लाहुरे टोलमा सडक ढलान
पाेखरा | मंसिर २३, २०८०
पोखरा: स्थानीय उपभोक्ता र वडाको सहकार्यमा पोखरा महानगरपालिका वडा नं. २६ को स्वर्णिम लाहुरे टोलमा बाटो ढलानको कार्य सम्पन्न भएको छ ।
ढलान सडकको शनिवार पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले उद्घाटन गरेका छन् ।
सडकको उद्घाटन् गर्दै, अध्यक्ष थापाले टोलमा पहिलो प्राथमिकताको रुपमा रहेको सडक पूर्वाधारमा स्थानीय जनसहभागिता सहित निर्माण सम्पन्न भएको बताए ।
अध्यक्ष थापाले वडामा गत र यस आर्थिक बर्षमा सडकलाई प्राथमिकता दिईएको उल्लेख गर्दै, आगामी आर्थिक बर्षहरुमा शिक्षा र स्वस्थ्यमा बजेट विनियोजन गरिने स्पष्ट पारे ।
बिगतको समयमा सडक पूर्वाधार अधुरा रहेकाले दुई बर्षको धेरैजसो बजेट यो क्षेत्रमा खर्चनु परेको उल्लेख गर्दै, अध्यक्ष थापाले अव गुणस्तरीय शिक्षा र स्वास्थ्यमा जोड दिईने बताएका हुनु ।
बाटो निर्माण समितिका अध्यक्ष भिम बहादुर सुनारी मगरको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तिर्थ बहादुर राजभाट, जमुना गुरुङ लगायतले बोलको थिए ।
वडाको एक लाख ५० हजार र स्थानीयको दुई लाख ३० हजार रुपैयाबाट ६५ मिटर सडक ढलान भएको हो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

