लाहुरे टोलमा सडक ढलान
पाेखरा | मंसिर २३, २०८०
पोखरा: स्थानीय उपभोक्ता र वडाको सहकार्यमा पोखरा महानगरपालिका वडा नं. २६ को स्वर्णिम लाहुरे टोलमा बाटो ढलानको कार्य सम्पन्न भएको छ ।
ढलान सडकको शनिवार पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले उद्घाटन गरेका छन् ।
सडकको उद्घाटन् गर्दै, अध्यक्ष थापाले टोलमा पहिलो प्राथमिकताको रुपमा रहेको सडक पूर्वाधारमा स्थानीय जनसहभागिता सहित निर्माण सम्पन्न भएको बताए ।
अध्यक्ष थापाले वडामा गत र यस आर्थिक बर्षमा सडकलाई प्राथमिकता दिईएको उल्लेख गर्दै, आगामी आर्थिक बर्षहरुमा शिक्षा र स्वस्थ्यमा बजेट विनियोजन गरिने स्पष्ट पारे ।
बिगतको समयमा सडक पूर्वाधार अधुरा रहेकाले दुई बर्षको धेरैजसो बजेट यो क्षेत्रमा खर्चनु परेको उल्लेख गर्दै, अध्यक्ष थापाले अव गुणस्तरीय शिक्षा र स्वास्थ्यमा जोड दिईने बताएका हुनु ।
बाटो निर्माण समितिका अध्यक्ष भिम बहादुर सुनारी मगरको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तिर्थ बहादुर राजभाट, जमुना गुरुङ लगायतले बोलको थिए ।
वडाको एक लाख ५० हजार र स्थानीयको दुई लाख ३० हजार रुपैयाबाट ६५ मिटर सडक ढलान भएको हो ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

