अभियान युवा क्लबमा नयाँ नेतृत्व, अध्यक्षमा कृष्णबहादुर थापा
पाेखरा | पुस ४, २०८०
पोखरा: पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमीमा अवस्थीत अभियान युवा क्लबको अध्यक्षमा कृष्णबहादुर थापा निर्वाचित भएका छन् । क्लबको १४औं साधारण सभा तथा पाँचौ अधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र खत्री, उपाध्यक्षमा सरस्वती गिरी, सचिवमा मुक्त गिरी, कोषाध्यक्षमा जिवन आचार्य, सहसचिवमा द्रवेश बोहरा, सहकोषाध्यक्षमा अमृत गुरुङ सर्वसम्मत निर्वाचित भए । त्यस्तै कार्यसमिति सदस्यमा जय गुरुङ, अशोक थापा, समिता अधिकारी र सिर्जना श्रेष्ठ निर्वाचित बनेका छन् ।
अधिवेशन अघिको साधारण सभा कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले मानिसलाई सामाजिक बनाउन क्लब, आमा समूह जस्ता संस्थाहरुले भूमिका खेल्ने बताए । वडा ५ मा कुनै पनि सामाजिक तथा विकासका कार्यमा हातेमालो गर्दै अगाडी बढ्न वडा कार्यालय सदैब तयार रहेको उनको भनाई थियो । वडा ५ मा विकासको कार्य अगाडी बढीरहेको जानकारी दिँदै वडाध्यक्ष बरालले वडा क्षेत्रमा देखिएको समस्या सुनाएको थिए ।
कार्यक्रममा बाराही माविका प्रधानाध्यापक, नारी जागरण अभियानकी संयोजक अञ्जु केसी, अभियान युवा क्लबका पूर्व अध्यक्ष बसन्त गिरी, सुर्यचन्द्र विकास समाजका महासचिव हेमराज भण्डारी, क्लबका संस्थापक सल्लाहकार उज्वल खत्री, अभियान महिला समूहकी उपाध्यक्ष टिका केसी लगाएतले क्लबको कार्यक्रम निश्चित क्षेत्रमा मात्र नगरि बृहत गर्नुपर्ने भनाई राखे । क्लबका कार्यक्रम थोरै गर्ने, राम्रो गर्ने र त्यसलाई निरन्तरता दिन पनि उनीहरुले सुझाए ।
सभामा क्लबले भलिबल प्रशिक्षक रमेशकुरमार श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरेको छ । साथै अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतीले पारित समेत सभाले गरेको छ ।
क्लबका अध्यक्ष राजु गिरीको अध्यक्षतामा सम्पन्न साधारण सभामा क्लबका निवर्तमान अध्यक्ष मोहन बहादुर केसीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव मुक्त गिरीले गरेका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

