कश्यपधाममा बालाचर्तुदशी पर्व मनाइयो
पाेखरा | मंसिर २५, २०८०

पोखरा: कास्की जिल्लाको उद्गम तथा धार्मिक पर्यटकीय स्थल कश्यप तपोधाममा बालाचर्तुदशी पर्व धुमधामका साथ मनाइएको छ ।
पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोट स्थित धामको गरामा रहेको महाङकालेश्वर मन्दिर परिसरमा हजारौँ भक्तजनको सहभागितामा सतबिज छरि बालाचर्तुदशी पर्व मनाईएको गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले जानकारी दिए ।
पर्वको अवसरमा कश्यप ऋषिले तपस्या गरेको धामको गरामा शिव ताण्डव नृत्य भजन नौमती वाजा समेत प्रर्दशन गरिएको थियो । विभिन्न ध्वजापताका र रंगरोगनले सजिएको मन्दिरमा बिहानै देखि भक्तजनको भिड लागेको थियो । सतबिज छर्न कास्की स्याङजा पर्वत तनहु बागलुङ देखि भक्तजनको भिड लागेको थियो ।
त्यस क्षेत्रमा सतबिज छर्न विभिन्न जिल्लाबाट भक्तजन आउने गरेको स्थानीय तारापति सुवेदीले जानकारी दिए । सदबिज छर्नाले पितृ उद्घार हुने धार्मिक जनविश्वास रहेको छ ।
पोखराको दृश्य सहित मनोरम अन्नपुर्ण हिमश्रृंखला र माछापुच्छ«ेको दृश्य नजिकैबाट देख्न सकिने उक्त क्षेत्रमा दिनहुँ सयौं पर्यटक पुग्ने गरेका छन् । यस क्षेत्रमा कश्यप ऋषिले तपस्या गरेकाले पुराना कास्की हुदै कास्की जिल्लाको नामाकरण रहेको किंमदन्ती पाइन्छ ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...