पोखरा:   पोखरामा सलाईको काँटी पटका बनाउने क्रममा अचानक पड्किदा १७ वर्षीय असिम परियार घाइते भएका छन् ।  पोखरा महानगरपालिका–२१ फुर्सेखोला रोकरे बस्ने परियारले आज आल्मुनियमको पातामा २० ब...

पोखरा:   कास्की जिल्लाको उद्गम  तथा  धार्मिक पर्यटकीय स्थल  कश्यप तपोधाममा बालाचर्तुदशी पर्व धुमधामका साथ मनाइएको छ ।  पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोट  स्थित धामको गरामा रहेको महाङकालेश्वर  मन्दिर परिसरमा हजारौँ भक्तजनको सहभागितामा सतबिज छरि बालाचर्तुदशी पर्व मनाईएको गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले जानकारी दिए ।  पर्वको अवसरमा कश्यप ऋषिले तपस्या गरेको धामको गरामा शिव ताण्डव नृत्य भजन नौमती वाजा समेत प्रर्दशन गरिएको थियो । विभिन्न ध्वजापताका र रंगरोगनले सजिएको मन्दिरमा बिहानै देखि भक्तजनको भिड लागेको थियो ।  सतबिज छर्न कास्की स्याङजा पर्वत तनहु बागलुङ देखि  भक्तजनको भिड लागेको थियो ।  त्यस क्षेत्रमा सतबिज छर्न विभिन्न जिल्लाबाट भक्तजन आउने गरेको स्थानीय तारापति सुवेदीले  जानकारी दिए । सदबिज छर्नाले पितृ उद्घार हुने धार्मिक जनविश्वास रहेको छ ।  पोखराको दृश्य सहित मनोरम अन्नपुर्ण हिमश्रृंखला र माछापुच्छ«ेको दृश्य नजिकैबाट देख्न सकिने उक्त क्षेत्रमा दिनहुँ सयौं पर्यटक पुग्ने गरेका छन् । यस क्षेत्रमा कश्यप ऋषिले तपस्या गरेकाले पुराना कास्की हुदै कास्की जिल्लाको नामाकरण रहेको किंमदन्ती पाइन्छ ।   

पोखरा:   नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरामा हुने सबैभन्दा ठूलो इभेन्ट सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारीमा जुटेको छ । पोखरामा आयोजना हुने लोकप्रिय अन्तर्राष्ट्रिय म्याराथनका लागि मञ्चले विभिन्न उपसमितिहरु गठन गरि तयारीमा जुटेको हो ।  हरेक वर्षको फागुन महिनामा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणको आयोजनाका लागि वैदेशिक समन्वयसहित विभिन्न उपसमितिसँगै आगामी शुक्रबार मञ्चले वृहत अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरेको छ ।  मञ्चले सोमबार बैठक बस्दै जिम्मेवारी बाडफाड गरेको अध्यक्ष हरि प्रसाद पराजुलीले जानकारी दिए । उनले म्याराथनको तयारी सँगै संस्थालाई अझ बढी प्रभावकारी बनाउनका लागि पोखरा उद्योग वाणिज्य संघमा शुक्रबार अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिए ।  संस्थाका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले मञ्चको गरिमा उचाईमा पु¥याउने अग्रज तथा स्वर्गवास भएका व्यक्तिहरुका परिवारसँग थप सल्लाह र सुझाव ग्रहण गर्ने उदेश्यका साथ अन्तरक्रिया कार्यक्रम गर्न लागेको बताए ।  संस्थाका प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङले सफल पोखरा म्याराथनलाई थप व्यवस्थित र सुरक्षित बनाउने लक्ष्यका साथ तयारी तिब्र पारिएको सुनाए । बैठकमा सडक सुरक्षा, खेलाडी व्यवस्थापन, स्वास्थ्य लगायत विभिन्न विषयमा गम्भिर छलफल भएको थियो ।  म्याराथनका लागि समारोह व्यवस्थापन संयोजकमा अध्यक्ष हरि प्रसाद पराजुली, विद्यालय व्यवस्थापनमा प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङ, प्राविधिक अन्तर्राष्ट्रिय संयोजकमा संस्थापक अध्यक्ष खड्क रानाभाट र निवर्तमान अधयक्ष तेज बहादुर गुरुङ, अनुगमन तथा निरीक्षणमा दिद्धितीय उपाध्यक्ष खेम गुरुङ, स्वास्थ्य व्यवस्थापनमा महासचिव कृष्ण तिमिल्सिना, पर्यटनमा गणेश भट्टराई, आर्थिक व्यवस्थापनमा कोषाध्यक्ष महेश पौडेल, प्रचारप्रसार व्यवस्थापनमा केशव पाठक, सुरक्षा समन्वयमा हरि बहादुर बरुवाल, बसोबासमा दिनेश कुमार श्रेष्ठ, ,्स्वयमसेवक परिचानलमा ओमबहादुर गुरुङ, प्रमाणपत्र तथा मेडलमा पुष्पा श्रेष्ठ, खेलकुद संघ संस्थामा याम बहादुर गुरुङ, सांस्कृतिक कार्यक्रम व्यवस्थापनमा रामबहादुर क्षेत्री, खाजा व्यवस्थापनमा भरत कुमार आले, वस्तुगत प्रायोजक समन्वयमा हरिश्वर पोखरेल, फिजियोथेरापीमा डा। खड्ग सिंह गुरुङ, रुटमा पानी व्यस्थापनमा जुमप्रसाद गुरुङ, संघ संस्था समन्वयमा सम्मर बहादुर श्रेष्ठ, सेलिब्रेटि समन्वय निरज थापा, ह्विचियर र दृष्टिविहिन खेल व्यवस्थापनमा अमृत बराल संयोजक रहेका छन् ।  यस्तै वैदेशिक तर्फ सुके समन्वय संयोजकमा सल्लाहकार महेश गुरुङ, अमेरिका समन्वयमा सोम गुरुङ, अष्टे«लिया समन्वयमा चन्द्र प्रकास गुरुङ, सर्विया समन्वयमा खोप बहादुर गुरुङ र हङहङ समन्वयमा रक्स गुरुङलाई संयोजक रहेका छन् ।

पोखरा:   पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको पर्यटकीय क्षेत्रमा मात्र सीमित हुन चाहन्नन्।   नजिकैका गाउँ अनि डाँडापाखाहरू पनि उनीहरूको रोजाइ बन्ने गरेको छ।   एकै मेसोमा फेवाताल, हिमशृङ्खला अनि पोखरा बजार हेर्नका लागि पोखरा नजिक धेरै डाँडा र थुम्का छन्।   यसका लागि केही वर्षअघिसम्म शान्ति स्तुपा अनि सराङ्कोट धेरैको रोजाइ थियो। तर, पछिल्लो समय पोखरा महानगरपालिका–२२ स्थित पुम्दीकोट डाँडा पनि यसको विकल्प बनेको छ।   शान्ति स्तुपाबाट केही पर विशाल महादेवको मूर्ति निर्माणपछि पुम्दीकोट डाँडाको परिचय नै फेरिएको छ।   नजिकैको शान्ति स्तूपामा पर्यटक आएको देख्दा भुम्दीकोटका स्थानीय यहाँ पनि पर्यटक ल्याउन हौसिए। उनीहरूले ‘भ्यूटावर’ निर्माणदेखि धेरै योजना अघि सारे। सोही समयमा व्यवसायी तथा समाजसेवी चन्द्रकान्त बरालले विशाल महादेवको मूर्ति बनाउने योजना ल्याए।   उनको परिकल्पनामा गाउँलेले साथ दिए। सबै गाउँले मिलेर पुम्दीकोट कोट विकास समिति गठन गरी त्यस ठाउँलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न लागि परे।   ‘पुम्दीकोटमा पूर्खादेखि नै महादेवभूमि देवता भनी पुज्ने चलन थियो। समय–समयमा लाग्ने मेलामा दर्शनार्थी पनि आउथेँ र शिवको दर्शन गरी फर्किन्थेँ,’ समाजसेवी बरालले भने, ‘पुर्खादेखिको धार्मिक आस्थालाई जीवन्तरुप दिन विशाल महादेवको मूर्ति निर्माण गर्ने परिकल्पना आयो।’   मूर्ति निर्माणार्थ समितिले दुई पटक महायज्ञ आयोजना गर्‍यो। पुम्दीकोटका पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ विसं २०७३ र २०७८ मा महाशिवपुराण आयोजना गर्‍यो। सुरुमा ६ करोड १८ लाखसहित दानस्वरुप २० रोपनी जग्गा र दोस्रो पटक करिब तीन करोड सहयोग प्राप्त भएको उनले जानकारी दिए। यो अभियानमा तीनवटै तहका सरकार र आम सर्वसाधारणको साथ र सहयोग प्राप्त भएको उनले बताए।   दोस्रो पटकको महायज्ञपछि मूर्ति स्थापनाको कार्य सुरु गरिएको समितिका सदस्य मातृका बरालले बताए।  कोरोना महामारीकै बेला विशाल महादेव मूर्ति ठडियो।   अहिले दक्षिण फर्काएर राखिएको ५१ फिट अग्लो महादेवको मूर्ति तयार भएको छ। मूर्ति बनेपछि त्यहाँ पर्यटकको घुइँचो लाग्ने गरेको छ।   जनस्तरको सक्रियतामा पुम्दीकोटमा महादेवको मूर्ति निर्माण गरिएपछि पुम्दीकोट डाँडाको परिचय फेरिएको समितिका सदस्य मातृकाले बताए।   ‘जनस्तरबाट निर्माण गरिएको विशाल महादेव मूर्तिसँगै गुरुयोजनामा समेटिएका अन्य पूर्वाधार निर्माणका काम बढिरहेका छन्,’ उनले भने।   मूर्ति स्थापना गरिएपछि पुम्दीकोट डाँडामा पर्यटकको भीड लाग्ने गरेको छ । दैनिक सयौँको सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन्। शुक्रबार, शनिबार र अन्य बिदाका दिन पुम्दीकोट पुग्ने आन्तरिक पर्यटकको भीड थेगिनसक्नु हुन्छ।   पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किमी दूरीमा रहेको यहाँ आएर पर्यटकले विशाल महादेवको मूर्तिसँगै पोखरा, फेवाताल र हिमशृङ्खला एकसाथ अवलोकन गर्न सक्छन्।   पहिले गाईबस्तु चराउने डाँडामा पर्यटकको भीड देख्दा स्थानीय तारापति बराल पनि निकै खुसी छन्।   ‘हामी सानो हुँदा गाईबस्तु चराउने डाँडाले यसरी मुहार फेर्छ भनेर मैलै कल्पना पनि गरेको थिइन,’ उनले भने, ‘घर नजिकै यति धेरै पर्यटक आउँदा मनै फुरुङ्ग हुन्छ।’ पछिल्लो समय मूर्तिकै कारण आसपासका क्षेत्रमा पर्यटकीय पूर्वाधारमा लगानी बढिरहेको स्थानीय उनले बताए।   ‘पछिल्ला समयमा होटेललगायत पूर्वाधारमा लगानीको क्रम पनि उत्तिकै बढेको छ,’ उनले भने, ‘विगतमा सुविधाको खोजीमा गाउँ छोड्ने पनि गाउँ फर्कन थालेका छन्।’   सुरुमा २० करोड लगानी गरेर भौतिक संरचना बनाउने योजना अघि सारेको समितिले पछि ४० करोडको परिमार्जित गुरुयोजना तयार गरेको समितका अध्यक्ष बताए।   अहिलेसम्म २७ करोडको संरचना बनाइसकिएको उनले जानकारी दिए। परिमार्जित गुरुयोजनाअनुसार, सुमेरु पर्वत, विद्युतीय चियर कार, ग्रिनेरी पार्क, व्यास्थित पार्किङ रहेका छन् । यीमध्ये सुमेरु पर्वत निर्माण भइसकेको छ।   हालसम्म ५१ फिट अग्लो महादेवको मूर्ति, ३१ फिट अग्लो विशाल डमरु, विशाल महादेवको विशाल क्षेत्र कुण्ड (गङ्गा पोखरी), १०८ धारा जडित तेस्रो आँखा निर्माण सम्पन्न भइसकेको समितिका अध्यक्ष बरालले जानकारी दिए।   २१६ शिवलिङ्ग, १०८ स्वर्गद्वारी सिँढी, शिव ताण्डव नृत्य तथा अन्तर्राष्ट्रिय ध्यान केन्द्र, शौचालयसहित सुविधासम्पन्न प्रशासनिक भवन, फूलमाला बिक्रीका लागि ४१ वटा सटर, कम्पाउडवाल, दुई सय मिटर पक्की पहुँचमार्ग पनि निर्माण सम्पन्न भइसकेको उनले बताए।   आगामी दिनमा परियोजनाका अधुरा कार्य सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष बरालले बताए। साँझको समयमा लेजर लाइटमार्फत महादेवको मूर्तिलाई पर्दा बनाई शिव ताण्डव नृत्य र महादेवको जीवनलीलासहितको वृत्तचित्र प्रस्तुत गर्ने योजना रहेको उनले सुनाए।

पोखरा:  पोखरा महानगरपालिकाका नगर प्रहरी निरीक्षकलाई हातपात गरेको आरोपमा प्रहरीले एकजनालाई प्रकाउ गरेको छ ।  पोखरा महानगरपालिका–४ महेन्द्रपुलस्थित सार्वजनिक स्थान सडक पेटीमा व्यापारिक प्रयोजनका लागि राखिएका सामाग्री हटाउने क्रममा नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापालाई अपशब्द प्रयोग गर्दै हातपात गरेको आरोपमा प्रहरीले ४५ वर्षीय गोविन्द प्रसाद घिमिरेलाई प्रकाउ गरेको हो ।  नगर प्रहरी निरीक्षक थापाले सार्वजनिक स्थान सडक पेटीमा व्यापारिक प्रयोजनका लागि राखिएको सामाग्री हटाउने क्रममा घिमिरेले अपशब्द प्रयोग गर्दै हातपात गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएपछि प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।  प्रकाउ परेका घिमिरेलाई सार्वजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा तथा नैतिकता विरुद्धको कसुर (अभ्रद व्यवहार) मा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:    पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।  पोखरा महानगरपालिका–२६ सुन्दरीबजार स्थित पृथ्वीराजमार्ग पोखराबाट तालचोकतर्फ आउँदै गरेको BAA 0041 नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको हो ।   कारले स्कुटरलाई ठक्कर दिँदा गम्भिर घाइते भएका पोखरा महानगरपालिका–२५ बस्ने २३ वर्षीय अनिशा खड्का र पोखरा महानगर–२५ बस्ने २४ वर्षीय भावना बरालको उपचारको क्रममा चरक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  दुर्घटनापछि कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ । 

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी मुद्धामा एक बालकलाई चौथो पटक प्रकाउ गरेको छ ।  चोरी मुद्धामा तीन पटक प्रकाउ परेका १७ वर्षीय बालकलाई प्रहरीले दुईवटा स्कुटर चोरी गरेको आरोपमा प्रकाउ गरेको हो ।  पोखराको विभिन्न स्थानमा पार्किङ गरेर राखेको दुईवटा स्कुटर चोरी गरेको आरोपमा बागलुङ स्थायी घर भएका पोखरा महानगर–१६ दीप बस्ने १७ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाउ गरेको छ ।  पोखरा महानगर–३ नदीपुरमा पार्किङ गरेर राखेको ग १४ प २०३४, बगरमा पार्किङ गरेर राखेको ग ८ प ९९३ नम्बरको स्कुटर चोरी भएको सूचनापछि खोजतलाज गर्ने क्रममा १७ वर्षीय बालकलाई ग १४ प २०३४ नम्बरको स्कुटरसहित प्रकाउ गरी थप सोधपुछ गर्ने क्रममा ग ८ प ९९३ नम्बरको स्कुटर समेत चोरी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।  प्रकाउ परेका बालकलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्ध्ी मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:   पोखरा पृथ्वीचोकमा पार्किङ गरिराखेको बस चोरी गरेको आरोपमा प्रहरीले चितवनबाट एक बालकलाई नियन्त्रणमा लिएको छ ।  शुक्रबार राति पृथ्वीचोकमा पार्किङ गरी राखेको बस हराएको सूचनापछि खोजी कार्य अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले चितवन प्रहरीको सहयोगमा बससहित चोरी गर्ने एक बालकलाई नियन्त्रणमा लिएको हो ।   पृथ्वीचोकमा पार्किङ गरी राखेको ग १ ख ९६३८ नम्बरको बस हराएको सूचनापछि खोजी गर्दा चितवनको भरतपुर महानगरपालिका ११ आँपटारीमा चेकजाँच गर्ने क्रममा बस चलाउँदै गरेको अवस्थामा तनहुँको म्याग्दे गाउँपालिका ३ घर भएका १७ बर्षीय बालकलाई प्रहरीले प्रकाउ गरेको छ ।  प्रहरीले बालकलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा अनुसन्धान अगाडी बढाएको जनाएको छ । 

पोखरा:     ड्राइभिङ्ग स्कुल संघ नेपाल गण्डकी प्रदेश समितिको शनिबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले तुलबहादुर ठकुरी (कास्की) को अध्यक्षतामा नयाँकार्य समिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा प्रविण सापकोटा (नवलपुर), उपाध्यक्षमा नवराज तिवारी (तनहुँ), सचिवमा रामचन्द्र पौडेल (कास्की), सहसचिवमा भिमलाल खनाल (स्याङजा), सदस्यमा नवराज दवाडी (कास्की), गोपाल अधिकारी (स्याङजा), हेमराज महतो (नवलपुर), मेघनाथ देवकोटा (कास्की), मनध्वज राना (तनहुँ), कमलादेवि गुरुङ (कास्की), शुस्मिता थापा (नवलपुर) र गंगाराम शर्मा चापाँगाई (कास्की) निर्विरोध निर्वाचित भएका छन् । कार्यक्रमको उद्घाटन केन्द्रिय संस्थापक अध्यक्ष पुरुषोत्तम रेग्मीले उद्घाटन गर्दै संघले व्यवसायीको हकहितमा काम गर्दै आएको र सदस्यहरुले पनि संघको नितिनियममा रहेर व्यवसाय संचालन गर्नुपर्ने बताए  कार्यक्रममा निर्वतमान केन्द्रिय अध्यक्ष मोहनबहादुर गुरुङ, वर्तमान महासचिव उमेश सिके, केन्द्रिय सदस्य विश्वकुमार माकाजु लगाएतले शुभकामना मन्तव्य दिएका थिए । सभाले कोषाध्यक्ष नवराज तिवारीको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो । ड्राइभिङ्ग स्कुल संघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष वसन्त भट्टचनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष तुलबहादुर ठकुरीले र संचालन सचिव वासु कोइरालाले गरेका थिए ।    

पोखरा:   भूगर्भविद् तथा फोटोग्राफर डा इरिका र उनकी छोरी इर्मट्रड आमोछोरीले खिचेको हिमाली क्षेत्रका समान जीवनशैलीका तस्वीरबारे पोखरामा जारी आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा इर्मट्रडले अनुभव साटेकी छन् । ‘अल्प्स मिट द हिन्दु कुश हिमालय’ विषयक सत्रमा इर्मट्रडले आफ्नी आमा र आफूले लामो समय लगाएर अस्ट्रियासहित नेपाल र भारतका विभिन्न ठाउँमा खिचिएका तस्वीरबारे अनुभव सुनाएकी हुन् ।   सन् १९१७ मा अस्ट्रियामा जन्मिएकी भूगर्भविद् एवं फोटोग्राफर डा इरिका हुबाचेक आफ्नो जीवनकालमा थुप्रै हिमाली क्षेत्रको अध्ययन गरेकी थिइन् । सोही क्रममा विभिन्न ठाउँमा फोटो खिचेकी थिइन् । उनको सन् २०१० मा मृत्यु भएको थियो । तर, आमाको बाटो पछ्याउँदै उनकी छोरी इर्मट्रड हुबाचेक पनि हिमाली फोटोग्राफीमा लागिन् । तस्वीरमा आमाछोरीले नै हिमाली किसानका जनजीवन, रहनसहन उतारेका थिए । विश्वभरका विभिन्न देशका हिमाली क्षेत्रका किसानको तस्वीर खिच्दै हिँडेका उनीहरुले जुन क्षेत्रमा भए पनि हिमाली रहनसहन मिल्दोजुल्दो भेट्टाएको छोरी इर्मट्रडले सुनाइन् । ‘सबै ठाउँका महिलाहरुको समान जीवनशैली रहेछ । उनीहरु बिहानै घामको झुल्कोसँग उठ्छन् र नअस्ताउञ्जेल खेती किसानी गर्छन्,’ उनले भनिन्, ‘सबै हिमाली भेगमा संयुक्त परिवार हुन्छ । १४, १५ जनासम्म एकै परिवारमा बस्छन् । त्यसले कृषि काममा फाइदा हुन्छ ।’ आफू र आमाले खिचेका तस्वीर कथा सुनाउँदै उनले अगाडि भनिन्, ‘सबै ठाउँका हिमाली महिलाहरुले गर्ने संघर्षमात्रै होइन, उनीहरुले अपनाइरहेको संस्कृतिदेखि जीवनशैली पनि एकैएकै प्रकारको छ ।’ हुबाचेक आमाछोरीले लामो समय लगाएर फरकफरक मितिमा खिचेका फरकफरक भूगोलका ऐतिहासिक र दुर्लभ तस्वीर गत पर्यटन दिवसदेखि पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा प्रदर्शनमा राखिएको हो । आफूहरुले समयको फरक भन्दा पनि समान जीवनशैली देखाउन खोजेको उनले बताइन् । जीवनको लामो समय हिमाली भेगको जीवनशैली अध्ययनमै बिताएकी उनले पछिल्लो समय हिमाली जनजीवन फेरिँदै गएको बताइन् । उनले प्रविधिको उच्च पहुँचसँगै जनजीवन विस्तारै परिवर्तन हुँदै गएको अनुभव सुनाइन् । नेपाल पर्वतारोहण संघले बर्सेनि आयोजना गर्दैै आएको पर्वतीय महोत्सव बिहीबारबाट सुरु भएको हो । महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस हुने सदस्य सचिव निर्मला न्यौपानले जानकारी दिइन् ।  उद्घाटनको अवसरमा ‘साइलेन्ट बर्डस्’ नामक नाटक देखाइएको थियो । नेपाल पंक्षी संरक्षण संघसँगको सहकार्यमा देखाइएको ‘साइलेन्ट बर्डस्’ ले गिद्धको महत्व र उपयोगिताबारे सन्देश दिएको थियो । किम्फसँगको सहकार्यमा पर्वतारोहण र पर्वतीय जीवनबारे ५ वटा वृत्तचित्र प्रदर्शन हुनेछ । महोत्सवमा जलवायु परिवर्तनले हिमालसँगै हिमाली जनजीवनमा पारेको प्रभाव र कालापत्थरमा परिणत हुँदै गएका हिमालबारे बहस हुने जनाइएको छ । आठौं संस्करणको पर्वतीय महोत्सवमा ‘टग अफ वार’ सँगै छेलो, जिपलाइन, आर्चरी पनि समावेश गरिएको छ ।