पोखरा:    १३ औं संस्करणको पोखरा महोत्सव आगामी पुष २५ देखि माघ ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने भएको छ ।   महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि विभिन्न ३० वटा उपसमिति गठन गर...

पोखरा:   भूगर्भविद् तथा फोटोग्राफर डा इरिका र उनकी छोरी इर्मट्रड आमोछोरीले खिचेको हिमाली क्षेत्रका समान जीवनशैलीका तस्वीरबारे पोखरामा जारी आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा इर्मट्रडले अनुभव साटेकी छन् । ‘अल्प्स मिट द हिन्दु कुश हिमालय’ विषयक सत्रमा इर्मट्रडले आफ्नी आमा र आफूले लामो समय लगाएर अस्ट्रियासहित नेपाल र भारतका विभिन्न ठाउँमा खिचिएका तस्वीरबारे अनुभव सुनाएकी हुन् ।   सन् १९१७ मा अस्ट्रियामा जन्मिएकी भूगर्भविद् एवं फोटोग्राफर डा इरिका हुबाचेक आफ्नो जीवनकालमा थुप्रै हिमाली क्षेत्रको अध्ययन गरेकी थिइन् । सोही क्रममा विभिन्न ठाउँमा फोटो खिचेकी थिइन् । उनको सन् २०१० मा मृत्यु भएको थियो । तर, आमाको बाटो पछ्याउँदै उनकी छोरी इर्मट्रड हुबाचेक पनि हिमाली फोटोग्राफीमा लागिन् । तस्वीरमा आमाछोरीले नै हिमाली किसानका जनजीवन, रहनसहन उतारेका थिए । विश्वभरका विभिन्न देशका हिमाली क्षेत्रका किसानको तस्वीर खिच्दै हिँडेका उनीहरुले जुन क्षेत्रमा भए पनि हिमाली रहनसहन मिल्दोजुल्दो भेट्टाएको छोरी इर्मट्रडले सुनाइन् । ‘सबै ठाउँका महिलाहरुको समान जीवनशैली रहेछ । उनीहरु बिहानै घामको झुल्कोसँग उठ्छन् र नअस्ताउञ्जेल खेती किसानी गर्छन्,’ उनले भनिन्, ‘सबै हिमाली भेगमा संयुक्त परिवार हुन्छ । १४, १५ जनासम्म एकै परिवारमा बस्छन् । त्यसले कृषि काममा फाइदा हुन्छ ।’ आफू र आमाले खिचेका तस्वीर कथा सुनाउँदै उनले अगाडि भनिन्, ‘सबै ठाउँका हिमाली महिलाहरुले गर्ने संघर्षमात्रै होइन, उनीहरुले अपनाइरहेको संस्कृतिदेखि जीवनशैली पनि एकैएकै प्रकारको छ ।’ हुबाचेक आमाछोरीले लामो समय लगाएर फरकफरक मितिमा खिचेका फरकफरक भूगोलका ऐतिहासिक र दुर्लभ तस्वीर गत पर्यटन दिवसदेखि पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा प्रदर्शनमा राखिएको हो । आफूहरुले समयको फरक भन्दा पनि समान जीवनशैली देखाउन खोजेको उनले बताइन् । जीवनको लामो समय हिमाली भेगको जीवनशैली अध्ययनमै बिताएकी उनले पछिल्लो समय हिमाली जनजीवन फेरिँदै गएको बताइन् । उनले प्रविधिको उच्च पहुँचसँगै जनजीवन विस्तारै परिवर्तन हुँदै गएको अनुभव सुनाइन् । नेपाल पर्वतारोहण संघले बर्सेनि आयोजना गर्दैै आएको पर्वतीय महोत्सव बिहीबारबाट सुरु भएको हो । महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस हुने सदस्य सचिव निर्मला न्यौपानले जानकारी दिइन् ।  उद्घाटनको अवसरमा ‘साइलेन्ट बर्डस्’ नामक नाटक देखाइएको थियो । नेपाल पंक्षी संरक्षण संघसँगको सहकार्यमा देखाइएको ‘साइलेन्ट बर्डस्’ ले गिद्धको महत्व र उपयोगिताबारे सन्देश दिएको थियो । किम्फसँगको सहकार्यमा पर्वतारोहण र पर्वतीय जीवनबारे ५ वटा वृत्तचित्र प्रदर्शन हुनेछ । महोत्सवमा जलवायु परिवर्तनले हिमालसँगै हिमाली जनजीवनमा पारेको प्रभाव र कालापत्थरमा परिणत हुँदै गएका हिमालबारे बहस हुने जनाइएको छ । आठौं संस्करणको पर्वतीय महोत्सवमा ‘टग अफ वार’ सँगै छेलो, जिपलाइन, आर्चरी पनि समावेश गरिएको छ ।

पोखरा:    स्थानीय उपभोक्ता र वडाको सहकार्यमा पोखरा महानगरपालिका वडा नं. २६ को स्वर्णिम लाहुरे टोलमा बाटो ढलानको कार्य सम्पन्न भएको छ ।  ढलान सडकको शनिवार पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले उद्घाटन गरेका छन् ।  सडकको उद्घाटन् गर्दै, अध्यक्ष थापाले टोलमा पहिलो प्राथमिकताको रुपमा रहेको सडक पूर्वाधारमा स्थानीय जनसहभागिता सहित निर्माण सम्पन्न भएको बताए ।   अध्यक्ष थापाले वडामा गत र यस आर्थिक बर्षमा सडकलाई प्राथमिकता दिईएको उल्लेख गर्दै, आगामी आर्थिक बर्षहरुमा शिक्षा र स्वस्थ्यमा बजेट विनियोजन गरिने स्पष्ट पारे ।  बिगतको समयमा सडक पूर्वाधार अधुरा रहेकाले दुई बर्षको धेरैजसो बजेट यो क्षेत्रमा खर्चनु परेको उल्लेख गर्दै, अध्यक्ष थापाले अव गुणस्तरीय शिक्षा र स्वास्थ्यमा जोड दिईने बताएका हुनु ।  बाटो निर्माण समितिका अध्यक्ष भिम बहादुर सुनारी मगरको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तिर्थ बहादुर राजभाट, जमुना गुरुङ लगायतले बोलको थिए ।  वडाको एक लाख ५० हजार र स्थानीयको दुई लाख ३० हजार रुपैयाबाट ६५ मिटर सडक ढलान भएको हो ।   

पोखरा:  लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ५ गते देखि १६ गते सम्म आयोजना गर्ने १९ औं संस्करणको लेखनाथ महोत्सवमा विद्यालय स्तरीय चित्रकला प्रतियोगिता हुने भएको छ । पुस १ गते चित्रकला प्रतियोगिता गर्ने निर्णय भएको विद्यालयस्तरीय कार्यक्रम उप–समितिका संयोजक एल पि ढुंगानाले जानकारी दिए । प्रतियोगितामा प्रथम द्धितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेलाई क्रमश नगद ५ हजार, ४ हजार, ३ हजार र २ हजार प्रदान गरिनेछ भने सहभागीहरु सबैलाई समेत प्रोत्साहनको व्यवस्था गरिएको छ । ‘‘प्रतियोगितामा विद्यार्थीहरले कोरेका चित्रहरुलाई महोत्सवमा प्रर्दशनी एवं बिक्रिको लागी समेत राखिनेछ जसबाट विद्यार्थीहरुले अतिरिक्त आयआर्जन समेत गर्न सक्नेछन’’ –संयोजक ढुंगानाले बताए । महोत्सवमा विद्यार्थी लक्षीत शैक्षिक प्रर्दशनी, विज्ञान प्रर्दशनी, विद्यालयस्तरीय नृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु पनि हुनेछन भने विद्यार्थीहरुलाई महोत्सव अवलोकनको लागी विद्यार्थी परिचय पत्रको आधारमा टिकटमा छुटको समेत व्यवस्था गरिएको छ । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघक िमहासचिव जानुका पराजुली, द्धितीय उपाध्यक्ष विक्रम कर्माचार्य, एन प्याब्सनका केन्द्रीय सदस्य शिवदत्त तिवारी, हिसान कास्कीका अध्यक्ष यम बहादुर रोका, युनिप्स नेपालकी अध्यक्ष शान्ता गुरुङ्ग लगायतले बोलेका थिए ।  

पोखरा:    पोखराको नयाँबजारमा समृद्धि स्टिल्स ३२ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको मेला पुस १ गतेसम्म चल्नेछ । मेलाको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।  पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउनु तथा गण्डकी प्रदेश र खासगरी पोखराको व्यवसाय बिस्तारको संभावनाको खोजी एवं गण्डकी प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्धेश्यले मेला आयोजना गरिएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए ।  उनले उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराउन,अर्थतन्त्र चलायनमान बनाउन तथा नयाँ प्रविधिबारे जानकारी दिनु मेला  र महोत्सवको उद्धेश्य भएको बताउँदै मेला नाफामुखी नभएर प्रवद्र्धनात्मक भएको जिकिर पनि गरे । समुद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता,पोखरासहित गण्डकी प्रदेशमा औद्योगिक क्षेत्र स्थापना, सडक सञ्जालको विस्तार तथा रोजगारीलाई प्राथमिकतामा राख्न मुख्यमन्त्रीसँग आग्रह पनि गरे ।  नागरिकहरुमा यतिबेला आर्थिक समृद्धि,समतामूलक समाज निर्माण, रोजगारी र सुशासनको भोक जागेको बताउँदै अध्यक्ष प्रजापतिले  नागरिकहरुका असीमित चाहना एकै दिनमा पूरा गर्न कठीन भए पनि  विकास निर्माणमा जुन द्रूत गति आवश्यक थियो,त्यसो नहुँदा जनतामा निराशा छाएको उल्लेख गरे । ‘पछिल्लो समय देखिएको युवा पलायन र निराशालाई बेलैमा संवोधन गर्न नसकिए देश बृद्धहरुको बासस्थानमा बदलिने हो कि भन्ने चिन्ता थपिएको छ,’ उनले भने,‘ आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन,स्वदेशै रोजगारी सिर्जना गर्न तथा सुशासन कायम गराउनको निम्ति राजनीनिक नेतृत्व अलिकति बढी गम्भीर बन्नैपर्ने देखिएको छ ।’   पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीको धन्यवाद ज्ञापन तथा महासचिव बलराम आचार्यको संचालन रहेको कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल,कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीलगायतले मन्तव्य राखेका थिए ।  प्रभातफेरीमा आमा समूहको बाक्लो उपस्थिति  मेलाको समुद्घाटन अगाडि संघको सचिवालय गैह्रापाटनबाट मेलास्थलसम्म प्रभातफेरीको आयोजना गरिएको थियो । प्रभातफेरीमा पोखरा महानगरभित्रका १२५ वटाभन्दा बढी आमा समूहको सहभागिता रहेको संयोजक तथा संघकी कार्यसमिति सदस्य प्रभा सुवेदीले जानकारी दिइन् । उनका अनुसार प्रभातफेरीमा विभिन्न बस्तुगत संघ र व्यावसायिक एवं सामाजिक संघ÷संस्थाको पनि सहभागिता थियो । २५० वटाभन्दा बढी व्यावसायिक स्टल रहेको मेलामा शुक्रबारबाट सांस्कृतिक कार्यक्रम पनि आयोजना हुँदैछ ।   

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको विभिन्न स्थानबाट लागूऔषधसहित चारजनालाई प्रकाउ गरेको छ ।  वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका–१४ नयाँपुलबाट धादिङ घर भई पोखरा–९ बस्ने १९ वर्षीय आशिष थापामगर र २० वर्षीय पूर्ण तामाङलाई १ किलो ५ सय ग्राम लागूऔषधसहित हिजो (मंगलबार) प्रकाउ गरेको हो ।  यस्तै वडा प्रहरी कार्यालय बगर र रामबजारबाट संयुक्त रुपमा खटिएको प्रहरीले पोखरा महानगर–४ कोइरालामार्गबाट दुईजनालाई लागूऔषधसहित प्रकाउ गरेको छ ।  प्रकाउ पर्नेमा पोखरा महानगर–४ कोइरालामार्ग बस्ने ३५ वर्षीय बिरु परियार र पर्वतको जलजला गाउँपालिका–९ बनौ घर भएका २६वर्षीय बिनोद पुनलाई १ किलो ४ सय ८० ग्राम लागूऔषधसहित प्रहरीले प्रकाउ गरेको हो ।  लागूऔषधसहित प्रकाउ परेका चारजनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा १५÷१५ दिनको म्याद गरी अनुसन्धान प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

पोखरा:   भदौरे क्लब र भदौरे आमा समूहको सँयुक्त आयोजनामा कास्कीको अन्नपूर्ण गाँउपालिका ४ भदौरेमा ‘२५ औं भदौरे पञ्चासे महोत्सव’ हुने भएको छ ।    आगामी पुष ५ देखि ९ गतेसम्म रजत जयन्तीको रुपमा महोत्सवको तयारी थालिएको छ ।    महोत्सवमा विभिन्न प्रतियोगिताको आयोजना गरी मनाइने क्लबका सल्लाहकार तथा अन्नपूर्ण गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष आइन्दल गुरुङले जानकारी दिए ।     उनका अनुसार तमु ल्होसारको अवसरमा आयोजना हुने सो महोत्सवमा विशेष आकर्षणका रुपमा सेभेन ए साइड फुटबल प्रतियोगिता, नृत्य प्रतियोगिता लगायतका साँस्कृतिक कार्यक्रमहरु समावेश गरिएको छ ।   प्रतियोगिताको विजेता टिमलाई नगद रु १ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने संयोजक विश्वदल गुरुङले जानकारी दिए ।   उनका अनुसार उपविजेता टिमले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ  भने अन्तिम चार (सेमिफाइनल) मा पुग्ने दुई टिमलाई जनही २०/२० हजार रुपैयाँ प्रदान गरिनेछ । यस्तै विधागत पुरस्कारको व्यवस्थासमेत गरिएको छ ।   प्रतियोगितामा सहभागिता जनाउनका लागि आयोजकले दर्ता शुल्क नगद रु ५ हजार निर्धारण गरेको छ ।   महोत्सवमा खेलकुदसँगै साँस्कृतिक कार्यक्रमहरुको पनि आयोजना हुने आयोजकले जनाएको छ ।  

पोखरा:  रुसी सेनामा भर्ना भएका पोखराका देवान राईसहित ६ जनाको मृत्यु भएको छ भने, भर्ना भएका एक नेपाली युक्रेनमा बन्धकमा परेका छन् । परराष्ट मन्त्रालयले विज्ञप्ति जारी गर्दै रुसी सेनामा भर्ना भएका देवान राईसहित ६ जना नेपालीहरुको मृत्यु  भएको पुष्टि गरेको छ ।  मन्त्रालयका अनुसार मृत्यु हुनेमा पोखराको देवान राई, गोरखाका सन्दिप थपलिया, कपिलवस्तुको रुपक कार्की, स्याङ्जाको पुतलीबजार नगरपालिकाका पितम कार्की, दोलखाको राजकुमार रोका र इलामका गंगाराज मोक्तान रहेका छन्  ।   मन्त्रालयका अनुसार रुसी सेनामा भर्ना भएका विवेक खत्रीलाई युक्रेनमा बन्धक बनाएको समेत जनाएको छ । युक्रेनको बन्धकमा परेका खत्रीलाई नेपाल फिर्ता गर्न कुटनीतिक पहल भइरहेको जनाइएको छ ।  विदेशी सेनामा नेपाली नागरिकहरु भर्ना  सम्बन्धमा परम्परागत रुपमा रहेको सम्झौता अन्तरगत केही मित्र राष्ट्रहरुको राष्ट्रिय सेनामा नेपाली नागरिकहरु भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुने अनुमति दिने नेपाल सरकारको नीति नरहेको उल्लेख गरिएको छ ।  

पोखरा:  पोखरा महानगरपालिका–२७ तालचोक, डाँडाकोनाकमा आगामी पुस ५ देखि १६ गतेसम्म सञ्चालन हुने १९ औं संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ ।  लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुने १९ औं संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको प्रचार–प्रचार उपसमितिको संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले बताए । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि, भन्ने नारासहित १९ औं संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र पारेका छौं’, संयोजक सुवेदीले भने, ‘महोत्सव आगामी पुस ५ देखि १६ गतेसम्म पोखरा–२७ तालचोक डाँडाकोनाकमा आयोजना गर्दै छौं ।’ उनले १९ औं संस्करणको लेखनाथ महोत्सवमा करिव ९० लाखको आर्थिक कारोवार हुने लक्ष्य राखेको बताए । ‘महोत्सवमा हामीले करिव ३ सय ३४ वटा स्टल निर्माण गछौं, जसमा ७० प्रतिशत स्टल बुकिङ भइसकेका छन्’, उनले भने, ‘महोत्सवमा करिव ९० लाख बराबरको आर्थिक कारोवार हुने लक्ष्य राखेका छौं भने, २ लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरेका छौं ।’ लेखनाथ उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्ष समेत रहेका सुवेदीले महोत्सवमा ९० लाखको कारोवार हुँदा ८० लाख खर्च भई १० लाख बचत हुने अनुमान गरेको बताए ।  कोभिड १९ र युक्रेन युद्धका कारण विश्वभर आएको आर्थिक मन्दिबाट थला परेको देशको अर्थतन्त्तलाई चलायमान बनाउन तथा पर्यटन प्रवद्र्धन,देशमा रहेका औद्योगिक उत्पादनलाई बढवा दिन, लघु घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सीप उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरुमा उत्पादित वस्तुहरुको बजारिकरणमा सहयोग पु¥याउने महोत्सवको उद्धेश्य रहेको संघले जनाएको छ ।  बचत भएको १० लाखबाट संघको भवनको स्तर उन्नती, औद्योगिक क्षेत्र निर्माणको लागि पहल, कवि लेखनाथ पौड्यालको जन्मस्थल विकास, बेगनास तालमा बराह मन्दिर संरक्षण, ,स्थानीय महलिा तथा युवा उद्यमीहरुद्धारा उत्पादित वस्तुहरुको प्रवद्र्धनका लागि उत्कृष्ट कोशेली घर निर्माण लगायतको क्षेत्रमा खर्च गर्ने लेखनाथ उद्योग वाणिज्य संघले जनाएको छ ।  महोत्सवमा जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलाहरुलाई सामाजिक सुरक्षा भत्ता कार्डका आधारमा र लेखनाथ उद्योग वाणिज्य संघका सदस्यहरुका लागि संघको सदस्यता परिचय पत्रका आधारमा निशुल्क प्रवेश रहेको जनाएको छ ।  महोत्सवमा कवि लेखनाथ पौडेलको सम्झनामा साहित्यीक कार्यक्रम,महिला विशेष रीतिरिवाज जर्गेना अन्तर्गत रत्यौली कार्यक्रम, विद्यालय स्तरीय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, जातजातिहरुको सम्मानमा लोप हुन लागेको रीतिरिवाज तथा संस्कृति झल्कने नृत्य प्रदर्शनी, आदिवासी जनजातिहरुको आफ्नो झाँकी¥याली, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, राष्ट्रिय उत्पादन प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, बाल उद्यान, खाना महोत्सव, कन्सट, राष्ट्रिय लोक दोहोरी कार्यक्रमहरुलाई समेत निरन्तरता दिइएको छ ।   

पोखरा:    सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा सम्पन्न भएको छ । २०६३ मा स्थापना भएको सहकारी ऐन नियम अनुसार समुदाय विकास कार्यक्रमका लागिा रेडियो सराङ्गकोट, सङ्गै सदस्यको आर्थिक विकासको लागि बचत तथा ऋण कारोबार गर्दै आएको छ ।  साधारण सभाको शुभारम्भ गर्दै राष्ट्रिय सहकारी बैंकका क्षत्रीय प्रमुख नरेश पाण्डेले संस्थालाई स्ंस्थालाई दिर्घकालिन रुपमा अगाडी बढाउन , जगेडाकोष बृद्दि सङ्गै सदस्यहरुले मेरो सहकारी भन्ने भावनाको विकास गराउनुपर्ने  बताए समाजको  विकासमा सहकारीको भुमिका महत्वपूर्ण रहेकोले सबै सहकारी एउटै टोकरीमा राखेर नहेरी राम्रोलाई राम्रो हो भन्न सक्ने सहकारी  बन्नुपर्ने  बताए ।    वार्षिक साधारणले अध्यक्ष कृष्ण थापा, सचिव कुल प्रसाद सुवेदी, कोषध्क्ष राममणी पौडेल, कर्जा संयोजक रमेश कुमार थापा, लेखा संयोजक शिव बहादुर बानियाँ, असुली संयोजक माया कुमारी  शर्मा व्यवस्थापक सुरेन्द्र थापा द्घारा प्रस्तुत प्रतिवेदनहरुलाई पारित गरेको छ । संस्थाको हाल शेयर पुँजी ७ करोड पन्ध्र लाख बचत ४५ करोड, ७४ लाख , कर्जा लगानी ५३ करोड ६२ लाख रहेकोमा यस वर्ष सम्पूर्ण तर्फ १० कारोड बृद्दि गर्ने योजना रहेको अध्यक्ष कृष्ण थापाले बताए ।      कार्यक्रममा जेष्ट सदस्य पूर्ण बहादुर ढकाल क्षेत्री लगाएत उत्कृष्ट कारोबार बचत गर्ने , सदस्य हरुको विविध क्षेत्रका उत्कृष्ट सहयोगीहरुलाई सम्मान गरीएको थियो । कर्यक्रममा संस्थाका पूर्व अध्यक्ष प्रेम बहादुर जि।सी , सल्लाहकार सोभियत बहादुर अधिकारी , रोहित राज बासतोला, दुर्गा बहादुर सुनार, इन्द्रकमल मानन्धर, कमलनयन गौतम सञ्चालक विकल पौडेल, तारा थापा पुर्व सञ्चालक रामचन्द्र थापा ,बहुउद्देश्यीय समितीका सदस्य गणेश बहादुर अधिकारी , रेडियो सराङ्गकोटका निर्देशक चिन्तामणी बास्तोला सदस्य दामोदर शर्मा सदस्यको तर्फबाट अमृतसोभा खत्री लगायतले आ–आफ्नो भनाई राखेका थिए सहकारी गएको वर्ष प्रदेशकै उत्कृष्ट सहकारी सम्मान सङ्गै समाजिक स्वास्थ्य क्षेत्रका कार्यक्रमहरुमा सकृय रहदै आएको छ