लेकसाइडबाट १० जना अभद्र व्यवहार गरेको आरोपमा प्रकाउ

पाेखरा | पुस ४, २०८०

लेकसाइडबाट १० जना अभद्र व्यवहार गरेको आरोपमा प्रकाउ

पोखरा:   लेकसाइडमा पर्यटकलाई नशालु पदार्थ सेवन गराउन खोज्नेसहित विभिन्न कसुरमा संग्लन १० जनालाई वडा प्रहरी कार्यालय बैदामले प्रकाउ गरेको छ । 


लेकसाइडमा पर्यटकलाई नशालु पदार्थ सेवन गराउन खोज्नेसहित विभिन्न कसुरमा संलग्न १० जनालाई अभद्र व्यवहारको मुद्धा चलाएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । 


लेकसाइडमा विदेशी तथा स्वदेशी पर्यटकहरुलाई बाटोमा नशालु पदार्थ सेवन गर्नको लागि दवाव दिने, नमानेमा बाटोमा हिड्ने पर्यटक तथा मानिसहरुलाई हैरान गरी आँतङ्कित पारेको आरोपमा प्रहरीले पुस २ गते सोमबार राती विजिवि गल्लीबाट पाँचजनालाई पक्राउ गरेको थियो ।


पक्राउ पर्नेहरुमा पोखरा–१६ दीप बस्ने २० वर्षीय डिलन श्रीषमगर, कास्कीको माछापुच्छ«े गाउँपालिका ५ बस्ने २० वर्षीय सन्देश विक, पोखरा–६, ठाडोपसल बस्ने ३० वर्षीय सुरेश थापा, पोखरा–६, जरेवर बस्ने २९ वर्षीय महेन्द्र भण्डारी र गोरखा भीमसेन गाउँपालिका–८ बस्ने ३२ वर्षीय सुरेश थापा रहेका छन् ।  


यस्तै मर्निङवाकमा जाने महिलाहरुलाई पोखरा–६, लेकसाइडको सडकमा मादक पदार्थ सेवन गरी अपशब्द प्रयोग गर्ने, हातपात गर्ने र सम्झाउन खोज्दा स्थानीयवासीलाई कुटपिट गरेको आरोपमा प्रहरीले बागलुङ नगरपालिका –१२ घर भई हाल पोखरा–६ बस्ने २७ वर्षीय डेविड भन्ने डिल्लीप्रसाद पौडेललाई पक्राउ गरेको हो ।


यस्तै प्रहरीले सोमबार राति नै लेकसाइडमा मादक पदार्थ सेवन गरी होहल्ला गर्दै अशान्ति फैलाएको आरोपमा प्रहरीले बागलुङको काठेखोला गाउँपालिका–५ घर भई हाल पोखरा–५, मालेपाटन बस्ने २६ वर्षीय विक्रम थापा, स्याङ्जा गल्याङ नगरपालिका वडा–१ घर भई हाल पोखरा–१४ काजिपोखरी बस्ने ३१ वर्षीय आशिष थापालाई प्रहरीले पक्राउ गरेको थियो ।


यस्तै प्रहरीले पोखरा–९, चाईनापुलस्थित शंकास्पद ढंगले हिडिरहेको अवस्थामा सोधपुछ गर्दा प्रहरीमाथि नै अपशब्द प्रयोग गरेको आरोपमा पोखरा–१४ बस्ने ३२ वर्षीय शिवबहादुर कार्की र पोखरा–९ बस्ने २७ वर्षीय शंकर भुजेल पक्राउ गरेको छ । 


प्रकाउ परेकाहरुलाई छुट्टाछुट्छै अभद्र व्यवहार सम्बन्धि कसुरमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पहिलो पटक ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । 
 

मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...

थप पढ्नुहोस्

ढोरपाटन:  तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ ।  वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...

थप पढ्नुहोस्

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्