बुद्ध एयरको आकस्मिक ढोका खोल्ने यात्रुमाथि छानबिन
पाेखरा | पुस ५, २०८०
पोखरा: पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजको आकस्मिक ढोका खुलेपछि यात्रुलाई सोधपुछ गर्न थालिएको छ ।
आज बिहान ९ बजे बुद्ध एयरको उडान नम्बर ६५२ को इन्जिन स्टार्ट भएपछि आपतकालीन ढोका खुलेको थियो ।
विमानस्थलका अनुसार ढोका नजिकै रहेका यात्रुले ह्यान्डिल चलाउँदा ढोका खुलेको बताइएको छ ।
अहिले ति यात्रुलाई अर्काे जहाजमार्फत काठमाडौं लाने तयारी भएको बताइएको छ भने के कति कारणले ह्यान्डिल चलाइयो भन्ने बारे सोधपुछ गरिने विमानस्थले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

