ड्राइभिङ्ग स्कुल संघ गण्डकी अध्यक्षमा ठकुरी

पाेखरा | मंसिर २३, २०८०

ड्राइभिङ्ग स्कुल संघ गण्डकी अध्यक्षमा ठकुरी

पोखरा:     ड्राइभिङ्ग स्कुल संघ नेपाल गण्डकी प्रदेश समितिको शनिबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले तुलबहादुर ठकुरी (कास्की) को अध्यक्षतामा नयाँकार्य समिति चयन गरेको छ ।


समितिको वरिष्ठ उपाध्यक्षमा प्रविण सापकोटा (नवलपुर), उपाध्यक्षमा नवराज तिवारी (तनहुँ), सचिवमा रामचन्द्र पौडेल (कास्की), सहसचिवमा भिमलाल खनाल (स्याङजा), सदस्यमा नवराज दवाडी (कास्की), गोपाल अधिकारी (स्याङजा), हेमराज महतो (नवलपुर), मेघनाथ देवकोटा (कास्की), मनध्वज राना (तनहुँ), कमलादेवि गुरुङ (कास्की), शुस्मिता थापा (नवलपुर) र गंगाराम शर्मा चापाँगाई (कास्की) निर्विरोध निर्वाचित भएका छन् ।


कार्यक्रमको उद्घाटन केन्द्रिय संस्थापक अध्यक्ष पुरुषोत्तम रेग्मीले उद्घाटन गर्दै संघले व्यवसायीको हकहितमा काम गर्दै आएको र सदस्यहरुले पनि संघको नितिनियममा रहेर व्यवसाय संचालन गर्नुपर्ने बताए 

कार्यक्रममा निर्वतमान केन्द्रिय अध्यक्ष मोहनबहादुर गुरुङ, वर्तमान महासचिव उमेश सिके, केन्द्रिय सदस्य विश्वकुमार माकाजु लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।


सभाले कोषाध्यक्ष नवराज तिवारीको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।


ड्राइभिङ्ग स्कुल संघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष वसन्त भट्टचनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष तुलबहादुर ठकुरीले र संचालन सचिव वासु कोइरालाले गरेका थिए ।


 
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्