमा १ सय ४२ जनाको भिडियो एक्सरे, १ सय ३८ जनाको ल्याब परिक्षण, ९३ जनाको मुटुको इसिजी गरिएको थियो भने बिरामीहरूका लागि आवश्यक औसधि समेत निःशुल्क बितरण गरिएको नर्सिङ होमले जनाएको छ ।


शिविरमा बरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा. डाक्टर सचेत प्रभात श्रेष्ठ, बरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदिप नारायण अग्रहरी, बरिष्ठ बालरोग विशेषज्ञ डाक्टर राजन पौडेल, फिजिसियन डाक्टर सुदर्शन सुवेदी, फिजिसियन डाक्टर राजेन्द्र पौडेल, फिजिसियन डाक्टर कृष्णराज अधिकारी, डाक्टर प्रकाश भट्टराई, डाक्टर बिक्रम अधिकारी, डाक्टर आश्ना बाटाजु, डाक्टर बिज्ञान कोइराला लगायतका चिकित्सकको टोलीले बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए । 


निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्यकर्मीहरु मेट्रोन रजनी पालिखे, रिता भट्टराई, जितेन्द्र पौडेल, ब्रह्मदेव महतो, सन्तोष अधिकारी, अञ्जना थापा, प्रतिभा परियार, राम बिनोद महतो, शुदासा लामिछाने, प्रेम कुमारी थापा, पुनम गुरुङ्ग, कृष्ण कुमारी थापा, मिन कुमारी गुरुङ्ग, मेनुका श्रेष्ठ, धिरज गौतम, अमृत थापा, सपना ढकाल, सुवर्ण गुरुङ्ग, सुस्मिता अधिकारी, पुष्पा ढुङ्गाना, बिशाल बराल, सुनिता श्रेष्ठ, प्रदिप न्यौपाने लगायतको टिमले बिरामीको स्वास्थ्य परिक्षणमा सहजीकरण गरेका थिए । लेखनाथ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु एवं  पोखरा २७ का स्वयम सेविकाहरुले पनि शिविरमा सक्रिय भुमिका निभाएका थिए ।


स्वास्थ्य शिविर कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङ्गले स्वास्थ्य संस्थाहरुले आफ्नो सेवालाई सहज र प्रवाभकारी बनाउदै सेवामुलक रुपमा अगाडि बढ्नु पर्नेमा जोड दिए । पद्म नर्सिङ्ग होम सँगको सहकार्यमा आफ्नो वडाका नागरिकहरुलाई घरदैलोमा नै निःशुल्क उपचारको ब्यवस्था गर्न पाउदा खुसी लागेको उनको भनाई थियो ।


पद्म नर्सिङ्ग होम प्रा.लि.पोखरा–३,नदिपुरका प्रबन्ध निर्देशक नरेन्द्र बास्तोलाले स्वास्थ्य संस्थाहरुको उत्तरदायित्व नाफामुलक मात्रै नभएकोले सेवा भावलाई अगाडि बढाउन आफ्नो संस्था तयार रहेको भन्दै गाउँ घरका दुरदराजमा रहेका जनता सम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउन आफुहरु प्रयासरत रहने प्रतिबद्धता ब्यक्त गरे । उनले यस निःशुल्क स्वास्थ्य शिविरमा सेवा लिएका र थप उपचार गर्नुपर्ने अवस्था देखिएका बिरामीहरूलाई पोखरा–३ नदिपुर स्थिति पद्म नर्सिङ्ग होम प्रालिबाट विशेष छुटका साथ थप उपचार गराउने समेत बताए ।
 

काठमाडौं:  वैदेशिक रोजगार व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा भुवनसिंह गुरूङ निर्वाचित हुनुभएको छ । सङ्घको आज बिहान सम्पन्न मतपरिणममा गुरूङले अर्को उम्मेदवार नरेश...

थप पढ्नुहोस्

मुस्ताङ:  कोरला नाकाबाट घरायसी प्रयोजनका लागि चाहिने मालसामान ल्याउन कुनै रोकावट नभएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।  लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त आयोजनामा शुक्रब...

थप पढ्नुहोस्

तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ ।  ६९ मेगावाट क्षमताको यस केन्दबाट हाल ३०  मेगावाट अर्थात् ...

थप पढ्नुहोस्