गोपाल राईलाई नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको नेतृत्व
पाेखरा | पुस ११, २०८०
पोखरा: नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको केन्द्रीय अध्यक्षमा गोपाल राई निर्वाचित भएका छन ।
पोखरामा सम्पन्न नेपाल फिजिकल ट्रेनिङ एशोसियसन केन्द्रीय समितिको पाँचौ महाधिवेशनबाट गोपाल राई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन भएका हुन ।
१३ सदस्यीय कार्यसमिति रहेको एशोसियसनको उपाध्यक्षमा टेक बहादुर गुरुङ, सु.मे. शेरबहादुर गुरुङ र अनिल राई निर्वाचित भएका छन ।
त्यसैगरी महा सचिवमा हिमालय बिक्रम लिम्बु, कोषाध्यक्षमा केहरसिंह गुरुङ र सचिवमा बिमानसिं तामाङ निर्वाचित भएका छन । एशोसियसनको सदस्यहरुमा रिजन तामाङ, दयाराम राई, युवराज गुरुङ, गज बहादुर गुरुङ, निर्भिक सुनुवार र हरि थापा निर्वाचि भएका छन ।
नव निर्वाचित कार्यसमितिलाई निर्वाचन मञ्डलका अध्यक्ष एमबि आस्था मगरले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । सो अवसरमा वोल्दै आस्था मगरले नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको पाँचौ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले संस्थाको हितमा काम गर्नुपर्नेमा जोड दिए ।
नव निर्वाचित अध्यक्ष गोपाल राईले नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको अधिवेशनबाट आफुलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाएकोमा एशोसियसनमा आवद्ध सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्दै आफ्नो कार्यकालमा संस्थाले सामाजिक कामलाई निरन्तरता दिदै संस्थाको हितमा काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।
नवनिर्वाचि कार्यसमितिलाई निवर्तमान एशोसियसनका निवर्तमान अध्यक्ष मिन बहादुर गुरुङ, संस्थाको संरक्षकहरु पर्वत राई, क्या. राम प्रसाद गुरुङ, याम बहादुर गुरुङ लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

