पोखरा महानगरका वडासदस्य पहारीसहित ४ जना ठगी मुद्धामा कारागार चलान
पाेखरा | पुस ६, २०८०
पोखरा: पोखरा महानगरपालिका–६ का वडासदस्य दिपेन्द्र पहारीसहित ४ जना ठगी सम्बन्धी मुद्धामा ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
लेकसाइड फुट्ट्रयाकमा फोटोग्राफी गरे बापत विभिन्न किसिमबाट धम्काई फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले वडा सदस्य पहारीसहित ४ जनालाई ठगी मुद्धामा प्रकाउ गरेको थियो ।
प्रहरीले ठगी सम्बन्धी मुद्धामा वडासदस्य पहारीसहित, लेकसाइड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा, २४ वर्षीय अभिषेक परियार अप्पे भन्ने अभिषेक बराललाई प्रकाउ गरेको थियो ।
ठगी मुद्धामा प्रकाउ परेका ४ जनालाई ठगी, आपराधिक विश्वासघात तथा अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्धामा अनुसन्धान गरी जिल्ला अदालत कास्कीमा मुद्धा पेश हुँदा पुर्पक्षको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कास्की प्रहरीका अनुसार उनीहरुले लेकसाइड स्थित फुटट्रायकमा फोटोग्राफी गरेबापत धम्काई प्रति फोटोग्राफर साढे १३ हजार असुल गरि ठगी गर्दै आएका थिए । उनीहरु विरुद्ध १५ जना व्यक्तिहरुले जाहेरी दर्ता गरेका थिए ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

