यति विमान दुर्घटना: दिवंगतको सम्झनामा स्मृति पार्क र पुल निर्माण
पाेखरा | माघ १, २०८०

पोखरा: पोखरामा यति एयरलाइन्सको ९ एएनसी एटीआर–७२ को विमान दुर्घटना भएको आज एक वर्ष पुगेको छ ।
काठमाडौंबाट ७२ जना यात्रु लिएर पोखरा उडेको यति एयरलाइन्सको विमान सेती खोँचमा माघ १ गते दुर्घटना भएको थियो । सेती खोँचमा विमान दुर्घटनामा हुँदा चालक दलसहित ७२ जनाको नै ज्यान गएको थियो ।
पोखरा महानगरपालिकाले विमान दुर्घटनाको भएको एक वर्षपछि दुर्घटनामा ज्यान गुमाएका ७२ जनाको सम्झनामा स्तम्भ निर्माण गरेको छ ।
विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुहरुका सम्झनामा वार्षिक स्मृति सभा गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले मृतकको सम्झनामा पार्क र पुल निर्माण गर्ने बताए ।
‘दुर्घटनालाई हामी सम्झन चाहान्नौ तर दिवंगतहरुको सम्मान स्वरुप स्मृति पार्क र झोलुङ्गे पुल निर्माण गर्नेछौ,’ उनले भने ।
उनले मानवीय त्रुटीकै कारण विमान दुर्घटना भएको प्रतिवेदनले उल्लेख गरेको स्मरण गर्दै आगामी दिनमा सम्बन्धित निकाय संवेदनशिल हुनुपर्ने धारणा राखे ।
‘हामीले नचाहदाँ नचाहदैँ गतवर्ष विमान दुर्घटना भयो, विमान सवार चालकदलसहित सबै यात्रुलाई गुमाउन पुग्यौ, दुर्घटनाको अन्तिम प्रतिवेदन पनि आएको छ’, मेयर आचार्यले भने, ‘प्रतिवेदनमा मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको भन्ने आएको छ, अब यस्ता दुर्घटना हुन नदिन सरकार र एयरलाइन्सले दुवैले ध्यान पु¥याउन आवश्यक छ ।’
उनले विमान दुर्घटना स्थलमा मृतकको सम्झनामा स्मृति पार्क र सेती खोँचलाई जोड्ने गरी विमानको आकारमा पुल निर्माण गर्ने बताए ।
‘हामीले यस दुर्घटना स्थलमा वारिपारि गर्न मिल्ने गरी विमानको आकारमा पुल निर्माण गर्ने तयारी छौं’, उनले भने, ‘पुल र पार्क निर्माण गर्न यति एयरलाइन्ससँग पनि समन्वय गरेर अगाडि बढ्ने छौं ।’
पोखरा: विश्व वातावरण दिवसको अवसरमा विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलले विविध कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवसमा प्लाष्टिक प्रदूषण अन्त्य गरौँ भन्ने मूल नाराका साथ विद्याल...
पोखरा: गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ वर्षका नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख डिल्लाराज भट्टले बुधबार प्रदेश सभामा नीति तथा कार्यक्रम वाचन गरे । प्रदेश सरकारको नीति तथा कार्य...
काठमाडौं: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिने भन्दै १३ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाड...