पोखरामा चोरी मुद्धामा चौथो पटक प्रकाउ परे बालक
पाेखरा | मंसिर २४, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी मुद्धामा एक बालकलाई चौथो पटक प्रकाउ गरेको छ ।
चोरी मुद्धामा तीन पटक प्रकाउ परेका १७ वर्षीय बालकलाई प्रहरीले दुईवटा स्कुटर चोरी गरेको आरोपमा प्रकाउ गरेको हो ।
पोखराको विभिन्न स्थानमा पार्किङ गरेर राखेको दुईवटा स्कुटर चोरी गरेको आरोपमा बागलुङ स्थायी घर भएका पोखरा महानगर–१६ दीप बस्ने १७ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाउ गरेको छ ।
पोखरा महानगर–३ नदीपुरमा पार्किङ गरेर राखेको ग १४ प २०३४, बगरमा पार्किङ गरेर राखेको ग ८ प ९९३ नम्बरको स्कुटर चोरी भएको सूचनापछि खोजतलाज गर्ने क्रममा १७ वर्षीय बालकलाई ग १४ प २०३४ नम्बरको स्कुटरसहित प्रकाउ गरी थप सोधपुछ गर्ने क्रममा ग ८ प ९९३ नम्बरको स्कुटर समेत चोरी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
प्रकाउ परेका बालकलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्ध्ी मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

