सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा

पाेखरा | मंसिर १७, २०८०

सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा

पोखरा:    सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा सम्पन्न भएको छ । २०६३ मा स्थापना भएको सहकारी ऐन नियम अनुसार समुदाय विकास कार्यक्रमका लागिा रेडियो सराङ्गकोट, सङ्गै सदस्यको आर्थिक विकासको लागि बचत तथा ऋण कारोबार गर्दै आएको छ । 


साधारण सभाको शुभारम्भ गर्दै राष्ट्रिय सहकारी बैंकका क्षत्रीय प्रमुख नरेश पाण्डेले संस्थालाई स्ंस्थालाई दिर्घकालिन रुपमा अगाडी बढाउन , जगेडाकोष बृद्दि सङ्गै सदस्यहरुले मेरो सहकारी भन्ने भावनाको विकास गराउनुपर्ने  बताए समाजको  विकासमा सहकारीको भुमिका महत्वपूर्ण रहेकोले सबै सहकारी एउटै टोकरीमा राखेर नहेरी राम्रोलाई राम्रो हो भन्न सक्ने सहकारी  बन्नुपर्ने  बताए । 

 

वार्षिक साधारणले अध्यक्ष कृष्ण थापा, सचिव कुल प्रसाद सुवेदी, कोषध्क्ष राममणी पौडेल, कर्जा संयोजक रमेश कुमार थापा, लेखा संयोजक शिव बहादुर बानियाँ, असुली संयोजक माया कुमारी  शर्मा व्यवस्थापक सुरेन्द्र थापा द्घारा प्रस्तुत प्रतिवेदनहरुलाई पारित गरेको छ । संस्थाको हाल शेयर पुँजी ७ करोड पन्ध्र लाख बचत ४५ करोड, ७४ लाख , कर्जा लगानी ५३ करोड ६२ लाख रहेकोमा यस वर्ष सम्पूर्ण तर्फ १० कारोड बृद्दि गर्ने योजना रहेको अध्यक्ष कृष्ण थापाले बताए ।
    

कार्यक्रममा जेष्ट सदस्य पूर्ण बहादुर ढकाल क्षेत्री लगाएत उत्कृष्ट कारोबार बचत गर्ने , सदस्य हरुको विविध क्षेत्रका उत्कृष्ट सहयोगीहरुलाई सम्मान गरीएको थियो । कर्यक्रममा संस्थाका पूर्व अध्यक्ष प्रेम बहादुर जि।सी , सल्लाहकार सोभियत बहादुर अधिकारी , रोहित राज बासतोला, दुर्गा बहादुर सुनार, इन्द्रकमल मानन्धर, कमलनयन गौतम सञ्चालक विकल पौडेल, तारा थापा पुर्व सञ्चालक रामचन्द्र थापा ,बहुउद्देश्यीय समितीका सदस्य गणेश बहादुर अधिकारी , रेडियो सराङ्गकोटका निर्देशक चिन्तामणी बास्तोला सदस्य दामोदर शर्मा सदस्यको तर्फबाट अमृतसोभा खत्री लगायतले आ–आफ्नो भनाई राखेका थिए सहकारी गएको वर्ष प्रदेशकै उत्कृष्ट सहकारी सम्मान सङ्गै समाजिक स्वास्थ्य क्षेत्रका कार्यक्रमहरुमा सकृय रहदै आएको छ 

गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...

थप पढ्नुहोस्

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्