पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

पाेखरा | मंसिर २४, २०८०

पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

पोखरा:    पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । 


पोखरा महानगरपालिका–२६ सुन्दरीबजार स्थित पृथ्वीराजमार्ग पोखराबाट तालचोकतर्फ आउँदै गरेको BAA 0041 नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको हो ।  


कारले स्कुटरलाई ठक्कर दिँदा गम्भिर घाइते भएका पोखरा महानगरपालिका–२५ बस्ने २३ वर्षीय अनिशा खड्का र पोखरा महानगर–२५ बस्ने २४ वर्षीय भावना बरालको उपचारको क्रममा चरक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


दुर्घटनापछि कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ । 

काठमाडौं:  तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...

थप पढ्नुहोस्

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्